INDIA

भारतले नेपालका ५६ उच्च माध्यमिक विद्यालयको पुनःनिर्माण गर्ने

काठमाडौं,जुन ८

भारत सरकारले नेपालको सात जिल्लाको ५६ उच्च माध्यमिक विद्यालय पूननिर्माणमा आर्थिक सहयोग गर्ने भएको छ । यी जिल्लाहरुमा गोरखा, नुवाकोट, धादिङ्, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक रहेको छ । सोमबार भारतीय दूतावास तथा नेपाल सरकारको शिक्षा मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन  इकाईबीच ७ संझौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा भुकम्प पश्चातको पूननिर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको २ अर्ब २५ करोड नेपाली रुपैया बराबरको आर्थिक सहयोग अन्तर्गत यी ५६ विद्यालय निर्माण गरिनेछ ।

भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप पुनःनिर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहनेछ । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा सहयोग गरेको भारतकै केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनःनिर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

यो सहयोगसँगै भूकम्प पश्चातको पुनर्निर्माण परियोजना लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँगको सहकार्यलाई निरन्तरता दिने भारत सरकारले प्रतिबद्धता व्यक्त गरेको भारतीय दूतावास,काठमाडौद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

https://twitter.com/IndiaInNepal/status/1269917609635352576

दिल्लीका मुख्यमन्त्री केजरीवाल सेल्फ क्वारेन्टाइनमा, भोलि कोरोना जाँच गरिने

नयाँ दिल्ली,जुन ८

नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल सेल्फ क्वारेन्टाइनमा बसेका छन् । आम आदमी पार्टीले  दिएको जानकारी अनुसार हल्का ज्वरो आएको तथा खोकी लागेको हुनाले केजरीवाल ‘ सेल्फ   क्वारेन्टाइन’ बसेका हुन् । मंगलबार उनको कोरोना परीक्षण गरिने बताइएको छ । केजरीवालले आफ्ना सबै मिटिंग रद्द गरेका छन् ।

मुख्यमन्त्री केजरीवाल आइतबार दिउँसोदेखि अस्वस्थ्य छन् । यसपछि उनले कसैसँग पनि भेट गरेका छैनन् । ५१ वर्षीय केजरीवाल दिल्ली स्थित आफ्नो सरकारी निवासमा सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

केजरीवालको स्वास्थ बारे आप पार्टीका विधायक जरनैल सिंहले ट्वििट गरेका छन् । ‘हाम्रा प्रिय अरविन्द केजरीवाललाइ हिजोदेखि हल्का ज्वरो तथा खोकी लागेको छ । चिकित्सकको सल्लाह अनुसार उनलाइ क्वारेन्टाइनमा राखिएको हो । भोलि उनको कोविड–१९जाँच गराइनेछ’,सिंहले ट्वििटमा भनेका छन् ।

https://twitter.com/JarnailSinghAAP/status/1269903030893318144

आइतबार मुख्यमन्त्रीले डिजिटल प्रेस कन्फरेन्स गर्दै दिल्लीबासीहरुका लागि अस्पतालमा बेड आरक्षणको नीति घोषणा गरेका थिए । प्रेस कन्फरेन्स अवधिभर उनले मास्क लगाइनैरहेका थिए । कोरोना भाइरस बिरामी तथा शंकास्पदहरुकालागि अस्पतालमा बेड उपलब्ध नभइरहेको गुनासो बढन लागेपछि केजरीवालले दिल्ली सरकारद्धारा संचालित अस्पताल तथा केहि नीजि अस्पतालमा राजधानीवासीहरुको मात्र स्वास्थ्य जाँच गरिने नीति घोषणा गरेका थिए ।

उनले दिल्लीका अस्पतालहरुमा अन्य राज्यबाट पनि बिरामीहरुको संख्या बढने भन्दै बन्द गरिएको दिल्लीको सीमा पून खोल्ने जानकारी गरेका थिए । दिल्ली पछिल्लो केहि दिनदेखि कोरोना भाइरसको दैनिक एक हजार भन्दा बढि संक्रमित देखिन थालेको छ । राजधानीमा कोरोना संक्रमितको संख्या २७ हजार नाघिसकेको छ ।

भारतमा सबै भन्दा बढी कोरोना संक्रमित राज्यमा दिल्ली तेश्रो स्थानमा रहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयको सोमबारको तथ्याँक अनुसार दिल्लीमा २८९३६ संक्रमित पुगेका छन् भने ८१२ जनाको मृत्यु भएको छ ।

भारतमा एकैदिन झण्डै दश हजार संक्रमित , सात हजारको मृत्यु

कोरोना भाइरस संक्रमणमा भारत इटली भन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित

भारत सरकारले एक वर्ष सम्म नयाँ परियोजनाहरुमा खर्च नगर्नेे

नयाँ दिल्ली, जुन ५

कोरोना संकटलाइ मध्यनजर गर्दै भारत सरकारले एक वर्ष सम्म नयाँ परियोजनाहरुमा खर्च नगर्ने निर्णय गरेको छ । भारतको वित्त मन्त्रालयले आदेश जारी गर्दै नयाँ परियोजनामा खर्च नगरिने स्पष्ट पारेको हो ।

