ENTERTAINMENT

६६ औं राष्ट्रिय फिल्म पुरस्कारमा अंधाधुन–उरीको बोलबाला, आयुष्मान र विक्कि उत्कृष्ट अभिनेता

एनआईबि संवाददाता,नयाँ दिल्ली

यस वर्षको ६६ औं राष्ट्रिय फिल्म पुरस्कारमा ‘अंधाधुन’, ‘पदमावत’, ‘बधाई हो’, ‘उरीःदि सर्जिकल स्ट्राइक’को बोलबाल रहयो । सोमबार नयाँ दिल्लीको विज्ञान भवनमा सम्पन्न अवार्ड समारोहमा ‘अंधाधुन’ उत्कृष्ट सिनेमा घोषित भयो ।

‘अंधाधुन’ चलचित्रमा उत्कृष्ट अभिनयकालागि अभिनेता आयुष्मान खुरानालाइ उत्कृष्ट अभिनेताको पुरस्कार प्रदान गरियो । खुराना पहिलो पटक राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका हुन् । उपराष्ट्रपति वेंकैया नायडुले बिजेताहरुलाइ सम्मानित गरेका थिए ।

त्यसैगरि अर्का उम्दा अभिनेता विक्कि कौशललाइ पनि उत्कृष्ट अभिनेताको पुरस्कार प्रदान गरियो । उरीःदि सर्जिकल स्ट्राइकको उत्कृष्ट अभिनयकालागि कौशललाइ यो अवार्ड प्रदान गरिएको हो ।

उरीका निर्देशक आदित्य धर सर्वश्रेष्ठ निर्देशक तथा शास्वत सचदेवलाइ उत्कृष्ट संगीत निर्देशक(पाश्र्वसंगीत), निर्देशक अमित शर्माको फिल्म बधाई होलाइ उत्कृष्ट मनोरंजक फिल्मकालागि राष्ट्रिय पुरस्कार दिइयो । प्रख्यात फिल्म निर्माता संजयलीला भंसालीले निर्माण गरेको पद्मावतलाइ उत्कृष्ट संगीत निर्देशन र कोरियोग्राफीकालागि तथा अभिनेता अक्षय कुमारलाइ पैडम्यान फिल्मकालागि सम्मानित गरियो ।

भारतीय सिनेमा जगतमा उत्कृष्ट र अमुल्य योगदानकालागि प्रदान गरिने राष्ट्रिय फिल्म पुरस्कार भारतीय सिनेमाको सबैभन्दा विशिष्ट अवार्ड मानिन्छ । प्रत्येक वर्ष विभिन्न भारतीय भाषामा निर्माण भएका फिल्मकालागि राष्ट्रिय पुरस्कार घोषणा गरिन्छ । यस अन्तर्गत उत्कृष्ट फिल्म , उत्कृष्ट निर्देशक , उत्कृष्ट प्रोडक्सन, सामाजिक संदेश , गायक , गीत तथा गीतकार, संगीत,संगीतकार लगायतका विधामा पुरस्कार घोषणा गरिन्छ । जस अन्तर्गत फिल्म विधामा ३१ र नान फिचर फिल्म विधामा २३ अवार्ड दिइन्छ ।

यो समारोहमा बलिउडका महानायक अमिताभ बच्चनलाइ दादासाहेब फाल्के अवार्डबाट सम्मानित गर्ने घोषणा गरियो । तर अस्वस्थताका कारण बच्चन समारोहमा उपस्थित हुन सकेनन् । उनले आफनो आधिकारिक ट्वििटर मार्फत ज्वरो आएको कारण अवार्ड ग्रहण गर्न उपस्थित हुन नसक्ने जानकारी साझा गरेका थिए । दादा साहेब फाल्के अवार्ड भारतीय सिनेमा उद्योगको सबैभन्दा उत्कृष्ट अवार्ड हो ।

गायिका आशा भोसले नेपाल आउँदै

एनआईबि संवाददाता,काठमाडौं

भारतकी प्रसिद्ध गायिका आशा भोसले नेपाल आउँदैछिन । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा गायिका भोसले बुधबार काठमाडौ पुग्दैछिन् ।

उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा बनेका तीनचारवटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । ‘उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुनेछ”, मोक्तानले भने ।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् । उमेरको अस्सी दशकमा प्रवेश गरेकी गायिका भोसलेले लुम्बिनी, पोखरा, मुक्तिनाथ लगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

उनले नेपाली व्यवसायिक चलचित्रकालागि ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,’ ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘झझल्को लिएर आएछ सावन’, ‘साउने झरीमा’, ‘नयाँ नयाँ सजाऔँ है संसार’, ‘के सोचेँ मैले के भयो अहिले’,‘ कन बढ्दै छ ढुकढुकी मुटुको’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भई नजाऊ कहिल्यै’ लगायतका चर्चित गीतमा स्वर दिएकी छन् ।

‘भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ’, मोक्तानले भने ।

विद्या बालनले शकुन्ताला देवीको रिलिज डेट यसरी सार्वजानिक गरिन..

एनआईबि संवाददाता,नयाँ दिल्ली

मिशन मंगलपछि विद्या बालनको आगामी फिल्म ‘शकुन्तला देवी’ रिलिज हुने क्रममा रहेको छ । भर्खरै फिल्मको शुटिंग पुरा गरेकी विद्याले यो फिल्मको प्रदर्शन मिति गािणतिय भाषामा सार्वजानिक गरेकी छन् । कारण यो फिल्म मानव कम्प्युटर तथा दिमागी क्यालकुलेटरको नामले विश्व प्रख्यात गणितज्ञ शकुन्तलादेवीको जीवनीमा आधारित रहेको छ ।

विद्याले आफ्नो सोसल अकाउन्टमा भिडियो शेयर गरेर यो फिल्मको रिलिज आगामी ८ मे २०२०मा हुने सार्वजानिक गरेकी छन् ।

यो लिंकमा हेर्नुस विद्याको फिल्म रिलिज मिति सार्वजानिक गर्ने अन्दाज

को हुन शकुन्तला देवी ?

शकुन्तला देवी एक गणितज्ञ थिइन । उनको अदभुत गणितिय क्षमतालाइ देखेर उनलाइ मानव कम्प्युटरको नाम दिइएको थियो । मस्तिष्कमा नै सबै क्यालकुलेसन गर्न सक्ने क्षमता भएका कारण गिनिज बुक आफ वल्र्ड रेकर्डसमा पनि उनको नाम लेखिएको छ ।

पाँच वर्षको उमेरमा १८ वर्षको छात्रको गणितको प्रश्न हल गरेकी शकुन्तलाको बौद्धिकता त्यति बेला नै दुनिया सामु आएको थियो । उनको सेन्स अफ ह्युमरको दुनिया कायल थिए ।

उनै शकुन्तलाको प्रेरणाले भरिएको जिन्दगीमा आधारित बायोपिक निर्माण गर्न लागिएको हो । विद्या अभिनित शकुन्तला देवीको निर्देशन गरेकी अनु मेनन आफू उनको जिन्दगीबाट सधै प्रभावित रहेको बताउँछिन् । मेननका अनुसार उनी अपवाद महिला थिइन् , जो समय भन्दा अगाडि र आफ्नै सिद्धान्तमा हिडन रुचाउँथिन ।

सोनी पिक्चर्स नेटवर्क प्रोडक्सन र विक्रम मलहोत्राद्धारा निर्माण गरिएको फिल्कको पटकथा अनु मेनन र नयनिका मेहतानीले लेखेका छन् । इशिता मोइत्राले फिल्मको संवाद लेखेकी छन् । फिल्म ८ मे २०२०मा रिलिज हुँदैछ ।

लता मंगेशकर अस्पतालबाट घर फर्किएपछि दिलिप कुमारले के भने ?

