NEPAL

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ :अध्यक्ष दाहाल

काठमाडौं, २२ फरबरी २०२०

नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताए ।

शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन बुझाएको बताउँदै यस विषयमा बिस्तृत अध्ययन गरी परिमार्जनसहित अनुमोदन हुने विश्वास दाहालले व्यक्त गरे । उनले भने,‘एमसिसी कुनै बाइवल होइन यसलाई परिमार्जन गरेर अघि बढाइनेछ’, प्रधानमन्त्रीले यस विषयमा अमेरिकी सरकारसँग पनि कुरा गरिसकेको उनले जानकारी दिए ।

अध्यक्ष दाहालले सरकारको कामका विषयमा शनिबारदेखि शुुरु हुने सचिवालय बैठकले समीक्षा गर्ने बताए । वर्तमान सरकारले गरेका धेरै राम्रा कामहरुलाई पनि केही नराम्रा कामले छोपेको भन्दै उनले यस विषयमा समीक्षा गरेर अघि बढ्ने बताए । फरक प्रसंगमा उनले नेकपाभित्र आन्तरिक विवाद नरहेको पनि स्पष्ट पारे । ––रासस

एमसिसी कार्यदलले बुझायो प्रतिवेदन

एनआईबि सम्वाददाता

काठमाडौं, २१ फरबरी २०२०

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)को अध्ययन गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले शुक्रबार साँझ अध्यक्षद्वय समक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलका संयोजक एवं नेकपा वरिष्ठ नेता झलनाथ खनाल तथा सदस्यद्वय भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उक्त अध्ययन प्रतिवेदन बुझाएका हुन् ।

नेकपाको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो । कार्यदलको गत माघ २९ गते नै समय सकिएको थियो । पछि नेकपाले थप दश दिनको समय थपेको थियो ।

कार्यदलले एमसिसीलाइ यथास्थितिमा पारित गर्न नहुने सुझाव सहितको प्रतिवेदन बुझाएको हो ।

सत्तामा पुगेपछि विचलित हुने विश्व कम्युनिष्ट इतिहास

काठमाडौं, २१ फरबरी २०२०

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको संकेत नेपालमा पनि देखिन थालेको बताएका छन् । नेकपाका संस्थापक नारायणविलास जोशीको स्मृतिमा उनको वासस्थान मध्यपुरथिमि शंखधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको शुक्रबार शिलान्यास गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘कम्युनिष्ट पार्टी सत्ता बाहिर आन्दोलन र क्रान्तिमा हुँदा निकै ठूलो त्याग र तपस्या गर्न सक्छन्, जनतासँग बसेर जनताले जे खान्छन् त्यही खाएर जनताको मन जित्न सक्छन् तर सत्ता प्राप्त गरिसकेपछि कहीँ न कहीँ त्यो आदर्शबाट विचलित हुने र बिग्रने गरेको थुप्रै विश्व इतिहास रहेको छ, अचेल नेपालमा पनि त्यसका संकेत र लक्षण देखापर्न थालेका छन् ।’

विश्वको कम्युनिष्ट इतिहासमा सत्तामा पुगेपछि आफूले आफँैलाई सिध्याएको उदाहरण धेरै रहेको स्मरण गर्दै अध्यक्ष दाहालले देशको विकृति, विसंगति र भ्रष्टाचारको अन्त्य गर्दै, गल्ती कमजोरीलाई सच्याउने, त्यस्तो गर्नेलाई कारवाही गर्ने, पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउने तथा राम्रा काम गर्नेतिर उद्दत हँुदै पार्टीलाई मजबुत बनाउनेतर्फ लाग्नुपर्नेमा जोड दिए ।

जनतालाई सामान्य राजनीतिमा लाग्ने छुट समेत नभएको राणादेखि सामन्ती वर्गविरुद्ध लाग्दै पुष्पलालसँग नेकपा स्थापनामा लाग्ने जोशीको स्मृतिमा भवन निर्माण हुन लाग्नु ठूलो विषय भएको उनले बताए । ––रासस

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान, द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालको पूर्ण प्रतिबद्धता व्यक्त हुँदै

काठमाडौं,फरबरी २१

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२(फरबरी २४) गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् ।

जेनेभा प्रस्थान गर्नुअघि रासससँग सङ्क्षिप्त कुरा गर्दै यही फागुन १३(फरबरी २५)गते हुने उक्त बैठकमा आफूले मानवअधिकार प्रवद्र्धन र संरक्षणप्रति नेपाल सरकारको पूर्ण प्रतिबद्धता, नेपालको संविधान र प्रचलित ऐन कानूनबमोजिम बालअधिकारको रक्षा, जातीय, लिंग विभेदको अन्त्य, मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको अक्षरशः पालनाका साथै मानवअधिकार, बालअधिकारको प्रत्याभूति र प्रवद्र्धनमा नेपालले हासिल गरेका उपलब्धि प्रस्तुत गरिने जानकारी दिए ।

