INDIA

चलचित्र तथा टेलिसिरियल शुटिंगकालागि महाराष्ट्र सरकारले जारी गरेको गाइडलाइनमा केहि बुँदा संसोधन गर्न आग्रह

मुम्बई, महाराष्ट्र, जुन ३

भारतीय फिल्म तथा टेलिभिजन निर्देशक संघले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाइ पत्र लखेर शुटिंगकालागि जारी गरिएको नयाँ गाइडलाइनको दुइ बुँदामा परिवर्तन गर्न आग्रह गरेको छ । संघले ६५ वर्ष उमेरभन्दा बढि उमेरका व्यक्तिलाइ शुटिंग स्थलमा आउन रोक लगाइएको बुँदा तथा शुटिंग परिसरमा चिकित्सक तथा नर्सको अनिवार्य बुँदामा परिवर्तन गर्न आग्रह गरेको हो ।

पत्रमा बलिउडमा ६५ वर्ष काटेका कलाकार, निर्देशक,फिल्म निर्माता तथा लेखकहरु सक्रिय रुपमा काम गरिरहेको उल्लेख गर्दै सुझाव दिइएको छ । पत्रमा मुख्यमन्त्रीलाइ सम्बोधन गर्दै भनिएको छ,‘लिजेन्डरी कलाकार अमिताभ बच्चन,अनुपम खेर, परेव रावल,नसिरुद्दिन शाह,पंकज कपुर जैकी श्राफ,डेनी डेन्जोंक्पा,दिलिप ताहिल,टीनु आनन्द , राकेश वेदी, कबिर वेदी, निर्माता निर्देशक तथा लेखकमा अनिल शर्मा,डेविड धवन,सुभाष घई, श्याम बेनेगल,मनिरत्नम, प्रकाश झा,शेखर कपुर, विधुविनोद चोपडा, महेश भट्ट, प्रियदर्शन,गुलजार,जावेद अख्तर लगायत सक्रिय रुपमा काम गरिरहेका छन् । त्यसैले यो बुँदा अव्यहवारिक रहेको र यसले यी महान कलाकारहरुलाइ काम गर्न रोकेको छ ।’

त्यस्तै संघले शुटिंगस्थलमा चिकित्सक तथा नर्सको उपस्थितिकोे बुँदालाइ संसोधन गर्नुपर्ने सुझाव दिएका छन् । ‘राज्यले पहिलेदेखि नै बढदो कोरोना संक्रमितको उपचारकालागि चिकित्सक तथा नर्सको अभाव झेलिरहेको छ । त्यसैले प्रत्येक शुटिंगस्थलमा चिकित्सक तथा नर्सहरुको अनिवार्य उपस्थिति व्यवहारिक देखिदैन । यसको विकल्पमा शुटिंग लोकेसन क्षेत्रमा चिकित्सक तथा नर्स उपलब्ध गराउँदा राम्रो हुने सुझाव रहेको छ। ’

महाराष्ट्र सरकारद्धारा जारी गाइडलाइनमा के छ ?

कोरोना संक्रमण फैलिन नदिनकालागि लगाइएको लकडाउनका कारण बलिउडका फिल्म तथा हिन्दि टेलिभिजन सोको शुटिंग लकडाउन शुरुभएदेखि नै बन्द रहेको थियो । जसका कारण चलचित्र रिलिजदेखि सोका शुटिंग सबै बन्द रहेका छन् । मनोरंजन उद्योग भारी नोक्सानीमा पुगेको छ ।

भारत सरकारले जुन १ बाट लकडाउनको स्वरुप परिवर्तन गरेर अनलक फस्र्ट लागु गरिसकेपछि महाराष्ट्र सरकारले पनि नयाँ गाइडलाइन जारी गर्दै फिल्म तथा टीभी सोहरुको शुटिंग शुरु गर्न अनुमति दिएको छ ।

जारी नयाँ गाइडलाइन अनुसार ६५ वर्ष भन्दा बढि उमेरका व्यक्ति तथा गर्भवती महिला,कलाकार तथा कर्मचारीहरुलाइ शुटिंगस्थलमा आउन रोक लगाइएको छ ।
त्यसैगरि सेटमा चिकित्सक अनिवार्य रुपमा राखिनुपर्ने तथा कोरोना संक्रमित व्यक्तिको तुरुन्त उपचार गरिनुपर्ने छ । शुटिंग सेटमा हात मिलाउने, अंगालो मार्न रोक लगाइएको छ ।

