ECO-POLITICLE

अमेरिकी राष्ट्रपतिलाइ स्वागत गर्ने मोदीको तयारी

एनआईबि संवाददाता,नयाँ दिल्ली
३०जनवरी२०२०

विश्वका सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाइ भारतले स्वागत गर्ने तयारी गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले विहिबारको नियमित पत्रकार सम्मेलनमा मितिबारे टुँगो नलागिसकेको जानकारी गराउँदै ट्रम्पको भारत भ्रमण हुने पुष्टि गरेका छन् ।
उनले भने,‘भ्रमणको मिति अन्य विस्तृत विषयहरुका बारे भारत र अमेरिकाबीच कुटनीतिक च्यानलको माध्यमबाट कुराकानी भइरहेको छ । हामी त्यसका बारेमा जानकारी गराउनेनेछौं ।’

भारतीय संचारमाध्यमहरुले गृह राजनीतिमा गहिरो समस्या झेलिरहेका दुइ राष्ट्रवादी नेताहरुले फेब्रुअरी २७मा एकअर्कालाइ स्वागत गर्न लागेको समाचार छापेको थियो । समाचार अनुसार ट्रम्पले भारतमा दुइ दिन बिताउनेछन् ।

चीनसँगको व्यापार विवाद सामान्य भएतापनि बैकल्पिक बजारको रुपमा भारतकोलागि अमेरिका उत्सुक रहेको अहिलेको परिवेशमा राष्ट्रपति ट्रम्पको आउँदो भ्रमणमा अमेरिकी उत्पादनलाइ भारतीय बजारमा दिने प्रवेश बारे स्वतन्त्र व्यापार संझौता हुनसक्ने पनि भारतीय संचारमाध्यमहरुले आंकलन गरेका छन् । मोदीले गत सेप्टेम्बरमा गरेको अमेरिका भ्रमणका समयमा दुइ मुलुकबीच यी विषयमा छलफल भएको थियो ।

मोदीको गृहनगर गुजरातको अहमदाबाद क्रिकेट स्टेडियममा मोदी र ट्रम्पले एक पटक पून मन्च साझा गर्ने संभावना रहेको पनि भारतीय संचारमाध्यमले लेखेका छन् । यस अघि मोदी र ट्रम्पले गत सेप्टेम्बरमा अमेरिका टेक्सासको हाउडीमो प्रवासी भारतीयहरुलाइ सम्बोधन गर्न आयोजना गरिएको ‘हाउडी मोदी’को मन्च साझा गरिसकेका छन् ।यो कार्यक्रम भएन भने पनि ट्रम्पलाइ प्रधानमन्त्री मोदीको गृहनगर पुरयाउने योजनामा भारतीय कुटनीति लागिपरेको बुझिएको छ ।

तर सँगसँगै संचारमाध्यमहरुले नयाँ दिल्लीको अमेरिकी दूतावास नजीकै रहेको त्यहि होटल जसमा पूर्व राष्ट्रपति बाराक ओवामा बसेका थिए, ट्रम्पले बस्न चाहेको लेखेका छन् । सन् २०१५जनवरीमा पत्नी मिशेल ओवामाका साथ दोश्रो पटक भारत भ्रमणमा आउँदा ओवामा नयाँ दिल्लीको आइटीसी मौर्या होटलमा बसेका थिए । ओवामा ४ हजार ८०० वर्ग क्षेत्रफलमा रहेको प्रेसिडेन्सियल सुइटमा बसेका थिए ।

भ्रमण कहिले तय भयो?

नयाँ वर्षका अवसरमा मोदी र ट्रम्पबीच भएको टेलिफोनिक शुभकामना आदान प्रदानका क्रममा यो भ्रमणको कुरा उब्जिएको थियो भने अमेरिकाको दक्षिण तथा मध्य एशियाली मामिलाका उपसहायक सचिव एलिस वेल्सले भर्खरै गरेको भारत भ्रमणका क्रममा ट्रम्पको भ्रमण टुँगो लागेको भारतीय अनलाइन दि प्रिन्टले उल्लेख गरेको छ । वेल्स गत १५–१८जनवरी सम्म तीन दिन भारतमा थिए ।

भारतीय विदेश सचिव स्रिंगलाले भने, छिमेकी तथा अन्तराष्ट्रिय मुलुकसँग काम गर्न तत्पर छु

