KOLLYWOOD

अभिनेत्री श्वेता खड्का दिल्लीको बीएल कपुर अस्पतालमा

एनआइबि संवाददाता , नयाँ दिल्ली

गर्दनमा पलाएको टयुमरको सफल शल्यक्रिया गराएर अभिनेत्री श्वेता खडका दिल्लीको बीएल कपुर अस्पतालमा छिन् । उनले सोमबार अस्पतालबाटै सामाजिक संजाल फेसबुकको आफनो आधिकारिक पेजबाट भाबुक स्टाटस पोष्ट गर्दै आफनो अवस्था बारे जानकारी साझा गरेकी छन् । उनले पेजमा मेरो दोश्रो जीवन शीर्षक दिएर लेखेकी छन्, ‘जीवनले मसँग फेरि अर्को खेल खेलेको छ ।’

फिल्म ‘हेलो जिन्दगी’ को सुटिंगकालागि लण्डन पुगेकी श्वेताको स्वास्थ्य अवस्था असामान्य भएपछि उनलाइ अचानक दिल्ली ल्याइएको थियो । लण्डन उडनुअघि गर्दन र चिउँडो वरिपरि दुखेर जाँच गराउँदा टयुमर हो र तत्काल निकाल्नुपर्ने आवश्यक्ता नरहेको चिकित्सकहरुको सल्लाह बमोजिम उनी ढुक्क भएर लण्डन गएको उनले बताइन् ।

लण्डनमा केहि समयको शुटिंग पछि मेरो यो दुखाइ पून शुरु भयो र संगसँगै उनलाइ ज्वरो पनि आयो । अचानक स्वास्थ्यमा यस्तो गडबडी देखिएपछि तत्कालै शल्यक्रिया गर्नुपर्ने चिकित्सकको सल्लाहमा दिल्ली आएको उनले स्टाटस मार्फत जानकारी दिएकी छन् ।
‘अर्को फिल्ममा काम गर्ने मेरो उत्साह, अदभुत दर्शकहरुको अपेक्षालाइ पुरा गर्ने मौका मेरो स्वास्थ्य अवस्थाका कारण अर्को पटक बर्बाद भयो, उनले लेखेकी छन् ।

दिल्लीमा डा. सुरेन्द्र कुमार दब्बासले रोबोट सर्जरी गरेको जानकारी दिदै उनले नेपालका डा. पंकजले सबै व्यवस्था मिलाइदिएको र आफनो शल्यक्रिया सफल भएकोे लेखेकी छन् ।

यो घटनाले आफूलाइ पाठ सिकाएको भन्दै उनले लेखेकी छन्, ‘भनिन्छ जीवन धेरै अनिश्चित छ , र यो सत्य हो । तपाइ कहिल्यै पनि यो जान्न सक्नुहुन्न कि के हुनसक्छ र तपाइको योजना र आकाँक्षाहरु एक सेकेन्डमै बिलाएर जान सक्छ । तपाइहरुलाइ यो जानकारी दिंदा मलाइ निकै दुख लागिरहेको छ कि मैले भर्खरै शुरु गरेको नयाँ फिल्म ‘हेलो जिन्दगी’ मा अस्वस्थाताका कारण म काम गर्न असमर्थ भएको छु । ’

‘मैले भयावह स्थितिलाइ पून अर्को पटक जितेकी छ,’ श्वेताले डा एसके दब्बासको समुह र अस्पतालप्रति आभार व्यक्त गर्दै लेखेकी छन् ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live