EDU NEPAL

लकडाउनमा पठनपाठनलाइ सहजीकरण बनाउन उच्चस्तरीय समिति र विज्ञहरुबीच छलफल

काठमाडौं,जुन ४

कोभिड १९(नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दीमा पठनपाठनलाई पनि सहजिकरण गर्दै लैजाने सम्बन्धमा शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालाहरुसंग परामर्श गरेको छ । विहिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा भएको छलफलमा विज्ञहरुले बन्दाबन्दीमा अवरुद्ध भएको पठन पाठनका लागि विभिन्न विकल्प अघि बढाउन सुझाव दिएका छन् ।

जोखिमको स्तर हेरेर संभव हुने स्थानमा छिटो पठनपाठन सुचारु गराउने , संचालन गर्न नसकिने स्थानमा अनलाईन तथा टेलिभिजन क्लासको विकल्प खोज्न उनीहरुले सुझाव दिएका हुन् । उच्च माध्यमिक विद्यालय संघ हिसानका अध्यक्ष रमेश सिलवालले अवरुद्ध पठनपाठन संचालन, परीक्षा, भर्ना तथा भर्चुल क्लासका सम्बन्धमा नेपाली बैज्ञानिकले बनाएकानया आविश्कारलाई प्रमाणिकरण गर्न तथा खोज अनुसन्धानबाट आएका तथ्यांकलाई सम्पत्ति मानेर अगाडि बढाउन सुझाव दिएको बताए ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले भर्चुल क्लास, विद्यार्थीको भौतिक उपस्थिति गराएर गरिने पठनपाठनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञ र सरोकारवालाहरुबाट उच्चस्तरीय समितिले सुझाव लिएको बताए । उनले बन्दाबन्दीलाई व्यवस्थित गर्दै अनलाईन , टेलिभिजन, मोबाईलबाट पठनपाठन गर्नुको साथै मनोवैज्ञानिक प्रचार प्रशार गर्दै भौतिक उपस्थितिका साथ पठनपाठनको व्यवस्था मिलाउनुपर्ने सम्बन्धमा प्राप्त सुझावलाई लाई मस्यौदाको रुपमा मन्त्रीपरिषद् बैठकमा लगिने बताए ।

सरकारले लकडाउनको मोडल परिर्वतन गर्ने बताएसंगै केही दिन यता उच्चस्तरीय समितिले विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालासंग छलफल गर्दै आएको छ । समितिले यसअघि अर्थविद्, स्वास्थ्यकर्मी, उद्योगी व्यवसायी , विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतसंग छलफल गरिसकेको छ

बनारस विश्वविद्यालयले नेपाल भारतसम्बन्धमा ठूलो भूमिका खेलेको छः राजदूत पुरी

एनआईबि संवाददाता, काठमाडौँ

नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले नेपाल भारत साँस्कृति सम्बन्धको विषयमा जानकारी लिन बनारस जानुपर्ने बताएका छन्। बनारस विश्वविद्यालयका संस्थापक महामाना मदन मोहन मालवियको १५८ औँ जन्म जयन्तिको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै राजूत पुरीले नेपालको पठन संस्कृतिसँग बनारस प्रचिन समयदेखि जोडिएको बताए। नेपालका पत्रपत्रिका प्रकाशनदेखि राजनीतिक आन्दोलनसम्म बनारस जोडिएको उनले बताए।

बनारस विश्वविद्यालयमा अध्ययन गरि नेपाल फर्किएका व्यक्तिले विविध समयमा नेपालको राजनीति, प्रशासनिक र शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएकोमा उनले धन्यवाद ज्ञापन गरे।

सो अवसरमा बनारस विश्वविद्यालयमा अध्ययन गरि नेपालको विभिन्न क्ष्ँोत्रमा योगदान दिने तीन व्यक्तिलाई सम्मान गरिएको थियो।