एनआईबि संवाददाता,नयाँ दिल्ली

२९ जनवरी २०२०

भारतका विदेश सचिव हर्षवद्र्धन स्रिंगलाले अन्तर्राष्ट्रिय प्रणालीमा रहेका भारतका विभिन्न साझेदार मुलुकहरुसँग काम गर्न तत्पर रहेको बताएका छन् । स्रिंगलाले विकास तथा आर्थिक संबन्धलाइ बिस्तार गर्नुका साथै छिमेकी मुलुकहरुसँगको कनेक्टिभिटि, प्रमुख शक्तिहरुसँग तालमेल मिलाउँदै स्वतन्त्र समाजकालागि खतरा रहेको आतंकवाद विरुद्ध एउटा साझा तथा स्पष्ट दृष्टिकोण बनाउने तथा नियमसँगत बहुपक्षीय आदेशका लाभहरुलाइ संस्थागत गर्दै लैजानकालागि अन्तर्राष्ट्रिय प्रणालीमा रहेका साझेदार मुलुकहरुसँग कार्य गर्न तत्पर रहेको भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बुधबार नयाँ दिल्लीको साउथ ब्लक स्थित भारतीय विदेश मन्त्रालयमा पदभार संभालेपछि स्रिगलाले भारतीय विकासको अनुभवलाइ विश्वको दक्षिणका मुलुकहरु मुख्य रुपमा अफ्रिका तथा लैटिन अमेरिकासँग साझा गर्ने कुरा आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । यी मुलुकहरुमा नयाँ मिशन तथा नयाँ पहल शुरु गर्न आफू तयार रहेको विज्ञप्तिमा भनिएको छ ।

अमेरिकाकोलागि भारतीय राजदूतको जिम्मेबारीबाट विदेश सचिव बनाइएका स्रिंगलाले शीत युद्धको समयमा विदेश सेवामा प्रवेश गरेको बताउँदै उनले ग्लोबल वार्मिंग दबाबमुलक चिन्ता बनेको वर्तमान समयमा विदेश सचिवको जिम्मेवारी संभाल्न आइपुगेको बताएको विज्ञप्तिमा भनिएको छ । साइबर डोमेन र प्रविधिको द्रुत विकासका अवसर र चुनौतीलाइ पनि आफूले ध्यान दिने भन्दै उनले विदेश मन्त्रालयले धरती तथा भारतकाालागि यस्ता महत्वपूर्ण मुद्दाहरुमा भएको आलोचनात्मक प्रकृतिको सराहना गरेको विज्ञप्तिमा भनिएको छ ।

स्रिगलाले भारतीय संचारमाध्यममा भने,

पदभार ग्रहण पछि भारतीय संचारमाध्यमसँग कुरा गर्दै उनले विदेश सचिवको रुपमा काम गर्न पाएकोमा अत्यन्त सम्मानित महशुश गरेको बताए । उनले भने, ‘म यो आश्वासन दिन चाहन्छु कि म यो विशेष सेवा र कार्यालाइ कर्तव्यनिष्ठाका साथ पुरा गर्दछु ।’

पूर्व विदेश सचिव विजय गोखलेले निर्धारण गरेको उच्च मानक तथा भारत तथा विदेशमा समेत सक्षम नेतृत्वको छवी बनाएका विदेशमन्त्री जयशंकरको नेतृत्वमा काम गर्न पाएकोमा आफू विशेषानुभुति भएको बताउँदै उनले भने,‘यसलाइ मैले अवसरको रुपमा लिएको छु ।’

harshwardhan
तस्वीर साभारःभारतीय विदेशमन्त्रालय ट्वििटर

उनले भने,‘राष्ट्र र जनताप्रति समर्पित र जिम्मेबारी वहन गर्ने मन्त्रालयमा आवद्ध भएको छु भन्ने कुरा मैले राम्ररी बुझेको छु । हामी जनताको सेवाकालागि हौं भन्ने कुरामा म एकदमै सचेत छु । हाम्रो सबै प्रयासहरु सुरक्षा र समृद्धिको वैदेशिक सम्बन्धहरुका आधारमा राष्ट्र र जनताकालागि योगदान पुरयाउनमा हुनुपर्छ भन्ने कुरामा म दृढ छु ।’ उनले भने ।

झण्डै ३६ वर्ष अगाडि युवा अवस्थामा भारतीय सेवामा प्रवेश गरेको स्मरण गर्दै उनले आगामी दिनमा प्रधानमन्त्री र विदेशमन्त्रीको मार्गदर्शनमा नयाँ भारतको निर्माणकोलागि गतिशिल र उत्तरदायी कुटनीतिको आधार तयारकालागि प्रयास गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

लग्जेम्बर्गले नेपालसँग साझेदारी गर्ने

एनआईबि संवाददाता,काठमाडौं
२९जनवरी२०२०

नेपालको सामाजिक–आर्थिक विकास प्रयासमा लग्जेम्बर्गले सहयोग गर्ने तत्परता प्रकट गरेको छ । दुई देशबीच परराष्ट्रमन्त्रीस्तरमा बुधबार  परराष्ट्र मन्त्रालयमा भएको वार्ता उक्त राष्ट्रले साझा चासोका विषयमा नेपालसँग सहकार्य गर्ने तत्परता व्यक्त गरेको हो ।

नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्तामा दुई देशबीचका पारस्परिक हित, साझा चासोका विषयमा गहन समीक्षा भएको थियो । प्रतिनिधिमण्डलले साझा चासोका क्षेत्रीय तथा अन्तरराष्ट्रिय विषयमा पनि विचारविमर्श गरेको थियो ।

