काँग्रेस र आम आदमी पार्टीबीच गठबन्धको रस्साकस्सी कायमै

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

लोकसभा चुनावको दिल्ली राज्यको सात सिटकालागि काँग्रेस र आप पार्टीबीचको गठबन्धनको निक्र्यौल अझै निस्कन सकेको छैन् । काँग्रेस अध्यक्ष राहुल गान्धीले सोमबार गठबन्धनको ढोका खुला रहेको सन्देश सहित आपलाइ ७ सीट मध्ये ४ सीट दिन तयार रहेको भनाइ टिविट मार्फत सार्वजानिक गरे । ‘काँग्रेस र आपबीचको गठबन्धनको मतलब हो बीजेपीको सफाया । यसलाइ सुनिश्चित गर्नकालागि काँग्रेस पार्टीले आम आदमी पार्टीलाइ दिल्लीको ४ सीट दिन तयार छ । तर केजरीबालले फेरि यु टर्न लिएको छ । हाम्रो ढोका अझै खुला छ , तर समय बितिरहेको छ ’ राहुल लेखेका छन् ।

अरबिन्द केजरीवालले पनि गठबन्ध काँग्रेसको देखावटीपन भएको जवाफ फर्काएका छन् ,उनले आफनो एकाउन्टमा यस्तो टिविट गरेका छन् , कस्तो यू टर्न ? कुराकानी चलिरहेको छ । तपाइको टिविटले यो दर्शाउँछ कि गठबन्धन तपाइको इच्छा नभएर देखावटीपन हो । केजरीवालले मोदी–शाहको खतराबाट देशलाइ बचाउनु महत्वपूर्ण रहेको भन्दै काँग्रेसले युपी र अन्य राज्यमा मोदी विरोधी मत बाँडेर मोदीलाइ नै मदत पुरयाएको आरोप समेत लगाएका छन् ।

लोकसभा चुनावकोलागि दिल्लीमा आम आदमी पार्टी र काँग्रेसबीच गठबन्धन चर्चाको विषय रहेको छ । काँग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले यो विषयमा पहिलो पटक आफनो भनाइ टिविटमार्फत स्पष्ट पारेका छन् । यसअघि दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षित यो गठबन्धन सही नहुने धारणा सार्वजानिक गरिसकेकी छन् । उनले गठबन्धनले काँग्रेसलाइ घाटा हुने स्पष्ट रुपमा गान्धीलाइ भनेकी थिइन । उनको यो विरोध पछि अरबिन्द केजरीवालले काँग्रेस र भारतीय जनता पार्टीबीच गोप्य संझौता भएको अफवाह रहेको भन्दै काँग्रेसमाथि तिखो प्रहार गरेका थिए । यो गठबन्धनसँग लडनकालागि आफ्नो पार्टी तयार रहेको पनि उनले भनेका थिए ।

 


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live