चरित्रलाइ जीवन्त बनाउने हुँदा अभिनेत्रीको अनुहार बिग्रयो

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता , नयाँ दिल्ली

पृथक भुमिका रोजेर बलिउडमा छुट्टै स्थान बनाएकी अभिनेत्री भुमि पेडनेकरको अनुहार बिग्रेको छ । ‘साँड कि आँख’ सिनेमाको शुटिंगका क्रममा प्रोस्थेटिक्सका कारण उनको अनुहारमा गहिरो दाग बसेको छ । यसका बाबजुद पनि भुमिले शुटिंग रोक्न दिइनन् । निर्देशक तुषार हीरानन्दानी र निर्माता अनुराग कश्यपलाइ असुविधा नहोस भनेर उनले शुटिंग जारी राखिन ।

यो फिल्ममा भुमिले चँद्रो तोमरको भुमिका गर्दैछिन् , जो एउटा पाको उमेरकी महिला शार्पशुटर हुन, को भुमिका गदैछिन् । उनीसँग बहिनीको भुमिकामा तापसी पन्नु रहेकी छन् ।

फिल्मका एक क्रु मेम्बरका अनुसार, ‘प्रत्येक दिन तीन घण्टाको मेकअप गर्नुपर्ने हुन्थ्यो । उत्तर प्रदेशमा भइरहेको गर्मीमा ८ घण्टाको सुटिंग गर्थिन । गर्मी र धुलोका कारण भुमिको छाला पोल्न थाल्यो । उनले यसबारेमा कसैलाइ बताइनन् र शुटिंग जारी राखिन । उनलाइ थाहा थियो , फिल्म एकदम टाइट सेडयूलमा थियो र त्यसलाइ सक्नु पनि जरुरी थियो । उनको काम प्रतिको समर्पण र प्रतिवद्धता देखेर सबैजना छक्क परेका थिए ।

भुमिले सोशल मिडियामा अनुहारको दाग सहितको तस्वीर पनि पोष्ट गरेकी थिइन । तर यसलाइ छिट्टै हटाइदिइन । भुमिले यसबारेमा आफनो चिकित्सकसँग सल्लाह लिएको बताएकी छन् । आफनो अनुहार र छालाको केयर गर्न एलोबेराको प्रयोग गर्ने उनले बताइन् । यसकालागि कुनै मेडिकेडेट स्किन केयरका उत्पादन प्रयोग गर्न नसक्ने बताइन । एउटा कलाकारको रुपमा फिल्मको क्रियेटिभिटिसँग संतुष्ट रहेको भन्दै उनले यो घटनालाइ गर्वको रुपमा लिएको बताइन् । आफनो भुमिकालाइ जीवन्त बनाउन छाला र अनुहारमा भएको घटनामा गर्व भएको भन्दै यस्तो प्रोजेक्ट जसकालागि मैले आफनो सबैथोक दिएँ भनेर गर्व गरेकी छन् ।

‘साँड कि आँखको पहिलो पोष्टर सार्वजानिक भएपछि सामाजिक संजालमा तापसी र भुमिको यही मेकअपका कारण मजाक पनि भएको थियो । कसैले यो मेकअपलाइ मुल्तानी मिट्टि पोतेको भनेर लेखेका थिए भने कसैले यो घटिया मेकअप भन्दा कुनै पाको उमेरकी महिलालाइ नै यो भुमिका दिएको भए हुने भनेर टिप्पणी गरेका थिए । सामाजिक संजालमा आएको यस्तो प्रतिक्रिया पछि भुमिको यो तस्बीर सार्वजानिक भएको छ। भुमिको पीआरटीमले नै यो तस्बीर सार्वजानिक गरेको हो ।

कतै भुमिले यो तस्वीरमार्फत मेकअपले हुने पिडा देखाएर सहानुभुति बटुल्दै पोस्टरमा देखिएको कमीकमजोरी लुकाउने प्रयास गरेको त होइन भनेर समेत चर्चा छ । किनकी बलिउडमा रिलिज हुन लागेको फिल्मकालागि हदैसम्मको पब्लिसिटि स्टंट हुने गरेको छ । यो फिल्म आउँदो दीपावलीमा रिलिज हुँदैछ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live