वार्तामा स्काउटका माध्यमबाट लग्जेम्बर्गले नेपाललाई गरेको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै शिक्षा, स्वास्थ्य र वातावरण संरक्षण एवं विकासका लागि संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घमार्फत विकास सहायता उपलब्ध गराउँदै आएकामा कृतज्ञता प्रकट गरेको थियो ।

त्यसबखत परराष्ट्रमन्त्री ज्ञवालीले आर्थिक सहायता वृद्धि, व्यापार, लगानी, पर्यटन प्रवद्र्धन, प्रविधि हस्तान्तरणको महत्वमाथि प्रकाश पार्दै त्यसमा लग्जेम्बर्गको सहयोगको अपेक्षा गरे । जलवायु परिवर्तन, सम्पर्क सञ्जाल विस्तार र आप्रवासी कामदारका सम्बन्धमा पनि वार्तामा छलफल हुनुका साथै वहुपक्षीय चासोका कार्यसूचीमा दुवै देशले मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।

बुुधबारै काठमाडौंस्थित लग्जेम्बर्गको अवैतानिक वाणिज्य दूतावासले द्विपक्षीय सम्बन्ध स्थापनाको ४५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष कार्यक्रममा दुवै देशका परराष्ट्रमन्त्रीले आपसी हितका क्षेत्रमा साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

ंक्षिप्त मन्तव्य व्यक्त गर्दै मन्त्री ज्ञवालीले भौतिक पूर्वाधार निर्माण, ऊर्जा उत्पादन, पर्यटन तथा कृषिमा आधारित उद्योगको विकासका लागि नेपाललाई अथाह वैदेशिक सहायता आवश्यक भएकाले लग्जेम्बर्गका उद्यमी व्यवसायीलाई नेपालमा पूँजी परिचालन गर्न आह्वान गरे । उनले विदेशमन्त्री एसलवर्नको सहयोगको अपेक्षा गर्दै त्यस्तो आह्वान गरेका हुन् । आगामी चैतमा आयोजना हुने सगरमाथा संवादमा लग्जेम्बर्गबाट उच्चस्तरमा सक्रिय सहभागिताको अपेक्षा नेपालले गरेको उनले बताए ।

लग्जेम्बर्गका अवैतनिक वाणिज्यदूत श्रीराम लामिछानेले आयोजना गरेका उक्त कार्यक्रममा काठमाडौँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, विभिन्न देशका अवैतनिक वाणिज्यदूत र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो ।––रासस

वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधनको तयारी भइरहेको छ: अर्थमन्त्री खतिवडा

एनआईबि संवाददाता,काठमाडौँ
२९जनवरी२०२०

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको औद्योगिक तथा पूर्वाधार विकासका लागि निजी, सार्वजनिकलगायत सबै प्रकारको वैदेशिक स्रोतको आवश्यकता रहेको बताएका छन् । ‘स्वीस इन्भेष्टमेन्ट फण्ड फर इमर्जिङ मार्केट’का अध्यक्ष तथा नेपालका लागि स्वीट्जरल्याण्डका पूर्वराजदूत जर्ज फ्राइडेन नेतृत्व टोलीले बुधबार अर्थमन्त्रालयमा आफूसँग गरेको भेटवार्तामा उनले द्रुत विकासको लागि आन्तरिक स्रोत पर्याप्त नभएकाले वैदेशिक स्रोतको आवश्यकता रहेको प्रष्टयाए ।

भेटमा अर्थमन्त्री खतिवडाले नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए । उनले प्रत्यक्ष वैदेशिक लगानीको ‘थ्रेसहोल्ड’ संशोधन गर्ने सम्बन्धमा छलफल अगाडि बढेको, विभिन्न देशसँग दोहोरो करमुक्ति सम्झौताको प्रक्रिया अगाडि बढाइएको, ‘च्यालेन्ज फण्ड’को शुरुवात गर्न लागिएको तथा लगानी आकर्षित गर्ने गरी कानून निर्माण गरिएको र विद्यमान कानूनको परिमार्जन गर्न लागिएको बताए ।

अर्थमन्त्री डा खतिवडाले पूर्वाधारको विकास गरी पर्यटन र ऊर्जा निर्यातबाट विदेशी मुद्रा आर्जन गरे मात्र उच्च आर्थिक वृद्धिसँगै बाह्य मुलुकहरुसँग सन्तुलन कायम गर्न सकिने बताए । उनले पूर्वाधार विकाससँगै सेवाको गुणस्तरयुक्त विकासको लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढेको बताए ।

मुलुकको समग्र विकासका लागि नवप्रवर्तन, अन्वेषण तथा युवा लक्षित सीप र प्राविधिक ज्ञानको सहयोगमार्फत साना मझौला व्यवसायको प्रवद्र्धन र रोजगारी सिर्जना अहिलेको मुख्य आवश्यकता भएको उनले स्पस्ट पारे । उनले विकसित मुलुकले प्रयोग गरेको प्रविधि हासिल गर्न पनि बाह्य पुँजी परिचालन मार्फत नेपालले सहकार्य गर्न चाहेको समेत स्पष्ट पारे ।

