NEWS

मोदीको चुनावी अभियान शुरु, मेरठबाट रैली शुरु , पहिलो दिनको अन्तिम सम्बोधन जम्मुमा हुने

एनआइबि संवाददाता,नयाँ दिल्ली

प्रधानमन्त्री नरेन्द्र मोदीले विहिबारदेखि सत्रौं लोकसभा निर्वाचनको प्रचार प्रसार अभियान शुरु गरेका छन् । भारतीय जनता पार्टीले जारी गरेको सुचना अनुसार मोदीले पहिलो सभा मेरठबाट शुरु गर्ने, उत्तराखण्डको रुद्रपुर मा दोश्रो सभा तथा तेश्रो सभा साँझ जम्मुको अखनुर ब्रिजमा गर्ने भएका छन् । २०१४ झै आक्रामक शैलीमा प्रचार प्रसारमा उत्रिएको मोदीले आफनो लहरको पहिलो पडाव मेरठलाइ बनाएका हुन् । यी क्षेत्रहरुमा अप्रिल ११(चैत्र २८) मा निर्वाचन हुँदैछ ।मोदीले ट्वििट गर्दै यो आफनो र्याली बारे जानकारी दिएका छन् ।

 

विभिन्न सात चरणमा हुन लागेको लोकसभा निर्वाचन मे १७ ( जेष्ठ ३)सम्म चल्नेछ । मे २३(जेष्ठ ९) मतपत्र गन्ति तथा परिणाम सार्वजानिक गरिने भारतीय निर्वाचन आयोगले तय गरेको छ ।

भारतको अन्तरिक्ष शक्ति , उपग्रह रोधी मिसाइलको सफल परिक्षण

एनआइबि संवाददाता, नयाँ दिल्ली

अन्त्रिक्ष शक्तिको प्रतिस्पर्धामा भारत विश्वको चौथो महाशक्ति बनेको छ । अन्तरिक्षमा ३ सय किलोमिटरको दुरीमा रहेको लाइभ सेटेलाइटलाइ एन्टि मिसाइलले गिराउन सफल भएपछि भारत चौथो महाशक्तिको रुपमा उदाएको हो । यसअघि अमेरिका , रुस तथा चीन सँग मात्र यो क्षमता रहेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको यो सफलतालाइ ‘मिशन महाशक्ति’ नाम दिएका छन् ।

मोदीले बुधबार राष्ट्रका नाममा सम्बोधन गर्दै यो क्षमता कसैका विरुद्ध प्रयोग गर्न भन्दा पनि द्रुततर गतिमा बढिरहेको भारतकोलागि रक्षात्मक पहल भएको बताएका छन् ।
लोकसभा निर्वाचनको पूर्व समयमा गरिएको यो परिक्षणले भारतीय जनता पार्टीलाइ फाइदा पुग्ने अनुमान एकथरिले लगाएका छन् भने प्रतिपक्षी दल भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले रक्षा अनुसंधान तथा विकास संगठन(डिआरडिओ) लाइ बधाइ दिदै ट्विट गरेका छन् । उनले ट्वििटमा लेखेका छन्, बधाइ छ डिआरडिओ, मलाइ तपाइहरुमाथि गर्व छ । त्यसैगरि उनले प्रधानमन्त्री मोदीलाइ भने कटाक्ष गर्दै लेखेका छन् , ‘म प्रधानमन्त्रीलाइ विश्व रंगमन्च दिवसको मुरी मुरी शुभकामना दिन चाहन्छु।’

 