अन्य कलाकारका मेकअप प्रयोग गर्न नपाइने, फोहोर कपडा प्रत्येक दिन धुनुपर्ने, सेटमा सफासुग्घर राख्नुपर्ने, एउटा टेन्टमा पाँच जना बढि मान्छे बस्न नपाउने लगायत फिल्म अथवा सिरियलमा विवाह,समारोह जस्ता सिक्वेन्स गर्न नपाउनुका साथै सबैभन्दा महत्वपूर्ण सामाजिक दुरीलाइ कडाइका साथ पालना गर्नुपर्ने अनिवार्यता राखेको छ ।

यसका अलाबा शुटिंगस्थलमा सकेसम्म ३३ प्रतिशत कर्मचारी राखिनुपर्ने ,सकेसम्म कास्टिंग, लुक टेस्ट तथा मिटिंग भिडियो कल तथा भिडियो कन्फरेन्स , स्काइपबाट गरिनुपर्ने तथा कलाकारहरुकालागि खाना समेत घरबाट ल्याउनुपर्ने भनिएको छ । त्यसैगरि मेकअपमा सेनिटाइजेसनको प्रयोग लाइ ध्यानमा राखिनुपर्ने भनिएको छ ।

नयाँ गाइडलाइन जारी भएसँगै संजयलीला भंसाली निर्देशित तथा आलिया भट्ट अनुबंधित गंगुबाइ कथियावाडी चलचित्रको शुटिंग शुरु हुने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भारतमा कोरोना संक्रमित राज्यमा महाराष्ट्र पहिलो रहेको छ । ताजा तथ्याँक अनुसार महाराष्ट्रमा ७०हजार बढि संक्रमित रहेको छ भने २३६२ जनाको कोरोना संक्रमणका कारण निधन भइसकेको छ ।

भारतमा एकैदिन झण्डै नौ हजार संक्रमित

भारतमा आँधीको डरले कैयौँ गाउँ खाली गराइयो

५०० भारतीय मजदूर सीमामा अलपत्र

भद्रपुर,जुन ३

भारतको पश्चिम बंगाल सरकारले आफ्ना नागरिकलाई प्रवेश नदिँदा नेपाल भारतको दशगजा क्षेत्रमा ५०० भारतीय नागरिक अलपत्र परेका छन् ।कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीका कारण नेपालका विभिन्न जिल्लाको इँटा भट्टाका सञ्चालकले मजदुरलाई घर फर्कन भनेपछि घरतर्फ फर्कने क्रममा उनीहरू सीमामै रोकिएका छन् ।

भारत सरकारले नेपालको सीमा क्षेत्रमा रोकिएका आफ्ना नागरिकलाई सीमा प्रवेशमा अझैसम्म अनुमति दिएको छैन । स्वदेश फर्कने आसमा सीमा क्षेत्रमा रहेका भारतीय नागरिक उद्धारको पर्खाइमा छन् । नेपाल भारत सीमा दशगजा क्षेत्रमा करिब ५०० भन्दा बढी भारतीय नागरिक २४ घण्टादेखि रोकिएका छन् ।

केही दिनदेखि काँकडभिट्टा बसपार्क क्षेत्रमा अलपत्र परेका उनीहरुलाई प्रहरीको सहयोगमा मेची नगरपालिकाले दशगजामा लगेर छाडिएको थियो । अलपत्र परेका भारतीय नागरिकलाई लैजानका लागि भारतीय सुरक्षाकर्मीमार्फत अनुरोध गरिरहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए ।

उनका अनुसार यसरी दशगजा क्षेत्रमा अलपत्र पर्ने काठमाडौँ, लहान, विराटनगर, धरान र झापाकै विभिन्न उद्योगमा काम गर्ने मजदुर रहेका छन् । अलपत्र भारतीय नागरिकलाई काँकडभिट्टा सोसाइटीले खाना खुवाइरहेको बताउँदै उनले भने,“दशगजामा नेपालबाट फर्कने भारतीय नागरिकलाई भारत सरकारले अनुमति नदिँदा भीडभाड बढेको छ । खुट्टा टेक्ने ठाउँ छैन, काँकडभिट्टा बसपार्कमा उस्तै छ ।

यहाँ कोरोना सङ्क्रमणको जोखिमका साथै मानवीय सङ्कट आउने सम्भावना देखिएको ।” भारतले आफ्ना नागरिकलाई अलपत्र पारेर नाकामा राख्न नमिल्ने बताउँदै उनँले उनीहरुलाई भारत आफैँले बुझेर लैजानुपर्ने बताए । भारतका विभिन्न स्थानबाट फर्किएर सीमा नाकासम्म आइपुगेका नेपालीलाई सुरक्षित किसिमले उद्धार गरेर आफ्ना जिल्लामा पठाइरहेको पनि उनले बताए । ––रासस

भारतीय टेलिभिजन च्यानलमा भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल बारे के भने ?