सो अवसरमा फ्राइडेन नेतृत्वको टोलीले नेपालको अर्थतन्त्र, निजी क्षेत्रको भूमिका, राष्ट्रिय प्राथमिकताका क्षेत्र तथा हितका पक्षमा सरकारले अघि सारेका विषयमा चासो व्यक्त गर्दै नेपालमा लगानीको अवसर भएकोमा खुशी व्यक्त गरेको थियो । भेटमा नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन कपेलर तथा स्वीस इन्भेष्टमेन्ट फण्डका प्रतिनिधिको उपस्थिति रहेको थियो ।–––रासस

पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा. रेग्मी

२८जनवरी२०२०

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा धनञ्जय रेग्मी नियुक्त भएका छन् । बोर्डको कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको हो । सीईओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सीईओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ ।

विप्लव पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सदस्य रहेको छनोट समितिले सीईओका लागि रेग्मीसँगै दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरलाई सिफारिस गरेको थियो ।

सीईओको कार्यकाल चार वर्ष हुनेछ । नियुक्ति पत्र लिएपछि बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सीईओसँग कार्यसम्पादन करार गर्ने बोर्डले जनाएको छ ।

जलवायु परिवर्तनमा विद्यावारिधि गरेका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्षको जिम्मेवारीमा छन् । उनी हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुन् । ––रासस

#नेपाल पर्यटन बोर्ड #धनन्जय रेग्मी

बुधबारदेखि हर्षवद्र्धन स्रिगला भारतीय विदेश सचिव

एनआईबि संवाददाता,नयाँ दिल्ली

२८ जनवरी २०२०

भारतको विदेश सचिवको रुपमा हर्षवद्र्धन स्रिगलाले बुधबारदेखि कार्यभार संभाल्दै छन् । मंगलबार(२८जनवरी२०२०)बाट हालका विदेश सचिव विजय केशव गोखलेको कार्यकाल सकिएको छ । उनी २८ जनवरी २०१८मा विदेश सचिवमा नियुक्त भएका थिए ।

उनको अवकाशसँगै नवनियुक्त विदेश सचिव स्रिगलाले २९ जनवरीबाट कार्यभार संभाल्दै छन् । ३३ औं विदेश सचिवका रुपमा कार्यभार संभाल्नलागेका श्रृंगलाको कार्यकाल दुइ वर्ष अवधिको हुनेछ ।

उनको कार्यकालमा नेपाल भारत सीमा विवादका विषयको वार्तामा सहजता हुने विश्वास नेपाली कुटनीतिज्ञहरुले गरेका छन् । नेपाली भाषा बोल्न सक्ने नवनियुक्त सचिव श्रृंगलाको पदवहाली तथा नेपालकालागि नवनियुक्त राजदूत विनय मोहन क्वात्राले जिम्मेवारी संभालेपछि कालापानी लिपुलेक विषयको सीमा विवादको वार्ता अघि बढने बुझिएको छ । राजदूत क्वात्राले पनि फ्रान्सको जिम्मेवारी समेटेर भारत आउन लागेका छन् । फागुनको पहिलो साता सम्ममा क्वात्राले नेपालको जिम्मेबारी संभाल्ने बुझिएको छ ।

भारतीय विदेशमन्त्री एस.जयशंकरले आधिकारिक ट्वििटरमा विदेश मन्त्रालय र भारतीय कुटनीतिमा गोखलेको नेतृत्वकालमा पुरयाएको योगदानकालागि धन्यवाद दिदै आगामी यात्राको लागि शुभकामना दिएका छन् ।

को हुन हर्षवद्र्धन ?

नेपाली मुलकी हरिदेवी वस्नेतका छोरा हर्षवद्र्धन स्रिगला नेपाली भाषामा सहज छन् । उनी नेपाली भाषा बुझने र बोल्ने समेत गर्छन । हर्षवद्र्धनकी ५७ वर्षीय आमा हरिदेवी र बुबा छिरिंग तेन्दुफ्ला दुवै दार्जिलिंगका हुन । भारतीय समाचारसंस्था दि टेलिग्राफको अनलाइन संस्करणमा छापिएको समाचार अनुसार अहिले पनि उनीहरुको परिवारको दार्जिंलिंगको मालरोडमा इभानहो हाउस होटल रहेको छ ।

संयुक्त राज्य अमेरिकाकालागि राजदूत रहेका श्रृंगलाका दिवंगत बाबु छिरिंग भारतको वैदेशिक व्यापार विभागका सहायक प्रमुख नियन्त्रकमा सेवानिवृत्त भएका थिए । छिरिंग दक्षिण भारतमा जागिरमा सिलसिलमा खटिएका बेला हर्षवद्र्धनको जन्म भएको संचारमाध्यमहरुले लेखेका छन् ।

