EDU INDIA

बनारस विश्वविद्यालयले नेपाल भारतसम्बन्धमा ठूलो भूमिका खेलेको छः राजदूत पुरी

एनआईबि संवाददाता, काठमाडौँ

नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले नेपाल भारत साँस्कृति सम्बन्धको विषयमा जानकारी लिन बनारस जानुपर्ने बताएका छन्। बनारस विश्वविद्यालयका संस्थापक महामाना मदन मोहन मालवियको १५८ औँ जन्म जयन्तिको अवसरमा काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पुरीले उक्त कुरा बताएका हुन्।

कार्यक्रममा बोल्दै राजूत पुरीले नेपालको पठन संस्कृतिसँग बनारस प्रचिन समयदेखि जोडिएको बताए। नेपालका पत्रपत्रिका प्रकाशनदेखि राजनीतिक आन्दोलनसम्म बनारस जोडिएको उनले बताए।

बनारस विश्वविद्यालयमा अध्ययन गरि नेपाल फर्किएका व्यक्तिले विविध समयमा नेपालको राजनीति, प्रशासनिक र शैक्षिक क्षेत्रमा ठूलो योगदान दिएकोमा उनले धन्यवाद ज्ञापन गरे।

सो अवसरमा बनारस विश्वविद्यालयमा अध्ययन गरि नेपालको विभिन्न क्ष्ँोत्रमा योगदान दिने तीन व्यक्तिलाई सम्मान गरिएको थियो।

उच्च शिक्षामा विश्वमा कहाँ छ त्रिभुवन विश्वविद्यालय ?

त्रिभुवन विश्वविद्यालयको शिक्षाको गुणस्तर खस्कियो, त्रिवि १००० प्लसमा,उत्कृष्ट ३५० भित्र भारतको दुई संस्थान 

एनआईबि संवाददाता, नयाँ दिल्ली

विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सुचीमा नेपालको स्थान पुछारमा रहेको छ । नेपालको त्रिभुवन विश्वाद्यालय उत्कृष्ट १००० प्लसको स्थानमा पुगेको छ । टाइम्स हायर एजुकेशन(टीएचई)ले जारी गरेको ‘वल्र्ड युनिभर्सिटी रयान्किंग २०२०’ले सार्वजानिक गरेको सुचीका आधारमा त्रिविको स्थान तोकिएको हो । नेपालबाट प्रतिस्पर्धामा सहभागी भएको त्रिभुवन विश्वविद्यालसँग आउदा वर्षहरुमा महत्वपूर्ण प्रगति गर्ने क्षमता रहेको तर त्यसकालागि पूर्वाधार विकास, उपकरण र मानवीय क्षमतामा अत्यधिक लगानी गर्नु पर्ने आवश्यक्ता रहेको टीएचईले सुझाव दिएको छ ।

टीएचईले तोकिएको मापदण्ड अन्तर्गत विभिन्न १३ शीर्षकका आधारमा करीब १४सय विश्वविद्यालयहरुको मूल्याँकन गरेको थियो । गत वर्ष(२०१९)मा पहिलो पटक त्रिवि उत्कृष्ट ८०० देखि १०००को सुचीमा परेको थियो । एकै वर्षमा यो स्थान पून पछि धकेलिएको छ । नेपालमा विश्वविद्यालयहरुको गुणस्तरीय शिक्षाको वहस छेडिएको बेला विश्वको उत्कृष्ट विश्वविद्यालयको सुचीले नेपालमा उच्च शिक्षाको स्तरमा सुधारको टड्कारो खाँचो औल्याएको छ ।

उत्कृष्ट ३५० भित्र भारतका दुइ संस्थान

प्रतिस्पर्धामा यो पटक भारतीय विश्वविद्यालयको प्रदर्शन पनि खस्केको छ । यो वर्ष विश्वका उत्कृष्ट ३००सुचीमा भारतको एउटा विश्वविद्यालयल पनि पर्न सकेन । पछिल्लो सात वर्षमा पहिलो पटक उत्कृष्ट ३००बाट भारतका विश्वविद्यालयल बाहिरिएको हो । आईआईटी,खडगपुर र आइआइटी,बम्बे सन्२०१३ मा उत्कृष्ट ३०० भित्र पर्न सफल भएका थिए । त्यसपछि लगातार यो स्थान कायमै रहेको थियो ।

उत्कृष्ट ३५०मा भने भारतको इन्डियन इन्स्टिचूट अफ साइन्स(आईआईएससी) बैग्लोर र भारतीय औद्योगिक संस्थान(आईआईटी),रोपर पर्न सफल भएको छ । आईआईटी दिल्ली,खडगपुर र जामिया मिल्लिया समेत केहि विश्वविद्यालयको रेन्किंगमा यस वर्ष सुधार आएको छ । दिल्ली विश्वविद्यालय र जवाहरलाल नेहरु विश्वविद्यालय उत्कृष्ट ६०० प्लसमा रहेका छन् ।