नयाँ दिल्ली,जुन २

नेपाली भुमि कालापानी, लिम्पियाधुरा, लिपुलेकका विषयमा नेपालले भारतसँग कुटनीतिक वार्ताको प्रतीक्षा गरिरहेको समयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले यसलाइ बसेर समाधान गर्न सकिने दाबी गरेका छन् । भारतीय टेलिभिजन च्यानल सीएनएन न्यूज १८लाइ मंगलबार दिएको अन्तर्वार्ताका क्रममा नेपाल बारे सोधिएको प्रश्नमा सिंहले नेपालसँगको सम्बन्धलाइ पून दाजुभाइको जस्तो भनेर व्याख्या गरेका छन् । पछिल्लो एक साताभित्र दुइ टेलिभिजनमा दिएको अन्तर्वार्ताका क्रममा उनले नेपालसँगको विवादलाइ दाजुभाइबीचको त त म मको संज्ञा समेत दिएका छन् ।

यद्यपि नेपालले भारतसँग दाजुभाइको भन्दा पनि समान मित्रवत सम्बन्धको अपेक्षा गरेको छ । तर भारतीय सत्ता पक्षले यसलाइ व्यवहारमा लागु गर्न चाहेको देखिदैन ।
त्यसका अलाबा अधिकाँश भारतीय टेलिभिजन प्रस्तोताहरु नेपालको विषयलाइ स्वतन्त्र रुपमा उठाउन सदैव चुकेका छन् । उनीहरुले नेपाल भारतबीच कुनै विषयमा असहमति हुने वित्तिकै चीनसँग जोडेर हेर्ने दृष्टिकोण त्याग्न सकेका छैनन् ।

यो अन्तर्वार्ताका क्रममा पनि प्रस्तोताको प्रश्न गर्ने शैली नै हेपाहा प्रवृतिको देखिएको छ । अन्तर्वार्ताको भावानुवाद यस्तो छ ।

प्रस्तोताः अटल जी भन्थे , नेपाल हाम्रोलागि नातेदार मुलुक जस्तो हो अब हेर्नुस उसैले आँखा देखाइरहेको छ । नेपालले नयाँ नक्सा पारित गर्दियो जसमा भारतको हिस्सा पनि समेटिएको छ । रक्षामन्त्रीको नाताले तपाई के भन्न चाहनुहुन्न्छ ?

रक्षामंत्री सिंह:  म त नेपाललाइ एकदमै भाइ जस्तो मान्दछु ।

प्रस्तोताः किन गरयो नेपालले यस्तो , चिनको इशारामा ?

रक्षामंत्री सिंह:नेपालमाथि म कुनै आरोप प्रत्यारोप गर्न सक्दिन । भारतको नेपालसँगको सम्बन्ध दाजुभाईको जस्तो छ । त्यो सम्बन्धलाइ हामी कुनै पनि हालतमा तोडन सक्दैनौ । ठीक छ यदि कहिलेकाहि भाईहरुबीच कुनै कुरामा असहमति भयो भने त्यसलाइ मिलेर एकै ठाउँमा बसेर समाधान गर्न सक्छौं ।

प्रस्तोताः तपाइ नेपाललाइ भाइ भन्दै हुनुहुन्छ तर नेपालले जुन व्यवहार देखाएको छ,त्यसबाट तपाई दुखी हुनुहुन्छ ? किनकी राजपरिवारको हत्याकाण्ड पछि नेपालको अवस्था निकै परिवर्तन भएको छ ।

रक्षामंत्री सिंह: परिवारमा पनि दाजुभाइबीच तत मम भइहाल्छ नि यसमा कुनै ठूलो कुरा छैन । मिलेर बसेर त्यसलाइ सल्टाउँछौं ।

प्रस्तोताः तपाइ विश्वस्त हुनुहुन्छ यो सुल्झिन्छ भनेर ?

