Trends

नेकपा प्रवक्ता श्रेष्ठले भारतीय प्रधानमंत्री मोदीलाई गरे यस्तो आग्रह : मुक्तिनाथसँग आशीर्वाद लिनुहोस

नेपाल भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौं,जुन २

सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम– पशुपतिनगर, झापा–काँकडभिट्टा, मोरङ–रानी, सप्तरी–कुनौली, सिरहा–ठाडी र माडर, महोत्तरी–भिट्टामोड, सर्लाही–मलङ्गवा, रौतहट–गौर, पर्सा–वीरगञ्ज, नवलपरासी–महेश्वपुर, रुपन्देही– वेलहिया तथा कपिलवस्तु–तौलिहवा र कृष्णनगरलाई प्रवेश विन्दु तोकिएको छ । यस्तै बाँके–खजुरा, बर्दिया–सुरजपुर र गुलरिया, कैलाली–गौरीफन्टा, कञ्चनपुर–गड्डाचौकी, बैतडी– झुलाघाट र दार्चुलाको– दार्चुलालाई प्रवेश विन्दु नाका तोक्ने निर्णय गरेको हो ।

कोभिड–१९ को महामारी जोखिम बढ्दै गएको अवस्थामा स्वदेश फर्कनेको सहज व्यवस्थापन, रोग नियन्त्रण र बिरामी पहिचान गर्न सकियोस् भन्ने हेतु सरकारले उक्त व्यवस्था गरेको हो । भारतबाहेकका देशबाट भने काठमाडाँैस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भएर स्वदेश फर्कनेछन् । अन्तर्रा्ष्ट्रिय उडान बन्द रहेकाले हवाई मार्ग भएर स्वदेश फर्कने क्रम अहिले ठप्प छ । विदेशमा रहेका केही नेपालीलाई प्राथमिकीकरण पहिलो चरणमा नेपाल ल्याउन सरकारले गृहकार्य गरिरहेको छ ।

रोजगारी, अध्ययन र उपचारका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिक कोभिड–१९ कारण लकडाउन भएपछि पनि ठूलो सङ्ख्यामा स्वदेश फर्कने क्रम जारी रहेको छ । लकडाउनका कारण उनीहरु रोजगारी गुमाएर तथा विद्यालय बन्द भएपछि जन्मभूमि फर्केका हुन् । स्वदेश फर्केने क्रममा धेरै दुःख, कष्ट र हण्डर खेप्न तथा दुव्र्यवहार भोग्नु परेको तथा कयौँ दिन भोकभोकै पैदल यात्र गरी नेपाल–भारत सीमा क्षेत्रमा आइपुग्न सफल भएको स्वदेश फर्किएका केही नेपालीले प्रतिक्रिया दिइरहेका छन् ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका कारण प्रारम्भिक दिनमा स्वदेश फर्कन चाहने नेपालीलाई केही अप्ठेरो भए पनि पछिल्ला दिनमा केही हदसम्म त्यसको उचित व्यवस्थान हुँदै आएको छ । कैयौँ नागरिक नाकाबाट सहज प्रवेश नपाएपछि जङ्गल, बस्ती र खेतबाट नेपाल प्रवेश गर्दा कोभिड–१९ को सङ्क्रमण फैलनाका साथै फर्केकालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि सरकारले प्रवेश विन्दु तोकेको हो ।

सीमा नाकामा आएका नेपाली नागरिकको प्रदेश, जिल्ला र पालिकागत विवरण स्थानीय प्रशासनले तयार गरी सम्बन्धित प्रदेश र स्थानीय तहलाई अविलम्ब बुझाउनुपर्ने कार्य्विधि बनाइएको छ । अहिले सुदूरपश्चिम क्षेत्रमा मात्रै पनि भारतबाट ५० हजारभन्दा बढी व्यक्ति फर्किएको अवस्था छ । पश्चिम क्षेत्रका नाकाबाट दैनिक रुपमा अझै पनि पाँच हजारभन्दा बढी नागरिक नेपाल भित्रिरहेका छन् ।