हर्षवद्र्धनकी काकी चोकिला अय्यर पहिलो महिला भारतीय विदेश सचिव नियुक्त भएकी थिइन । हर्षबद्र्धन २००१मा विदेश सचिव नियुक्त भएकी चोकिलाका भतिजा रहेको पनि टेलिग्राफले लेखेको छ ।

स्रिंगलाको दक्षिण एशिया अनुभव

भारतका छिमेकी मुलुकहरु बारेका जानकार तथा भारत–अमेरिका सम्बन्धका अनुभवी स्रिंगलासँग दक्षिण एशियाली मुलुक तथा युरोपमा काम गरेका अनुभव पनि रहेको छ । स्रिगलाले बंगलादेशकालागि भारतको उच्चायुक्त र थाइलैण्डकालागि भारतीय राजदूतको जिम्मेबारी संभालिसकेका छन् । यसका अलाबा फ्रान्स, भियतनाम, इजराइल तथा दक्षिण अफ्रिकामा पनि उनले काम गरेका छन् ।

भारतीय विदेश मन्त्रालयमा सहसचिवको रुपमा कार्यरत रहँदा स्रिंगलाले बंगलादेश,श्रीलंका,म्यानमार र मालद्धिभ्स जस्ता मुलुकहरुलाइ हेरेका थिए । उनीसँग विदेश मन्त्रालयको सार्क विभाग प्रमुखको रुपमा काम गरेको अनुभव पनि रहेको छ । स्रिंगलाले विदेश मन्त्रालयको उत्तरी डिभिजन अर्थात नेपाल भुटान हेर्न डेस्कको प्रमुखको रुपमा पनि काम गरेका थिए । उनी हिन्दी र अंग्रेजीका अलाबा, फ्रेन्च,भियतनामी तथा नेपाली भाषा समेत बोल्न सक्ने बुझिएको छ ।

स्रिंगलाको नियुक्तिमा वरिष्ठताको सिद्धान्त पालना गरिएको छैन

निजामती सेवा तर्फ १९८२ ब्याचकी आईएफएस अधिकारी तथा हाल बेलायतकालागि भारतीय उच्चायुक्त रहेकी रुचि घनश्याम विदेश सचिवको प्रतिस्पर्धामा थिइन् । स्रिंगलाको नियुक्तिमा भारत सरकारले वरिष्ठताको सिंद्धान्तको पालना गरेको छैन । त्यसैले घनश्याम पछिका १९८४ ब्याचका भारतीय विदेश सेवा अधिकारी स्रिंगला विदेश सचिव नियुक्त गरिएका हुन् ।

एक वर्षअघि ९ जनवरी २०१९मा उनी अमेरिकाकालागि भारतीय राजदूत नियुक्त गरिएका थिए । ५५ वर्षको उमेरमा नियुक्त गरिएका स्रिंगला अमेरिकाकालागि सबैभन्दा कम उमेरका राजदूत बनेका थिए ।

हाउडी मोदीका मुख्य कार्यकारी

गत सेप्टेम्बरमा अमेरिकाको ह्युस्टनमा आयोजना गरिएको हाउडी मोदी कार्यक्रमको आयोजनामा प्रमुख भुमिका निभाएका थिए । जुन कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपतिले एउटै मन्चबाट प्रवासी भारतीयलाइ सम्बोधन गरेका थिए ।

५७ वर्षीय स्रिगला मुम्बइमा जन्मेका हुन् । मेयो कलेज,अजमेरबाट विद्यालय शिक्षा पुरा गरेका स्रिंगला दिल्ली विश्वविद्यालयबाट मानविकि स्नातक हुन् । भारतीय विदेश विभागमा प्रवेश गर्नुअघि उनले विभिन्न सार्वजानिक क्षेत्रमा काम गरेका थिए ।

तस्वीर साभार : हर्षवद्र्धन स्रिगला ट्वीटर

काँकरभिट्टा र भारतको पानीट्याङ्की जोड्ने मेची खोलामा पुलसँगै निर्माण भइरहेको सडक

cheking rikhsa in kakadbhiitta naka
पूर्वी नाका काँकरभिट्टाबाट भित्रिएको सवारीलाई जाँच गर्दै प्रहरी । तस्वीर : सुरेन्द्र भण्डारी/रासस
siligudhi -kakadbhiitta border
भारतको पश्चिम बङ्गालस्थित पानी ट्याङ्कीबाट सामान लिएर नेपाल भित्रँदै गरेको ठेलालाई सिमानामा रहेको मेची पुलमा जाँच गर्दै नेपाल प्रहरी । तस्वीर:सुरेन्द्र भण्डारी/रासस

एयर इन्डिया बेच्ने भारत सरकारको दोश्रो प्रयास सफल होला त ?