यो वर्ष बालअधिकारसम्बन्धी सन्धि भएको २५औँ वार्षिकोत्सवका सन्दर्भमा नेपालले बालअधिकारको रक्षा, बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण, मनोरञ्जन, खेलकूदलगायत सबै किसिमका अधिकारको रक्षामा नेपालले निर्वाह गरेका प्रवद्र्धनात्मक भूमिकाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने मन्त्री ज्ञवालीले बताए ।
सत्य निरुपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगलगायत द्वन्द्वकालीन मुद्दाको निरुपणप्रतिको नेपालको पूर्ण प्रतिबद्धता पनि बैठकमा दोहो¥याइने उनले बताए ।

जेनभा रहँदा मन्त्री ज्ञवालीले त्यहाँस्थित संयुक्त राष्ट्रसंघकालागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभामा रहँदा उनले राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्रमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु छन् । मन्त्री ज्ञवाली फागुन १६(फरबरी २८) गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । मन्त्री ज्ञवालीलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागी र उक्त मन्त्रालयका उच्च अधिकारीले बिदाई गरेका थिए। ––रासस

भ्रष्टाचार गर्ने छुट कसैलाई छैन: प्रधानमन्त्री

एनआईबि संवाददाता
काठमाडौं,२० फरबरी २०२०

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गर्ने छुट कसैलाई नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले स्वच्छता र पारदर्शीताको सम्बन्धमा अलिकति मात्रै पनि प्रश्न उठेमा कसैको अनुहार पनि नहेर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले लेखेको पुस्तक ‘मुलुक आर्थिक समृद्धिको यात्रामा’ विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले सुशासनका लागि चाल्ने कदममा आफु नहिचकिचाउने बताए । जनप्रतिनिधिलाई रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटकालागि नभएको उल्लेख गर्दै ओलीले भने,‘हामी यस्तो प्रणाली भित्र छौँ की कहाँ कसरी शासक शासनमा गयो ।जनप्रतिनिधिलाई पु¥यायो भने रुलिङ पोजिसनमा पु¥याउनुको अर्थ लुटिङ फ्यासलिटी दिएको होइन् ।’ ओलीले अहिले विकासका लागि उपयुक्त वातावरण भएकाले लुटको सुविधा नहुने बताए ।

प्रधानमन्त्री ओलीले यहि चालले अघि बढ्यो भने प्रधानमन्त्री पद धरापमा पर्ला भनेर धेरैले भन्ने गरेको उल्लेख गर्दै भने,‘मलाई त्यसको चिन्ता छैन् । प्रधानमन्त्री पद धरापमा पर्छ पर्दैन भन्ने होइन्, एउटा सिस्टम बसाउने हो । हजार वर्ष कसैले पनि रुल गर्दैन । जतिसुकै सफल भएपनि प्रकृतिले धेरै लामो समय रुल गर्न दिँदैन, मान्दैन् ।’ प्रधानमन्त्री ओलीले लामो समय शासन गर्न खोज्दा परिणाम राम्रो नहुने बताए ।

सञ्चारमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षीद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध

काठमाडौं,२०फरबरी२०२०

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गरी सञ्चारमाध्यममार्फत सार्वजनिक भएको उनको श्रव्य सामग्री छानबिन गर्न माग गरेको छ ।

सोही माग राखी पार्टीका सांसदले राष्ट्रियसभाको आजको बैठक अवरुद्ध गर्नुभयो । सभाको विहिबारको बैठक शुरु हुनेबित्तिकै काँग्रेस सांसदले उठेर विरोध जनाएका थिए । सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सांसदलाई बस्न पटकपटक आग्रह गरे पनि उठेर विरोध जनाएपछि अध्यक्ष तिमल्सिनाले दिएको समयमा काँग्रेसका जीतेन्द्रनारायण देवले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्ध शून्य सहनशील हुने प्रतिबद्धता जनाए पनि उहाँ निकटका मन्त्री एवं सरकारको प्रवक्तासमेत रहनुभएका बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रक्रियामा रु ७० करोडदेखि ७५ करोडसम्म कमिशन मागेको’ भन्दै त्यसको निष्पक्ष छानबिन नभएसम्म संसद् चल्न नसक्ने बताएका थिए ।

