NEPAL PAPER

भारत शान्ति चाहन्छ तर युद्धका लागि उक्साए त्यसको जवाफ दिन सक्षम छौं– प्रधानमन्त्री मोदी

नयाँदिल्ली,जुन १७

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत छिमेकी मुलुक चीनसँग शान्ति चाहन्छ भन्दै सीमामा युद्ध भड्काउन खोजिए त्यसको जवाफ दिन भारत सक्षम रहेको प्रतिक्रिया दिएका छन् । लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको गोलाबारीमा २० जना भारतीय सैनिकको मृत्यु भएको सम्बन्धमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले उक्त कुरा बताएका छन् ।

कोरोनाभाइरसका कारण भारतमा जारी लकडाउनमा सहजीकरण गर्ने बारेमा राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गर्नुअघि प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा भएको घटनाका बारेमा राज्यका मुख्यमन्त्रीहरुलाई जानकारी गराएका थिए । उनले भने , “हामीले मानव कल्याणका लागि प्रार्थना गरेका छौं । हामीले छिमेकी मुलुकहरुसँग सदैब मित्रवत र सहयोगात्मक ढंगबाट कार्य गरिरहेका छौं । हामीबीच कुनै मतभेद भए त्यसले विवादको रुप नलिओस् भन्ने हामीले प्रयास गरेका छौं । हामी कहिल्यै कसैलाई उक्साउने कार्य गर्दैनौं । तर हामी मुलुकको अखण्डता र सम्प्रभुतामाथि कुनै किसिमको सम्झौता गर्दैनौं । हामीले आफ्नो मुलुकको अखण्डता र सम्प्रभुताको संरक्षणमा आवश्यक परेको अवस्थामा सम्पूर्ण शक्ति लगाएका छौं ।”

प्रधानमन्त्री मोदीले भारतीय सेनाले गरेको बलिदान खेर जान नदिने बताए । उनले भने,“हाम्रा लागि मुलुकको एकता र अखण्डता सबैभन्दा महत्वपूर्ण छ । कसैले पनि हाम्रो मुलुकको सुरक्षा गर्नबाट रोक्न सक्दैन । भारत शान्ति चाहन्छ तर उक्साउने कार्य भएमा जस्तोसुकै जवाफ दिन सक्षम रहेको छ ।”

प्रधानमन्त्रीको सम्बोधनका क्रममा गृहमन्त्री अमित शाह र १५ वटा राज्यका मुख्यमन्त्रीहरुको उपस्थिति थियो । उक्त कार्यक्रम हुनुअघि सीमामा मारिएका सैनिकको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो ।

लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कर्णेल सहित कम्तीमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । उक्त भिडन्तमा चिनियाँ सेनातर्फ भएको क्षतिका बारेमा केही बताइएको छैन ।

यसैबीच, गलवान उपत्यकामा भएको तनाबलाई लिएर चिनियाँ र भारतीय विदेशमन्त्रीबीच टेलिफोनमा सम्बाद भएको छ ।

press release link :

https://pib.gov.in/PressReleasePage.aspx?PRID=1632065

नेपाल भारत सीमा बैठक फागुनमा

नेपाली संचारमाध्यमबाटः

२७जनवरी २०२०

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय वार्ता फागुनमा हुने भएको छ । भारतीय नेतृत्वले विदेश मन्त्रालयमा नयाँ सचिव हर्षवद्र्धन श्रृंगलाले जिम्मेवारी लिएसँगै वार्ता हुने जनाउ दिएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको हो। मिति भने तय भएको छैन।

दुई औपचारिक पत्र र पटक–पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यसम्ममा बैठक बस्ने जानकारी दिएको परराष्ट्र अधिकारीको भनाइ छ। भारतले सबै समस्या वार्ताबाट समाधान हुने भनेर कूटनीतिक नोटको उत्तर पठाएको एक महिनापछि त्यस्तो जानकारी दिएको हो।

यसअघि परराष्ट्रसचिव स्तरमा वार्ता गर्न आलटाल भइरहेको थियो। पछिल्लो समय संवादबाट विवाद समाधान गर्न भारत इच्छुक देखिएको परराष्ट्र अधिकारीको बुझाइ छ। यसअघि भारतले नेतृत्व आन्तरिक राजनीतिमा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र र नेपालमा राजदूत परिवर्तनजस्ता विषय देखाउँदै तत्काल वार्ता नगर्ने बताएको थियो।