भारतीय राजदूतद्धारा खलंगाको नवनिर्मित स्कुल भवन उदघाटन

एनआईबि संवाददाता,काठमाडौं

भारतको सहयोगमा निर्माण सम्पन्न सुदुरपश्चिम प्रदेशको दार्चुला जिल्लाको खलङ्गा गाविस स्थित महेन्द्र मोडल उच्च माध्यमिक विद्यालयकोे नयाँ भवन उद्घाटन गरिएको छ । शुक्रबार नेपालकालागि भारतीय राजदूत मंजीवसिंह पुरी तथा उपप्रधान तथा  स्वास्थ्य तथा जनसंख्या मंत्री उपेन्द्र यादवले संयुक्त रुपमा  नवनिर्मित भवनको उदघाटन गरे ।

भारत सरकारको ३ करोड नेपाली रुपैया बराबरको आर्थिक सहयोगमा निर्माण भएको यो नयाँ भवनमा १३ कक्षा कोठा सहित एउटा बैठक कोठा, प्रत्येक तलामा छात्रछात्राकालागि शौचालय र फर्निचर राखिएको छ ।

१९६०मा खलङ्गा गाविसमा स्थापना भएको यो विद्यालयमा हाल २ हजार बढि विद्यार्थीहरु अध्ययनरत छन् । जसमध्ये ५० प्रतिशत बढि छात्राहरु रहेका छन् । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त विद्यालयले प्राथमिक तहदेखि विज्ञान, मानविकी तथा व्यवस्थापन संकायका उच्च माध्यमिक तह सम्म अध्यापन गराउँदै आएको छ । विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार योग्य तथा सीमान्तकृत वर्गका विद्यार्थीहरुलाई विद्यालयले विविध छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । विद्यालयले खेलकुद, पुस्तकालय, कम्प्युटर प्रयोगशाला, विज्ञान प्रयोगशाला, शैक्षिक परामर्श, मल्टिमेडिया, छात्रवृत्ति, शैक्षिक भ्रमण, कक्षा कोठा लगायत अन्य विभिन्न सुविधाहरु प्रदान गर्दछ ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारलको प्रयासमा भारत सरकारले गर्दै आएको आर्थिक सहयोगको यो निरन्तरता हो । यस अघि पनि पूर्वमा मेचीदेखि काठमाडौंमा समेत विभिन्न शैक्षिक पूर्वाधार विकासमा भारत सरकारले सहयोग गरेर नयाँ संरचनाहरु सम्बन्धित समुहलाइ हस्तान्तरण गरिसकेको छ ।

English summary:

India Builds higher secondary school in Darchula District

Ambassador of India to Nepal Manjeev Singh Puri inaugurated Shree Mahendra Model Higher Secondary School, Khalanga in Darchula District,along with  DPM & Minister for Helath and Population,Upendra Yadav. The new infrastructure constructed with the Government of India’s grant assistance of NRs. 30 million, is a two storied building comprising 13 class rooms, one meeting hall, separate sanitation facilities for boys and girls on each floor and furniture.

This School, established in 1960, is situated at Khalanga VDC in Darchula District, Sudurpashchim Pradesh (Province No. 7). The newly built infrastructure is expected to boost learning environment of students. Government of India is happy to be associated with the project which compliments effort of Government of Nepal in augmenting infrastructure in the field of education.

It is affiliated to NEB (National Examinations Board) and offers Ten Plus Two (10+2) programs in Science, Humanities, and Management streams. Mahendra Model Secondary School, Khalanga, Darchula provides primary to 10+2 level programs with moderate fees structure.

It also provides various scholarship schemes for deserving and the marginalized students as per the decision of school management committee. Mahendra Model Secondary School (MMSS) provides various facilities such as Sports, Library, Computer Lab, Science Labs, Counseling, Conference, Multimedia, Scholarship, Educational Tours, Classrooms etc.The School has over 2000 students, about 50% of whom are girls.