एनआईबि संवाददाता,नयाँ दिल्ली

२८ जनवरी २०२०

चर्को ऋणको बोझले थलिएको भारतको सार्वजानिक क्षेत्रको एयर इन्डिया बेच्न भारत सरकारले नयाँ प्रस्ताव अघि सारेको छ । लगानीकर्तालाइ आकर्षित गर्न भारत सरकारले एयर इन्डियाको सम्पूर्ण शेयर बेच्ने योजना सार्वजानिक गरेको छ ।

यो योजना अनुसार सरकारले एयर इन्डियाको सम्पूर्ण नियन्त्रण पूर्ण रुपमा खरीदकर्तालाइ दिने प्रस्ताव गरेको छ । सरकारले सोमबार संभावित खरीदारकालागि बोली लगाउने सम्बन्धी प्राथमिक दस्ताबेज जारी गरेको छ ।

सरकारले कम्पनीमा रणनीतिक लगानीकालागि इच्छुक खरीदारसँग सरकारले १७ मार्च सम्म एक्सप्रेसन अफ इन्ट्रेस्ट(ईओआई) माँग गरेको छ । चालु आर्थिक वर्षको अन्त्य अर्थात ३१ मार्च सम्ममा सक्षम कम्पनीको चयन गरिसक्ने सरकारले दाबी गरेको छ ।

एयर इन्डिया मात्र नभएर सरकारले नाफामा चलिरहेको बजट एयरलायन्स एयर इन्डिया एक्सप्रेसको पनि १०० प्रतिशत हिस्सेदारी बेच्ने भएको छ । यसका साथै सरकारले २०१८मा सार्वजानिक गरेको प्रस्तावको तुलनामा यो पटक संभावित खरीदकर्तालाइ आकर्षित गर्न केहि शर्तहरु खुकुलो बनाएको छ ।

ऋण तथा दायित्व समेत गरेर ३२ हजार ४७ करोड बराबरको रकम खरीदार कम्पनीले वहन गर्नुपर्ने तथा ५६ हजार३३४ करोड बराबरको ऋण तथा दायित्व सरकारले बनाएको विशेष कम्पनी एयर इन्डिया असेट्स होल्डिंग लिमिटेडले बहन गर्ने शर्त अघि सारेको छ ।

एयर इन्डियाको सेयर बेच्ने भारत सरकारको पहिलेदेखिको योजना रहेको भएता पनि सन् २०१८ मा सार्वजनिक गरिएको योजनाप्रति खरिदकर्ता आकर्षित भएका थिएनन्। अहिलेको प्रस्तावित योजनामा सरकारको सबैभन्दा महत्वपूर्ण प्रस्ताव भनेको शत प्रतिशत स्वामित्व बेच्ने रहेको छ । सन् २०१८ मा ७६ प्रतिशत स्वामित्व मात्रै बेच्ने भनिएको थियो जसका कारण लगानीकर्ता आकर्षित  भएको  निष्कर्ष निकालिएको थियो ।

  •  ५१ हजार ऋणमा खरीदारले ३३,३९२ करोडको भार उठाउनुपर्ने शर्त थियो भने अहिले ६० हजार ऋणमा २३,२८६ करोडको जिम्मेदारी मात्र दिने भनिएको छ । बाँकी ३३ हजार करोड एआईएचएल कम्पनीले बहन गर्ने भनिएको छ ।
  •  अघिल्लो प्रस्तावमा ७६ प्रतिशतमात्र शेयर बेच्ने भनिएकोमा अहिले १०० प्रतिशत शेयर बेचिने ।
  •  खरीदकर्ता कम्पनीको नेटवर्थ ५०००करोड हुनुपर्नेमा ३५०० करोडमा झारिएको छ।

’द डिसेन्ट अफ एयर इन्डिया’ पुस्तकका लेखक तथा उक्त वायुसेवाका एक जना पूर्वकार्यकारी जितेन्द्र भार्गवका अनुसार अहिले गरिएको आह्वान सकारात्मक रहेको छ। उनले यसले नीजि लगानीकर्तालाई तान्न सक्ने बताए । एयर इन्डियासँग १४६ विमान छ र घरेलु तथा अन्तर्रा्ष्ट्रिय उडानका लागि आकर्षक अवतरणमार्ग र पार्किङस्थल रहेको छ । तर कम भाडादरको प्रतिस्पर्धाका कारण उसले अघिल्लो दशकमा निरन्तर बजार गुमाएको थियो ।

कर्मचारीको बकाया सरकारले भुक्तान गर्ने

भारतका नगारिक विमान मन्त्री हरदीपसिंह पुरीले एयर इन्डियाको प्रस्तावित लगानी भन्दा अगाडि नै कम्पनीका कर्मचारीहरुको बकाया चुक्ता गर्ने बताएका छन् । स्थायी कर्मचारीलाइ तीन प्रतिशत शेयर हिस्सेदारी दिइन्छ । एयर इन्डिया तथा एयर इन्डिया एक्सप्रेसमा १७ हजार ९सय ८४कर्मचारी छन जसमा ९ हजार ६सय १७ स्थायी छन् ।

