दिल्ली मेट्रो सफर गर्नेहरुकालागि जानकारी

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

दिल्ली मेट्रोमा यात्रा गर्नुहुन्छ ? भने तपाइकोलागि यो जानकारी उपयोगी हुन सक्छ ।

दिल्ली तथा एयरपोर्ट लाइनको मेट्रोमा आफूसँग लैजान पाउने सामानको तौलको सीमा बढाइएको छ । अबदेखि दिल्ली मेट्रोमा अधिकतम २५ किलो सम्मको सामानका साथ यात्रा गर्न सक्नुहुन्छ । तर २५ किलो बराबरको एउटा मात्र ब्याग लैजान सकिनेछ । यो ब्याग अथवा सुटकेशको साइज ८० सेन्टिमिटर लम्बाइ, ५० चौडाइ र ३० सेन्टिमिटर उचाइ हुनुपर्नेछ । यो ब्याग पोका(गठरी)को रुपमा हुनुहुँदैन । यसअघि दिल्ली मेट्रोमा अधिकतम १५ किलो सामानमा साथ यात्रा गर्न सकिने नियम थियो ।

दिल्लीको केन्द्रिया आवास तथा शहरी मामिला मन्त्रालयले गत मंगलबार जारी गरेको सुचना अनुसार एयरपोर्ट लाइनको मेट्रोमा भने अधिकतम ३२ किलो सामान लैजाने अनुमति दिएको छ । मन्त्रालयले मेट्रो रेल्वे प्रशासनको अनुमति बिना कसैले पनि एउटा भन्दा बढि ब्याग लैजान नपाउने व्यवस्था गरेको छ । यो रुटकालागि व्याग अथवा सुटकेशको साइज अधिकतम ९०लम्बाइ,७५ चौडाइ ४५ सेन्टिमिटर उँचाइ साइजको हुनु अनिवार्य छ । तौलको सीमा बढाउनकालागि सरकारले मेट्रो रेल्वे(भाडा तथा टिकट) नियमावली संसोधन गरेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live