काँग्रेस अध्यक्ष राहुलले केरलको वायनाडबाट चुनाव लडने घोषणा गरेसँगै वामपन्थी दलहरुद्धारा तिब्र आलोचना

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुइ स्थानबाट चुनाव लडदै काँग्रेस अध्यक्ष राहुल, युपीको अमेठी र केरलको वायनाडबाट लडने तय,

एनआइबि संवाददाता,नयाँ दिल्ली
काँग्रेस अध्यक्ष राहुल गान्धी दुइ स्थानबाट लोकसभा चुनावमा लडने भएका छन् । आफनो पुख्र्यौली गढ उत्तर प्रदेशको अमेठि बाहेक केरलको वायनाडबाट चुनाव लडने भएका हुन् ।
केरलका काँग्रेसका वरिष्ठ नेता तथा पूर्व रक्षामन्त्री एके एंटनीले आइतबार यो घोषणा गरेका हुन् । प्रदेश इकाइहरुको आग्रहमा गान्धीले वायनाडबाट चुनाव लडन सहमत भएको एंटनीले जानकारी गराए ।
उनले भने,‘राहुल गान्धी केरलको वायनाडबाट संसदीय सीटकालागि चुनाव लडछन् ।’ गान्धीको यो निर्णयलाइ दक्षिण भारत मुख्य रुपमा केरलमा आफनो जनाधार मजबुत बनाउने काँग्रेसको प्रयासको रुपमा हेरिएको छ ।
राहुलको यो निर्णयपछि केरलको सत्ताधारी लेफ्ट पार्टी सीपीआइ(एम) ले तिखो प्रतिक्रिया दिएको छ । सीपीएमका पूर्व महासचिव प्रकाश करातले काँग्रेसको यो निर्णय केरलमा लेफ्टको विरुद्ध चुनाव लडन लागेका् देखिएको छ । यो निर्णय भारतीय जनता पार्टीे विरुद्ध चुनाव लडने काँग्रेसको राष्ट्रिय प्रतिवद्धताको खिलाफ छ । केरलमा भाजपाको मुख्य प्रतिद्धन्दि एलडीएफ पार्टी चुुनाव उत्रदैछ । त्यसैले पनि काँग्रेसको यो निर्णय सिधा लेफ्टका विरुद्ध भएको उनको भनाइ थियो ।
उनले भने, लेफ्टको विरोधमा राहुल गान्धीलाइ खडा गर्नुको अर्थ केरलमा लेफ्टलाइ निशाना बनाउनु हो । यसको हामी सशक्त विरोध गर्छौं र राहुललाइ हराउन सक्दो कोशिश गर्छौ ।
सीपीएम महासचिव सीताराम ऐचुरीले प्रतिक्रिया दिदै भनेका छन्, यो चुनाव निकै महत्वपूर्ण भएको छ , जसले धर्मनिरपेक्ष लोकतन्त्रका पक्षधर सत्तामा जीवीत रहन्छन कि रहदैन भन्ने निर्णय गर्नेछ । भाजपलाइ हराउनु आफनो पार्टीको प्राथमिकता भएको पनि उनले उल्लेख गरे ।
उता केरलका मुख्यमन्त्री पिनरइ बिजयनले राहुलको विरुद्ध चुनाव लडने प्रतिक्रिया दिइसकेका छन् । केरलको २० सिट मध्ये राहुलले एकमा मात्र चुनाव लडने हुन् । यसलाइ सामान्य रुपमा लिएका छौं र हामी उनको प्रतिद्धन्तिको रुपमा लडछौं । बरु उनले भाजपा लडिरहेको स्थान रोज्नुपथ्र्यो उनले यसलाइ लेफ्ट विरुद्धको लडाइ नै भएको प्रतिक्रिया दिएका छन् ।
केरलमा काँग्रेस २० सिट मध्ये १६ सिटमा चुनाव लडदैछ । बाँकी ४ सीट गठबन्धन पार्टीकालागि छोडिदिएको छ । जसमध्ये दुइ सिट इन्डियन युनियन मुस्लिम लिग , एक एक सीट क्रमश केरल काँग्रेस(मणि) तथा सोसलिस्ट पार्टी (आरएसपी) कालागि छोडेको हो ।
राहुलको यो उम्मेदवारी घोषणा अघि काँग्रेसले केरलमा १२ उम्मेदवारको नाम सार्वजानिक गरिसकेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live