कन्हैयाको राजनीतिक इनिंग शुरु, बेगुसरायबाट चुनाव लडने

एनआइबि संवाददाता, नयाँ दिल्ली

भारतमा पछिल्लो समय प्रभावशाली युवा नेताको रुपमा उदाएका विद्यार्थी नेता कन्हैया कुमार पनि लोकसभा निर्वाचनको उम्मेदवार बनेका छन् । उनलाई ‘कम्युनिष्ट पार्टी अफ इन्डिया’ (सिपिआई)ले उम्मेद्वार बनाएको हो । उनी गृहजिल्ला बिहारको बेगुसरायबाट चुनाव लडनेछन् । कन्हैया विरुद्ध भारतीय जनता पार्टीको तर्फबाट गिरिराज सिंहले नै चुनाव लडने तय भएको छ । यसअघि सिंघले आफूलाइ जानकारी नै नभएको पार्टीसँग विमति जनाएका थिए । भारतीय जनता पार्टी श्रोतका अनुसार पार्टी अध्यक्ष अमित शाहले सिंहलाइ चुनावका राजी गराएका हुन् । । जवाहरलाल नेहरु विश्वविद्यालयमा विद्यार्थी राजनीति गर्दा शैक्षिक तथा राजनीतिक मुद्दामा बोल्दै आन्दोलनको नेतृत्व गरेका कन्हैयाको उम्मेदवारी निकै चासोका साथ हेरिएको छ । ३२ वर्षीय कनैयाको चुनावी खर्चको लागि उनका समर्थक र विद्यार्थीले रकम समेत संकलन गर्न थालेका छन् । यसबीचमा लाखौं रकम संकलन भइसकेको पनि बताइएको छ ।
गौरी लंकेश, एमएम कलबुर्गी, रोहित बेमुला लगायतका हत्याकाण्डका विरुद्ध कन्हैयाले जेएनयूमा छँदादेखि नै खुलेर आन्दोलनको नेतृत्व गरेका थिए । सरकारले उनलाइ पक्राउ समेत गरेको थियो । विद्यार्थी तथा प्रतिपक्षको विरोध पश्चात उनलाइ सरकारले रिहा गरेको थियो । त्यसपछि भने गरिबी, जातीय विभेद्, धार्मिक अतिवादका विरुद्ध भारतका विभिन्न शहरहरुमा भाषण गर्दै हिडेका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा पनि उनले भाषण गरेका थिए ।

चीनसँगको सम्बन्धले नेपाल भारतको मित्रतामा फरक पर्दैनःराजदूत आचार्य

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतकालागि नेपाली राजदूत निलाम्बर आचार्यले आर्थिक सामाजिक तथा सांस्कृतिक समानताको आधारमा घनिष्ट रहेको नेपाल–भारतबीचको सम्बन्धलाइ अन्य मुलुकसँगको मित्रताले फरक नपर्ने बताए । चीनसँगको नेपालको आर्थिक सहकार्य बढदै गएको परिवेशमा भारत पक्षको चासो तर्फ इगिंत गदै राजदूत आचार्यले भने, नेपालको अन्य मुलुक अथवा चीन सँगको मित्रताले भारतसँगको निकटतम सम्बन्धलाइ फरक पर्दैन् । नेपालका मित्र अनेक हुन सक्छन तर ती मित्रहरुका कारण भारतसँगको घनिष्टता कम हुन्छ भन्ने हुँदैन् । ’


बरु नेपाल भारत निकट छिमेकी भएर पनि गहिरो रुपमा जोडिन नसकेको भन्दै आचार्यले यसकालागि भारतको द्रूत आर्थिक विकासलाइ नेपालको विकासमा सहकार्य गराउनुपर्नेमा जोड दिए । नयाँ दिल्लीको पिएचडी चेम्बर भवनमा मंगलबार आयोजित उद्योगी व्यवसायीहरुको एक अन्तरसंवाद कार्यक्रमलाइ सम्बोधन गर्दै राजदूत आचार्यले भारतले विज्ञान तथा प्रविधीमा गरेको उल्लेख्य विकासलाइ नेपाल भित्रायाउनु पर्नेमा जोड दिए । काठमाडौंमा लगानी सम्मेलन हुनु दुइ दिन अघि आयोजना गरिएको कार्यक्रममा भारतीय उद्योगी व्यवासायीहरुलाइ संभावना भएका क्षेत्रहरु पहिल्याएर लगानी बिस्तार गर्न आग्रह गरे ।

पिचडि चेम्बर अफ कमर्शको भारत नेपाल केन्द्रले आयोजना गरेको कार्यक्रममा राजदूत आचार्यले नेपालको आर्थिक विकासकालागि अथाह संभावना रहेको जलविद्युत, पर्यटन,सडक तथा यातायात पूर्वाधार लगायतका क्षेत्रमा भारतीय लगानीे आवश्यक रहेको औंल्याए ।

अन्तराष्ट्रिय लगानीकर्ताको चासो रहेको बुद्धिस्ट सर्किटका संभावना बारे नेपाल सरकारको गम्भीर पहल आवश्यक रहेको भारतीय पूर्व ब्यूरोक्रेट एम.पी. बेजबरुवाले उल्लेख गरे । अन्तराष्ट्रिय सभा सम्मेलनकालागि भारतीयहरु सिंगापुर, मलेशिया लगायतका मुलुक पुग्ने गरेको सन्दर्भ उल्लेख गर्दै यही प्रयोजनकोलागि स्थलको रुपमा नेपालको संभावना प्रशस्त रहेको बरुवाले औंल्याए ।

