BOLLYWOOD

भंसाली र आलियाको ‘गंगुबाई’

गंगुबाई कोतवाली किन बनिन भंसालीको बायोपिक विषय ?

एनआईबि संवाददाता,नयाँ दिल्ली

शुरु हुनु अघि नै सलमान खान र आलिया भट्टको इनशाल्लाह रोकिए पछि निर्देशक संजयलीला भंसालीले आलियालाइ लिएर छुट्टै फिल्म बनाउने भएका छन् । मुम्बईकी प्रख्यात वेश्यालय संचालिका गंगुवाइ कोतवालीको जीवनीलाइ सिनेमामा उतार्ने तयारी गरिरहेका भंसालीले ‘गंगुवाई’नामको यो फिल्मकालागि आलियाको चयन गरेको भारतीय संचारमाध्यममा खबर बाहिरिएको छ । यसअघि प्रियंका चोपडालाइ अफर गरिएको थियो । प्रियंकाको व्यस्तताका कारण उनले यो फिल्मलाइ समय दिन सकिनन । आलियासँग इनशाल्लाहको समय खाली थियो ।

खबर अनुसार भंसाली फिल्मको प्रि–प्रोडक्सन, संगीत र कथावस्तुलाइ अन्तिम रुप दिन लागिपरेका छन् । आलियालाइ विषयवस्तुको सार बताइसकिएको छ । भंसालीले औपचारिक घोषणा गर्नकालागि शुभ समय पर्खिरहेका छन् । संभवत २८ सेप्टेम्बर पछि यसको औपचारिक घोषणा गरिने छ । अक्टोबरको मध्यबाट फिल्मको शुटिंग शुरु भएर फेब्रुअरीसम्मा सकिने लक्ष्य राखिएको छ । फिल्मको विषयवस्तु एस हुसैन जैदीको ‘माफिया क्विन्स अफ मुम्बई’को एउटा अध्यायबाट उठाइएको बुझिएको छ ।

गंगुवाइ कोतवाली किन बनिन भंसालीको बायोपिक विषय ?

मुम्बइको वेश्यावृतिको बजारमा सम्मानका साथ लिइने नाम हो गंगुवाइ कोतवाली । गंगुवाइ कोतवाली, मुम्बइको रेडलाइट एरिया कामठीपुराकी प्रख्यात यौनकर्मी(वेश्या) थिइन् । जो पछि यो एरियाकी प्रख्यात दलाल, वेश्यालय संचालिका र कुख्यात गैंगस्टर पनि बनिन । यो एरियामा उनको राज चल्थ्यो । सानै उमेरमा धोकाले मुम्बइको बजारमा बेचिन पुगेकी गंगुवाई पनि वेश्यावृतिकालागि मजबुर पारिएकी युवती थिइन । कालान्तरमा उनले मुम्बईका सभ्य इलाकाहरुमा ठूलो यौन व्यापार संचालन गरेकी थिइन् ।

मैडम नामले बोलाइने गंगुबाईको दबदबा र लोकप्रियता यति धेरै थियो कि तात्कालिन प्रधामन्त्री जवाहरलाल नेहरु पनि उनको अगाडि हारेका थिए । आफनो कार्यकालमा नेहरुले मुम्बईबाट रेडलाइट एरिया हटाउने निर्णय गरेका थिए । उनको यो निर्णयको विरोधमा त्यहाँका यौनकर्मीहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको नेतृत्व गंगुवाईले गरेकी थिइन् । नेहरुले उनलाइ कुराकानीकालगि दिल्ली बोलाएका थिए ।

नेहरुलाइ भेटेर निडरताका साथ गंगुवाईले स्पष्ट कुरा राखिन । उनले यो बजारलाइ किन जोगाउनुपर्ने भन्ने तर्क राखेकी थिइन । यौनकर्मीहरुकालागि यो पेशा भएको र त्यसलाइ संचालन गर्न पाउनुपर्ने भन्दै उनले यो बजारलाइ जोगाउन नेहरु समक्ष तर्क राखेकी थिइन । पछि नेहरुले निर्णय फिर्ता लिएका थिए । जसले गर्दा यो एरियामा स्वेच्छाले काम गर्न पाउने वेश्याहरुको अधिकार स्थापित भयो ।

