INDIA

भारत सरकारले ल्यायो ३०.४२ ट्रिलियन रूपैँया बराबरको बजेट

एनआईबि संवाददाता,नयाँ दिल्ली
१फेब्रुअरी२०२०

भारतको केन्द्र सरकारले शनिबार ३०.४२ ट्रिलियन(३०हजार४२०खर्बभारतीय रूपैँया)बराबरको वार्षिक वजेट सार्वजनिक गरेको छ । सरकारले आफ्नो प्रतिवद्धता अनुसार गुणस्तरीय जीवन र मुलुकको आर्थिक सुधारलाई लक्षित गरी बजेट सार्वजनिक गरेको बताएको छ ।

त्यसैगरी अप्रिल १ बाट लागु हुने बजेटको आम्दानी २२.४६(२२हजार४६०खर्ब) ट्रिलियन हुने प्रक्षेपण सरकारले गरेको छ । केन्द्र सरकारले लगानी अभिवृद्धिका लागि राजस्व संकलना महत्वपूर्ण कदम चालेको दावी गरेको छ । तर प्रक्षेपित कर संकलन सकारात्मक लयमा आउनका लागि केही समय लाग्ने अनुमान सरकारले गरेको छ ।

आर्थिक वर्ष २०२०–०२१ का लागि सरकारले लिने ऋणको धेरै अंश भने पूँजीगत खर्चमा प्रयोग गरिनेछ । सरकारले पूँजीगत खर्च २१ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।
केन्द्र सरकारका अर्थमन्त्री निर्मला सितारमणले सरकारले आर्थिक वृद्धिका लागि विभिन्न आधारहरू तय गरेको बजेट सम्वोधनमा बताइन । जारी परिस्थितिको आधारमा सरकारले आर्थिक वर्ष २०२०÷०२१ का लागि कुल ग्राहस्थ उत्पादन(जीडीपी) १० प्रतिशत वृद्धि रहने अनुमान गरेको छ ।

सरकारको संशोधित अनुमान अनुसार चालु आर्थिक वर्षको खर्च २६.९९(२६हजार९९०खर्ब ट्रिलियन भारतीय रूपैँया र सरकारी आय १९.३२ ट्रिलियन (१९हजार३२०खर्ब रुपैया) रहने छ ।

नेपालकालागि नवनियुक्त भारतीय राजदूत क्वात्राले छिट्टै पदभार संभाल्ने

एनआईबि संवाददाता,नयाँ दिल्ली
३०जनवरी२०२०

नेपालकालागि भारतीय राजदूतको रुपमा विनयमोहन क्वात्राले छिटै पदभार संभाल्ने भएका छन् । भारतीय विदेश मन्त्रालयले विहिबार विज्ञप्ति जारी गर्दै फ्रान्सका राजदूत रहेका क्वात्रालाइ नेपालकोलागि राजदूत नियुक्त गरिएको औपचारिक जानकारी गराएको छ । मन्त्रालयले विदेश सचिव हर्षवद्र्धन क्वात्राले पदभार संभालेको भोलिपल्ट विहिबार नेपालकालागि भारतीय राजदूतबारे विज्ञप्ति जारी गरेको हो ।

१९८८मा भारतीय विदेश सेवामा प्रवेश गरेका क्वात्राले २००६ देखि २०१० सम्म नेपालमा रहेको सार्क सचिवालयमा भारतको तर्फबाट व्यापार, अर्थ र वित्त प्रमुखको रुपमा काम गरेका थिए ।

यस अघि उनले संयुक्त राष्ट्रसंघ,साउथ अफ्रिका, चीन,लगायतका मुलुकमा विभिन्न पदमा रहेर काम गरिसकेका छन् । भारतीय विदेश मन्त्रालयको नीति,योजना तथा अनुसंधान विभागमा समेत काम गरेको अनुभव संगालेका क्वात्राले अमेरिका तथा क्यानाडासँग भारतीय सम्बन्ध बिस्तार गर्ने काम गरेका थिए ।

फेब्रुअरीको पहिलो साता मोदीले कसलाइ स्वागत गर्दैछन ?