प्रवेश विन्दु नजीक होल्डिङ सेन्टर बनाइँदै

भारतबाट आउने नागरिकलाई प्रवेश विन्दु नजीकको विद्यालय वा सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुला स्थान छनोट गरी होल्डिङ सेन्टरको व्यवस्था गरिने उक्त कार्यविधिमा उल्लेख छ । उनीहरुलाई सीमा नाकामा व्यवस्था गरिएको सवारी साधनमार्फत होल्ङिङ सेन्टर पु¥याइनेछ । सीमा नाका नजीक रहने होल्डिङ सेन्टरको व्यवस्थापन सम्बन्धित प्रदेश सरकारले तोकेको मन्त्रीको सुपरीवेक्षणमा प्रदेश तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको एवं स्थानीय प्रशासनको सहयोगमा सेनाले गर्नेछ ।

स्वदेश प्रवेश भएकामध्ये ज्वरो देखिएकालाई तोकिएको आइसोलेशन र अन्यलाई सेनाको संयोजकत्वमा सम्बन्धित जिल्ला सदरमुकाम पु¥याइनेछ । सदरमुकाम पु¥याइएका नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा पु¥याउने र क्वारेन्टिन अवधिभर आवश्यक व्यवस्थापनका लागि सहयोग र समन्वय गर्ने कार्यका लागि प्रदेश सरकारबाट एक मन्त्री तोकिनेछ ।

काठमाडौँमा १७ सय शैयाको क्वारेन्टिन तयार गरिने

नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजनामा भारतबाहेकका मुलुकबाट स्वदेश आउने यात्रुका लागि खरिपाटी इचङ्गु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक, केएमसी दुवाकोटमा क्वारेन्टिन तयार गर्ने उल्लेख छ ।

आपतकालीन व्यवस्थाका लागि शहरी विकास मन्त्रालयले आवश्यक मर्मत सुधार गरी नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालीम केन्द्र ३००, इचङ्गु आवासमा ४००, मनमोहन अस्पताल ५०० र केएएमसी दुवाकोटमा ५०० क्वारेन्टिन श्यया १० दिनभित्र तयार गरी प्रयोग गर्न सक्ने अवस्थामा राख्ने कार्य योजना छ ।

क्वारेन्टिनमा रहेको संख्या डेढ लाख

नेपालमा अहिले भारतबाट फर्केर आएका एक लाख ४५ हजार क्वारेन्टिनमा रहेका, ६१ जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलिएको, २१ स्थानमा पिसिआर परीक्षणको व्यववस्था गरिएको तथा दैनिक रुपमा तीन हजारको पिसिआर परीक्षण भइरहेको छ । कोभिड–१९ को सङ्क्रमणलाई जितेर घर फर्कनेको संख्या २६६ रहेको तथा पछिल्लो समय दैनिक २५० का संख्यामा संक्रमण बढिरहेको तथ्यांकले पुष्टि गरेको छ । मुलुकमा अहिले कोरोना भाइरसबाट संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ ।––रासस

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

भारतमा सोमबारबाट लकडाउन खुल्यो

नयाँ दिल्ली ,जुन १

भारतमा सोमबारबाट लकडाउन खुलेको छ । भारत सरकारले अनलक नाम दिएर १ जुन सोमबारबाट लागु हुने गरी  तीन चरणमा लकडाउन खोल्ने  निर्णय गरेको हो । पहिलो  लकडाउन लागु गरेको २ महिना एक साता पछि भारत सरकारले  लकडाउन  खोल्ने निर्णय गरेको हो । पहिलो लकडाउन   गत २४ मार्चदेखि शुरु भएको थियो  । कोरोना  भाइरससबाट डेढ लाखभन्दा बढी संक्रमित भइसकेपनि भारत सरकारले  लकडाउन खोलेको हो ।

अनलक फर्स्ट १ जुनदेखि ३० जुन सम्मका लागि निर्धारण गरिएको छ । जसमा रातिको कफर्युको समय तालिका परिवर्कातन गरिएको छ ।  साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब कर्फ्यु समयअवधि    राति ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु खुल्नेछन् । जसमा मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् ।  यसका अलावा    होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मल र सुपरमार्केटहरु खोल्ने अनुमति समेत दिइएको छ । तर, उनीहरुले सावधानी अपनाउनुपर्नेछ ।