भंसालीले यही विषयवस्तुमा ‘हीरामण्डी’ नामको वेवसिरिज पनि निर्माण गर्दैछन भन्ने खबर बाहिरिएको थियो । जसको कथालेखनको कार्य अन्तिम चरणमा रहेको र वर्षको अन्तिममा शुटिंगकालागि फ्लोरमा जाने खबर भारतीय संचारमाध्यमहरुमा आएको छ।

गान्धीको जन्मदिनमा ऋतिक–टाइगरको ‘वार’

एनआईबि संवाददाता,नयाँ दिल्ली

बलिउडका दुइ चर्चित एक्सन हिरोहरु यही अक्टोबर २ तारिखका दिन  सिनेमा घरमा वार (युद्ध)गर्नेछन् । गान्धीको जन्मदिनको दिन ऋतिक रोशन र टाइगर श्राफ अभिनित बहुप्रतीक्षित चलचित्र ‘वार’ प्रदर्शन हुँदैछ । ऋतिक रोशन र टाइगर श्राफको जोडी पहिलो पटक यो चलचित्रमा देखिदैछन् । वारलाइ बलिउडको अहिलेसम्मको सबैभन्दा ठूलो एक्सन फिल्म दाबी गरिएको छ । वारमा ऋतिक र टाइगर खतरनाक जंग लडेका छन् ।

हलिउडका चार द्धन्द निर्देशकको कोरियोग्राफी

चलचित्रमा हलिउड स्टाइलका एक्सन दृश्यहरु देख्न सकिनेछ । विश्वका विभिन्न ७ मुलुकमा छायाँकन गरिएको सिनेमामा हलिउडका ४ दिग्गज द्धन्द निर्देशकले एक्सन सिनकालागि कोरियोग्राफी गरेको बताइएको छ । हलिउडको जस्तो एक्सन सिनकालागि भर्खरै बाहुबली अभिनेता प्रभासको साहो पनि निकै चर्चामा रहेको थियो ।

ऋतिक र टाइगरको कनेन्सन

ऋतिक बलिउडमा उत्कृष्ट नृत्य, द्धन्द दृश्यकालागि चर्चित छन् भने विश्वका हयान्डसम हिरोहरुको सुचीमा पनि गनिन्छन् । ऋतिक पछि नृत्य र द्धन्द दृश्यकालागि चर्चामा आएका पछिल्लो पुस्ताका अभिनेतामा टाइगर पर्छन । ऋतिक मार्शल आर्टस र ताइक्वान्दो प्रशिक्षित छन भने १४ वर्षको उमेरदेखि मार्शल आर्टस र ताइक्वान्दो सिकेका टाइगर ब्लयाक बेल्ट बिजेता हुन । ऋतिकको फ्यान मात्र नभएर उनीबाट प्रभावित भएर टाइगरले नृत्य सिकेको बताउँदै आएका छन् ।

निर्माण र निर्देशन

यशराज फिल्मको ब्यानरमा निर्माण भएको वारलाइ सिद्धार्थ आनन्दले निर्देशन गरेका छन् । फिल्मलाइ भारतको सेन्सर बोर्डले प्रदर्शनकालागि अनुमति दिइसकेको छ । बोर्डले बिना कुनै सेन्सर २ घंटा३५ मिनेट अवधिको फिल्मकालागि अनुमति दिएको छ । ऋतिक र टाइगरका अलावा सिनेमामा वाणी कपुरले मुख्य भुमिकामा काम गरेकी छन् ।

३० करोड बजेटको ‘ड्रिम गर्ल’ले दुइ दिनमै कमायो २५ करोड

एनआईबि संवाददाता,नयाँ दिल्ली

यही शुक्रबार प्रदर्शनमा आएको आयुष्मान खुराना र नुसरत भरुचा अभिनित ‘ड्रिम गर्ल’ले दुइ दिनमा २५ करोड ५० लाखको कमाइ गरेको छ । कमेडी ड्रामा यो फिल्मले पहिलो दिनमा साढे नौ करोड र दोश्रो दिनमा १६ करोड ४२ लाख कमाइ गरेको फिल्म समीक्षक तरण आर्दशले बताएका छन् । ३० करोडको बजेटको यो फिल्मले दुइ दिनमा नै २५ करोड बढिको कमाइ गरेको देखेर यसले तीन दिन भित्र लागत उठाउन सफल हुने आंकलन गरिएको छ ।

