Trends

विश्व बैंक नेपाललाई दियो १२ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग

काठमाडौँ , जुन २४

विश्व बैंकले दिने करिब १२ अर्ब रुपैयाँ बराबरको सहुलियतऋण सहायताका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  उर्जा क्षेत्रमा लगानी बढाउन र कार्यकुसलता अभिवृद्धिक लागि विश्व बैंक समुहको अन्तर्राष्ट्रिय विकास संस्था आइडीएले दिने १२ अर्ब रुपैयाँ सहुलियतऋण सहायताका लागि हस्ताक्षर भएको हो ।

नेपालका तर्फबाट अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढुंगाना र बैंकका देशीय निर्देशक फारिस हाजाडजेर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कोरोना संकट विरुद्ध लड्न र विद्युत क्षेत्रका लागि विश्व बैंकले ऋण सहयोग गरेको हो । प्राप्त ऋण सहायताले नेपालमा भरपर्दो र दिगो विद्युतले गरिबी न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ । विश्व बैंकले डेभलभमेन्ट पोलिसी क्रेडिट अन्तरर्गत नेपाललाई सहयोग गर्दै आएको छ ।

चौध अन्तर्राष्ट्रिय उडान :बाह्र सय नेपाली स्वदेश फिर्ता

काठमाडौं,जुन २४

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा बुधबार पनि एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २४ उडान भएका छन् । ती मध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिकमा पनि बुधबार १० उडान भएका छन् ।

मंगलबार पनि अन्तर्राष्ट्रियतर्फ १४ उडान भएको थियो । यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । विभिन्न मुलुकबाट उद्धार उडानमार्फत आज एक हजार २०० भन्दा बढी नेपाली स्वदेश फर्किएका छन् ।

विभिन्न एयरलाइन्सले विदेशमा अलपत्र परेका नेपालीलाई धमाधम चार्टर्ड उडान गरी काठमाडौँ ल्याइरहेका हुन् । बुधबार नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जेधाहबाट २२५ यात्रु र एक शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सको जहाजले जापानको नारिताबाट १९ यात्रु ल्याएको छ । पुनः कुवेतबाट नेपाली ल्याउन त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ ।

त्यस्तै हिमालय एयरलाइन्सले कुवेतबाट १५५, अबुधाबीबाट दुई उडान गरी क्रमशः १४९ यात्रु र तीन बच्चा र दुई यात्रु, दमामबाट १५४ र दोहाबाट २८२ यात्रु काठमाडौँ ल्याएको छ । श्री एयरलाइन्सले म्यान्माको यंगुनबाट नौ यात्रु र एक बच्चा ल्याएको छ भने दोस्रो चार्टर्ड उडानका लागि उक्त एयरलाइन्स म्यान्मा उडेको विमानस्थलले जनाएको छ ।

टर्किस एयरलाइन्सले स्तान्बुलबाट दुई चार्टर्ड उडानमा क्रमशः २८० र २८२ यात्रु काठमाडौँ ल्याएको छ । त्यसैगरी मलेसियन एयरलाइन्सले क्वालालम्पुरबाट दुई उडानमा क्रमशः सात र चार नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ । बिहीबार पनि अन्तर्राष्ट्रियतर्फ १३ उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, यङ्गुन, अबुधाबी, बहराइन, क्वालालम्पुर र जापानको नारितामा चार्टर्ड उडान हुने विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका १० उडान भएका छन् । मनाङ र सिम्रिक एयरका हेलिकप्टरले ओखलढुङ्गा, सोलुखुम्बु, वीरगञ्ज र गोर्खामा उडान भरेका छन् भने तारा एयरको जहाजले नेपालगञ्जमा दुई उडान गरेको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं,जुन २४

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बुधबार संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री माइकल आर पोम्पेओसँग टेलिफोन संवाद गरी द्विपक्षीय वार्ता गरेका छन् ।