एनआईबि संवाददाता,नयाँ दिल्ली
३०जनवरी२०२०

यही फेब्रुअरीे ८–१२ तारिखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेलाइ स्वागत गर्दैछन् । प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारतको ५ दिने राजकिय भ्रमणमा आउन लागेका राजापाक्षे ७ फेब्रुअरीमा नयाँ दिल्ली पुग्नेछन् ।

भारतीय विदेश मन्त्रालयले विहिबारको नियमित पत्रकार सम्मेलनमा राजापाक्षेको भारतको ५ दिने राजकीय भ्रमणबारे औपचारिक जानकारी गराएको छ । ७ फेब्रुअरी(मंगलबार) का दिन उच्चस्तरीय टोलीका साथ राजापाक्षे दिल्ली उत्रने मन्त्रालयका प्रवक्ता रवीस कुमारले जानकारी गराए ।

८फेब्रुअरी बुधबार बिहान विदेश मन्त्री एस जयशंकरले प्रधानमन्त्री राजापाक्षेलाइ भेटनेछन । त्यसपछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा उच्चस्तरीय टोलीबीच छलफल, प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट, राष्ट्रपति रामनाथा कोबिन्दसँगको कलअन भेटको कार्यक्रम तय भएको विदेश मन्त्रालयले जानकारी गराएको छ । यसअघि श्रीलंकाका राष्ट्रपति गोटावाया राजापाक्षेले १८ नोभेम्बर२०१९ मा राष्ट्रपतिको पदभार संभाले लगत्तै नोभेम्बर २८मा भारतको तीन दिने राजकीय भ्रमण गरेका थिए ।

हालका प्रधानमन्त्री श्रीलंकका पूर्व राष्ट्रपति हुन् । श्रींलंकाको राष्ट्रपतिको रुपमा लगातार दुइ पटक सन् २००५–२०१५ सम्म शासन गरेका महिन्दा राजापाक्षेले सन् २००४मा श्रीलंकाको प्रधामन्त्रीको जिम्मेवारी समेत संभालेका थिए । महिन्दा हालका राष्ट्रपति गोटावायाका सहोदर दाजु हुन् ।

विदेश मन्त्रालयका प्रवक्ता कुमारका अनुसार नयाँ दिल्लीको औपचारिक कार्यक्रम सकाएर प्रधानमन्त्री राजापाक्षे वाराणसी,सारनाथ,बोधगया,तिरुपतिको भ्रमणपछि कोलम्बो फर्किने कार्यक्रम रहेको छ ।

भारतीय विदेश सचिव स्रिंगलाले भने, छिमेकी तथा अन्तराष्ट्रिय मुलुकसँग काम गर्न तत्पर छु