आयुष्मान खुराना साना बजेटको फिल्मबाट राम्रो कमाइ गर्ने अभिनेतामा पर्छन । गत वर्ष प्रदर्शन भएको उनको तीन वटा फिल्मले सफलताको झण्डा गाडेको थियो । बधाई हो, अन्धाधुन्द र आर्टिकल१५ जस्ता उत्कृष्ट फिल्मले आयुष्मानलाइ हिट फिल्म दिन सक्ने कलाकारको रुपमा स्थापित गरेको छ । अन्धाधुन्दले भारको राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेको थियो । बालाजी मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाइ राज शान्डिल्याले निर्देशन गरेका हुन । फिल्ममा युवतीको भुमिका गरेका आयुष्मानले दर्शककालागि नयाँ स्वाद पस्केका छन् ।

भारतीले कपिलकी श्रीमतीको प्रशंसा गर्दै भनिन, ‘गिन्नी एक अदभूत मान्छे’

एनआईबि संवाददाता,नयाँ दिल्ली

चर्चित कमेडियन भारतीले कपिल शर्माकी पत्नी गिन्नी चतरथको प्रशंसा गरेकी छन् । भारतीय संचारमाध्यममा दिएको एक अन्तर्वार्ताका क्रममा उनले गिन्नीका स्वभावका बारे बताउँदै गिन्नी एक अदभुत मान्छे रहेको भन्दै प्रशंसा गरिन। सोका कलाकारहरु कपिलको घरमा रिहर्सलकालागि गएका बेला गिन्नी आफैले उनीहरुलाइ खाना पस्किन्छिन् हुनत कपिलको घरमा ३ वटा कुक भएपनि गिन्नीले व्यक्तिगत रुपमा सारा कामको निगरानी आफैले गर्छिन र आवश्यक्ता अनुसार कुकलाइ निर्देशनस पनि दिन्छिन् । भारतीले गर्भवती अवस्थामा समेत गिन्नीले घंटौ उभिएर कलाकारहरुको ध्यान राख्ने गरेको भारतीले बताइन्। उनले कपिललाइ भाइ भनेर सम्बोधित गर्दै भनिन्, ‘कपिल भैया उत्कृष्ट छन् । हरेक मान्छे खराब समयबाट गुज्रिन्छ । तर मलाइ खुशी छ कि उनी बलियो भएर फर्किएका छन्।’

कपिल र गिन्नी चाँडै नै आमाबाबु बन्दैछन् । एक अन्तर्वार्ताका क्रममा कपिलले भनेका थिए कि यो समय उनी सँगसँगै पुरै परिवारकोलागि निकै विशेष र भावनात्मक रहेको छ । उनले भनेका थिए,‘मेरो पुरा परिवार हाम्रो बच्चालाइ स्वागत गर्नकालागि उत्सुक छ । हामी यति उत्साहित छौं मैले र गिन्नीले आफ्नो बच्चाकोलागि स–साना सामान खरीद पनि गर्न थालिसक्यौं ।’

अक्षय कुमार पहिलो पटक २०० करोड क्लबमा

एनआईबि संवाददाता,नयाँ दिल्ली

केहि साता अघि सबैभन्दा बढी कमाइ गर्ने अभिनेताको सुचीमा विश्वमै चौथो नम्बरमा पर्न सफल भएका पुगेका बलिउड अभिनेताको उपलब्धिहरु थामिएको छैन् । पछल्ले समय सबैभन्दा बढि आयकर तिर्ने अभिनेताको सुचीमा पनि अक्षयको नाम कोरिएको छ । अहिले उनले थप अर्को उपलब्धि आफनो नाम लेखाएका छन् । अक्षय अभिनित ‘मिशन मंगल’ले २००करोडको आँकडा पार गरेको छ । बलिउडमा ग्यारेन्टी कुमारका नामले समेत चर्चित रहेका अक्षयको २८ वर्षे करियरमा २०० करोड कमाई गर्ने यो पहिलो फिल्म बनेको छ । अहिले सम्म फिल्मले २०० करोड १६ लाखको कमाइ गरेको छ । अक्षयले यसको खुशी ट्वििटरमा व्यक्त गरेका छन् । उनका एक फ्यानले मिशन मंगलको सफलतालाइ लिएर बनाएको भिडियो पोष्ट गर्दै लेखेका छन्, तपाईको माया र प्रशंसाले यो फिल्म २०० करोडको मिलको पत्थर बनेको छ ।