रक्षामंत्री सिंह: एकदम सुल्झिन्छ । मिलेर बसेर त्यसलाइ सल्टाउँछौं । नेपाललाइ लिएर कुनै पनि भारतवासीको मनमा कुनै किसिमको कटुता उत्पन्न हुन सक्दैन । त्यसैगरि मैले नेपालको बारेमा पनि बुझेको छु, नेपालमा पनि ठूलो संख्यामा त्यस्ता जनता छन् जसको दुवै मुलुकसँग भावनात्मक सम्बन्ध छ ।

****
यसअघि पनि नेपाल भारतबीच पारिवारिक सम्बन्धको सन्दर्भलाइ जोडेर प्रस्तोताले सोधेको प्रश्नको जवाफमा रक्षामन्त्री सिंहले नेपाल भारतबीच उत्पन्न लिपुलेक विवाद वार्ताद्धारा नै समाधान गरिने बताएका थिए । आजतक च्यानललाइ दिएको अन्तर्वार्ताका क्रममा उनले त्यसबेला पनि भनेका थिए, ‘लिपुलेकलाइ लिएर जुन थोरबहुत समस्या उत्पन्न भएको छ त्यो वार्ताको माध्यमबाट नै समाधान गर्न सकिने मैले बुझेको छु । ’ भारत र नेपालको सम्बन्ध पारिवारिक रहेको दोहरयाउादै रक्षा मन्त्री सिंहले भने,‘भारत नेपालबीचको सम्बन्ध दाजुभाइको जस्तो हो, त्यहाँ केहि समस्या छ भने पनि हामी वार्ताबाट समाधान निकाल्छौं ।’

https://www.youtube.com/watch?v=JbVei9nkqqY

कालापानी,लिपुलेक, लिम्पियाधुरा र नेपाल भारतको पछिल्लो विवाद

गत ८ अप्रिलमा भारतीय रक्षा मन्त्री सिंहले नै कालापानी लिपुलेक हुँदै तिब्बतको मानसरोवर सम्म पुग्ने सडकमार्गको उदघाटन गरेको जानकारी ट्वििटर मार्फत साझा गरेका थिए । त्यसपछि नेपाली पक्षले आफूलाइ जानकारी नै नभइ भारतले नेपाली भुमि मिचेको भन्दै आपत्ति जनायो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत नेपाली भुमिमा आफ्ना गतिविधि रोक्न भारत सरकारलाइ आग्रह गरेको थियो ।

परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नेपालकालागि भारतीय राजदूत विनयमोहन क्वात्रालाइ बोलाएर कुटनीतिक नोट दिएका थिए । त्यसपछि नेपाल सरकारले अतिक्रमित भुमि कालापानी,लिपुलेक र लिम्पिायाधुरा समेटेर नयाँ नक्सा सार्वजानिक गरेको छ ।

भारतले नेपालले जारी गरेको नयाँ नक्सालाइ स्वीकार गरेको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले सो सडक भारतीय भुमि भित्र रहेको प्रतिक्रिया सहित सीमा विवाद वार्ताबाट हल हुनुपर्ने बताएका थिए । उनले सकारात्मक र रचनात्मक पहलबाट मात्रै नेपाल भारतबीच वार्ता हुने समेत उल्लेख गरेका थिए ।

भारतले जारी गरेको नक्सामा कालापानी,लिपुलेक, लिम्पियाधुरा क्षेत्रको करीब ३३५ वर्गकिलोमिटर जमीन समेटिएको छ ।

नेकपा प्रवक्ता श्रेष्ठले भारतीय प्रधानमंत्री मोदीलाई गरे यस्तो आग्रह : मुक्तिनाथसँग आशीर्वाद लिनुहोस

नेपाल भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकियो

काठमाडौं,जुन २

सरकारले कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका २० नाकालाई प्रवेश विन्दु तोकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार इलाम– पशुपतिनगर, झापा–काँकडभिट्टा, मोरङ–रानी, सप्तरी–कुनौली, सिरहा–ठाडी र माडर, महोत्तरी–भिट्टामोड, सर्लाही–मलङ्गवा, रौतहट–गौर, पर्सा–वीरगञ्ज, नवलपरासी–महेश्वपुर, रुपन्देही– वेलहिया तथा कपिलवस्तु–तौलिहवा र कृष्णनगरलाई प्रवेश विन्दु तोकिएको छ । यस्तै बाँके–खजुरा, बर्दिया–सुरजपुर र गुलरिया, कैलाली–गौरीफन्टा, कञ्चनपुर–गड्डाचौकी, बैतडी– झुलाघाट र दार्चुलाको– दार्चुलालाई प्रवेश विन्दु नाका तोक्ने निर्णय गरेको हो ।