भारतीय विदेशसचिव विजय गोखलेको कार्यकाल मंगलबार सकिँदै छ। त्यस स्थानमा श्रिंगला आउँदै छन्। अमेरिकामा राजदूत रहेका उनी नेपाली बोल्छन्। बैंकक र ढाकामा राजदूत भइसकेका उनले नेपाल–भारत सम्बन्धका विषयमा गम्भीर रूपले छलफल गर्ने संकेत दिएको कूटनीतिक स्रोतले बतायो।

उनले डीसीमा हुँदा कूटनीतिज्ञसँगको छलफलमा भन्ने गरेका थिए– ‘नेपाल–भारत समस्याको समाधान वार्ता नै हो।’ अमेरिकास्थित एक कूटनीतिज्ञले टेलिफोनमा भने, ‘नेपाललाई राम्ररी बुझेका व्यक्ति भारतमा बुधबारदेखि विदेशसचिव बन्दै हुनुहुन्छ। उहाँले पक्कै छलफल गरेर समस्या समाधानमा जोड दिनुहुनेछ।’

नयाँ सचिव र राजदूत आएपछि सीमाका विषयमा थप छलफल अघि बढ्ने परराष्ट्रसचिव शंकरदास वैरागीले बताए। ‘हामी छलफलका लागि पहल गरिरहेका छौं’, उनले भने, ‘भारतमा विदेश मन्त्रालयको नेतृत्व र नेपालका लागि राजदूत पनि परिवर्तनको अवस्था थियो, त्यसैले ढिलाइ भएको हो।’

सरकारले भारतलाई दुईपटक कूटनीतिक नोट पठाएर सीमाका विषयमा वार्ताको पहल गरेको थियो।….

आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

link:

http://annapurnapost.com/news/146557

प्रधानमन्त्री ओलीसंग बेल्जियमकी राजकुमारीको भेट नहुने

एनआईबि संवाददाता, काठमाडौँ

१६ जनवरी २०२०

आइतबारदेखि नेपाल भ्रमणमा आउन लागेकी बेल्जियमकी राजकुमारी एस्ट्रिडले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभेट्ने भएकी छन्। यसअघि कुनै पनि देशका प्रभावशाली व्यक्ति नेपाल भ्रमणमा आउँदा नेपालका प्रधानमन्त्री समेतलाई भेट्ने गरेको दृष्टान्तबीच बेल्जियमकी राजकुमारी एस्ट्रिडले प्रधानमन्त्री ओलीलाई नभेट्ने भएकी छन्।

नेपाल भ्रमणमा आउने सबैलाई प्रधानमन्त्री ओलीले भेट् गर्नुपर्ने नभए पनि बेल्जियमको राजपरिवारको महत्वपूर्ण व्यक्तिको नेपाल भ्रमणमा प्रधानमन्त्री ओलीसँग भेट तय नहुँदा भने प्रश्न उब्जिएको छ।

५ माघदेखि ११ माघसम्म नेपाल भ्रमणमा रहँदा राजकुमारी एस्ट्रिडले राष्ट्रपति विद्यादेवी भण्डारी, उप–प्रधानमन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट्दै गर्दा प्रधानमन्त्री ओलीसँग नभेट्ने परराष्ट्र मन्त्रालयबाट एस्ट्रिडको नेपाल भ्रमण सम्बन्धि विज्ञप्तिमा जनाइएको छ।

बेल्जियममा स्वास्थ्य सम्बन्धि काम गर्ने गैर सरकारी संस्था डामियनको कार्यक्रममा सहभागी हुन राजकुमारी एस्ट्रिड नेपाल भ्रमणमा आउन लागेकी हुन्। उक्त संस्थाको मानार्थ अध्यक्ष समेत रहेकी उनले कैलाली, नवलपरासी, चितवन लगायतको जिल्ला भ्रमण गर्ने कार्यक्रम रहेको छ। कैलालीमा उनी  क्षयरोग केन्द्रको  उद्घाटन समारोहमा सहभागी हुने विज्ञप्तिमा जनाइएको छ। त्यस्तै नवलपरासीको मध्यबिन्दु अस्पतालको पनि उनले भ्रमण गर्ने  बताइएको छ।

उनको नेपाल भ्रमणले नेपाल र बेल्जियमबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ।