भारतीय दूतावासको सहयोगमा निर्मित कुलेश्वर विद्यालय उदघाटन

एनआईबि संवाददाता,काठमाडौं

भारतीय दूतावासको सहयोगमा कुलेश्वर आवास माध्यमिक विद्यालयको निर्माण सम्पन्न भएको छ । काठमाडौंको कुलेश्वर वडा नं १४ स्थित विद्यालयको नवनिर्मित भवनको शनिबार उदघााटन गरिएको हो । भारतीय दूतावास,काठमाडौंका नियोग उपप्रमुख डा अजय कुमारले नवनिर्मित विद्यालयको उदघाटन गरेका छन् ।

भारत सरकारको यो भवनकाागि ३ करोड ८६ लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । नवनिर्मित तीन तल्ले भवनमा २० कक्षाकोठाका साथै प्रत्येक तल्लामा छात्रछात्राका लागि छुट्टै शौचालय, अण्डरग्राउण्ड पानीट्याङ्की, सेप्टिक ट्याङ्की तथा फर्निचरको व्यवस्था रहेको छ । विद्यालय निर्माणको परियोजनालाई काठमाडौं जिल्ला समन्वय समितिले कार्यान्वयन गरेको हो।

सन् १९८९ मा कुलेश्वर आवास परिवार कल्याण संस्थानले स्थापना गरेको सो विद्यालय समुदायको सहयोगबाट सञ्चालित हुँदै आएको छ । विद्यालयमा ८सय बढी विद्यार्थीहरु अध्ययनरत छन् । आधाभन्दा बढी छात्रा रहेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थीहरु समाजका सिमान्तकृत वर्गका छन् ।

नेपालको शिक्षा क्षेत्रको पूर्वाधार विकासमा भारत सरकारले सहयोगी भुमिका निर्वाह गर्न यस किसिमको सहयोग गर्दै आएको छ । यस अघि झापाको स्कुल चौन तथा कोटेश्वर बहुमुखी क्याम्पसको भवन बनाएर सम्बन्धित व्यवस्थापनलाइ हस्तान्तरण गरेको थियो ।

उच्च शिक्षामा विश्वमा कहाँ छ त्रिभुवन विश्वविद्यालय ?

त्रिभुवन विश्वविद्यालयको शिक्षाको गुणस्तर खस्कियो, त्रिवि १००० प्लसमा,उत्कृष्ट ३५० भित्र भारतको दुई संस्थान 

एनआईबि संवाददाता, नयाँ दिल्ली

विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सुचीमा नेपालको स्थान पुछारमा रहेको छ । नेपालको त्रिभुवन विश्वाद्यालय उत्कृष्ट १००० प्लसको स्थानमा पुगेको छ । टाइम्स हायर एजुकेशन(टीएचई)ले जारी गरेको ‘वल्र्ड युनिभर्सिटी रयान्किंग २०२०’ले सार्वजानिक गरेको सुचीका आधारमा त्रिविको स्थान तोकिएको हो । नेपालबाट प्रतिस्पर्धामा सहभागी भएको त्रिभुवन विश्वविद्यालसँग आउदा वर्षहरुमा महत्वपूर्ण प्रगति गर्ने क्षमता रहेको तर त्यसकालागि पूर्वाधार विकास, उपकरण र मानवीय क्षमतामा अत्यधिक लगानी गर्नु पर्ने आवश्यक्ता रहेको टीएचईले सुझाव दिएको छ ।

टीएचईले तोकिएको मापदण्ड अन्तर्गत विभिन्न १३ शीर्षकका आधारमा करीब १४सय विश्वविद्यालयहरुको मूल्याँकन गरेको थियो । गत वर्ष(२०१९)मा पहिलो पटक त्रिवि उत्कृष्ट ८०० देखि १०००को सुचीमा परेको थियो । एकै वर्षमा यो स्थान पून पछि धकेलिएको छ । नेपालमा विश्वविद्यालयहरुको गुणस्तरीय शिक्षाको वहस छेडिएको बेला विश्वको उत्कृष्ट विश्वविद्यालयको सुचीले नेपालमा उच्च शिक्षाको स्तरमा सुधारको टड्कारो खाँचो औल्याएको छ ।