कर्मचारीहरुको बकाया रकम १३०० करोड बढि छ । जसमा मुख्य सेवानिवृत कर्मचारीहरु रहेका छन् । यो रकम सरकारले भुक्तान गर्ने नयाँ प्रस्तावमा उल्लेख गरिएको छ । स्थायी कर्मचारी मध्ये ३६ प्रतिशत आउँदो पाँच वर्षमा सेवानिवृत हुँदैछन् ।

एयरलायन्सलाइ नीजीकरण गर्ने सरकारको दृढ राजनीतिक इच्छाशक्ति भएता पनि आन्तरिक विरोध पनि बाहिरिएको छ । बीजेपीका प्रखर नेता सुब्रमन्यम स्वामीले सोमबार टिविट गर्दै सरकारको यो निर्णय राष्ट्र विरोधी भएको र आफू अदालत सम्म जान मजबुर हुने उल्लेख गरेका छन् ।

कर्मचारी संघले हिस्सेदारी बिक्रीको विरोध गर्दै आएका छन् तथापि सरकारले पटक पटक उनीहरुसँग बैठक बसेर मुद्दाको पहिचान गर्ने प्रयास गरेको थियो ।

घाटामा चलिरहको एयरलायन्सलाइ खरीद गर्नकालागि रुचि देखाउने संभावना वैश्विक राजनीतिक आर्थिक परिदृश्यमा पनि निर्भर हुने विश्लेषण गरिएको छ ।

यरलायन्सको विशेष पहिचान तथा विभिन्न संस्थाहरुको यसप्रतिको विशेष आकर्षणका बाबजुद भारत सरकारको यो एयर इन्डिया बेच्ने दोश्रो प्रयास सफल भएन भने सरकारसँगको यसको विकल्प के हुने भन्ने विश्लेषकहरुको चासो रहेको छ ।

एयर इन्डियाःइतिहासदेखि वर्तमान

सन् १९३२ः धनाढ्य व्यवसायी जेआरडी टाटाको समर्थन पाएका उनका छोराहरूले टाटा वायुसेवाको घोषणा गरेका थिए । १५ अक्टुबर १९३२मा जेरआरडी टाटाले आफैले कराँची मुम्बईको उडान गरेका थिए । उनी मुलुकका पहिलो लाइसेन्स प्राप्त पाइलट थिए ।

सन् १९४६: टाटा वायुसेवाको सार्वजनिक कम्पनीमा रूपान्तरण गरेर एयर इण्डिया नामाकरण गरियो ।

सन् १९४८ः वायुसेवामा भारत सरकारको ४९ प्रतिशत स्वामित्व

सन् १९५३ः एयर इन्डियालाई राष्ट्रियकरण गर्ने भारत सरकारको निर्णय

२०००–२००७ः सन् २०००सम्म मुनाफामा चलेको यो कम्पनीमा २००१मा ५७ करोड रुपैया बराबरको घाटा भयो । जुन पछि बढेर७२०० करोड पुग्यो ।

सन् २००७ः एयर इन्डिया र आन्तरिक उडानमात्रै भरिरहेको सरकारी इन्डियन वायुसेवा गाभ्ने निर्णय

एयर इन्डियाको घाटाको भपाईकालागि तीन एयरबस ३०० तथा एउटा बोइंग ७४७–३००लाइ २००९मा बेचिदियो ।

२०११ःकम्पनीको घाटा बढेर ४२६०० करोड पुग्यो । संचालन घाटा २२००० करोड थियो ।

सन् २०१८ःएयर इन्डियाको ७६ प्रतिशत स्वामित्व विक्री गर्ने प्रयास विफल ।

नागरिक लगानी कोषले नाफा कमाउने होइन – अर्थमन्त्री

२७जनवरी२०२०

अर्थमन्त्री डा युवराज खतिवडाले नागरिक लगानी कोषलाई पूँजीबजारमा लगानी विस्तारका लागि मार्ग प्रशस्त गर्न लागिएको बताएका छन् । उनले कोषले सहायक कम्पनीमार्फत पूँजीबजारमा लगानी बढाउने र त्यसले बजार विस्तारका अतिरिक्त सुदृढीकरणमा समेत काम गर्ने विश्वास व्यक्त गरे ।

सङ्घीय संसदको अर्थ समितिको सोमबारको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा अर्थमन्त्री डा खतिवडाले कोषको सहायक कम्पनी स्थापना गरी पूँजीबजारमा लगानी बढाउने तयारीमा सरकार अगाडी बढेको स्पष्ट पारे ।

छलफलमा अर्थमन्त्रीले कोष मुद्राबजारको संस्था नभई पूँजीबजारको संस्था भएको उल्लेख गर्दै ‘ मार्केट मेकर’ अत्यावश्यक भएकाले पनि त्यसतर्फ केन्द्रीत हुन लागेको बताए । अर्थमन्त्रीले भने,‘सहायक कम्पनीमार्फत कोषले पूँजीबजारमा मार्केट मेकरको काम गर्छ । त्यसका लागि कोषको पूँजी रु तीन अर्ब पर्याप्त छ ।’