एस्ट्रिड बेल्जियमका राजा फिलिपेकी कान्छि बहिनीसँग प्रधानमन्त्री ओलीले किन भेट गर्दैछैनन् भन्ने विषयमा भने परराष्ट्र मन्त्रालयले कुने जानकारी दिएको छैन। भने, प्रधानमन्त्री कार्यालयले पनि यस विषयमा केही जानकारी दिएको छैन। यस विषयमा बुझ्न खोज्दा प्रधानमन्त्री कार्यालयले जवाफ दिन अस्वीकार गरेको छ।

पाम आयातमा भारतको रोक,नेपालको निर्यात प्रभावित

एनआईबि संवाददाता, काठमाडौँ

भारतले पाम तेल (पाम आयल) आयातमा प्रतिबन्ध लगाएको छ। पाम आयल नेपालको प्रमुख निकासी वस्तु हो। यसको सबै हिस्सा भारतमा निकासी हुँदै आएको छ।

चालू आर्थिक वर्षको पाँच महिना (साउन–मंसिर) मा नेपालले ११ अर्ब ५५ करोड रुपैयाँको पाम तेल भारतमा निकासी गरेको भन्सार विभागले जनाएको छ। कुल निर्यातमा पाम तेलको हिस्सा २४।२५ प्रतिशत थियो। पाम तेलको निकासी गत आर्थिक वर्षको सोही अवधिमा एक अर्ब ३५ करोड रुपैयाँ थियो।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले बुधबार वैदेशिक व्यापार नीतिमा भएको संशोधनका सम्बन्धमा सूचित गरेर पाम आयल आयातमा प्रतिबन्ध लगाएको आज नेपालबाट प्रकाशित अन्नपूर्ण पोस्टको समाचारमा जनाइएको छ।

महानिर्देशानालायले गरेको निर्णय:

नेपालका लागि यो ‘नट बोल्ट’ प्रविधिमा आधारित उद्योग हो। इन्डोनेसियाबाट कच्चा पाम तेल ल्याएर सामान्य प्रशोधनपछि भारतमा निकासी हुने गरेको थियो। नेपालको उत्पादन नभएकाले कच्चा वस्तुदेखि निकासी हुँदासम्म यसले विभिन्न चरणका मूल्य शृंखलामा सिर्जना गर्नुपर्ने मूल्यवृद्धिको लाभ नेपाललाई थिएन।

भारतीय आयातकर्ताले पाम तेल उत्पादन हुने इन्डोनेसिया या मलेसिया जस्ता राष्ट्रबाट आयात गर्दा ४० प्रतिशत भन्सार महसुल तोकिएको थियो। नेपालले भारतमा निकासी गर्दा भन्सार लाग्दैन। त्यस कारण इन्डोनेसियाबाट पाम तेल ल्याउँदा नेपालमा १० प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ। नेपाल–भारत वाणिज्य सन्धिको प्रावधानअनुसार अल्पविकसित मुलुकका रुपमा नेपालले भारतीय बजारमा निकासी गर्दा भन्सार लाग्दैन।

तर, कुनै पनि वस्तु निकासी गर्दा नेपालमा ३० प्रतिशत गुणवत्ता अभिवृद्धि (भ्यालु एडिसन) भएको हुनुपर्छ। ३० प्रतिशत बिन्दुको भन्सार महसुलको फरकको लाभकै कारण नेपालमा इन्डोनेसियाबाट पाम आयल आयात गरेर सामान्य प्रशोधनपछि भारत पठाउने क्रमले तीव्रता पाएको हो। चालु आवको पहिलो पाँच महिनामा नेपालले इन्डोनेसियाबाट १० अर्ब १२ करोडको पाम तेल आयात गरेको देखिन्छ। पाम तेल आयातले इन्डोनेसिया आयाततर्फ भारत र चीनपछि तेस्रो प्रमुख व्यापारिक साझेदारका रूपमा देखिएको छ।

भारतले प्रशोधित र कच्चा पाम तेल आयातमा प्रतिबन्ध लगाएको छ। नेपाल–भारत सन् १९९६ को उदार वाणिज्य सन्धिले नेपालबाट भारतमा निकासी वृद्धि भएको थियो। जसमा वनस्पति घिउ, तामाको तार, जिंक अक्साइडजस्ता वस्तु प्रमुख निकासीका रूपमा थिए। तर, भारतले सन् २००४ मा निकासीमा कोटा प्रणाली तोकिदिएपछि सम्बन्धित उद्योग संकटमा परेका थिए। केही वर्षअघि सुपारी निर्यातमा पनि यस्तै समस्या देखिएको थियो।