एनआईबि संवाददाता,नयाँ दिल्ली

भाइरल र श्वास प्रश्वासमा समस्याका कारण लामो समयको अस्पताल बसाइपछि स्वर साम्राज्ञी लता मंगेशकर घर फर्किएकी छ्न । बलिउडका कलाकार तथा प्रशंसकहरुले लताको स्वास्थ्य लाभको कामना गरिरहेका थिए । २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्किएकी हुन् ।

बलिउडका दिग्गज अभिनेता दिलिप कुमारले लता घर फर्किएपछि खुशी व्यक्त गर्दै ट्वििट गरेका छन् । उनले लता र पत्नी सायरा बानोसँगको एक तस्वीर शेयर गर्दै लेखेका छन् , ‘यो थाहा पाएर एकदम उत्साहित छु कि मेरी सानी बहिनी लता अब स्वस्थ महशुश गर्दैछिन र घरमा छिन् । कृपया आफ्नो ध्यान राख्नु ।’

लता आफैपनि अस्पतालबाट घर फर्किएपछि निकै खुशी छिन् । उनले घर फर्किएको जानकारी ट्वििटरबाट साझा गरेकी थिइन । घर फर्किएपछि उनले आइतबार टिविट गर्दै लेखेकी छन् , ‘नमस्कार पछिल्लो २८ दिनदेखि म ब्रीच कैंण्डी अस्पतालमा थिए । मलाइ निमोेनिया भएको थियो । चिकित्सकहरु चाहन्थे म पूर्ण रुपमा स्वस्थ भएर घर फर्किउँ । आज साँझ म घर फर्किएकी छु । भगवान,माई वाबाको आर्शिवाद र तपाइहरुको माया, प्रार्थनाले म अब स्वस्थ छु । यसकालागि म ह्दयदेखि आभारी छु । ’

अजय देवगनको तान्हाजीः द अनसँग वारियरको ट्रेलर रिलिव, युटयूवमा मच्चायो धमाल

एनआईबि संवाददाता,नयाँ दिल्ली

बलिउड अभिनेता अजय देवगनको आउँदो फिल्म तान्हाजीः द अनसंग वारियरको ट्रेलर युटयूवमा मंगलबार रिलिज गरिएको छ । ऐतिहासिक पात्रलाइ कथावस्तु बनाएर निर्माण गरिएको यो बायोग्राफिकल ड्रामाको योे फिल्मको ट्रेलर अत्यधिक मन पराइएको छ । दुइ करोड बढिले यो ट्रेलर हेरिसकेका छन् । ट्रेलर यूटयुवमा ट्रेन्डिंगमा रहेको छ ।

मुगल शासक विरुद्ध मराठाहरुको संघर्ष र साहसको कथावस्तुलाइ फिल्ममा देखाइएको छ । अजय देवगनले फिल्ममा छत्रपति शिवाजीको सेनापति सुवेदार तान्हा जी मालसुरेको भुमिकामा अभिनय गरेका छन् । उनी एक योद्धाको भुमिकामा देखिएका छन् । ट्रेलरमा युद्धको सिन रोमांचक देखिएको छ । अजयको यो १०० औं फिल्म हो ।

फिल्ममा अजय देवगन , काजोल र सैफ अलिखानका अलाबा पंकज त्रिपाठी र शरद केलकर मुख्य भुमिकामा रहेका छन् । यो फिल्म १० जनवरी २०२०मा रिलिज हुनेछ । फिल्मको पोष्टर यस अघि नै रिलिज गरिसकिएको छ ।

फिल्मलाइ अजय देवगनको प्रोडक्सन कम्पनी र टीसिरिजले निर्माण गर्न लागेको हो ।सय करोडको लगानीमा निर्माण गरिएको फिल्मलाइ ओम राउतले निर्देशन गरेका छन् ।

एक्टिंगबाट लामो ब्रेक लिदै बिग बि, आराम गर्न चिकित्सकको सुझाव, परिवारको पनि दबाब

एनआईबि संवाददाता,नयाँ दिल्ली

बलिउडका महानायक अमिताभ बच्चनको गिर्दो स्वास्थ्य अवस्थाका कारण उनलाइ चिकित्सकले लामो समय आराम गर्न सल्लाह दिएका छन् । बिग बिलाइ चिकित्सकले एक्टिंगबाट लामो छुट्टी लिन सुझाएका छन् ।