समग्र र्यान्किंगमा गत वर्षको तुलनामा भारतीय विश्वविद्यालको संख्या भने यस पटक धेरै छ । २०१८मा ४९ संस्थानले यसमा स्थान ओगटेका थिए भने यो वर्ष ५६ संस्थानले स्थान बनाएका छन् । यो वर्ष उत्कृष्ट ५०० को सुचीमा भारतका ६ विश्वविद्यालयले स्थान बनाएका छन् । चीनको सिंगुवा युनिभर्सिटी ग्लोबल रेन्किंगमा २३ औं र पेन्किंग २४ औं स्थानमा पुगेको छ ।

विश्वका उत्कृष्ट १०मा अक्सफोर्ड पहिलाे 

विश्वका उत्कृष्ट १० विश्वविद्यालयको सुचीमा लण्डन अब्बल रहेको छ । लण्डनको अक्सफोर्ड विश्वविद्यालय पहिलो नम्बरमा रहेको छ । पछिल्लो चार वर्षदेखि अक्सफोर्ड पहिलो नम्बरमा कायमै छ । उत्कृष्ट १०मा लण्डनको ३ र अमेरिकाको ७ विश्वविद्यालय रहेका छन् ।

१.अक्सफोर्ड यूनिवर्सिटी,लण्डन
२. कैलिफोर्निया इन्स्टिच्यूट अफ टेक्नोलोजी,अमेरिका
३. यूनिवर्सिटी अफ कैम्ब्रिज,लण्डन
४.स्टैनफोर्ड यूनिवर्सिटी,अमेरिका
५.मासाच्युसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी,अमेरिका
६प्रिंसटन यूनिवर्सिटी,अमेरिका
७.हार्वर्ड यूनिवर्सिटी,अमेरिका
८.येल यूनिवर्सिटी,अमेरिका
९.यूनिवर्सिटी अफ शिकागो,अमेरिका
१०.इम्पेरियल कलेज लन्डन

ग्लोबल रैकिंगमा विश्वका ९२ मुलुकका लगभग १३९६ विश्वविद्यालय सहभागी थिए । विश्वविद्यालयहरुको पढाईको स्तर, अनुसंधान, औद्योगिक आय, अन्तराष्ट्रिय दृष्टिकोण लगायत १३ विभिन्न शीर्षकका मापदण्डका आधारमा यो सुची सार्वजानिक गरिएको हो । लण्डनमा मुख्य कार्यालय रहेको प्रकाशित टीएचईले पछिल्लो २०११ देखि यो रेन्किंग प्रकाशित गर्दै आएको छ ।

कोटेश्वर बहुमुखी क्याम्पस आफ्नै भवनमा,भारतीय राजदूत पुरीले गरे उदघाटन

एनआईबि संवाददाता,काठमाडौं

भारत सरकारको आर्थिक सहयोगमा निर्माण सम्पन्न कोटेश्वर बहुुमुखी क्याम्पसको औपचारिक उदघाटन गरिएको छ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले शनिबार क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरे । भारत सरकारको साढे चार करोड रुपैंया अनुदान सहयोगमा निर्मित तीन तल्ले नयाँ संरचनामा १८ वटा कक्षाकोठा लगायत क्याम्पस प्रमुख, परीक्षा शाखा, प्रशासन शाखा, लेखा शाखाका कोठाहरु रहेको छन् ।

काठमाडौं जिल्लाको कोटेश्वरमा सन् १९९० मा स्थापना भएको क्याम्पसले स्नातक तहमा व्यवस्थापन, शिक्षा तथा मानविकि सङ्काय र स्नातकोत्तर तहमा व्यवस्थापन सङ्कायका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गैर नाफामुखी, गैर सरकारी र सेवामुखी सामुदायिक क्याम्पस हो । यस क्याम्पसमा अध्ययनरत करिब ४ हजार विद्यार्थीहरु मध्ये ६० प्रतिशत छात्रा रहेका छन् ।

क्याम्पस निर्माणकालागि जग्गाको व्यवस्थापन जिल्ला समन्वय समिति काठमाडौंले गरेको हो । यस अघि क्याम्पसले सरस्वती माध्यमिक विद्यालयको भवन तथा अन्य केहि भवन भाडामा लिएर नियमित पठनपाठन गर्दै आएको थियो ।
यो क्याम्पस भवनको निर्माण शिक्षाको क्षेत्रको पूर्वाधार विकासमा भारत सरकारले नेपाल सरकारलाइ गर्दै आएको सहयोगकै निरन्तरता हो ।