एनआईबि संवाददाता,नयाँ दिल्ली

२९ जनवरी २०२०

भारतका विदेश सचिव हर्षवद्र्धन स्रिंगलाले अन्तर्राष्ट्रिय प्रणालीमा रहेका भारतका विभिन्न साझेदार मुलुकहरुसँग काम गर्न तत्पर रहेको बताएका छन् । स्रिंगलाले विकास तथा आर्थिक संबन्धलाइ बिस्तार गर्नुका साथै छिमेकी मुलुकहरुसँगको कनेक्टिभिटि, प्रमुख शक्तिहरुसँग तालमेल मिलाउँदै स्वतन्त्र समाजकालागि खतरा रहेको आतंकवाद विरुद्ध एउटा साझा तथा स्पष्ट दृष्टिकोण बनाउने तथा नियमसँगत बहुपक्षीय आदेशका लाभहरुलाइ संस्थागत गर्दै लैजानकालागि अन्तर्राष्ट्रिय प्रणालीमा रहेका साझेदार मुलुकहरुसँग कार्य गर्न तत्पर रहेको भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बुधबार नयाँ दिल्लीको साउथ ब्लक स्थित भारतीय विदेश मन्त्रालयमा पदभार संभालेपछि स्रिगलाले भारतीय विकासको अनुभवलाइ विश्वको दक्षिणका मुलुकहरु मुख्य रुपमा अफ्रिका तथा लैटिन अमेरिकासँग साझा गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यी मुलुकहरुमा नयाँ मिशन तथा नयाँ पहल शुरु गर्न आफू तयार रहेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाकोलागि भारतीय राजदूतको जिम्मेबारीबाट विदेश सचिव बनाइएका स्रिंगलाले शीत युद्धको समयमा विदेश सेवामा प्रवेश गरेको बताउँदै उनले ग्लोबल वार्मिंग दबाबमुलक चिन्ता बनेको वर्तमान समयमा विदेश सचिवको जिम्मेवारी संभाल्न आइपुगेको बताएको विज्ञप्तिमा भनिएको छ । साइबर डोमेन र प्रविधिको द्रुत विकासका अवसर र चुनौतीलाइ पनि आफूले ध्यान दिने भन्दै उनले विदेश मन्त्रालयले धरती तथा भारतकाालागि यस्ता महत्वपूर्ण मुद्दाहरुमा भएको आलोचनात्मक प्रकृतिको सराहना गरेको विज्ञप्तिमा भनिएको छ ।

स्रिगलाले भारतीय संचारमाध्यममा भने,

पदभार ग्रहण पछि भारतीय संचारमाध्यमसँग कुरा गर्दै उनले विदेश सचिवको रुपमा काम गर्न पाएकोमा अत्यन्त सम्मानित महशुश गरेको बताए । उनले भने, ‘म यो आश्वासन दिन चाहन्छु कि म यो विशेष सेवा र कार्यालाइ कर्तव्यनिष्ठाका साथ पुरा गर्दछु ।’

पूर्व विदेश सचिव विजय गोखलेले निर्धारण गरेको उच्च मानक तथा भारत तथा विदेशमा समेत सक्षम नेतृत्वको छवी बनाएका विदेशमन्त्री जयशंकरको नेतृत्वमा काम गर्न पाएकोमा आफू विशेषानुभुति भएको बताउँदै उनले भने,‘यसलाइ मैले अवसरको रुपमा लिएको छु ।’

harshwardhan
तस्वीर साभारःभारतीय विदेशमन्त्रालय ट्वििटर

उनले भने,‘राष्ट्र र जनताप्रति समर्पित र जिम्मेबारी वहन गर्ने मन्त्रालयमा आवद्ध भएको छु भन्ने कुरा मैले राम्ररी बुझेको छु । हामी जनताको सेवाकालागि हौं भन्ने कुरामा म एकदमै सचेत छु । हाम्रो सबै प्रयासहरु सुरक्षा र समृद्धिको वैदेशिक सम्बन्धहरुका आधारमा राष्ट्र र जनताकालागि योगदान पुरयाउनमा हुनुपर्छ भन्ने कुरामा म दृढ छु ।’ उनले भने ।

झण्डै ३६ वर्ष अगाडि युवा अवस्थामा भारतीय सेवामा प्रवेश गरेको स्मरण गर्दै उनले आगामी दिनमा प्रधानमन्त्री र विदेशमन्त्रीको मार्गदर्शनमा नयाँ भारतको निर्माणकोलागि गतिशिल र उत्तरदायी कुटनीतिको आधार तयारकालागि प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

भारतीय विदेशमन्त्रीले गरे विदेश सचिव स्रिंगलालाइ स्वागत

एनआईबि संवाददाता,नयाँ दिल्ली
२९जनवरी२०२०

भारतीय विदेश मन्त्री जयशंकरले विदेश सचिव स्रिंगललाइ विदेशमन्त्रालयमा स्वागत गरेका छन् । उनले आधिकारिक टिविटरमा जानकारी गराउँदै लेखेका छन्,‘ आज पदभार संभालेपछि विदेश सचिव स्रिंगललाइ स्वागत गरे । उहाँको न्यानो व्यक्तित्व र विशाल अनुभवले विदेश मन्त्रालयलाइ थप उचाइमा पुरयाउनेमा म विश्वस्त छु ।’