उत्कृष्ट ३५० भित्र भारतका दुइ संस्थान

प्रतिस्पर्धामा यो पटक भारतीय विश्वविद्यालयको प्रदर्शन पनि खस्केको छ । यो वर्ष विश्वका उत्कृष्ट ३००सुचीमा भारतको एउटा विश्वविद्यालयल पनि पर्न सकेन । पछिल्लो सात वर्षमा पहिलो पटक उत्कृष्ट ३००बाट भारतका विश्वविद्यालयल बाहिरिएको हो । आईआईटी,खडगपुर र आइआइटी,बम्बे सन्२०१३ मा उत्कृष्ट ३०० भित्र पर्न सफल भएका थिए । त्यसपछि लगातार यो स्थान कायमै रहेको थियो ।

उत्कृष्ट ३५०मा भने भारतको इन्डियन इन्स्टिचूट अफ साइन्स(आईआईएससी) बैग्लोर र भारतीय औद्योगिक संस्थान(आईआईटी),रोपर पर्न सफल भएको छ । आईआईटी दिल्ली,खडगपुर र जामिया मिल्लिया समेत केहि विश्वविद्यालयको रेन्किंगमा यस वर्ष सुधार आएको छ । दिल्ली विश्वविद्यालय र जवाहरलाल नेहरु विश्वविद्यालय उत्कृष्ट ६०० प्लसमा रहेका छन् ।

समग्र र्यान्किंगमा गत वर्षको तुलनामा भारतीय विश्वविद्यालको संख्या भने यस पटक धेरै छ । २०१८मा ४९ संस्थानले यसमा स्थान ओगटेका थिए भने यो वर्ष ५६ संस्थानले स्थान बनाएका छन् । यो वर्ष उत्कृष्ट ५०० को सुचीमा भारतका ६ विश्वविद्यालयले स्थान बनाएका छन् । चीनको सिंगुवा युनिभर्सिटी ग्लोबल रेन्किंगमा २३ औं र पेन्किंग २४ औं स्थानमा पुगेको छ ।

विश्वका उत्कृष्ट १०मा अक्सफोर्ड पहिलाे 

विश्वका उत्कृष्ट १० विश्वविद्यालयको सुचीमा लण्डन अब्बल रहेको छ । लण्डनको अक्सफोर्ड विश्वविद्यालय पहिलो नम्बरमा रहेको छ । पछिल्लो चार वर्षदेखि अक्सफोर्ड पहिलो नम्बरमा कायमै छ । उत्कृष्ट १०मा लण्डनको ३ र अमेरिकाको ७ विश्वविद्यालय रहेका छन् ।

१.अक्सफोर्ड यूनिवर्सिटी,लण्डन
२. कैलिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी,अमेरिका
३. यूनिवर्सिटी अफ कैम्ब्रिज,लण्डन
४.स्टैनफोर्ड यूनिवर्सिटी,अमेरिका
५.मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी,अमेरिका
६प्रिंसटन यूनिवर्सिटी,अमेरिका
७.हार्वर्ड यूनिवर्सिटी,अमेरिका
८.येल यूनिवर्सिटी,अमेरिका
९.यूनिवर्सिटी अफ शिकागो,अमेरिका
१०.इम्पेरियल कलेज लन्डन

