‘पीजीआईएमईआर, चण्डीगढका आवासिय चिकित्सकले स्टाइपेन्ड पाउने’

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एम्स, दिल्ली र जीपमर,जेपीआइएमईआर ,पोन्डिचेरीले कहिले लागु गर्ने ?

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतका सरकारी मेडिकल कलेजमा स्नात्तकोत्तर गरिरहेका नेपाली आवासिय चिकित्सकहरुले स्टाइपेन्ड पाउने भएका छन् । चण्डीगढको स्नात्तकोत्तर चिकित्सा शिक्षा एवं अनुसंधान संस्थान (पीजीआईएमईआर) ले मंगलबार स्टाइपेन्ड दिने निर्णय गरेको छ । संस्थानले मंगलबार जारी गरेको पत्रमा विदेशी विद्यार्थीहरुलाइ समेत भारतीय विद्यार्थी सरह स्टाइपेन्ड उपलब्ध गराउने उल्लेख छ । स्टाइपेन्ड खुला प्रतिस्पर्धाबाट एमडी र डीएम पढन आएका चिकित्सकहरुले अध्ययन गर्दा अवधिमा पुरयाएको चिकित्सकीय सेवा वापत पाउने भत्ता हो । चण्डीगढ अस्पतालमा ६२ जना आवासिय नेपाली चिकित्सकहरु अध्ययनरत छन् । संस्थानको नियम अनुसार एमडी गर्नेहरुले ९० हजार र डीएम गर्नेहरुले १लाख ५ हजार मासिक स्टाइपेन्ड पाउनेछन ।

चण्डीगढ संस्थानले स्टाइपेन्ड उपलब्ध गराउने विषयमा १२ सेप्टेम्बर २०१८मा नै निर्णय गरिसकेको थियो । उतिबेलाको पत्रमा ‘भारत सरकारको स्वीकृतिका आधारमा निर्णय गरिने’ भनेर लेखिएको थियो । त्यसैलाइ आधार मानेर यसलाइ लागु गरिएको थिएन । अहिले ‘संस्थानको संचालक समितीले स्वीकृत गरेको निर्देशन अनुसार उपलब्ध गराइने भनेर लेखिएको हुँदा स्टाइपेन्ड पाउने निश्चित भएको पीजीआईएमईआरमा एमडी तेश्रो वर्षमा अध्ययनरत विपिन यादवले स्पष्ट पारे ।

संस्थानका निर्देशक निकै सहयोगी हुनुहुन्छ तर भारत सरकार र संस्थान बीचको प्रशासकीय समन्वय र बुझाइमा फरक परेको हुँदा यो निर्णय लागु हुन सकिरहेको थिएन । हामीले भारत सरकारका स्वास्थ्य सचिव र नेपालका स्वास्थ्य मन्त्रीहरुसँग पनि भेट गरेर समस्या अवगत गराए पछि यो निर्णय आएको छ । हाम्रो प्रयास सफल भएको छ,’ संस्थानका आवासिय चिकित्सक संघका कार्यकारी सदस्य समेत रहेका यादवले भने । यो निर्णय कार्यान्वयन हुँदा गत वर्षको निर्णय भएको समयावधिदेखि नै लागु हुनुपर्ने हुन्छ । भएको हुँदा हामीलाइ सजिलो भएको हो ।

प्रतीक्षामा दिल्ली र पोन्डिचेरीका विद्यार्थीहरुयता चण्डीगढको यो निर्णय पछि अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स), दिल्ली र जवाहरलाल इन्स्टिच्युट अफ एजुकेसन एण्ड रिसर्च (जेपीआइएमईआर), पोन्डिचेरीका विद्यार्थीहरु पनि उत्साहि भएका छन् । चण्डीगढ संस्थानले निर्णय गरेपछि आफूहरू पनि आशावादी रहेको एम्सका सागर पौडेलले बताए । पौडेलका अनुसार एम्स अस्पतालमा ५५ देखि ६० को संख्यामा अध्ययनरत आवासिय चिकित्सकहरु छन् ।

उता पोन्डिचेरी संस्थानका सुमन रस्तोगीका अनुसार प्रशासनले विदेशी विद्यार्थीहरुको तथ्याँक संकलन गरेको अनौपचारिक जानकारी पाएको बताए । ‘तर त्यो एक वर्ष अघिको कुरा हो , अहिले त केहि कुरा आएको छैन, जुनियर आवासिय चिकित्सक संघका विदेशी नागरिक प्रतिनिधी समेत रहेका रस्तोगीले भने । पोन्डिचेरी संस्थानमा २२ आवासिय चिकित्सक रहेको रस्तोगीले जानकारी दिए ।अन्तर्राष्ट्रिय प्रावधान अनुसार मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले स्टाइपेन्ड पाउनु अनिवार्य छ । तर भारतमा यो प्रावधान लागु भएको छैन् ।

‘नेपालमा भारतीय चिकित्सकहरुले यो सुविधा पाइरहेका छन्,’ डा सागरले थपे ।अहिले नेपाली विद्यार्थीहरुले स्टाइपेन्ड त परै जाओस चिकित्सकले पाउने न्यूनतम मेडिकल सुविधा अर्थात इम्प्लोइ हेल्थ सर्भिसेज(ईएचएस)समेत नपाइरहेको अवस्था छ ।स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पाएका थिए आश्वासनभारत सरकारले तीनै संस्थानहरुमा स्टाइपेन्ड उपलब्ध गराउने निर्णय यही वर्षदेखि लागु गर्ने आश्वासन दिएको स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बताएका थिए । विश्व स्वास्थ्य संगठनको क्षेत्रीय सम्मेलनमा सहभागी हुन दिल्ली आएका यादवले गत शुक्रबार भारतका स्वास्थ्य मन्त्री डा हर्षवद्र्धनसँगको भेटमा यस्तो आश्वासन पाएको अन्नपूर्णलाइ बताएका थिए । उनले चण्डीगढ अस्पतालकालागि निर्णय भइसकेको जानकारी पाएको बताएका थिए । अब एम्स र जेपीआईएमईआरले कहिले लागु गर्छन त्यसको प्रतीक्षामा छन् विद्यार्थीहरु ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live