हर्षवद्र्धनको ठाउँमा तरनजीत सिंह सन्धु अमेरिकाका राजदूत

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारत सरकारले हर्षवद्र्धन श्रृंगलालाइ विदेश सचिव नियुक्त गरेसँगै उनको ठाउँमा तरनजीत सिंह सन्धुलाइ संयुक्त राज्य अमेरिकाकालागि राजदूत नियुक्त गरेको छ । मंगलबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दैं सन्धुलाइ अमेरिकाको राजदूत नियुक्त गरेको जनाएको छ । भारतीय विदेश सेवामा १९८८को ब्याचका सन्धु हाल श्रींलंकाकोलागि भारतीय उच्चायुक्तको जिम्मेवारीमा रहेका छन् ।

उनले वाशिंगटनमा उपनियोग प्रमुखको रुपमा सन् २०१३देखि २०१७ सम्म जिम्मेवारी संभालिसकेका छन् । त्यसैगरि वाशिंगटनमै १९९८देखि२००० सम्म प्रथम सचिवको रुपमा काम गरेका थिए ।

उनले केहि समयभित्रै राजदूतको रुपमा आफ्नो जिम्मेवारी संभाल्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

बुधबारदेखि हर्षवद्र्धन स्रिगला भारतीय विदेश सचिव

एनआईबि संवाददाता,नयाँ दिल्ली

२८ जनवरी २०२०

भारतको विदेश सचिवको रुपमा हर्षवद्र्धन स्रिगलाले बुधबारदेखि कार्यभार संभाल्दै छन् । मंगलबार(२८जनवरी२०२०)बाट हालका विदेश सचिव विजय केशव गोखलेको कार्यकाल सकिएको छ । उनी २८ जनवरी २०१८मा विदेश सचिवमा नियुक्त भएका थिए ।

उनको अवकाशसँगै नवनियुक्त विदेश सचिव स्रिगलाले २९ जनवरीबाट कार्यभार संभाल्दै छन् । ३३ औं विदेश सचिवका रुपमा कार्यभार संभाल्नलागेका श्रृंगलाको कार्यकाल दुइ वर्ष अवधिको हुनेछ ।

उनको कार्यकालमा नेपाल भारत सीमा विवादका विषयको वार्तामा सहजता हुने विश्वास नेपाली कुटनीतिज्ञहरुले गरेका छन् । नेपाली भाषा बोल्न सक्ने नवनियुक्त सचिव श्रृंगलाको पदवहाली तथा नेपालकालागि नवनियुक्त राजदूत विनय मोहन क्वात्राले जिम्मेवारी संभालेपछि कालापानी लिपुलेक विषयको सीमा विवादको वार्ता अघि बढने बुझिएको छ । राजदूत क्वात्राले पनि फ्रान्सको जिम्मेवारी समेटेर भारत आउन लागेका छन् । फागुनको पहिलो साता सम्ममा क्वात्राले नेपालको जिम्मेबारी संभाल्ने बुझिएको छ ।

भारतीय विदेशमन्त्री एस.जयशंकरले आधिकारिक ट्वििटरमा विदेश मन्त्रालय र भारतीय कुटनीतिमा गोखलेको नेतृत्वकालमा पुरयाएको योगदानकालागि धन्यवाद दिदै आगामी यात्राको लागि शुभकामना दिएका छन् ।

को हुन हर्षवद्र्धन ?