नेपालमा उत्पादन भएको परिमाणभन्दा भारतमा बढी सुपारी निकासी हुन थालेपछि भारतले प्रश्न उठाएर रोकिदिएको थियो।
नेपालमा पाम आयल प्रशोधनका लागि भारतीय सीमा क्षेत्रमा केही उद्योग स्थापना भएका छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार पाम आयल प्रशोधन गर्ने वीरगन्जमा १३, विराटनगरमा ६ र भैरहवामा ३ उद्योग छन्।

भ्रमण वर्ष २०२० उदघाटनको नालीबेली

एनआईबि संवाददाता,काठमाडौं

बीस लाख पर्यटक भित्रयाउने उद्देश्यकासाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा बुधबार औपचारिक रुपमा उदघाटन गरियो । दिउँसो चार बजेदेखि रङ्गशालामा उद्घाटन हुने भनिएपनि निर्धारित समयभन्दा करिब आधा घण्टा कार्यक्रम शुरु भएको थियो । झण्डै ४ घण्टा चलेको सो कार्यक्रम साँझ ८ः३० बजे समापन भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम शुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्च अगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भि एन वाई’ चित्र बनाएका थिए ।

समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए । हिन्दूले शंखध्वनी बजाउनुको साथै वैदिक स्वस्ती पाठवाचन गरेका थिए । वौद्ध धर्मालम्बीले बौद्धसम्बन्धी पाठवाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मालम्बीले उक्त पाठवाचन गरेका थिए ।

उद्घोषकले समारोहको सञ्चालन नगर्दै नेपाली चलचित्रका महानायक राजेश हमाल मञ्चमा देखिएपछि प्यारापिटमा रहेका दर्शकले ‘हुटिङ’ गरेका थिए । सम्बोधनकै क्रममा हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र विभिन्न पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गरे ।

नेपाली चलचित्रका महानायक राजेश हमाल शुभकामना दिँदै ।

त्यसपछि पर्यटन व्यवसायी र विभिन्न सङ्घ संस्थाको झाँकी प्रदर्शन गरिएको थियो । पर्यटन व्यवसायीले पर्यटनसम्बन्धी सामग्री बोकेर झाँकी प्रदर्शन गरेका थिए । करिब एक घण्टा विभिन्न जातजाति, भाषा संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो ।

शुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा नेपाल घुम्न आउन सबै पर्यटकलाई निम्तो दिँदै आर्थिक विकासको आधार पर्यटनलाई बनाउने प्रतिबद्धता व्यक्त गरे ।

राष्ट्रपति भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गर्नुभएको थियो । सोही समारोहमा भ्रमण वर्षको मस्कट ‘यति’को प्रदर्शन गरियो ।

भ्रमण वर्षको लोगो अंकित ब्यानर चार वटा नेपाली सेनाको हेलिकप्टरबाट प्रदर्शन गरिएको थियो ।भ्रमणवर्ष सफल बनाउनका लागि पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेता र सातवटै प्रदेशमा मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको भिडियो सन्देश देखाइएको थियो ।

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले भ्रमण वर्षको शुमकामना दिँदै सफल पार्ने प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी सातैवटै प्रदेशमा मुख्यमन्त्रीले आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रबारे जानकारी गराउँदै भ्रमण वर्ष सफल बनाउन आग्रह गरे ।

समारोहमा विदेशबाट आएका पर्यटन मन्त्रीहरुले सम्बोधन गरेका थिए । उनीहरुले भ्रमण वर्षमा आफ्नो मुलुकबाट बढिभन्दा बढी पर्यटक पठाउने प्रतिबद्धता व्यक्त गरे । रङ्गशालाको बीचमा रहेको मञ्चमा देखिने स्क्रीनमा नेपालका विभिन्न पर्यटकीय गन्तव्य, विभिन्न सङ्गीत ब्याण्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको गीत र नृत्य प्रस्तुति गरेका थिए ।

भ्रमण वर्ष २०२० को शुभारम्भ कार्यक्रममा आतशबाजी गरिंदै ।

समारोहमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना र मन्त्रिगणको उपस्थिति थियो । मुख्य राजनीतिक दलका शीर्षस्थ नेता, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख, संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता सहभागी थिए ।

