PHOTOGRAPHY

दार्चुलाबाट सुरक्षाकर्मी व्यास जाँदै

भ्रमण वर्ष २०२० शुभारम्भका नेपाल भरिका केहि तस्वीरहरु

एनआईबि संवाददाता,काठमाडौं

नेपाल भ्रमण वर्षको बुधबार औपचारिक शुभारम्भ भइसकेको छ । काठमाडौ, ललितपुर, भक्तपुर लगायत सातवटै प्रदेशबाट विभिन्न कार्यक्रम आयोजना गरेर भ्रमण वर्षको शुभारम्भ गरिएको छ । विभिन्न स्थानमा भ्रमण वर्षको शुरुवातकालागि गरिएका कार्यक्रमहरुको केहि तस्वीरहरु :

जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा भ्रमण वर्ष का विभिन्न चित्र, झण्डासहित दिप प्रज्ज्वलन गरी मनाइएको छ । तस्वीर :अजयकुमार साह/रासस

अग्रेजी नयाँवर्ष एवं भ्रमणवर्ष २०२० को पहिलो दिन बुधबार नगरकोटको बतासे डाँडामा हेलिकप्टरबाट पुष्पवृष्टि गरी नेपाल भ्रमण वर्षको स्वागत गर्दै । तस्वीर : रमेश गिरी/रासस
भ्रमण वर्ष उद्घाटन कार्यक्रममा पोखराको आकाशमा हेलिकप्टरबाट भ्रमण वर्षको व्यानर प्रर्दशन गरिदै । तस्वीर : राधिका कंडेल/रासस
नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका अवसरमा सुदूरपश्चिम प्रदेश सरकारद्वारा बुधबार धनगढीमा आयोजित विशेष समारोहमा छलिया नृत्य प्रस्तुत गर्दै कलाकार । तस्वीरः सिद्धराज भट्ट/रासस
पर्यटन वर्ष २०२० को अवसरमा भक्तपुरको ऐतिहासिक सिद्धपोखरीमा भक्तपुर नगरपालिकाले बुधबारबाट सञ्चालनमा ल्याएको नौका विहारको उद्घाटन गर्दै नगरप्रमुख सुनिल प्रजापति । तस्बिर : रमेश गिरी/रासस
भ्रमण वर्ष २०२० शुभारम्भको अवसरमा गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार आफ्नो मौलिक पोशाकमा सजिदै मगर युवती । तस्वीर :कृष्ण दवाडी,/रासस
बुधबार भक्तपुर नगरपालिकाले आयोजना गरेको शुभारम्भ कार्यक्रममा लाखे नाच नाच्दै । तस्वीर : सविना केसी/रासस
गण्डकी प्रदेशको मुख्य नाका तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पुलजीपमा बुधबार सम्मानित भएपछि खुशी हुँदै आन्तरिक तथा बाह्य पर्यटक । आँबुखैरेनी गाउँपालिकाले नेपाल भ्रमण वर्षको पहिलो दिन तीन सय पर्यटकलाई स्वागत गरेको छ ।तस्वीर :कृष्ण न्यौपाने, रासस
भ्रमण बर्षको सुरुको दिन चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा भव्य स्वागतपछि खुसी हुँदै । तस्वीरः कृष्ण आचार्य/रासस
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल भ्रमणका आएका पर्यटकलाई स्वागत गर्दै । तस्वीर : रोशन सापकोटा/रासस
काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरिएको कार्यक्रममा विदेशी पाहुनालाई खादा लगाएर स्वागत गरेपछि सामूहिक तस्वीरमा विदेशी पाहुना । तस्वीर : पेमा लामा/ रासस

बिहानीपखको साउथ अन्नपूर्ण

बिहानी पखको साउथ अन्नपूर्ण:अन्नपूर्ण गाउँपालिका– ११ छुम्रुङ, कास्कीबाट देखिने साउथ अन्नपूर्ण हिमालको बिहानीपखको दृश्य । यो अन्नपूर्ण बेसक्याम्प जाने मुख्य गन्तव्यमा पर्छ । तस्वीर:नवीन लामिछाने/रासस

मुक्तिनाथ मन्दिरमा हिमपात

हिमाली जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मुक्तिनाथ मन्दिरमा परेको हिमपात । शुक्रबार र शनिबार अत्यधिक हिमपातका कारणले चिसो बढ्नुका साथै यहाँ आउने भक्तजनहरु पनि कम आएका छन् । तस्वीर निरज थकाली/रासस

डोल्पाको आधारभूत विद्यालय हिउँले पुरियो

dolpa offices covered by snow nepinbiz
चिसो बढेसँगै भारी हिमपात भएपछि मुड्केचुला गाउँपालिकाको प्रशासकीय केन्द्र नर्कुमा रहेका सरकारी कार्यालय हिउँले ढाकिए । तस्वीर हेमन्त केसी/रासस
हिउँमा रमाउँदै सांसद : दाङका प्रतिनिधि सभा सांसद शान्ता चौधरी हिमाली जिल्ला मुस्ताङ्गको हिउँमा रमाउँदै । तस्वीर निरज थकाली/रासस

फोक्सुण्डो तालमा पर्यटक आगमनमा वृद्धि

फोक्सुण्डो तालमा पर्यटक आगमनमा वृद्धि

डोल्पाको फोक्सुण्डो ताल । प्रचारप्रसार बढेसँगै आन्तरिक तथा बाह्य पर्यटक आगमनमा वृद्धि भएको छ । तस्वीर हेमन्त केसी/रासस

जनकपुरमा रामजानकी मन्दिर झकिझकाउ

सूर्यको किरणसँग देखिएको अन्नपूर्ण तेस्रो हिमाल

मनाङ ङिस्याङ गाउँपालिका¬– ३ ङावाल गाउँको सिरानमा रहेको छोर्तेनसँगैको गुफामा जाने बाटोको झलक । तस्वीर ः नवीन लामिछाने÷रासस

मनाङ ङिस्याङ गाउँपालिका¬– ३ ङावाल गाउँको सिरानमा रहेको छोर्तेनसँगैको गुफामा जाने बाटोको झलक । तस्वीर :नवीन लामिछाने/रासस

Nepal news headlines | breaking news kathmandu | national news of nepal live