नेपाली मुलकी हरिदेवी वस्नेतका छोरा हर्षवद्र्धन स्रिगला नेपाली भाषामा सहज छन् । उनी नेपाली भाषा बुझने र बोल्ने समेत गर्छन । हर्षवद्र्धनकी ५७ वर्षीय आमा हरिदेवी र बुबा छिरिंग तेन्दुफ्ला दुवै दार्जिलिंगका हुन । भारतीय समाचारसंस्था दि टेलिग्राफको अनलाइन संस्करणमा छापिएको समाचार अनुसार अहिले पनि उनीहरुको परिवारको दार्जिंलिंगको मालरोडमा इभानहो हाउस होटल रहेको छ ।

संयुक्त राज्य अमेरिकाकालागि राजदूत रहेका श्रृंगलाका दिवंगत बाबु छिरिंग भारतको वैदेशिक व्यापार विभागका सहायक प्रमुख नियन्त्रकमा सेवानिवृत्त भएका थिए । छिरिंग दक्षिण भारतमा जागिरमा सिलसिलमा खटिएका बेला हर्षवद्र्धनको जन्म भएको संचारमाध्यमहरुले लेखेका छन् ।

हर्षवद्र्धनकी काकी चोकिला अय्यर पहिलो महिला भारतीय विदेश सचिव नियुक्त भएकी थिइन । हर्षबद्र्धन २००१मा विदेश सचिव नियुक्त भएकी चोकिलाका भतिजा रहेको पनि टेलिग्राफले लेखेको छ ।

स्रिंगलाको दक्षिण एशिया अनुभव

भारतका छिमेकी मुलुकहरु बारेका जानकार तथा भारत–अमेरिका सम्बन्धका अनुभवी स्रिंगलासँग दक्षिण एशियाली मुलुक तथा युरोपमा काम गरेका अनुभव पनि रहेको छ । स्रिगलाले बंगलादेशकालागि भारतको उच्चायुक्त र थाइलैण्डकालागि भारतीय राजदूतको जिम्मेबारी संभालिसकेका छन् । यसका अलाबा फ्रान्स, भियतनाम, इजराइल तथा दक्षिण अफ्रिकामा पनि उनले काम गरेका छन् ।

भारतीय विदेश मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत रहँदा स्रिंगलाले बंगलादेश,श्रीलंका,म्यानमार र मालद्धिभ्स जस्ता मुलुकहरुलाइ हेरेका थिए । उनीसँग विदेश मन्त्रालयको सार्क विभाग प्रमुखको रुपमा काम गरेको अनुभव पनि रहेको छ । स्रिंगलाले विदेश मन्त्रालयको उत्तरी डिभिजन अर्थात नेपाल भुटान हेर्न डेस्कको प्रमुखको रुपमा पनि काम गरेका थिए । उनी हिन्दी र अंग्रेजीका अलाबा, फ्रेन्च,भियतनामी तथा नेपाली भाषा समेत बोल्न सक्ने बुझिएको छ ।

स्रिंगलाको नियुक्तिमा वरिष्ठताको सिद्धान्त पालना गरिएको छैन

निजामती सेवा तर्फ १९८२ ब्याचकी आईएफएस अधिकारी तथा हाल बेलायतकालागि भारतीय उच्चायुक्त रहेकी रुचि घनश्याम विदेश सचिवको प्रतिस्पर्धामा थिइन् । स्रिंगलाको नियुक्तिमा भारत सरकारले वरिष्ठताको सिंद्धान्तको पालना गरेको छैन । त्यसैले घनश्याम पछिका १९८४ ब्याचका भारतीय विदेश सेवा अधिकारी स्रिंगला विदेश सचिव नियुक्त गरिएका हुन् ।

एक वर्षअघि ९ जनवरी २०१९मा उनी अमेरिकाकालागि भारतीय राजदूत नियुक्त गरिएका थिए । ५५ वर्षको उमेरमा नियुक्त गरिएका स्रिंगला अमेरिकाकालागि सबैभन्दा कम उमेरका राजदूत बनेका थिए ।

हाउडी मोदीका मुख्य कार्यकारी

गत सेप्टेम्बरमा अमेरिकाको ह्युस्टनमा आयोजना गरिएको हाउडी मोदी कार्यक्रमको आयोजनामा प्रमुख भुमिका निभाएका थिए । जुन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपतिले एउटै मन्चबाट प्रवासी भारतीयलाइ सम्बोधन गरेका थिए ।