नेपालकालागि पूर्व भारतीय राजदूत केबी राजनले संघीय राज्य प्रणालीमा गइसकेको नेपालमा अब लगानीकालागि संघीय सहकार्यको संभावना औल्याए । पूर्वाधार विकासकालागि नेपाल भारत संयुक्त परियोजनाको परिकल्पना गर्न सकिने संभावना पनि उद्योगी व्यवसायीले औल्याएका थिए ।
कार्यक्रममा दक्षिण एशिया विश्वविद्यालयकी सहायक प्राध्यापक मल्लिका शाक्यले दुइ मुलुकबीच नेपालमा लगानीकालागि उद्योगी व्यवसायीहरुले यस क्षेत्रका वौद्धिकसहयोग लिनुपर्ने सुझाव राखेकी थिइन् ।

आफनो कलेजमा नेपाल भारत कला तथा संस्कृति मंचको स्थापना गरेर दुइ मुलुकबीच कला क्षेत्रमा सहकार्य गरिरहेको उल्लेख गर्दै मारवाह स्टुडियोजका अध्यक्ष संदीप मारवाहले नेपालको फिल्म तथा कला क्षेत्रमा थप सहकार्यकालागि आफू सदैव तयार रहेको बताए । हाल दुइ सय नेपाली विद्यार्थी अध्ययनरत रहेको पनि मारवाहले उल्लेख गरे । भौतिक पूर्वाधारको विकासकालागि नयाँ प्रविधिको प्रयोगबाट कम लागत तथा छिटो भन्दा छिटो समयमा संरचना तयार पार्ने बताउँदै त्यस क्षेत्रका विज्ञहरुले आफूहरु नेपाल सरकारसँग काम गर्न तयार रहेको इच्छाएका थिए । इकमर्श, बुद्ध सर्किट , रामायण सर्किट, इको टुरिजमका साथै शिक्षा,स्वास्थ्यको क्षेत्रमा हब नै बनाउन सकिने संभावना रहेको पनि भारतीय उद्योगीहरुले उल्लेख गरे ।

राजदूत आचार्यले भारतीय राष्ट्रपति कोबिन्द समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

भारतीय राष्ट्रपतिले भने , नेपाल र भारतबीचको हार्दिक सम्बन्ध थप प्रगाढ बनाउनु पर्छ

एनआइबि संवाददाता , नयाँ दिल्ली
भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । भारतीय राष्ट्रपति कार्यालयमा भएको समारोहमा राजदूत आचार्यले प्रमाणपत्र बुझाएका हुन् ।
ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको शिष्टाचार भेटमा भारतीय राष्ट्रपति रामनाथ कोबिंद नेपाल भारतको सदियौ पुरानो सम्बन्धलाइ थप प्रगाढ बनाउँदै लैजानु पर्ने बताउनु भएको राजदूत आचार्यले बताए । राष्ट्रपति कोबिंदको भनाइ उद्धृत गर्दै राजदूत आचार्यले भने, ‘भारतका तर्फबाट स्वागत तथा शुभकामना दिदैं उहाँले दुइ मुलुकबीचको सदियौ पुरानो , न्यानो तथा हार्दिक सम्बन्धलाइ थप प्रगाढ बनाउँदै अगाडि बढानुपर्ने बताउँनु भयो । उहाँले राष्ट्रपति विद्यादेबी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ शुभकामना तथा धन्यवाद दिनुभयो । ’
राजदूत आचार्यले अन्नपूर्णसँग कुरा गर्दै नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीको तर्फबाट भारतीय राष्ट्रपति कोबिन्दलाइ शुभकामना दिएको उल्लेख गरे । उनले भने, राष्ट्रपति समक्ष , नेपाल राजनीतिक स्थायित्व पछि नेपाल आर्थिक समृद्धि तर्फ अगाडी बढेको जानकारी गराएको तथा सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारालाइ सफल बनाउन नेपाल भारत सम्बन्धले योगदान पुरयाउने उल्लेख गरे ।
नयाँ दिल्लीको कार्यभार संभालेको २३ औं दिनमा राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । आचार्य गत फागुन ६ गते नयाँ दिल्ली आएका हुन् ।