ग्लोबल रैकिंगमा विश्वका ९२ मुलुकका लगभग १३९६ विश्वविद्यालय सहभागी थिए । विश्वविद्यालयहरुको पढाईको स्तर, अनुसंधान, औद्योगिक आय, अन्तराष्ट्रिय दृष्टिकोण लगायत १३ विभिन्न शीर्षकका मापदण्डका आधारमा यो सुची सार्वजानिक गरिएको हो । लण्डनमा मुख्य कार्यालय रहेको प्रकाशित टीएचईले पछिल्लो २०११ देखि यो रेन्किंग प्रकाशित गर्दै आएको छ ।

कोटेश्वर बहुमुखी क्याम्पस आफ्नै भवनमा,भारतीय राजदूत पुरीले गरे उदघाटन

एनआईबि संवाददाता,काठमाडौं

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न कोटेश्वर बहुुमुखी क्याम्पसको औपचारिक उदघाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले शनिबार क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरे । भारत सरकारको साढे चार करोड रुपैंया अनुदान सहयोगमा निर्मित तीन तल्ले नयाँ संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका कोठाहरु रहेको छन् ।

काठमाडौं जिल्लाको कोटेश्वरमा सन् १९९० मा स्थापना भएको क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक क्याम्पस हो । यस क्याम्पसमा अध्ययनरत करिब ४ हजार विद्यार्थीहरु मध्ये ६० प्रतिशत छात्रा रहेका छन् ।

क्याम्पस निर्माणकालागि जग्गाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गरेको हो । यस अघि क्याम्पसले सरस्वती माध्यमिक विद्यालयको भवन तथा अन्य केहि भवन भाडामा लिएर नियमित पठनपाठन गर्दै आएको थियो ।
यो क्याम्पस भवनको निर्माण शिक्षाको क्षेत्रको पूर्वाधार विकासमा भारत सरकारले नेपाल सरकारलाइ गर्दै आएको सहयोगकै निरन्तरता हो ।

भारतको सहयोगमा झापाको स्कुलचौन विद्यालयको नयाँ संरचना बन्यो

एनआईबि संवाददाता,काठमाडौं

शिक्षा क्षेत्रको पूर्वाधार विकासमा भारत सरकारले गर्दै आएको सहयोग अन्तर्गत झापा गौरादहमा निर्मित स्कुलचौन उच्च माध्यमिक विद्यालयको निर्माण सम्पन्न भएको छ । नेपाल सरकारका महान्यायधिवक्ता अग्नि प्रसाद खरेल तथा नेपालकालागि भारतका राजदूत मंजीव सिंह पुरीले संयुक्त रुपमा विद्यालय उदघाटन गरेर विद्यालयलाइ स्थानिय समुदायलाइ हस्तान्तरण गरिएको छ ।

भारत सरकारको ३.करोड ५७ लाख रुपैंयाको अनुदान सहयोगमा निर्मित यस दुई तल्ले नयाँ संरचनामा २५ वटा कक्षा कोठाहरु रहेका छन् । जसमा प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखाशाखा, बहुउद्देशीय कक्षकालागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र–छात्राका लागि छुट्टै फर्निचरका साथै शौचालय र कम्पाउण्ड वाल निर्माण गरिएका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिक्ने वातावरणलाइ सहयोग पुरयाउने अपेक्षा गरिएको छ ।

मोदी सरकारको गल्तीका कारण आर्थिक मन्दी आएको पूर्व प्रधानमन्त्री मनमोहन सिंहको आरोप

प्राथमिक विद्यालयको रुपमा सन् १९६५देखि संचालनमा आएको स्कुलचौन विद्यालय २००८मा उच्च माध्यमिक तहमा स्तरोन्नति भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त विद्यालयमा १हजार १ सय ५० विद्यार्थी अध्ययनरत छन् । ६० प्रतिशत छात्राको सहभागिता रहेको विद्यालय झापाको प्रतिष्ठित शैक्षिक संस्थामा पर्छ ।

कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल लगायत नेपाल सरकारका राजनीतिक तथा आधिकारिक प्रतिनिधि,राज्य सरकार, सामुदायिक अगुवा एवम् बहुसंख्यक रुपमा नेपाल–भारत साझेदारी मित्रहरुको सहभागीता थियो ।