५७ वर्षीय स्रिगला मुम्बइमा जन्मेका हुन् । मेयो कलेज,अजमेरबाट विद्यालय शिक्षा पुरा गरेका स्रिंगला दिल्ली विश्वविद्यालयबाट मानविकि स्नातक हुन् । भारतीय विदेश विभागमा प्रवेश गर्नुअघि उनले विभिन्न सार्वजानिक क्षेत्रमा काम गरेका थिए ।

तस्वीर साभार : हर्षवद्र्धन स्रिगला ट्वीटर

विजय गोखलको विदाइ

एनआईबि संवाददाता,नयाँ दिल्ली

२८ जनवरी २०२०

भारतको विदेश सचिवको रुपमा विजय केशव गोखलेको कार्यकाल मंगलबार(२८जनवरी२०२०) सकिएको छ । उनले भारतीय विदेश सेवाबाट अवकाश पाएका छन् । मंगलबार भारतीय विदेश मन्त्री एस जयशंकरले अवकाश प्राप्त विदेश सचिव विजय केशव गोखलेलाइ विदाई गरेका छन् ।

विदेशमन्त्री जयशंकरले आधिकारिक ट्वििटर मार्फत भारतीय विदेश मन्त्रालय र भारतीय कुटनीतिमा उनको नेतृत्वमा पुरयाएको योगदानकालागि धन्यवाद दिएका छन् । तथा गोखलेको आगामी यात्राकोलागि शुभकामना दिएका छन् ।

जयशंकरको टिविटमाथि नै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले एउटा एकदमै राम्रो यात्रा शीर्षक राखेर गोखलेको नेतृत्वले विदेश मन्त्रालयलाइ प्रेरित गर्ने भन्दै टिविट गरेका छन् ।

२८जनवरी २०१८ मा ३२ औं विदेश सचिवको रुपमा गोखलेले जिम्मेवारी संभालेका थिए । भारत र चीनको दोक्लाम विवाद समाधान गर्नुमा महत्वपूर्ण भुमिका निर्वाह गरेका गोखलेलाइ त्यतिबेला विदेश सचिवको जिम्मेबारी दिइएको विश्लेषण गरिएको थियो ।

तस्वीर साभार : भारतीय विदेशमन्त्री एस.जयशंकर ट्वीटर

एयर इन्डिया बेच्ने भारत सरकारको दोश्रो प्रयास सफल होला त ?

एनआईबि संवाददाता,नयाँ दिल्ली

२८ जनवरी २०२०

चर्को ऋणको बोझले थलिएको भारतको सार्वजानिक क्षेत्रको एयर इन्डिया बेच्न भारत सरकारले नयाँ प्रस्ताव अघि सारेको छ । लगानीकर्तालाइ आकर्षित गर्न भारत सरकारले एयर इन्डियाको सम्पूर्ण शेयर बेच्ने योजना सार्वजानिक गरेको छ ।

यो योजना अनुसार सरकारले एयर इन्डियाको सम्पूर्ण नियन्त्रण पूर्ण रुपमा खरीदकर्तालाइ दिने प्रस्ताव गरेको छ । सरकारले सोमबार संभावित खरीदारकालागि बोली लगाउने सम्बन्धी प्राथमिक दस्ताबेज जारी गरेको छ ।

सरकारले कम्पनीमा रणनीतिक लगानीकालागि इच्छुक खरीदारसँग सरकारले १७ मार्च सम्म एक्सप्रेसन अफ इन्ट्रेस्ट(ईओआई) माँग गरेको छ । चालु आर्थिक वर्षको अन्त्य अर्थात ३१ मार्च सम्ममा सक्षम कम्पनीको चयन गरिसक्ने सरकारले दाबी गरेको छ ।

एयर इन्डिया मात्र नभएर सरकारले नाफामा चलिरहेको बजट एयरलायन्स एयर इन्डिया एक्सप्रेसको पनि १०० प्रतिशत हिस्सेदारी बेच्ने भएको छ । यसका साथै सरकारले २०१८मा सार्वजानिक गरेको प्रस्तावको तुलनामा यो पटक संभावित खरीदकर्तालाइ आकर्षित गर्न केहि शर्तहरु खुकुलो बनाएको छ ।