राजदूतका आगामी कार्ययोजना
भारतमा लोकसभा चुनावको सरगर्मी बढेका बेला राजदूतको राजनीतिक भेटघाट बाक्लिने संभावना न्यून देखिन्छ । यद्यपि उनले व्यक्तिगत सम्बन्ध परिष्कृत गर्नकालागि भेटघाटको क्रमलाइ तीब्रता दिने बताए । उनले भने, भारतमा अहिले चुनाव लागेको छ , द्धिपक्षिय सम्बन्धका विषयहरुमा तत्काल केहि निर्णय भइहाल्छ भन्ने हुँदैन तर यसबीचमा व्यक्तिगत, सरकारी तथा प्रशासनिक क्षेत्रहरुकाबीच सम्बन्ध बिस्तार गर्ने प्रयास गर्छु ।
नेपाल भारत सम्बन्ध सही दिशामा अघि बढिरहेको उल्लेख गर्दै राजदूत आचार्यले भने, यो सम्बन्धलाइ थप प्रभावकारी बनाउने दिशा तर्फ अगाडि बढनुपर्छ । जे जति समस्याहरु आउँछन् अथवा रहेका छन त्यसलाइ द्धिपक्षिय वार्ताबाट समाधान गर्नु पर्छ,मेरो जोड पनि यसैमा रहनेछ ।
भारतमा आगामी महिना हुन लागेको लोकसभा निवार्चन पछि आउने परिणामले नेपाल भारतको सम्बन्धमा कुनै फरक नपर्ने आचार्यले बताए । उनले भने , निर्वाचनका परिणाम जस्तो आएपनि दुइ मुलुकबीचको घनिभुत सम्बन्धमा कुनै फरक पर्दैन । नेतृत्व परिवर्तन हुँदैमा सम्बन्धका प्राथमिकता बदलिंदैन् । दुइ मुलुकबीचको घनिष्ट सम्बन्ध सरकार र प्रतिपक्षमा रहेका सबैसँग समान हुन्छ ।

जान पाइने भो रेल चढेर जनकपुर

जनकपुर रेलको पूननिर्माणमा भारतले गरेको सहयोगले बल्ल व्यवहारिक रुप लिन थालेको छ । भारतको ऋण तथा अनुदान सहयोगमा निर्माण भएको रेल सेवा संचालनमा आउने भएको छ । यही वैशाखदेखि संचालन हुने रेल्वे सेवा भारतको जयनगरदेखि जनकपुरसम्म सञ्चालन हुने भएको हो । सरकारले रेल खरीद प्रक्रिया अन्तिम चरणमा पुर्याएकाले जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्न लागिएको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल खरीद प्रक्रिया अन्तिम चरणमा रहेकाले आगामी वैशाखबाट जनकपुर जयनगर रेल सञ्चालनमा आउने बताए । यस अघि चालू आर्थिक वर्षको मङ्सिरदेखि जनकपुरको कुर्थाबाट भारतको जयनगरसम्म रेल सञ्चालन हुने भनिए पनि ट्रयाक निर्माणलगायतका काम नसकिएकाले निर्धारित समयमा रेल सेवा सञ्चालन हुन सकेको थिएन ।अहिले सबै निर्माणका कार्य अन्तिम चरणमा रहेको हुँदा कुर्थादेखि जयनगरसम्मको ३५ किलोमिटरमा रेल गुड्नेछु, उनले भने । मिश्रले रेलले एक घण्टाको समयमा जयनगर–कुर्थाको दूरी पार गर्ने बताए ।

पाँच सय यात्रु बोक्ने रेलले दैनिक सेवा दिनेछ । रासस

पराराष्ट्रमन्त्री दिल्लीमा , स्वराज सँग भेट

आशा थपलिया, नयाँ दिल्ली
नयाँ दिल्लीको ताज होटलमा आयोजना भइरहेको रायसिना डायलगको चौथो संस्करणमा भाग लिन दिल्ली आइपुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुषमा स्वराजसँग भेट गरेका छन् ।

काँग्रेस महामन्त्री कोइराला दिल्लीमा

एनबीआइ संवाददाता, नयाँ दिल्ली
नेपाली काँग्रेसका महामन्त्री डा सशाँक कोइराला विगत तीनदिदेखि दिल्लीमा छन् । संविधानमा हिन्दू राष्ट्र सहितको धार्मिक स्वतन्त्रताको पक्षमा रहेका महामन्त्री कोइराला आइतबार साँझ दिल्ली आइपुगेका हुन् । आइतबार इन्दिरागान्धी अन्तराष्ट्रिय विमानस्थलमा भेट भएका कोइरालाले स्वास्थ्योपचारका लागि दिल्ली आएको बताएका थिए । उपचारका क्रममा तीन चार दिन दिल्ली बसाइ हुने उनले बताएका थिए । उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको बुझिएको छ ।
कोइरालाको दिल्ली आगमन बारे भारत स्थित नेपाली दूतावासलाइ पनि औपचारिक जानकारी छैन् । अनौपचारिक रुपमा थाहा त छ तर औपचारिक रुपमा हामीलाइ पनि कुनै खबर छैन्, दूतावासका एक उच्च अधिकारीले भने ।
उच्च श्रोतका अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटको आशा बोकेर दिल्ली आएका कोइरालाले मोदीलाइ भेटन पाउछन पाउदैन भन्ने कुरा भने अनिश्चित प्राय छ ।
कोइरालाले हरियाणा स्थित मेदान्ता अस्पतालमा उपचार गर्ने बताएको भएपनि अस्पतालको बुधबार सम्मको औपचारिक रेकर्डमा उनको नाम नरहेको श्रोतले जनाएको छ ।