संवादका क्रममा दुइ समकक्षीबीच कोभिड–१९ महामारीको विरूद्ध लड्न अनुभव आदानप्रदान गर्दै महामारीका कारण मानव जीवनको क्षतिप्रति सहानुभूति र संवेदना पनि व्यक्त गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली र विदेश मन्त्री पोम्पेओले आफ्ना नागरिकलाई प्रदान गरिएको संरक्षण र हेरचाहको एकअर्काको सरकारको सराहना गरे । दुवै पक्षले नेपालको सामाजिक आर्थिक विकासका प्रयासको पूरक रहेको दुई देशबीचको विकास साझेदारीको महत्वबारे पनि छलफल गरेको मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री ज्ञवालीले कोभिड–१९ महामारीसम्बन्धी परियोजनामार्फत अमेरिकी सरकारले नेपालको स्वास्थ्यलगायत अन्य क्षेत्रमा प्रदान गरेको सहयोगको सराहना गर्नुभएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो अवसरमा विदेशमन्त्री पोम्पेओले नेपाललाई अमेरिकाको निरन्तर सहयोगको आश्वासन दिएका थिए । दुवै पक्षले कोभिड–१९ पछिको सन्दर्भमा वृद्धि हुने आर्थिक साझेदारीसँगै सहकार्य बढ्ने विश्वास व्यक्त गरे ।

प्रेस विज्ञप्ति

Press Release on Telephone Conversation between the Foreign Minister and the US Secretary of State

Press Release

Minister for Foreign Affairs, Honorable Mr. Pradeep Kumar Gyawali, had a telephone conversation with His Excellency Mr. Michael R. Pompeo, the United States Secretary of State, this afternoon.

During the conversation, the two sides shared experiences in the fight against the COVID-19 pandemic. They also offered sympathies and condolences on the loss of human lives due to the pandemic. The Foreign Minister and the Secretary of State appreciated each other’s governments for the protection and care provided to their nationals.

The two sides discussed the importance of development partnership between the two countries, which has complemented Nepal’s efforts for socioeconomic development. Minister Gyawali appreciated the support provided by the US government to Nepal’s health sector, among others, through the projects related to the COVID-19 pandemic. Secretary of State Pompeo assured Nepal of continued US cooperation.

The two sides expressed confidence that cooperation will continue to grow in the post-COVID context with an enhanced level economic partnership.

Ministry of Foreign Affairs
Singh Durbar,
Kathmandu
24 June 2020

राष्ट्रपतिद्वारा उच्चस्तरीय भेटघाट

काठमाडौं,जुन २४

राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्रीलगायत संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रमुख एवं वरिष्ठ नेताहरूसँग भेटघाट गरेकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार भएको भेटघाटमा उनले मुलुकको समसामयिक विषयमा छलफल गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो अवसरमा राष्ट्रपतिले नेपालको अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नयाँ नक्सामा समावेश गरी संविधानमा निशान छाप कायम गर्नका लागि संविधान संशोधन गर्ने सवालमा दलबीच देखापरेको अभूतपूर्व राष्ट्रिय एकताप्रति आफू खुशी भएको बताउँदै धन्यवाद दिइन ।

राष्ट्रपतिले कोभिड–१९ को महामारीविरुद्धको प्रतिकार्यमा राष्ट्रिय एकता प्रर्दशित हुँदै आएकामा खुशी व्यक्त गर्दै यस अभियानमा अग्रपंक्तिमा रहेर काम गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई धन्यवाद दिँदै कोरोना प्रभावित बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गरिन ।

राष्ट्रपतिले वातावरण विनाशप्रति चिन्ता व्यक्त गर्नुहुँदै नदी प्रणाली र अन्य प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै पर्यावरण सन्तुलनका लागि प्रभावकारी कार्य गर्न राजनीतिक दलबीच एकता कायम हुनुपर्ने कुरामा जोड दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले यसरी राष्ट्रका ज्वलन्त विषयमा दलबीच हुने सहकार्य र एकताले मुलुकको आर्थिक विकासका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन ।

कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो , मर्नेहरुको संख्या २३

काठमाडौँ ,जुन २१

नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघेको छ । आइतबार ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ सय २० महिला र ८ हजार २ सय ६ जना पुरुष रहेका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले गुल्मीमा एकजनाको कोरोनाबाट मृत्यु भएको बताए । असार ५ गते मृत्यु भएका गुल्मी छत्राकोट ५ का ६९ वर्षका पुरुषको मृत्यु भएको हो । लक डाउनकै समयमा उपचारका लागि भारत गएका ति पुरुष प्यारालाइसिसका विरामी थिए ।असार ५ गते नमुना संकलन गरी प्रदेश प्रयोगशालामा भैरहवामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो । यो संगै कोरोना संक्रमणबाट  पुगेको छ ।