ऋण तथा दायित्व समेत गरेर ३२ हजार ४७ करोड बराबरको रकम खरीदार कम्पनीले वहन गर्नुपर्ने तथा ५६ हजार३३४ करोड बराबरको ऋण तथा दायित्व सरकारले बनाएको विशेष कम्पनी एयर इन्डिया असेट्स होल्डिंग लिमिटेडले बहन गर्ने शर्त अघि सारेको छ ।

एयर इन्डियाको सेयर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना रहेको भएता पनि सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन्। अहिलेको प्रस्तावित योजनामा सरकारको सबैभन्दा महत्वपूर्ण प्रस्ताव भनेको शत प्रतिशत स्वामित्व बेच्ने रहेको छ । सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ता आकर्षित  भएको  निष्कर्ष निकालिएको थियो ।

  •  ५१ हजार ऋणमा खरीदारले ३३,३९२ करोडको भार उठाउनुपर्ने शर्त थियो भने अहिले ६० हजार ऋणमा २३,२८६ करोडको जिम्मेदारी मात्र दिने भनिएको छ । बाँकी ३३ हजार करोड एआईएचएल कम्पनीले बहन गर्ने भनिएको छ ।
  •  अघिल्लो प्रस्तावमा ७६ प्रतिशतमात्र शेयर बेच्ने भनिएकोमा अहिले १०० प्रतिशत शेयर बेचिने ।
  •  खरीदकर्ता कम्पनीको नेटवर्थ ५०००करोड हुनुपर्नेमा ३५०० करोडमा झारिएको छ।

’द डिसेन्ट अफ एयर इन्डिया’ पुस्तकका लेखक तथा उक्त वायुसेवाका एक जना पूर्वकार्यकारी जितेन्द्र भार्गवका अनुसार अहिले गरिएको आह्वान सकारात्मक रहेको छ। उनले यसले नीजि लगानीकर्तालाई तान्न सक्ने बताए । एयर इन्डियासँग १४६ विमान छ र घरेलु तथा अन्तर्रा्ष्ट्रिय उडानका लागि आकर्षक अवतरणमार्ग र पार्किङस्थल रहेको छ । तर कम भाडादरको प्रतिस्पर्धाका कारण उसले अघिल्लो दशकमा निरन्तर बजार गुमाएको थियो ।

कर्मचारीको बकाया सरकारले भुक्तान गर्ने

भारतका नगारिक विमान मन्त्री हरदीपसिंह पुरीले एयर इन्डियाको प्रस्तावित लगानी भन्दा अगाडि नै कम्पनीका कर्मचारीहरुको बकाया चुक्ता गर्ने बताएका छन् । स्थायी कर्मचारीलाइ तीन प्रतिशत शेयर हिस्सेदारी दिइन्छ । एयर इन्डिया तथा एयर इन्डिया एक्सप्रेसमा १७ हजार ९सय ८४कर्मचारी छन जसमा ९ हजार ६सय १७ स्थायी छन् ।

कर्मचारीहरुको बकाया रकम १३०० करोड बढि छ । जसमा मुख्य सेवानिवृत कर्मचारीहरु रहेका छन् । यो रकम सरकारले भुक्तान गर्ने नयाँ प्रस्तावमा उल्लेख गरिएको छ । स्थायी कर्मचारी मध्ये ३६ प्रतिशत आउँदो पाँच वर्षमा सेवानिवृत हुँदैछन् ।

एयरलायन्सलाइ नीजीकरण गर्ने सरकारको दृढ राजनीतिक इच्छाशक्ति भएता पनि आन्तरिक विरोध पनि बाहिरिएको छ । बीजेपीका प्रखर नेता सुब्रमन्यम स्वामीले सोमबार टिविट गर्दै सरकारको यो निर्णय राष्ट्र विरोधी भएको र आफू अदालत सम्म जान मजबुर हुने उल्लेख गरेका छन् ।