भारतको स्वतन्त्रता दिवस ( १५ अगस्त) को दिन रिलिज भएको चलचित्रले ४ साता सम्म पनि कमाईमा दबदबा कायमै राखेको छ । यो फिल्ममा अक्षय सँग विद्या बालन, तापसी पन्नु, सोनाक्षी सिन्हा, कीर्ति कुल्हारी, शरमन जोशी र नित्या मेनन लगायत मुख्य भुमिकामा छन् । आर बाल्कीले निर्माण गरेको यो फिल्मलाइ जगन शक्तिले निर्देशन गरेका हुन् ।

भारतीय अन्तरक्षित अनुसंधान संस्थान(इसरो) का बैज्ञानिकहरुद्धारा भारतको पहिलो मंगलयानको सफल परिक्षण भित्रको कथालाइ यो फिल्मले पस्केको छ । मंगलयान इसरोको एक महत्वकांक्षी अन्तरिक्ष परियोजना थियो । यो परियोजना अन्तर्गत ५ नोभेम्बर २०१३मा २ बजेर ३८ मिनेटमा मंगल ग्रहको परिक्रमा गर्ने उद्धेश्यले छोडिएको एउटा उपग्रह आन्ध्र प्रदेशको श्रीहरिकोटा स्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट छोडिएको थियो । कम संसाधनको सीमा भित्र रहेर सफल बनाइयो यो अभियानका पछाडि भारतीय बैज्ञानिकहरुले गरेको मेहनत र रचेको इतिहासलाइ  मिशन मंगलले देखाएको छ ।

सन्नी लियोनी पासवर्डको प्रिमियरकालागि काठमाडौंमा

एनआईबि संवाददाता,काठमाडौं

बलिउड अभिनेत्री सन्नी लियोनी बिहिबार काठमाडौ पुगेकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’को प्रिमियरकालागि उनी काठमाडौ आएकी हुन् । फिल्ममा सन्नीकाे एउटा ‘आइटम डान्स’ रहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनमा विश्व मै सबैभन्दा मनपर्ने स्थान नेपाल रहेको बताइन् । उनले भनिन्,‘नेपालमा समय बिताउन पाउँदा आफूलाइ निकै भाग्यमानी ठान्छु ।’
उनले काठमाडौ पुग्नु अघि विहिबार एउटा टि्विट समेत गरेकी थिइन् ।

पुरा वर्ष व्यस्त छिन बलिउड अभिनेत्री श्रद्धा , बागी३को शुटिंग शुरु

एनआईबि संवाददाता,नयाँ दिल्ली

लगातार दुइ हिट चलचित्र ‘साहो’र ‘छिचोरे’को सफलताले बजार तताएकी बलिउड नायिका श्रद्धा कपुर यो वर्ष पनि छाउने देखिएको छ । आगामी वर्ष पनि उनको २ वटा चलचित्र प्रदर्शन हुने क्रममा छ । साजिद नाडियाडबालाको ब्यानरमा निर्माण हुने चलचित्र बागी३ र टीसिरिजको निर्माण र रेमो डिसुजाको निर्देशनमा बन्ने डान्सर थ्रीडी ।

श्रद्धाले बागी३को सुटिंग पनि शुरु गसिकिन । विहिबार नै चलचित्रको किकस्टार्ट गरिएको छ । श्रद्धाले चलचित्रका निर्माता साजिद नाडियाडवालाले सुटिंग सेटमा स्वागत गरेको हस्तलिखित नोट इन्टाग्राममा पोष्ट गरेर यो जानकारी गराएकी छन् ।