हातेमालोले दिल्लीबाट गरे नेपाली नयाँ वर्षलाइ स्वागत

एनआइबि संवाददाता,नयाँ दिल्ली

दिल्लीमा सीए अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था हातेमालो नेपाली विद्यार्थी समूहले भारतको राजधानी दिल्लीको स्काउट भवनमा एक कार्यक्रमको आयोजना गरेर नयाँ वर्ष २०७६ लाइ स्वागत गरेका छन् । समुहमा आवद्ध विद्यार्थीहरुले शुभकामना आदान प्रदान गर्नुका साथै साँस्कृतिक कार्यक्रम सम्पन्न गर्दै नयाँ वर्षलाइ स्वागत गरेका छन् । स्थानिय तथा नेपालबाट कलाकारहरुलाइ आमन्त्रण गरेर उनीहरुले कार्यक्रम आयोजना गरेका थिए ।कार्यक्रममा नेपालबाट कलाकार ध्रुव राना, सुरज बी.सी लगायत सिए अध्ययनरत विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुितले कार्यक्रमलाई अत्यन्तै रोचक बनाएका थियो ।

दश वर्षअघि स्थापना भएको हातेमालो संस्थाले भारतमा सीए अध्ययनरत तथा आउने विद्यार्थीहरुका समस्याहरु समाधान गर्न सहयोगी भुमिका निभाउँदै आएको छ। त्यसैगरि नेपालको कला,संस्कृति तथा भाइचाराको सम्बन्धलाइ तरोताजा बनाइराख्न पनि यो संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । संस्थाका अध्यक्ष सरोज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आइसीएआइका सदस्य हंशराज चुग थिए भने विशिष्ठ अतिथिहरुमा सीए अंकित ओवाराय,सी.ए सुमन आत्रेय, संगै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।  हातेमालो संस्थाले बेलाबेलामा जन–चेतनामूलक कार्यक्रम, सहयोग अभियान, तथा नेपाली संस्कृतिको पहिचान गराउने खालका साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

समता स्कुललाइ वल्र्ड बुक अफ रेकर्डस सर्टिफिकेट प्रदान

एनआइबि संवाददाता,काठमाडौं

प्रधानमन्त्री के.पी.शर्मा ओलीले समता स्कुल काठमाडौंलाइ वल्र्ड बुक अफ रेकर्डस सर्टिफिकेट हस्तान्तरण गरेका छन् । सोमबार बालुवाटारमा आयोजित कार्यक्रममा प्रम ओलीले वल्र्डबुक अफ रेकर्डस लण्डनले प्रदान गरेको प्रमाणपत्र फाउन्डेसनका अध्यक्ष उत्तम सन्जेललाइ हस्तान्तरण गरेका हुन् ।

 

फाउन्डेसनले एक सय रुपैया शुल्कमा नर्सरीदेखि स्नातकोत्तर सम्मको पढाइ संचालन गर्दै आएको छ । कार्यक्रममा प्रम ओलीले न्यूनतम शुल्कमा विश्वमै सस्तो शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाको पहिचान बनाएको भन्दै संस्थाले नेपालको साक्षरता अभियानमा महत्वपूर्ण योगदान पुरयाएको उल्लेख गरे । कार्यक्रममा पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल तथा माधव नेपालका साथै गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, कलाकार मदन कृष्ण श्रेष्ठ लगायतको उपस्थिति थियो ।

सन् २००१मा स्थापना भएको स्कुलले अहिले ७७ जिल्लामा ८० वटा विद्यालय संचालन गर्दै आएको छ । यी विद्यालयहरुका ५० हजारको हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन् । न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा दिएका कारण न्यून आय भएकाहरुबीच यो स्कुल लोकप्रिय छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live