दोस्रो चरणमा स्कुल, कलेजलगायतका शैक्षिक संस्थाहरु खुल्नेछन् । शैक्षिक संस्थाको सवालमा राज्य सरकारहरुसँग परामर्श गरिने जनाइएको छ । कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खोल्ने  निर्णय लिइने भनिएको छ । तीन महिनापछि विद्यार्थीहरु विद्यालय जाने योजना बनाइएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

नेपालमा सोमबार ११ महिने बालक सहित २२६ संक्रमित थपिए, कोरोनाका बिरामी १७९८ पुगे

काठमाडौं, मे १

सोमबार नेपालमा एकैदिन २ सय २६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कञ्चनपुरमा ११ महिने बालिकासहित २ सय २६ जनामा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

विराटनगरमा भएको परीक्षणमा झापाका २ जनामा पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ ।

जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् । सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ । यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ । धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ । कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामो पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षण्मा दाङका ९ जनामा पोजेटिभ देखिएको छ ।

अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको उहाँले बताउनुभयो । देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म पीसीआर विधिबाट ७१ हजार ९ सय ३ र आरडिटी विधिबाट १ लाख १३ हजार ७ सय ५७ जनाको नमुना परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार ३ सय १० र आरडिटी २ हजार ६ सय ४८ जनाको नमुना परीक्षण भएको छ । देशभरी क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् ।

विमानस्थल सञ्चालनको तयारी

काठमाडौं,जुन १

धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो ।

लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसकेपनि उडानहरु प्रतिवन्ध भएपछि कामले तिव्रता पाएको हो । विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ ।

धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन तयारी भइरहेको उनले बताए ।

सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको उनले बताए । विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संठघनले लामो समयदेखि धावन मार्ग विस्तारका लागि पट पटक दबाव दिँदै आएको थियो । तर विमानस्थल बन्द गरेर काम गर्न सक्ने अवस्था नभएपछि निर्माण हुन सकेको थिएन् ।

पछिल्लो समय लक डाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि छोटो समयमै धावनमार्ग विस्तारको काम सम्पन्न भएको हो । विमास्थलमा अब एप्रोच लाइट जडानको काम मात्रै बाँकी रहेको छ ।

नेपालमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु

काठमाडौँ,मे ३१

नेपालमा कोभिड–१९ बाट आइतबार  थप दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले दैलेख र बाजुरामा एक एकजनाको मृत्यु भएको जानकारी दिए  । योसँगै कोभिड–१९ को कारणले मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।

दैलेखका दुल्लू नगरपालिका–११ का ३५ वर्षीय पुरुष स्थानीय विद्युत् प्राधिकरणको क्यारेन्टिनमा बसेको मृत्यु भएको थियो । उनको स्वाब सङ्कलन गरेर रिपोर्टमा सङ्क्रमण देखिएको प्रवक्ता डा देवकोटाले जानकारी दिए । उनको हिजो निधन भएको थियो ।

यस्तै बाजुरा जिल्लामा पनि मृत्यु भएकी दुई वर्षीय बालिकामा पनि सङ्क्रमण भएको पुष्टि भएको छ । बालिकामा ज्वरो, झाडाबान्ता र श्वासप्रश्वासमा समस्या आएपछि बाजुरा अस्पतालमा भर्ना गरिएको उहाँले बताउनुभयो । बालिकाको यही जेठ १६ गते स्वाब सङ्कलन गरेर सेती प्रादेशिक अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको थियो ।

बालिकाको आजै बिहान २ः३० बजे निधन भएको थियो । उनका अनुसार बालिका गत जेठ १० गते आमाबुबासहित नेपाल आएकी थिइन् । –––रासस

नेपालमा थप १६६ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १५६७

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

कम्युनिटी, युनिटी र इम्युनिटीका लागि योगाभ्यास उपयोगी : मोदी

Nepal news headlines | breaking news kathmandu | national news of nepal live