नोटमा साजिदले श्रद्धालाइ बागी फ्रेन्चाइजिको तेश्रो चरणमा पून स्वागत गर्दै लेखेका छन् , ‘प्रिय श्रद्धा, बागी फ्रेन्चाइजको तेश्रो चरणमा पून स्वागत छ । हामी तपाईलाइ पून एक्सन सिनमा हेर्नलाइ पर्खन सक्दैनौ । आजको किकस्र्टाटिंग शुरुवातकालागि तपाइहरु सबैलाइ शुभकामना र माया । ’ श्रद्धाले जवाफमा लेखकी छन, सो एक्साइटेड , बागी ३ पहिलो दिन । साजिदको निर्माण कम्पनीले पनि एक सामुहिक तस्बीर सार्वजानिक गरेर शुटिंग शुरु भएको जानकारी गराए ।

श्रद्धाले बागीमा टाइगर श्राफसँग स्क्रिन साझा गरेकी थिइन् । बागी२मा भने टाइगरकी गर्लफेन्ड भनेर चर्चामा रहेकी दिशा पटानीले काम गरिन । लगातार दुइ हिट चलचित्र दिएकी श्रद्धाको माँग बढेकोले होला बागी ३ मा पून उनलाइ फर्काइएको छ ।

यस अघि नै अहमद खानले निर्देशन गर्ने यो चलचित्रम श्रद्धाल एयर होस्टेसको भुमिका निर्वाह गर्ने तय भएको खबर बाहिरिएको थियो । साहो र छिचोरेको प्रोमोसन सकेपछि श्रद्धाले बागी३ को शुटिंग शुरु गर्ने तय भएको थियो । मुम्बइ, आगरा र जर्जिया लगायतका स्थानमा बागी ३को सुटिंग हुनेछ । ६मार्च२०२० मा यसको प्रदर्शन मिति तय छ । बागीका अलाबा श्रद्धा,बरुण धवन र नोरा फतेही अभिनित डान्सर थ्रीडी पनि आउँदैछ । आगामी जनबरी २४मा यसको प्रदर्शन हुँदैछ ।

‘मिशन मंगल ’ र विद्याको दमदार कमब्याक

एनआईबि संवाददाता,नयाँ दिल्ली

उत्कृष्ट अभिनेत्रीकालागि राष्ट्रिय पुरस्कारबाट सम्मानित बलिउड नायिका विद्या बालनले दमदार कमब्याक गरेकी छिन् । दुइ साता अघि रिलिज भएको चलचित्र ‘मिसन मंगल’मा गरेको अभिनयबाट उनले चोतर्फी प्रशंसा बटुलेकी छिन् । अक्षय कुमारसँग स्क्रिन साझा गरेकी विद्याको यो चलचित्र २०० करोडको क्लबमा सामेल भइसकेको छ । यसमा तारा सिन्दे पात्रको भुमिकामा उनले अभिनय गरेकी थिइन । अक्षयको भुमिका जत्तिकै दमदार भुमिका विद्याको रहेको छ । चलचित्रको सफलताले आफ्नो आत्मविश्वास बढेको विद्याले बताएकी छिन् ।

विद्याको दुइ वर्षअघि तुम्हारी सुलु प्रदर्शन भएको थियो । यसमा उनले मध्यमवर्गीय परिवारकी महिलाको जकी बन्ने सपनाको यात्रामा अभिनय गरेकी थिइन । चलचित्रमा उनको अभिनयको प्रशंसा भएको थियो । सेक्सी हुनकालागि छोटा कपडा र लामो गोडा हुनु पर्छ भन्ने विद्या मान्दिनन् । आफ्ना चलचित्रहरुले यो प्रमाणित गरेको उनको विश्वास छ । चलचित्र क्षेत्रमा नआएको भए मनोचिकित्सक बन्ने विद्या बताउँछिन् ।

विद्या अब्सेसिभ कम्पल्सिभ डिसअर्डर समस्याबाट पिडित छिन् । जसले गर्दा उनलाइ सामान्य व्यक्तिहरुले गर्ने भन्दा अति सरसफाइ गर्नु पर्ने समस्या  रहेकाे छ । यहाँसम्म कि उनी घरमा अलिकति धुलो पनि देख्न सक्दिन, पत्रपत्रिका निर्धारित स्थानमै राख्नुपर्ने लगायत सुटिंगका समयमा भेनिटि भ्यान समेत सफा गर्न थाल्छिन् ।