आगामी एक वर्ष सम्म प्रधानमन्त्री गरीब कल्याण प्याकेज तथा आत्मनिर्भर भारत योजना अन्तर्गत खर्च गरिने बताइएको छ । आदेश अनुसार सरकारले बजेटमा घोषणा गरेका नयाँ परियोजनाहरुमा समेत रोक लगाएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस महामारीबाट प्रभावित देशको अर्थव्यवस्थालाइ उकास्नकालागि १२ मेमा २०० खर्ब रुपैया बराबरको विशेष आर्थिक प्याकेजको घोषणा गरेका थि । जसलाइ कोरोना महामारीसँग जुध्नकालागि विश्वका मुलुकहरुले घोषणा गरेको सबै भन्दा ठूलो आर्थिक प्याकेज भनिएको छ ।

सरकारले प्रधानमन्त्री गरीव कल्याण प्याकेज(पीएमजीकेपी) अन्तर्गत हाल सम्म करीब ४२ करोड गरीव जनतालाइ ५३ हजार २४२ करोड रुपैष बराबरको वित्तिय सहायता उपलब्ध गराइसकिएको जनाएको छ ।

भारत सरकारले आर्थिक अवस्था कमजोर भएका तप्कालाइ कोविड–१९संकटबाट राहत दिनकालागि २६ मार्चमा पनि १७ खर्ब रुपैया बराबरको राहत प्याकेजको घोषणा गरेको थियो । प्याकेजमा गरीबहरुलाइ निशुल्क चामल,दाल तथा महिला,वृद्ध,किसान तथा अन्यलाइ नगद सहायता उपलब्ध गराउने भनिएको छ ।––श्रोतः एनडीटीभी

भारतीय नागरिकलाई भारत फर्काईदै

काठमाडौं,जुन ४

भारतीय सरकारले लकडाउनका कारण नेपालमा रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आइ रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको छ ।

लामो समय जारी रहेको लकडाउनका कारण काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार भारत लैजाने व्यवस्था मिलाएको हो ।

दूतावासका अनुसार सम्पर्कमा आएका आफ्ना नागरिकलाई बस मार्फत लैजाने व्यवस्था गरिएको छ । भारत सरकारले यस अघि पनि नेपमालमा आई विभिन्न ठाउँमा रोकिएर बसेका आफ्ना १६५ नागरिकलाई उद्धार गरी हवाइजहाजबाट मार्फत स्वदेश फिर्ता लगेको थियो ।

तस्वीरहरु :

रहेनन बलिउडका वासु दा

मुम्बई, जुन ४

निर्माण गरेका फिल्म मेकर,पटकथा लेखक तथा निर्देशक वासु चटर्जीको विहिबार ९३ वर्षको उमेरमा निधन भएको छ । फिल्म मेकर अशोक पंडित ले ट्वििट गर्दै चटर्जीको निधनको खबर साझा गरेका थिए । मुम्बइमा निधन भएका उनको विहिबार नै दाहसंस्कार गरिएको छ । बलिउडमा उनी वासु दाका नामले चिनिन्थे ।

यंग एंग्री म्यानको वरिपरि केन्द्रित रहेर द्धन्दात्मक चलचित्र निर्माण हुने सत्तरीको दशकमा अमोल पालेकरलाइ लिएर रजनीगंधा, छोटी सी बात, चितचोर जस्ता यादगार हिन्दि सिनेमा बनाएर चर्चा कमाएका वासु दा मध्यमवर्गीय परिवार भित्र मौलाउने माया प्रेमका कथावस्तु पस्केर अलग पहिचान बनाउन सफल भएका थिए ।

भारतमा ब्रिटेनको शासनकालमा राजस्थानको अजमेरमा १० जनवरी १९३० मा जन्मिएका थिए बासु दा । फिल्म जगतमा आउनु अघि उनी तात्कालिन बम्बे(हाल मुम्बई)बाट प्रकाशित हुने साप्ताहिक ट्याब्लोइड ब्लिजमा १८ वर्ष चित्रकार(कार्टुनिष्ट)को रुपमा काम गरे ।

सन् १९६६मा राष्ट्रिय पुरस्कारबाट सम्मानित बासु भट्टाचार्यद्धारा निर्देशित तिसरी कसममा सहायक निर्देशकबाट करियर शुरु गरेका बासु दाले १९६९मा सारा आकाश सिनेमा पहिलो पटक निर्देशन गरे । जसले फिल्मफेयर बेस्ट स्किनप्ले अवार्ड पाएको थियो ।

सात पटक फिल्म फेयर अवार्ड तथा भारतीय फिल्म जगतमा पुरयाएको योगदानकालागि राष्ट्रिय पुरस्कारबाट समेत सम्मानित भएका थिए । सन् १९६९बाट फिल्मी दुनियाँमा भित्रिएका उनी २०११ सम्म सक्रिय रुपमा हिन्दि तथा बंगाली चलचित्र, सिरियल बनाउन व्यस्त रहे ।