पराराष्ट्रमन्त्री दिल्लीमा , स्वराज सँग भेट हुने

एनबीआई संवाददाता, नयाँ दिल्ली
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विहिबार दिल्ली आइपुगेका छन् । रायसिना डायलगको चौथो संस्करणमा भाग लिन उनी दिल्ली आइपुगेका हुन् । यस संस्करणको मन्त्री स्तरीय सत्रलाइ उनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस अघि भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग उनले भेट गर्ने छन् । विदेश मन्त्री स्तरीय भेटमा द्धिपक्षिय हितका विषयमा छलफल हुनुका साथै विगतमा भएका संझौताहरु मध्ये कार्यान्वयनमा जान नसकेका विषयहरुमा ज्ञवालीले समकक्षी स्वराजको ध्यानाकर्षण गराउने बुझिएको छ । शुक्रबार दिल्ली स्थित दूतावासमा नेपाली समुदायसँगको भेटघाटमा उनीहरुका समस्याहरुको सुचीसहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवाली शुक्रबार साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सरकारले थप पाँच स्थानकालागि राजदूत सिफारिस गरयो,तीनलाइ फिर्ता

एनआइबी संवाददाता, काठमाडौं

अघिल्लो सरकारले नियुक्त गरेका तीन राजदूतलाई फिर्ता बोलाउँदै सरकारले पाँच स्थानमा राजदूत नियुक्तिको सिफारिस गरेको छ । सिफारिस गरेका सबै परराष्ट्र सेवाका रहेका छन् । अघिल्लो पटक सरकारले राजनीतिक तर्फबाट तीन र परराष्ट्रका एक गरी चार स्थानमा नियुक्त गरेको थियो । सरकारले नियमित पत्रकार सम्मेलनमा बिहीबार यसबारे जानकारी दिएको हो ।

सरकारले परराष्ट्रका सहसचिवहरु भृगु ढंगानालाई क्यानाडा, दीपक अधिकारीलाई फ्रान्स, गणेश ढकाललाई थाइल्याण्ड, मणिप्रसाद भट्टराईलाई स्वीट्जरल्याण्डका लागि स्थायी प्रतिनिधि र दुर्गाप्रसाद भण्डारीलाई कुवेतको लागि राजदूत नियुक्तिको सिफारिस गरेको हो ।

ढुंगाना हाल भारत समेत हेर्ने दक्षिण एशिया महाशाखा प्रमुख हुन भने उनले जेनेभामा नियोग उपप्रमुख भएर काम गरिसकेका छन् । ढकाल चीन समेत हेर्ने महाशाखा प्रमुख हुन् । भण्डारी पश्चिम एशिया महाशाखा प्रमुख हुन् भने अधिकारी शिष्टाचार महापाल हुन् । यस्तै भट्टराई प्रशासन महाशाखा प्रमुख हुन् । सरकारले इजरायलका राजदूतलाई यसअघि नै फिर्ता बोलाउँदै त्यहाँ सिफारिस गरिसकेको थियो ।

सरकारले बंगलादेश, दक्षिण कोरिया र स्पेनको राजदूतलाई फिर्ता बोलाएको छ । अघिल्लो सरकारले गरेको नियुक्ति पछिको नौ महिना सम्म उनीहरुको कार्यक्षमता हेरेर फिर्ता बोलाएको पत्रकार सम्मेलनमा जानकारी गराइयो । सरकार जापान, कतार र ओमानको विषयमा अझै निर्णयमा पुगेको छैन ।

यसअघि सिफारिस भएका भारतका लागि राजदूत निलाम्बर आचार्य, युएईकालागि कृष्ण ढकाल, मलेसियाकालागि उदयराज पाण्डे र इजरायलका लागि डा. अन्जान शाक्यको संसदीय सुनुवाइ सम्पन्न भइसकेको छ । उनीहरुको एग्रिमोका लागि सम्बन्धित देश पठाइएको छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live