भारतको सहयोगमा झापाको स्कुलचौन विद्यालयको नयाँ संरचना बन्यो

एनआईबि संवाददाता,काठमाडौं

शिक्षा क्षेत्रको पूर्वाधार विकासमा भारत सरकारले गर्दै आएको सहयोग अन्तर्गत झापा गौरादहमा निर्मित स्कुलचौन उच्च माध्यमिक विद्यालयको निर्माण सम्पन्न भएको छ । नेपाल सरकारका महान्यायधिवक्ता अग्नि प्रसाद खरेल तथा नेपालकालागि भारतका राजदूत मंजीव सिंह पुरीले संयुक्त रुपमा विद्यालय उदघाटन गरेर विद्यालयलाइ स्थानिय समुदायलाइ हस्तान्तरण गरिएको छ ।

भारत सरकारको ३.करोड ५७ लाख रुपैंयाको अनुदान सहयोगमा निर्मित यस दुई तल्ले नयाँ संरचनामा २५ वटा कक्षा कोठाहरु रहेका छन् । जसमा प्रयोगशाला, प्रधानाध्यापक, पुस्तकालय, कर्मचारी, लेखाशाखा, बहुउद्देशीय कक्षकालागि एक–एक कोठा तथा प्रत्येक तलामा छात्र–छात्राका लागि छुट्टै फर्निचरका साथै शौचालय र कम्पाउण्ड वाल निर्माण गरिएका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिक्ने वातावरणलाइ सहयोग पुरयाउने अपेक्षा गरिएको छ ।

मोदी सरकारको गल्तीका कारण आर्थिक मन्दी आएको पूर्व प्रधानमन्त्री मनमोहन सिंहको आरोप

प्राथमिक विद्यालयको रुपमा सन् १९६५देखि संचालनमा आएको स्कुलचौन विद्यालय २००८मा उच्च माध्यमिक तहमा स्तरोन्नति भएको हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त विद्यालयमा १हजार १ सय ५० विद्यार्थी अध्ययनरत छन् । ६० प्रतिशत छात्राको सहभागिता रहेको विद्यालय झापाको प्रतिष्ठित शैक्षिक संस्थामा पर्छ ।

कार्यक्रममा प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्की, झापा जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेल लगायत नेपाल सरकारका राजनीतिक तथा आधिकारिक प्रतिनिधि,राज्य सरकार, सामुदायिक अगुवा एवम् बहुसंख्यक रुपमा नेपाल–भारत साझेदारी मित्रहरुको सहभागीता थियो ।

हातेमालोले दिल्लीबाट गरे नेपाली नयाँ वर्षलाइ स्वागत

एनआइबि संवाददाता,नयाँ दिल्ली

दिल्लीमा सीए अध्ययनरत नेपाली विद्यार्थीहरुको संस्था हातेमालो नेपाली विद्यार्थी समूहले भारतको राजधानी दिल्लीको स्काउट भवनमा एक कार्यक्रमको आयोजना गरेर नयाँ वर्ष २०७६ लाइ स्वागत गरेका छन् । समुहमा आवद्ध विद्यार्थीहरुले शुभकामना आदान प्रदान गर्नुका साथै साँस्कृतिक कार्यक्रम सम्पन्न गर्दै नयाँ वर्षलाइ स्वागत गरेका छन् । स्थानिय तथा नेपालबाट कलाकारहरुलाइ आमन्त्रण गरेर उनीहरुले कार्यक्रम आयोजना गरेका थिए ।कार्यक्रममा नेपालबाट कलाकार ध्रुव राना, सुरज बी.सी लगायत सिए अध्ययनरत विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुितले कार्यक्रमलाई अत्यन्तै रोचक बनाएका थियो ।

दश वर्षअघि स्थापना भएको हातेमालो संस्थाले भारतमा सीए अध्ययनरत तथा आउने विद्यार्थीहरुका समस्याहरु समाधान गर्न सहयोगी भुमिका निभाउँदै आएको छ। त्यसैगरि नेपालको कला,संस्कृति तथा भाइचाराको सम्बन्धलाइ तरोताजा बनाइराख्न पनि यो संस्थाले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । संस्थाका अध्यक्ष सरोज सुबेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आइसीएआइका सदस्य हंशराज चुग थिए भने विशिष्ठ अतिथिहरुमा सीए अंकित ओवाराय,सी.ए सुमन आत्रेय, संगै विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।  हातेमालो संस्थाले बेलाबेलामा जन–चेतनामूलक कार्यक्रम, सहयोग अभियान, तथा नेपाली संस्कृतिको पहिचान गराउने खालका साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live