चिकित्सकको सल्लाहलाइ पहिले पनि नकार्दै विग बिले काम जारी राखेका थिए । तर लगातार स्वास्थ्य अवस्था प्रतिकुल हुँदै गएका कारण उनीसँग लामो छुट्टीको विकल्प छैन । त्यही कारण बच्चन अब नागराज मन्जुलेको फुटबलको कथावस्तुमा आधारित चलचित्र ‘झुण्ड’लाइ सकाएर आराम गर्ने सोचमा रहेको बुझिएको छ ।

एक अनलाइनको खबर अनुसार बिग बिले साइन गरेका प्रोजेक्ट्सहरुलाइ सकाउन पर्खिएका हुन् । बच्चनको पारिवारिक श्रोतलाइ उद्धृत गर्दै अनलाइनले लेखेको छ, ‘उनी शारीरिक रुपमा निकै थाकेका छन् । लामो ब्रेक लिनु आवश्यक भइसकेको छ । उनको शरीर र मस्तिष्कलाइ आराम चाहिएको छ, दुवै सही हुन आवश्यक छ । ’

यस पटक बच्चन पुरा परिवार उनले काम छोडेर आराम गर्नुपर्नेमा अडिग भएका छन् । ‘श्रीमती जया बच्चन, छोरी स्वेता र छोरा अभिषेकले चिकित्सकको सल्लाहलाइ गम्भीर रुपमा लिनुपर्ने भनेर स्पष्ट रुपमा भनेका छन् । केहि समयअघिदेखि नै चिकित्सकले बिग बिलाइ आराम गर्नुपर्ने सल्लाह दिइरहेको भएपनि उनले त्यसलाइ नकार्दै आफनो काम जारी राखेका छन् । तर अब धेर भयो । बच्चन परिवारले हर हालतमा विग बिले आराम गराउने भनेर निर्णय गरेका छन्,’ बच्चन पारिवारीक श्रोतको हवाला दिदै अनलाइनले लेखेको छ ।

बिग बि करोडपति सिजन ११मा समेत व्यस्त रहेका थिए । यसको अन्तिम श्रृखला यही नोभेम्वरमा   सकिने भनिएको छ । सिजन ११ गत अगस्त २०१९देखि शुरु भएको हो ।

बलिउड अभिनेत्री मधुवालाको जीवनीलाई इम्तियाजले चलचित्रमा उतार्दै

एनआईबि संवाददाता,नयाँ दिल्ली

जब वि मेट, राकस्टार, हाईवे र लव आजकल जस्तो सफल चलचित्र बनाएका इम्यिाज अलिले अब बलिउडकी सुन्दरी अभिनेत्री मधुवालाको जीवनीलाइ चलचित्रमा उतार्ने भएका छन् । चलिरहेको तथा परम्परागत शैलीका फिल्म भन्दा पृथक विषयवस्तुलाइ उठाएर अपारम्परिक चलचित्र बनाउने फिल्ममेकरको रुपमा नाम बनाएका इम्यिाजले मुगले आजम अभिनेत्री मधुवालाको जिन्दगीमा चलचित्र बनाउने भएका हुन ।

केहि अनलाइन समाचारमा अनुसार इम्तियाजले मधुवालाको बायोपिक फिल्म बनाउनकालागि उनको परिवारसँग जीवनीको अधिकार किनिसकेका छन् । उनले मधुवालको परिवारसँग लाइफ स्टोरी राइट्स असाइन्मेन्ट एग्रिमेन्ट गरिसकेका छन् । तर उनले चलचित्र अथवा वेवसिरिज के बनाउछन् भन्ने खबर स्पष्ट भइसकेको छैन् ।
अभिनेत्रीको नाम बेगम मुमताज जेहन देहलवी थियो, बलिउडमा उनी मधुवालाको नामले चिनिन । भारतीय सिनेमाकी भिनस क्विन भनेर प्रसिद्धि कमाएकी मुधुवाला फोक्सो र हृदय रोगका कारण ३६ वर्षको उमेरमा उनको असामयिक निधन भएको थियो ।

