चन्द्रयान–२ असफल ,’विज्ञानमा असफलता हुँदैन,प्रयोग र प्रयास मात्र हुनेः प्रधानमन्त्री मोदी

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चन्द्रमा पुग्ने भारतको महत्वकाँक्षी प्रयास चन्द्रयान–२ असफल 

एनआईबि संवाददाता,नयाँ दिल्ली

चन्द्रयान-2 मा रहेको ल्याण्डर विक्रमलाई चन्द्रमामा सफल अवतरण गराउने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को प्रयास असफल भएको छ । सहज अवतरण गराउने काम योजना अनुरुप  हुँदै गर्दा  ल्याण्डर विक्रम चन्द्रमाको सतहभन्दा मात्र 2.1 किलोमिटर टाढा रहँदा इसरोसँग उसको सम्पर्क टुटेको छ । यो खबरसँगै देशभरिका मानिसहरुमा निराशा छाएको छ । इसरोका अध्यक्ष के. सिवनले विक्रम चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरित हुने स्थानबाट 2.1 किलोमिटर टाढा रहेका बेला सम्पर्क टुटेको जानकारी दिए ।

चन्द्रयानको सम्पर्क टुटेपछि इसरोका वैज्ञानिकहरु निराश भएका छन । राति 1 बजेर 52 मिनेट 54 सेकेण्डमा चन्द्रयान-2 ले चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो । यस ऐतिहासिक क्षणको अवलोकन गर्न प्रधानमन्त्री नरेन्द्र मोदी इसरोको सेन्टरमा रहेका थिए । ल्याण्डरलाई राति 1 बजेर 38 मिनेटमा चन्द्रमाको सतहमा ल्याउने प्रक्रिया शुरु भएको थियो । तर चन्द्रमा तर्फ बढ्दै गर्दा उसको सम्पर्क इसरो सेन्टरसँग टुटेको हो ।

विक्रमले रफ ब्रेकिङ र फाइन ब्रेकिङको चरण सफलतापूर्वक पूरा गरेको थियो तर सफ्ट ल्याण्डिङको चरणमा जानुअघि निराशा हात लागेको हो । यसअघि शुक्रवार इसरोले चन्द्रयान-2 को बहुप्रतिक्षित अवतरणका लागि सबै काम योजना अनुरुप भइरहेको भनेको थियो ।  चन्द्रयान-2, 48 दिनको यात्रापछि चन्द्रमाको समिप पुगेको थियो । यद्धपी चन्द्रयान-2 यात्राकै क्रममा रहेपनि यसले काम भने शुरु गरिसकेको थियो । 21 अगस्तका दिन चन्द्रयान-2 ले चन्द्रमाको सतहभन्दा 2,650 किमि टाढाबाट लिएको चन्द्रमाको तस्वीर सार्वजानिक गरिएको थियो ।

प्रधानमन्त्रीको देशवासीको नाममा सम्बोधन

चन्द्रयान-2 को यात्रा चन्द्रमाको सतहनजिक पुगेर सकिएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले बेंगलुरुस्थित इसरो सेन्टरबाट देशवासीलाई सम्बोधन गरेका छन । आफ्नो सम्बोधनमा मोदीले भने, हाम्रो हौसला कमजोर भएको छैन । वैज्ञानिकहरुको हौसला बढाउदै मोदीले तपाईहरुले गरेको जस्तो अरु कसैले नगरेको बताए । इसरो कहिल्यै हार नमान्ने संगठनको रुपमा स्थापित भएको भन्दै मोदीले परिणाम जे सुकै भएपनि हौसला टुट्न नहुने भने । मोदीले विज्ञानमा कहिल्यै असफलता नहुने भन्दै यसमा केवल प्रयोग र प्रयास हुने बताए । हरेक प्रयास र प्रयोगले सफलताको आधार राख्ने उनको भनाई छ । उनले अहिले पनि हाम्रो ओर्बिटर चन्द्रमाको परिक्रमा गरिरहेको बताए । मोदीले यद्धपी प्रयोग असफल भएपनि आफु र पुरै देश इसरोका वैज्ञानिकहरुको साथमा रहेको विश्वास दिलाए । साथै पुरै देशवासीलाई आफ्ना वैज्ञानिकहरुमा गर्व लागेको पनि बताए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live