लगानीकर्ताको हितका लागि स्थापना गरिएको कोष वाणिज्य बैंक जस्तो नरहेको र ट्रष्टी पनि नभएको उनको भनाइ थियो । उनले कोष सामान्य नाफामूलक सार्वजनिक संस्था भएको र सङ्कलन गरिएको रकमको सुरक्षित लगानी गर्ने निकाय मात्रै भएको जानकारी दिए । ‘कोष वाणिज्य बैंक जस्तो नाफा कमाउने संस्था त होइन, तर लगानी सुरक्षित भने हुनुपर्छ । त्यसकाकारण यसलाई अन्य नाफामूलक संस्था जसरी तुलना गरिनु उपयुक्त हुँदैन’, उनले भने ।

उनले नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई सामाजिक सुरक्षा कोषसँग मेल खाने गरी कुनै पनि प्रकारको योजना नल्याउनसमेत निर्देशन दिए । कर्मचारी सञ्चयकोषका अध्यक्ष समेत रहेका राजश्व सचिव शिशिरकुमार ढुङ्गानालाई निर्देशन दिँदै उनले भने,‘कर्मचारी सञ्चयकोषको अध्यक्ष पनि यहीँ हुनुहुन्छ । सकेसम्म सामाजिक सुरक्षा कोषसँग मिल्ने गरी कुनै पनि योजना नल्याउनुस् ।’

समितिको बैठकमा ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको दफावार छलफल जारी छ । सांसदहरुले दर्ता गराउनुभएको संशोधन प्रस्तावमाथि नियमित छलफल गर्ने र पारित गर्ने कार्यसूची रहेको सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । ––रासस

नेपाल भारत सीमा बैठक फागुनमा

नेपाली संचारमाध्यमबाटः

२७जनवरी २०२०

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सीमा विवादबारे नेपाल र भारतका परराष्ट्रसचिवस्तरीय वार्ता फागुनमा हुने भएको छ । भारतीय नेतृत्वले विदेश मन्त्रालयमा नयाँ सचिव हर्षवद्र्धन श्रृंगलाले जिम्मेवारी लिएसँगै वार्ता हुने जनाउ दिएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको हो। मिति भने तय भएको छैन।

दुई औपचारिक पत्र र पटक–पटक अनौपचारिक छलफलपछि नेपाल हेर्ने डेस्कले फागुन अन्त्यसम्ममा बैठक बस्ने जानकारी दिएको परराष्ट्र अधिकारीको भनाइ छ। भारतले सबै समस्या वार्ताबाट समाधान हुने भनेर कूटनीतिक नोटको उत्तर पठाएको एक महिनापछि त्यस्तो जानकारी दिएको हो।

यसअघि परराष्ट्रसचिव स्तरमा वार्ता गर्न आलटाल भइरहेको थियो। पछिल्लो समय संवादबाट विवाद समाधान गर्न भारत इच्छुक देखिएको परराष्ट्र अधिकारीको बुझाइ छ। यसअघि भारतले नेतृत्व आन्तरिक राजनीतिमा केन्द्रित हुनुपरेको, विदेश मन्त्रालयको संयन्त्र र नेपालमा राजदूत परिवर्तनजस्ता विषय देखाउँदै तत्काल वार्ता नगर्ने बताएको थियो।

भारतीय विदेशसचिव विजय गोखलेको कार्यकाल मंगलबार सकिँदै छ। त्यस स्थानमा श्रिंगला आउँदै छन्। अमेरिकामा राजदूत रहेका उनी नेपाली बोल्छन्। बैंकक र ढाकामा राजदूत भइसकेका उनले नेपाल–भारत सम्बन्धका विषयमा गम्भीर रूपले छलफल गर्ने संकेत दिएको कूटनीतिक स्रोतले बतायो।

उनले डीसीमा हुँदा कूटनीतिज्ञसँगको छलफलमा भन्ने गरेका थिए– ‘नेपाल–भारत समस्याको समाधान वार्ता नै हो।’ अमेरिकास्थित एक कूटनीतिज्ञले टेलिफोनमा भने, ‘नेपाललाई राम्ररी बुझेका व्यक्ति भारतमा बुधबारदेखि विदेशसचिव बन्दै हुनुहुन्छ। उहाँले पक्कै छलफल गरेर समस्या समाधानमा जोड दिनुहुनेछ।’

नयाँ सचिव र राजदूत आएपछि सीमाका विषयमा थप छलफल अघि बढ्ने परराष्ट्रसचिव शंकरदास वैरागीले बताए। ‘हामी छलफलका लागि पहल गरिरहेका छौं’, उनले भने, ‘भारतमा विदेश मन्त्रालयको नेतृत्व र नेपालका लागि राजदूत पनि परिवर्तनको अवस्था थियो, त्यसैले ढिलाइ भएको हो।’

सरकारले भारतलाई दुईपटक कूटनीतिक नोट पठाएर सीमाका विषयमा वार्ताको पहल गरेको थियो।….

आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

link:

http://annapurnapost.com/news/146557

Nepal news headlines | breaking news kathmandu | national news of nepal live