बिहिबार नेकपा सचिवालय बैठक बस्दै, सभामुखको विषय प्रमुख एजेण्डा

एनआईबि संवाददाता, काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक बिहिबार बस्दैछ। सचिवालय बैठकमा प्रतिनिधिसभाको सभामुख चयन प्रमुख एजेण्डा हुने विश्वास गरिएको छ।
यसअघि मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुख चयन गर्न बैठक बसे पनि बैठकले सभामुख चयन गर्न सकेको थिएन।
पुष ४ गतेबाट शुरु भएको प्रतिनिधिसभाको हिउँदे अधिवेशनले सभामुख चयन गर्न नसक्दा संसद बन्धक भनेको छ।
नेकपाभित्र अध्यक्षद्वयले नै सभामुख पदमा आफू अनुकुलका मान्छे नियुक्त गर्ने मनोकाक्षा राख्दा संसदले सभामुख पाउन सकेको छैन। प्रधानमन्त्री समेत रहेको नेकपा अध्यक्ष ओलीले सुवास नेम्बाङलाई सभामुख बनाउने रुचि राख्दै गर्दा पार्टीका अर्का अध्यक्ष दाहालले अग्नी सापकोटाको नामअघि सारेको बुझिएको छ।
पछिल्लो समय राष्ट्रपति विद्या भण्डारीले पनि उपसभामुख शिवमाया तुम्बाहाङफेलाई सभामुख बनाउने इच्छा प्रकट गरेको बताउँदै गर्दा नेकपाभित्र सभामुख नियुक्त गर्नु फलामको चुउारा चपाए जस्तै हुँदै गएको छ।
नेकपा सचिवालयका एक सदस्यले एनआईबिसँग अनौपचारिक कुरा गर्दै बिहिबार बस्ने सचिवालय बैठकले स्थायी कमिटीको बैठकमा उठेका एजेण्डाका विषयमा पनि छलफल गर्ने कार्यक्रम रहेको बताए।
बैठक बिहिबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ।

महाकालीमा मौका छोप्दै भारत

एनआईबि संवाददाता, काठमाडौँ

चिसो बढेकाले नेपालका बासिन्दा तल्लो भेगमा झरेको मौका छोपेर भारतले व्यास गाउँपालिका क्षेत्रमा पर्ने अन्तर्राष्ट्रिय सीमामा धमाधम संरचना निर्माण थालेको छ।

पश्चिम नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरी अतिक्रमण गरी आफ्नो नक्सामा पारेको भारतले नेपाली पक्षको उपस्थिति नभएको फाइदा उठाउँदै एक पक्षीय रूपमा संरचना बनाएको हो।

व्यास गाउँपालिका १ पेल्सिति नजिकै महाकालीमा भारतले अनुमतिबेगर काठेपुल बनाएको यो खबर आजको काठमाडौँबाट प्रकाशित हुने आजको कान्तिपुर दैनिकमा प्रकाशित छ।

महाकाली नदी नै प्रभावित हुने गरी भिर कटान गरेर सडक बनाउने कामलाई पनि भारतले तीव्र पारेको छ।

०७४ सालमा पनि भारतीय पक्षले महाकाली नदीमा नेपालको अनुमति नलिईकनै विभिन्न ठाउँमा काठेपुल बनाउनाका साथै नेपाली भूमिमा एक्साभेटर चलाएको थियो।

चिसोका कारण यतिबेला व्यास गाउँपालिका २ दुम्लिङभन्दा माथिको क्षेत्रमा बसोबास छैन। व्यासको छेरुङसम्मै आवतजावत गरिरहेका नेपाली हिमपातपछि तल्लो भेगमा सरेका छन्।

Two Indian nationals among three arrested with yarsagumba worth 8 million

Nepal police arrested three persons including two Indian nationals along with yarsagumba, a unique caterpillar-fungus fusion (Cordyceps Sinensis) , worth Rs 8 million.

Acting on a tip-off, a police team deployed from Metropolitan Police Sector, Naagdhunga arrested them with 4.113 kg yarsagumba. this afternoon.

Police said the yarsagumba was seized from a car with Indian registration number, UK 04 TB 1967, they were traveling in.

The arrested are Indian nationals Prem Singh, 32, and Harish Singh, 32, of the Indian state of Uttarakhand and Garje Singh Mahara, 48, of Darchula in Nepal.

They have been handed over to Division Forest Office, Hattisar for further action.