इम्तियाजले बनाउने बायोग्राफीमा मधुवालाको भुमिकाकोलागि कुन अभिनेत्री चयन गरेका छन् त्यो खुलासा भएको छैन् । तर मधुवालाकी बहिनी मधुर ब्रज भुषणको चाहना भने मधुवालको भुमिका करीना कपुरले गरुन भन्ने छ ।

इम्तियाजले ‘वसन्त’ चलचित्रको बाल कलाकारबाट डेब्युदेखि नीलकमलमा राजकपुरकी नायिका बन्ने सम्मको मधुवालाको यात्रालाइ चलचित्रमा उतार्नेछन् ।
इम्तियाज हाल ‘लव आजकल २’ को पोष्ट प्रोडक्सनमा व्यस्त छन् । कार्तिक आर्यन र सारा अलि खानले यो चलचित्रमा मुख्य भुमिका निभाएका छन् ।

नेपाली दर्शकले धेरै माया र सम्मान दिएका छन् : गोविन्दा

एनआईबि सम्बाददाता,काठमाडौँ

बलिउडका सफल चलचित्र अभिनेता गोविन्दाले नेपाली दर्शकबाट आफूले धेरै माया र सम्मान प्राप्त गरेको बताएका छन् । वीरगञ्जमा आयोजना हुन लागेको ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन नेपाल आएका गोविन्दाले काठमाडौँमा पत्रकारसँगको कुराकानीका क्रममा टुटफुट नेपाली बोल्दै भने, “मलाई नेपाली दर्शकबाट माया र सम्मान मिल्दै आएको छ, यो माया नियमित पाउने विश्वास छ, मेरो चलचित्र हेर्दै आउनुभएका नेपाली दर्शकलाई धन्यवाद दिन चाहन्छु ।”

सोमबार पत्नी सुनितासँगै नेपाल आएका उनले मंगलवार पशुपतिनाथ, गुह्वेश्वरी र बूढानीलकण्ठको दर्शन गरे । गोविन्दा कि पत्नी सुनिता भने नेपाली मुलकी हुन् । चलचित्र निर्माता सङ्घको निमन्त्रणामा गोविन्दा पत्नी सहित काठमाडौँ आएका हुन् ।

सुनिताले पूजाआजाका लागि नेपाल आइरहने बताइन । गत वर्ष पनि गोविन्दा एलजी चलचित्र अवार्ड कार्यक्रममा सहभागी हुन् काठमाडौँ आएका थिए । गोविन्दा संग भारतमा बसोबास गर्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह समेत आएकि छन ।

संजयलीला भन्साली र ऋतिक रोशन नौ वर्षपछि सँगै

एनआईबि संवाददाता,नयाँ दिल्ली

संजयलीला भन्सालीले भर्खरै घोषणा गरेको चलचित्र बैजु बावरको नायकको अन्तिम खुलासा भएको छ । बलिउड हंगामाका अनुसार यो चलचित्रकालागि ऋतिक रोशन मुख्य अभिनेताको भुमिकालागि छानिएका छन् ।

यस अघि रणबीर सिंहसँग पनि भंसाली यो चलचित्रको मुख्य भुमिकाकालागि कुराकानी गरेका थिए । रणवीरसँग कुरा गरिसकेपछि भन्सालीले शास्त्रीय गायक बैजु बावराको भुमिकाकालागि ऋतिकसँग पनि सम्पर्क गरे ।

भन्सालीबाट कथावस्तु र आफ्नो भुमिकाबारे जानकारी लिइसकेपछि ऋतिकले चलचित्र खेल्न सहमति जनाएका छन् । २०१०मा प्रदर्शित गुजारिसमा सँगै भएका यो जोडीको नौ वर्षपछि बैजुबावराबाट पूर्नमिलन हुनेछ ।