काँग्रेसले अविलम्ब सञ्चारमन्त्रीलाई बर्खास्त गरी निष्पक्ष छानबिन गरेन र सो घटनाका विषयमा संसद्लाई जानकारी गराउन प्रधानमन्त्रीसँग माग गरेको छ । अध्यक्ष तिमल्सिनाले पटकपटक बस्न आग्रह गरे पनि काँग्रेस सांसदले उठेर विरोध जनाएपछि बैठक यही फागुन १५ गते बिहीबार अपराह्न १ बजेसम्मका लागि स्थगन भएको छ ।––रासस

संचारमन्त्री बाँस्कोटाले प्रधानमन्त्री ओलीलाइ बुझाए राजीनामा,ट्वििट गर्दै दिए जानकारी

काठमाडौं, २० फरबरी २०२०

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री के.पी.शर्मा ओली समक्ष राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो सार्वजानिक भएपछि उनले राजीनामा दिएका हुन् । विहिबार आफ्नो आधिकारिक ट्वििटर मार्फत उनले प्रधानमन्त्री ओली समक्ष राजीनामा बुझाएको जानकारी दिएका छन् ।

यस अघि संसद बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिएको आफूले अनौपचारिक जानकारी पाएको बताएका थिए । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार नै सार्वजनिक भएको थियो ।

संचारमन्त्री बाँस्कोटाले दिए राजीनामा

काठमाडौं, २० फरबरी २०२०

सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणको अडियो सार्वजानिक भएपछि उनले राजीनामा दिएका हुन् । विहिबारको संसद बैठकमा सभामुख अग्नि प्रसाद सापकोटाले बाँस्कोटाले राजीनामा दिएको आफूले अनौपचारिक जानकारी पाएको बताए ।

नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका हुन् । ‘मन्त्रीज्युले सम्बन्धित निकायमा राजीनामा बुझाएको अनौपचारिक जानकारी मसँग आएको छ ।’ उनले भने ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार नै सार्वजनिक भएको थियो ।

राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैनः मन्त्री बाँस्कोटा

कञ्चनपुर, २० फरबरी २०२०

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोपबारे काठमाडौँ फर्किएपछि विस्तृत प्रतिक्रिया दिने बताएका छन् । ‘ममाथि लागेको आरोप प्रमाणित भए सजाय भोग्न तयार छु’, बेलडाँडी गाउँपालिकामा विहिबार बिहान आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, ‘राजनीतिक रङ दिएर अफवाह फैलाउनुको अर्थ छैन ।’

जनपक्षीय काम गर्दै गएमा प्रतिक्रियावादी वर्ग आफैँ परास्त हुने मन्त्री बाँस्कोटाको भनाइ थियो । ‘आरोप आफँैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ’, उनले भने,‘सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छ ।’

सञ्चारमन्त्री बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको प्रमाण सहितको समाचार नेपालको अनलाइन समाचार पोर्टल हाम्राकुरा डटकमले प्रकाशित गरेको थियो ।

एक स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बास्कोटाले आफूले पाउने कमिसनका लागि सेटीङ गरेको अडियो हाम्राकुराले सार्वजानिक गरेको थियो । स्विस कम्पनीको स्थानीय एजेन्ट विजयप्रकाश मिश्र शर्मासँगको कुराकानीका क्रममा मन्त्री बाँस्कोटाले कुन ट्रयाकबाट कमिसन बढी निकाल्ने सम्मको सल्लाह गरेका छन् ।

नर्मल तरिकाबाट कम कमिसन आउने र बढी कमिसनका लागि आउट अफ ट्रयाक जानुपर्ने सुझाव समेत एजेन्ट मिश्रले सो अडियोमा दिएका छन् ।

महाधिवेशनले नयाँ नेतृत्व चयन गर्छ ः डा कोइराला

उदयपुर, २० फरबरी २०२०

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली काँग्रेसको आगामी चौधौँ महाधिवेशनले केन्द्रिय नेतृत्व परिवर्तन गर्ने दाबी गरेका छन् । नेपाली काँग्रेस जिल्ला कार्यसमिति उदयपुरद्वारा बुधबार आयोजित तीनदिने जिल्ला पार्टी सुदृढीकरण तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

उनले लोकतन्त्र रहेमात्र विकास संभव रहेको बताउँदै लोकतन्त्र सुदृढीकरणमा नेपाली काँग्रेसको भूमिका अहम रहने स्पष्ट पारे । कोइरालाले पार्टी गुटउपगुटका कारण पार्टी कमजोर बन्न दिन नहुनेमा जोड दिए ।

कांग्रेस उदयपुरका पार्टी प्रवक्ता मदनराज कटुवालका अनुसार सम्बोधनमा क्रममा केन्द्रीय सदस्य डा ै उनले सरकारले दम्भको राजनीति गर्न नहुने भन्दै यसले लोकतन्त्र संकटमा पर्ने जोखिम रहेको उल्लेख गरे ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live