कर्मचारी संघले हिस्सेदारी बिक्रीको विरोध गर्दै आएका छन् तथापि सरकारले पटक पटक उनीहरुसँग बैठक बसेर मुद्दाको पहिचान गर्ने प्रयास गरेको थियो ।

घाटामा चलिरहको एयरलायन्सलाइ खरीद गर्नकालागि रुचि देखाउने संभावना वैश्विक राजनीतिक आर्थिक परिदृश्यमा पनि निर्भर हुने विश्लेषण गरिएको छ ।

यरलायन्सको विशेष पहिचान तथा विभिन्न संस्थाहरुको यसप्रतिको विशेष आकर्षणका बाबजुद भारत सरकारको यो एयर इन्डिया बेच्ने दोश्रो प्रयास सफल भएन भने सरकारसँगको यसको विकल्प के हुने भन्ने विश्लेषकहरुको चासो रहेको छ ।

एयर इन्डियाःइतिहासदेखि वर्तमान

सन् १९३२ः धनाढ्य व्यवसायी जेआरडी टाटाको समर्थन पाएका उनका छोराहरूले टाटा वायुसेवाको घोषणा गरेका थिए । १५ अक्टुबर १९३२मा जेरआरडी टाटाले आफैले कराँची मुम्बईको उडान गरेका थिए । उनी मुलुकका पहिलो लाइसेन्स प्राप्त पाइलट थिए ।

सन् १९४६: टाटा वायुसेवाको सार्वजनिक कम्पनीमा रूपान्तरण गरेर एयर इण्डिया नामाकरण गरियो ।

सन् १९४८ः वायुसेवामा भारत सरकारको ४९ प्रतिशत स्वामित्व

सन् १९५३ः एयर इन्डियालाई राष्ट्रियकरण गर्ने भारत सरकारको निर्णय

२०००–२००७ः सन् २०००सम्म मुनाफामा चलेको यो कम्पनीमा २००१मा ५७ करोड रुपैया बराबरको घाटा भयो । जुन पछि बढेर७२०० करोड पुग्यो ।

सन् २००७ः एयर इन्डिया र आन्तरिक उडानमात्रै भरिरहेको सरकारी इन्डियन वायुसेवा गाभ्ने निर्णय

एयर इन्डियाको घाटाको भपाईकालागि तीन एयरबस ३०० तथा एउटा बोइंग ७४७–३००लाइ २००९मा बेचिदियो ।

२०११ःकम्पनीको घाटा बढेर ४२६०० करोड पुग्यो । संचालन घाटा २२००० करोड थियो ।

सन् २०१८ःएयर इन्डियाको ७६ प्रतिशत स्वामित्व विक्री गर्ने प्रयास विफल ।

नेपालमा भित्रिने रेमिटान्समा भारत दोश्रो स्थानमा

एनआईबि संवाददाता,काठमाडौं

२७ जनवरी २०२०

नेपालमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने मुलुकमा भारत दोश्रोमा रहेको एक अध्ययनले देखाएको छ । नेपालमा पहिलो स्थानमा कतार बाट सबैभन्दा बढि रेमिटान्स भित्रिने गरेको छ । नेपाल राष्ट्र बैंकले गरेको पछिल्लो चार महिनाको अध्ययनले कतारपछि भारतबाटधेरै रेमिट्यान्स भित्रिने गरेको देखाएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्ममा सबैभन्दा धेरै कतारबाट ५३ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो रकम सो अवधिमा नेपाल आएको कुल रकमको १७.७ प्रतिशत हो । त्यसपछि दोश्रो स्थाना रहेको भारतबाट सो अवधिमा ४३ अर्ब १६ करोड रुपैयाँ रहेको छ । समग्र रेमिटान्समा भारतबाट भित्रिने रेमिटान्सको योगदान १४.२ प्रतिशत रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो चार महिनामा कुल ३ खर्ब ४ अर्ब ९७ करोड रेमिट्यान्स भित्रिएको छ ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live