कोभिड–१९ को महामारी जोखिम बढ्दै गएको अवस्थामा स्वदेश फर्कनेको सहज व्यवस्थापन, रोग नियन्त्रण र बिरामी पहिचान गर्न सकियोस् भन्ने हेतु सरकारले उक्त व्यवस्था गरेको हो । भारतबाहेकका देशबाट भने काठमाडाँैस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल भएर स्वदेश फर्कनेछन् । अन्तर्रा्ष्ट्रिय उडान बन्द रहेकाले हवाई मार्ग भएर स्वदेश फर्कने क्रम अहिले ठप्प छ । विदेशमा रहेका केही नेपालीलाई प्राथमिकीकरण पहिलो चरणमा नेपाल ल्याउन सरकारले गृहकार्य गरिरहेको छ ।

रोजगारी, अध्ययन र उपचारका लागि भारतका विभिन्न क्षेत्रमा रहेका नेपाली नागरिक कोभिड–१९ कारण लकडाउन भएपछि पनि ठूलो सङ्ख्यामा स्वदेश फर्कने क्रम जारी रहेको छ । लकडाउनका कारण उनीहरु रोजगारी गुमाएर तथा विद्यालय बन्द भएपछि जन्मभूमि फर्केका हुन् । स्वदेश फर्केने क्रममा धेरै दुःख, कष्ट र हण्डर खेप्न तथा दुव्र्यवहार भोग्नु परेको तथा कयौँ दिन भोकभोकै पैदल यात्र गरी नेपाल–भारत सीमा क्षेत्रमा आइपुग्न सफल भएको स्वदेश फर्किएका केही नेपालीले प्रतिक्रिया दिइरहेका छन् ।

कोभिड–१९ को जोखिम नियन्त्रणका लागि गरिएको लकडाउनका कारण प्रारम्भिक दिनमा स्वदेश फर्कन चाहने नेपालीलाई केही अप्ठेरो भए पनि पछिल्ला दिनमा केही हदसम्म त्यसको उचित व्यवस्थान हुँदै आएको छ । कैयौँ नागरिक नाकाबाट सहज प्रवेश नपाएपछि जङ्गल, बस्ती र खेतबाट नेपाल प्रवेश गर्दा कोभिड–१९ को सङ्क्रमण फैलनाका साथै फर्केकालाई व्यवस्थापन गर्न हम्मेहम्मे परेपछि सरकारले प्रवेश विन्दु तोकेको हो ।

सीमा नाकामा आएका नेपाली नागरिकको प्रदेश, जिल्ला र पालिकागत विवरण स्थानीय प्रशासनले तयार गरी सम्बन्धित प्रदेश र स्थानीय तहलाई अविलम्ब बुझाउनुपर्ने कार्य्विधि बनाइएको छ । अहिले सुदूरपश्चिम क्षेत्रमा मात्रै पनि भारतबाट ५० हजारभन्दा बढी व्यक्ति फर्किएको अवस्था छ । पश्चिम क्षेत्रका नाकाबाट दैनिक रुपमा अझै पनि पाँच हजारभन्दा बढी नागरिक नेपाल भित्रिरहेका छन् ।

प्रवेश विन्दु नजीक होल्डिङ सेन्टर बनाइँदै

भारतबाट आउने नागरिकलाई प्रवेश विन्दु नजीकको विद्यालय वा सामुदायिक भवन, कभर्ड हल, पार्टी प्यालेस वा अन्य खुला स्थान छनोट गरी होल्डिङ सेन्टरको व्यवस्था गरिने उक्त कार्यविधिमा उल्लेख छ । उनीहरुलाई सीमा नाकामा व्यवस्था गरिएको सवारी साधनमार्फत होल्ङिङ सेन्टर पु¥याइनेछ । सीमा नाका नजीक रहने होल्डिङ सेन्टरको व्यवस्थापन सम्बन्धित प्रदेश सरकारले तोकेको मन्त्रीको सुपरीवेक्षणमा प्रदेश तथा जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रको एवं स्थानीय प्रशासनको सहयोगमा सेनाले गर्नेछ ।