आइतबार देशका विभिन्न २२ वटा प्रयोगशालाबाट ६ हजार ८ जनासँगै आइतबारसम्म पीसीआमर्नेहरुको संख्या २३ र विधिबाट १ लाख ७५ हजार १ सय ७३ जनाको कोरोना परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट २ लाख ६२ हजार १ सय ७४ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ जना रहेका छन् । देशका विभिन्न अस्पतालमा ७ हजार २ सय ३१ जना उपचाररत रहेका छन् । कोरोना निको भएर घर फर्किनेहरुको संख्या १ हजार ७ सय ७२ पुगेको छ ।

आइतबार खण्डग्रास सूर्यग्रहण

एक खर्ब ८५ अर्ब बढीका सात परियोजना स्वीकृत

भारत र चीनबीच उत्पन्न पछिल्लो द्वन्द्व शान्तिपूर्ण माध्यमबाट समाधान गर्न नेपालको आग्रह

Press Statement on recent development in Galwan Valley area between India and China

Press Statement

Nepal maintains that disputes between the countries should be resolved through peaceful means. Nepal has always stood firmly for regional and world peace. In the context of recent developments in the Galwan valley area between our friendly neighbors India and China, Nepal is confident that both the neighboring countries will resolve, in the spirit of good neighborliness, their mutual differences through peaceful means in favor of bilateral, regional and world peace and stability.

Ministry of Foreign Affairs
Singh Durbar
Kathmandu

20 June 2020

अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने : नेकपा

काठमाडौं,जुन २०

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रस्तावित नागरिकतासम्बन्धी विधेयकमा वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको सात वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था राख्ने गरी विधेयक अघि बढाउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसको नेकपा सचिवालय बैठकले लामो समयदेखि प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको सो विधेयकबारे समितिमा सहमति जुट्न नसकेको स्थितिमा आफ्नो धारणा स्पष्ट गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पुरुषसँग विवाह गरेर आउने महिला ७ वर्ष नेपालमा बसेको र विदेशको नागरिकता वा राष्ट्रियता झल्काउने कागजात परित्यागको प्रकृया सुरु भएपछि मात्रै अंगिकृत नागरिकता दिने व्यवस्था राख्ने निर्णय पार्टीले गरेको बताए । उनले भने, ‘‘नेपाली पुरुष नागरिकसँग विवाह गर्ने विदेशी महिलाले प्राप्त गर्न सक्ने अंगिकृत नागरिकताको प्रावधानका विषयमा बैठकमा छलफल भएको हो । महिला ७ वर्षदशभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागरिकता वा अन्य त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्यागका लागि कारवाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगिकृत नागरिकता प्राप्त गर्न उपयुक्त हुने निष्कर्ष छ ।’’

नागरिकता प्राप्त नगर्दासम्म सामाजिक, सांस्कृतिक र आर्थिक सम्पूर्ण अधिकारसहितको आवासिय परिचयपत्र विवाह भएको दिनबाट नै दिइने व्यवस्थामा निर्णय गरिएको उनले बताए ।
नागरिकता संशोधन विधेयकका लामो समयदेखि संसदमा विचाराधिन रहेको छ । पटक पटक यसका प्रावधानहरुमा छलफल भएपनि सहमति जुट्न सकेको छैन् । नेपाली कांग्रेसले मधेशवादी दलहरुले अहिलेकै प्रावधान अनुसार विवाह गरेलगत्तै अंगिकृत नागरिकता प्राप्त गर्न सक्ने प्रावधान राख्नुपर्ने बताउँदै आएका छन् । अहिले पनि सोही प्रावधान छ ।

विधेयक अहिले संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा रहेको छ । समितिमा अहिले अंगिृकत नागरिकताको विषयमा नै छलफल भइरहेको छ । समितिको छलफलमा सहमति जुट्न नसकेपछि गृहमन्त्री रामबहादुर थापाले राजनीतिक सहमतिका लागि भन्दै एक हप्ताको समय मागेका थिए ।

नारायणगढ–मुग्लिन सडकखण्डमा दुइतर्फी सवारी सुचारु

Nepal news headlines | breaking news kathmandu | national news of nepal live