टेलिसिरियल विधामा पनि वासु दाको योगदान अविस्मरणीय रहेको छ । अस्सी र नब्बेको दशकमा निर्माण गरिएको रजनी तथा ब्योमकेश वक्शीले निकै चर्चा कमाएको थियो ।
१९८५मा दुरदर्शन टेलिभिजनबाट प्रसारित महिला प्रधान टेलिसिरियल रजनी भारतीय समाजमा छुट्टै छाप छोडन सफल भएको थियो । बंगाली समाजको चित्रण सहित उनले १९९३मा बनाएको जासुसी सिरियल ब्योमकेस वक्शीले पनि अलग्गै पहिचान बनाएको थियो ।

वासु दाका दुइ छोरी सोनाली भट्टाचार्य तथा रुपाली गुहा छन् ।

‘निसर्ग’ आँधीबाट भारतमा दुईको मृत्यु, तीन जना घाइते

जुन महिनामा कोरोना संक्रमणको समीक्षा पछि भारतका सिनेमा हलहरु खोल्ने विषयमा निर्णय गरिनेछः केन्द्रिय मन्त्री जावडेकर

मुम्बई, जुन ४

कोराना कहरका कारण इतिहासमै पहिलो पटक लामो समयसम्म सिनेमा हलहरु बन्द भएका छन् । भारतका फिल्म निर्माताहरु सिनेमा हल खुल्ने व्यग्र प्रतीक्षामा छन् । ताकि उनीहरुका फिल्महरु रिलिज गर्न सकुन । कोरोनासँगै जीवनपद्धति सुचारु गर्न भारतमा चरणबद्ध रुपमा मंगलबारदेखि भारतमा लकडाउन हटाएर अनलक फस्र्ट लागु गरिसकिएको छ ।

यसैबीच केन्द्रिय सुचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले जुन महिनाभित्र कोविड १९ महामारीको स्थितिलाइ गम्भीरतापूर्वक समीक्षा गरेपछि सिनेमा हल खोल्ने माँगको विषयमा जाँच गरिने बताएका छन् । मन्त्री जावडेकरले फिल्म निर्माता,सिनेमा हल संचालक तथा फिल्म उद्योग जगतका प्रतिनिधिहरुसँग भिडियो कन्फरेन्स मार्फत यो जानकारी साझा गरे ।

बैठकमा मन्त्री जावडेकरले महामारीका कारण चलचित्र उद्योगमा आइपरेका सबै समस्याका बारेमा छलफल गरे । मन्त्रीले उद्योगीहरुले गरेकोे तलब अनुदान, तीन वर्षकोलागि बिना ब्याज ऋण, कर छुट र औधोगिक दरमा विद्युत र न्यूनतम माँग शुल्क माफीको माँगलाइ सकारात्म ढंगबाट लिएको बताए ।

जावडेकरले उद्योगका माँगहरु सम्बन्धित अधिकारीहरुसँगै बुझ्ने आश्वासन पनि दिए । भारतमा रहेका ९५०० सिनेमा हलहरुमा टिकट बिक्रिबाट मात्र दैनिक ३० करोड रुपैयाको हाराहारीमा व्यापार हुने गरेको तथ्याँक छ । –समाचार श्रोत : भारतीय मनोरंजन अनलाइन

भारतमा कोरोना संक्रमण ह्वात्तै बढयो

नयाँ दिल्ली, जुन ४

भारतमा कोरोना संक्रमितको संख्या द्रुत गतिमा बढिरहेको छ । पछिल्लो २४ घंटामा मात्रै भारतमा ९३०४ संक्रमित थपिएका छन् भने २६० जनाको निधन भएको छ ।

विहिबारको आंकडा पछिल्लो २४ घण्टामा भारतमा हालसम्म सबैभन्दा धेरै संख्यामा संक्रमित थपिएको आंकडा हो ।भारतको स्वास्थ्य मन्त्रालयको आंकडा अनुसार विहिबार बिहान सम्म संक्रमितको संख्या २लाख १६ हजार ९१९ पुगेको छ ।

कोरोना संक्रमणबाट भारतमा हालसम्म ६ हजार ७५ जनाको निधन भइसकेको छ । त्यसैगरि १ लाख ४ हजार १०७ बिरामी निको भइसकेका छन् । तर निको हुनेको प्रतिशतमा भने कमी आएको छ । अर्थात रिकभरी रेट ४७.९९ प्रतिशत पुगेको छ ।

कोरोनाबाट सबैभन्दा प्रभावित भारतको महाराष्ट्र राज्यमा हाल सम्म संक्रमितको संख्या ७४हजार ८६० पुगेको छ । महाराष्ट्रमा निधन हुनेको संख्या २५८७ पुगेको छ । दोश्रोमा तमिलनायडु र तेश्रो प्रभावित राज्यमा दिल्ली रहेको छ।

कोरोनाको संक्रमण विश्वको १८० मुलुकमा फैलिसकेको छ । साढे तीन लाख बढिको ज्यान गइसकेको छ भने विश्वभरि ६३ लाख भन्दा बढि मानिस कोविड १९बाट संक्रमित भइसकेका छन् ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live