स्वदेश प्रवेश भएकामध्ये ज्वरो देखिएकालाई तोकिएको आइसोलेशन र अन्यलाई सेनाको संयोजकत्वमा सम्बन्धित जिल्ला सदरमुकाम पु¥याइनेछ । सदरमुकाम पु¥याइएका नागरिकलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा पु¥याउने र क्वारेन्टिन अवधिभर आवश्यक व्यवस्थापनका लागि सहयोग र समन्वय गर्ने कार्यका लागि प्रदेश सरकारबाट एक मन्त्री तोकिनेछ ।

काठमाडौँमा १७ सय शैयाको क्वारेन्टिन तयार गरिने

नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्नेसम्बन्धी कार्ययोजनामा भारतबाहेकका मुलुकबाट स्वदेश आउने यात्रुका लागि खरिपाटी इचङ्गु आवास क्षेत्र, मनमोहन अस्पताल दहचोक, केएमसी दुवाकोटमा क्वारेन्टिन तयार गर्ने उल्लेख छ ।

आपतकालीन व्यवस्थाका लागि शहरी विकास मन्त्रालयले आवश्यक मर्मत सुधार गरी नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित तालीम केन्द्र ३००, इचङ्गु आवासमा ४००, मनमोहन अस्पताल ५०० र केएएमसी दुवाकोटमा ५०० क्वारेन्टिन श्यया १० दिनभित्र तयार गरी प्रयोग गर्न सक्ने अवस्थामा राख्ने कार्य योजना छ ।

क्वारेन्टिनमा रहेको संख्या डेढ लाख

नेपालमा अहिले भारतबाट फर्केर आएका एक लाख ४५ हजार क्वारेन्टिनमा रहेका, ६१ जिल्लामा कोभिड–१९ सङ्क्रमण फैलिएको, २१ स्थानमा पिसिआर परीक्षणको व्यववस्था गरिएको तथा दैनिक रुपमा तीन हजारको पिसिआर परीक्षण भइरहेको छ । कोभिड–१९ को सङ्क्रमणलाई जितेर घर फर्कनेको संख्या २६६ रहेको तथा पछिल्लो समय दैनिक २५० का संख्यामा संक्रमण बढिरहेको तथ्यांकले पुष्टि गरेको छ । मुलुकमा अहिले कोरोना भाइरसबाट संक्रमितको संख्या दुई हजार ९९ पुगेको छ ।––रासस

भारतको आर्थिक विकास पहिलेकै अवस्थामा फर्किने प्रधानमन्त्री मोदीको विश्वास

भारतमा सोमबारबाट लकडाउन खुल्यो

नयाँ दिल्ली ,जुन १

भारतमा सोमबारबाट लकडाउन खुलेको छ । भारत सरकारले अनलक नाम दिएर १ जुन सोमबारबाट लागु हुने गरी  तीन चरणमा लकडाउन खोल्ने  निर्णय गरेको हो । पहिलो  लकडाउन लागु गरेको २ महिना एक साता पछि भारत सरकारले  लकडाउन  खोल्ने निर्णय गरेको हो । पहिलो लकडाउन   गत २४ मार्चदेखि शुरु भएको थियो  । कोरोना  भाइरससबाट डेढ लाखभन्दा बढी संक्रमित भइसकेपनि भारत सरकारले  लकडाउन खोलेको हो ।

अनलक फर्स्ट १ जुनदेखि ३० जुन सम्मका लागि निर्धारण गरिएको छ । जसमा रातिको कफर्युको समय तालिका परिवर्कातन गरिएको छ ।  साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब कर्फ्यु समयअवधि    राति ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।

पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु खुल्नेछन् । जसमा मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् ।  यसका अलावा    होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मल र सुपरमार्केटहरु खोल्ने अनुमति समेत दिइएको छ । तर, उनीहरुले सावधानी अपनाउनुपर्नेछ ।

दोस्रो चरणमा स्कुल, कलेजलगायतका शैक्षिक संस्थाहरु खुल्नेछन् । शैक्षिक संस्थाको सवालमा राज्य सरकारहरुसँग परामर्श गरिने जनाइएको छ । कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खोल्ने  निर्णय लिइने भनिएको छ । तीन महिनापछि विद्यार्थीहरु विद्यालय जाने योजना बनाइएको छ ।

तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।

प्रधानमन्त्री मोदीको जीवनचित्र सार्वजनिक

Nepal news headlines | breaking news kathmandu | national news of nepal live