श्रोतका अनुसार ऋतिकको सुपर ३० र वार चलचित्रको अभिनयबाट भन्साली निकै प्रभावित छन् । पछिल्लो समयमा उनीहरुबीच चलचित्रलाइ लिएर निकै बैठकहरु भइरहेको थियो । ऋतिक पनि लामो समयपछि भन्सालीको पिरियड ड्रामामा काम गर्न इक्छुक थिए ।

यद्यपि आफ्ना पिता राकेश रोशनको कृष-४ कालागि सहमति दिइसकेका ऋतिकले भन्सालीको पटकथा पढेपछि यो चलचित्रमा खेल्ने निर्णय गरे । शनिबार भन्सालीको घरमा भएको बैठकमा ऋतिकले बैजु बावरमा खेल्न सहमति जनाए । यसको औपचारिक घोषणा केहि दिनभित्र गरिने पनि बलिउड हंगामाले लेखेको छ ।

रणबीरले करण जौहरको तख्त(मुगल युगको पिरियड ड्रामा) खेल्न लागेकोले पनि भन्सालीको चलचित्रको तयारीकालागि समय अभाव हुने देखियो । बैजु बावरा मुगल सम्राट अकबरको दरबारमा आयोजित एक सांगितिक द्धन्दमा पौराणिक संगीतकार तानसेनलाइ हराउने विशिष्ट प्रतिभाशाली शास्त्रीय गायक बैजु बावराको कथाको शुद्ध संगीत र नाटकीय संस्करण हो ।

फिल्म निर्माताले रणवीरलाइ युवा बैजु बावराको नेतृत्व र शीर्ष भुमिकाकालागि प्रस्ताव गरेका थिए । तर रणवीर आगामी वर्षकालागि अति व्यस्त भएका कारण उनले यो फिल्म खेल्न असमर्थ भए ।

बैजु एक जोशिलो भावनात्मक, गहिरो प्रतिशोधात्मक र अझ गहन रोमान्टिक चलचित्र भएको र रणवीरलाइ हरेक भुमिकाको तयारीकालागि लामो समय चाहिने हुँदा यो चलचित्र ऋतिकको पोल्टमा पुगेको देखियो ।

बुर्ज खलिफामा शाहरुखको जन्मदिन

एनआईबि संवाददाता,नयाँ दिल्ली

बलिउड बादशाह शाहरुख खानको फिल्महरु फ्लप भएपनि उनको ख्यातिमा भने कमी आएको छैन् । २ नोभेम्बर शनिबार उनको ५४ औं जन्मदिन , विश्वको सबैभन्दा अग्लो भवन, युनाइटेड अरब इमिरेट्स(युएई) को बुर्ज खलिफा टावरले शाहरुखलाइ जन्मदिनको शुभकामना दिइएको छ । खानको दुबई प्रशंसकहरुकालागि बुर्ज खलिफाले झलमलाएको यो शुभकामना निकै रोमांचक रहयो ।

शाहरुख आफैले यो भिडियो आधिकारिक इन्टाग्राममा शेयर गरेर बुर्ज खलिफालाइ धन्यवाद दिएका छन् । उनले लेखेका छन्, ‘मलाइ यति चम्किलो बनाइदिएकोमा धन्यबाद , तपाईको माया र दयालुपन उत्कृष्ट छ । यो मैले अहिलेसम्म गरेको भन्दा निकै उँचो छ । लभ यु दुवई , यो मेरो जन्मदिन हो र म यहाँको अतिथि हुँ ।’

बलिउड सुपरस्टार खान दुबई कोअपरेसन फर टुरिज्म एण्ड कमर्स मार्केटिंगको बी माई गेस्ट अभियानका ब्राण्ड एमबेसेडर अर्थात अनुहार हुन् । यो अभियान अन्तर्गत उनले सुर्य,रेगिस्तान र रोमाँचक शहर दुबईमा आगन्तुकहरुलाइ अतिथि बन्नकालागि आह्वान गर्दछन् ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live