‘विफलता नै नयाँ शुरुवातको आधार,’ चन्द्रयानमा अमिताभको प्रतिक्रिया

एनआईबिस संवाददाता,नयाँ दिल्ली

‘विफलता नै नयाँ शुरुवातको आधार हुन्छ,’ मिशन चन्द्रयान२ बारे प्रतिक्रिया दिदैं अमिताभ बच्चनले टिविट गरेका छन् । चन्द्रमाको सतह भन्दा २.१ किलोमिटरको उचाईमा सम्पर्क टुटेको बारे बच्चनले टिविट गर्दै आफ्नो प्रतिक्रिया दिएका छन् ।
‘चन्द्रमा ३८४४०० किलोमिटको उचाईमा छ र हामी केबल २.१ किलोमिटरमा असफल भयौं, जसको अन्तर ०.०००५४६३ प्रतिशत हुन्छ । यद्यपि यो विफलता नै नयाँ शुरुवातको एउटा आधार हो, यो असफलतामा पनि सफलताको स्वाद पाइएको छ , हाम्रा वैज्ञानिकहरु र इसरोलाइ धन्यवाद,’ बच्चनले टिविटमा लेखेका छन्

यसअघि अनुपम खेर, स्वरा भास्कर, शाहरुख खान,अदनान सामी लगायत बलिउडका कैयो कलाकारहरुले इसरोका वैज्ञानिकहरुको प्रशंसा गरेर हौसला बढाउँदै टिविट गरेका छन् ।

चन्द्रयान २ को विक्रम ल्याण्डरको सम्पर्क टुटेर मिशन पूर्ण हुन पाएन । इसरोका अनुसार चन्द्रयान२ को तीन भाग मध्ये विक्रम र प्रज्ञान रोवर क्षतिग्रस्त भएको छ । यो चन्द्रयान२को ५ प्रतिशत हिस्सा मात्र हो । बाँकी ९५ प्रतिशत आर्बिटरले चन्द्रमाको सफलतापूर्वक चक्कर काटिरहेको इसरोले जनाएको छ । मिशनको लागत ९७८करोड रहेको छ ।

‘साहो’ले कमायो २०० करोड

समीक्षकको नजरमा खरो उत्रेन तर कमाइमा अब्बल ‘साहो’

एनआइबि संवाददाता,नयाँ दिल्ली

चलचित्र समीक्षकको नजरमा खरो उत्रन नसकेपनि कमाइको मामिलामा प्रभास र श्रद्धा कपुर अभिनित ‘साहो’ले बाक्स अफिसमा धुम मचाइरहेको छ । २४ करोड रुपैंयाको शानदार ओपनिंग गरेको साहोले तेश्रो दिन अर्थात आइतबार सम्म २०० करोडको कमाइ गरिसकेको छ । हिन्दि, तमिल र तेलगु भाषामा रिलिज गरिएको चलचित्रको हिन्दी भर्जनले गरेको कमाइ मात्र ८० करोड पुगेको छ । साहो साउथमा निर्माण गरेर हिन्दी चलचित्र बजारमा रिलिज भएको तेश्रो सबैभन्दा बढि कमाउने चलचित्र बनेको छ । यसअघि प्रभासको बाहुबली(दुबै भाग) ले धुम मचाइसकेको छ ।

भारतको सहयोगमा झापाको स्कुलचौन विद्यालयको नयाँ संरचना बन्यो

एक्सन थ्रिलर चलचित्र साहोमा प्रभासले हलिउड स्टाइलमा द्धन्द दृश्य दिएका छन् । उनको र श्रद्धाको जोडीलाइ पनि दर्शकहरुले खुब रुचाएका छन् ।समीक्षकलाइ निराश बनाएको चलचित्रको एक्सनले भने दर्शकलाइ आकर्षित गरिरहेको छ । कथावस्तुबाट समीक्षकलाइ निराश बनाएको भएपनि चलचित्रको व्यापारमा कुनै कमी आएको छैन् । ३५० करोडको लगानीमा निर्माण गरिएको चलचित्रलाइ कतिपयले लगानीको सत्यानाश भनेर समेत टिप्पणी गरेका थिए ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live