Yarsagumba, also known as Himalayan Viagra, is found in the highlands of Nepal

भारत जान लागेका बालबालिकाको उद्धार

शंकास्पद तरिकाले भारत जान लागेका २० जाना बालबालिकालाई अभिभावकको जिम्मा लगाइएको छ। अभिभावकलाई भेट्न भारत जान लागेको  बताएका ती २० बालबालिकालाई सिविन बाल हेल्पलाइन नेपालगञ्जका प्रमुख सिद्धराज पनेरुले प्रशासनको रोहबरमा अभिभावकलाई बुझाएका हुन्। ्

बेवारिसे अवस्थामा रहेका बालबालिकालाई प्रहरी, बालबालिकाको क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयको सहयोगमा उद्धार गरिएको हो।

अभिभावकको सम्पर्कमा आएपछि ती बालबालिकाले कामका लागि भारतको गोरखपुर जान लागेको बताएका थिए। जमुनाहा इलाका प्रहरी कार्यालयले धेरै बालबालिका भारत जान लागेको भेटेपछि शंका लागि रोकिएको बताए।

‘सँगै जान लागेका एक जना बालकले बिमारी छु भन्दै ढाँट्यो र सबैले एउटै कुरा गर्दा उनीहरुको वास्तविकता खुल्यो,उनले बताए ।

सीमामा पहाडी जिल्लामा स्कुल बिदाको समयमा बालबालिकाको जोखिम यात्रा बढ्ने गरेका बेलामा गत आर्थिक वर्षमा ५२ बालबालिकालाई उद्धार गरिएको थियो। सिविन बाल हेल्पलाइन नेपालगञ्जमा एक वर्षको अवधिमा ५२ बालबालिका बेवारिसे अवस्थामा फेला परेका थिए।–रासस

उत्तराखण्डका मुख्यमन्त्री रावतको दाबीःकालापानी भारतकै हो,नेपालले दाबी गर्नु चिन्ताजनक

एनआईबि संवाददाता,नयाँ दिल्ली

उत्तराखण्डका मुख्यमन्त्री तथा भारतीय जनता पार्टीका नेता त्रिवेन्द्रसिंह रावतले कालापानी क्षेत्र भारतको भुभाग रहेको दाबी गरेको भारतीय एक हिन्दि दैनिक अखबारको अनलाइन संस्करणले लेखेको छ । यो भुभागलाइ नेपालले आफ्नो भनी दाबी गर्नु चिन्ताजनक रहेको भन्दै रावतले भनेको समाचारमा लेखिएको छ । भारतको हिन्दी दैनिक अखबार अमर उजालाको अनलाइन संस्करणले मंगलबार यो समाचार लेखेको हो ।

‘कालापानी बारे नेपालले जे भनिरहेको छ त्यो चिन्ताजनक छ । भारतको जुन हिस्सा हो त्यो भारतकै रहन्छ,’ रावतको भनाइ उद्धृत गर्दै समाचारले लेखेको छ ।प्रधानमन्त्री के.पी शर्मा ओलीले कालापानीबाट भारतीय सैनिक फिर्ता पठाउन गरेको आग्रह सँगै भारतीय राजनीतिक र कुटनीतिक वृतमा तरंग फैलिएको छ । प्रम ओलीले आइतबार राष्ट्रिय युवा संघको कार्यक्रमलाइ सम्बोधनमा नेपालले आफ्नो एक इन्च जमीन नछाडने भनाइ सहित भारतीय सेनालाइ सीमाबाट फिर्ता लैजान आग्रह गरेका थिए । त्यसको दुइदिन पछि अमर उजालाले रावतको भनाइलाइ उद्धृत गर्दै समाचार छापेको हो । यस अघि उजाला सहित भारतका अन्य दैनिक अखबार र अनलाइनहरुले पनि यही आशयका समाचार छापेका छन् ।

उक्त अनलाइनले लेखेको समाचारमा कालापानीलाइ उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने भनेर उल्लेख गरिएको छ । कालपानीलाइ नेपालले आफ्नो भनेर दाबी गरेको भनेर उक्त पत्रिकाले समाचार सम्प्रेषण गरेको छ ।  कालापानीका विषयमा उठेका कुराहरु वार्ताको माध्यमबाट हल गर्ने रावतको भनाइ पनि समाचारमा उल्लेख गरिएको छ । नेपालको कार्यशैलीमा प्रश्न उठाएको रावतको भनाइलाइ उद्धृत गर्दै सो अनलाइनले समाचार लेखेको छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live