BOLLYWOOD

रतन टाटाको प्रेमकथाः अविवाहित छन भारतीय उद्योगपति रतन टाटा , किन हुन सकेन विवाह ?

एनआईबि संवाददाता,नयाँ दिल्ली
१४ फरबरी २०२०

सन् १९६०को शुरुतिरको कुरा हो । लस एंजिलिसमा कलेजको पढाइ पुरा गरेर रतन टाटा एउटा आर्किटेक्चर फर्ममा जागीर गर्न लागे । उनीसँग आफ्नो गाडी थियो र उनी आफ्नो जागीर इन्जोय गरिरहेका थिए । त्यतिबेला नै उनी प्रेममा परे ।

‘म कसैसँग प्रेम गर्न थाले, लगभग विवाह गर्ने पक्का भइसकेको थियो । त्यही समय मेरी हजुरआमा बिरामी पर्नुभयो, मेरी हजुरआमा पछिल्लो सात वर्षदेखि बिरामी हुनुहुन्थ्यो । मैले केहि समयकालागि भारत फर्किने निर्णय गरे । मलाइ विश्वास थियो, उनी पनि म सँगै भारत आउँछिन । तर १९६२मा भारत र चीन लडाईंका कारण उनको मातापिता भारत पठाउन तयार भएनन र हामी छुट्टियौं,’रतन टाटाले हयुमन्स अप बम्बेको फेसबुक र  इन्स्टाग्राम  पेजमा आफनो प्रेमकथा साझा गरेका छन् । त्यसपछि उनी आफ्नो कारोबारमा व्यस्त भए र अविवाहित नै रहे ।

उनले आफ्नो वाल्यकालका संझना समेत सो पेजमा साझा गरेका छन् । उनले त्यो समय निकै राम्रो रहेको भनेका छन् । उनले लेखेका छन्, मेरो बाल्यकाल निकै खुशहाल थियो । तर जब मेरो भाइ जिमी र म बढदैथ्यौं, हाम्रो आमा बाबुबीचको तलाकको तितो अनुभव गरयौं । जुन आजको समय जस्तै त्यतिबेला पनि सामान्य थिएन । सन् १९४६मा रतन टाटा १० वर्षको हुँदा उनका आमा बाबु अलग भएका थिए ।

View this post on Instagram

(1/3) “I had a happy childhood, but as my brother & I got older, we faced a fair bit of ragging & personal discomfort because of our parent’s divorce, which in those days wasn’t as common. But my grandmother brought us up in every way. Soon after when my mother remarried, the boys at school started saying all kinds of things about us–constantly & aggressively. But our grandmother taught us to retain dignity at all costs, a value that’s stayed with me until today. It involved walking away from these situations, which otherwise we would’ve fought back against. I remember, after WW2, she took my brother & I for summer holidays to London. It was there that the values were really hammered in. She’d tell us, ‘don’t say this’ or ‘keep quiet about that’ & that’s where ‘dignity above everything else’ really embedded in our minds. And she’s always been there for us. It’s difficult now to say who’s right or wrong. I wanted to learn to play the violin, my father insisted on the piano. I wanted to go to college in the US, he insisted on UK. I wanted to be an architect, he insisted on me becoming an engineer. If it weren’t for my grandmother, I wouldn’t have ended up at Cornell University in the US. It was because of her that even though I enrolled for mechanical engineering, I switched majors & graduated with a degree in architecture. My father was upset & there was a fair bit of rancour, but I was finally my own, independent person in college & it was my grandmother who taught me that courage to speak up can also be soft & dignified. After college, I landed a job at an architecture firm in LA, where I worked for 2 years. It was a great time–the weather was beautiful, I had my own car & loved my job. It was in LA that I fell in love & almost got married. But at the same time I’d made the decision to move back at least temporarily since I had been away from my grandmother who wasn’t keeping too well for almost 7 years. So I came back to visit her & thought that the person I wanted to marry would come to India with me, but because of the 1962 Indo-China war her parent’s weren’t okay with her making the move anymore & the relationship fell apart.”

A post shared by Humans of Bombay (@officialhumansofbombay) on

उनकी आमा सुनीले दोश्रो पटक विवाह गर्दा स्कुलमा उनका साथीहरुले कुरा काटथे । त्यो मुश्किल समयमा उनकी हजुरआमा नवाजबाई सेठ टाटाले दुइ भाइलाइ हुर्काएकी थिइन । ‘उहाँले नै हामीलाइ आफ्नो आत्मसम्मानलाइ जोगाएर राख्न सिकाउनुभएको थियो,त्यो मूल्य र मान्यता आज पनि म सँगै छ,’ टाटाले लेखेका छन् । सामाजिक संजालमा सक्रिय रतन टाटाको यो पोष्ट भाइरल भएको छ ।

भारतका गिनेचुनेका उद्योगपती मध्ये एक रतन टाटा टाटा समुहका अध्यक्ष हुन । ८२ वर्षीय टाटाको कम्पनीको मुख्य कार्यालय मुम्बइमा रहेको छ । यो समुहले विश्वका ६ महाद्धिपका एक सय बढि मुलुकमा आफनो व्यवसाय बिस्तार गरेको छ ।

सन् २०१८–१९मा समग्र टाटा कम्पनीहरुको आय ७ लाख ९२ हजार ७सय १० करोड भारतीय रुपैया रहेको थियो । कम्पनीले ७ लाख २० हजार बढिलाइ रोजगारी दिएको छ । सन् २०१९ मार्च सम्ममा कम्पनीको बजार पूँजीकरण ११ लाख १० हजार ३०८ करोड भारतीय रुपैया रहेको थियो । कम्पनीको इक्विटि शेयर पूजीको ६६ प्रतिशत हिस्सा परोपकारी कोषको रुपमा राखिएको छ,जसले शिक्षा,स्वास्थ्य,जीवनयापनकालागि कला तथा संस्कृतिको जर्गेनाकालागि खर्च गरिरहेको छ ।

टाटा समुह अन्तर्गतको टाटा सन्स होल्डिंग कम्पनी अन्तर्गत टाटा मोटर्स,टाटा स्टिल,टाटा केमिकल्स,टाटा कन्सल्टेन्सी सर्भिस,टाटा पावर, इन्डियन होटल्स,टाइटन,टाटा क्यापिटल्स,टाटा कम्यूनिकेसन्स लगायतका कम्पनी रहेका छन् ।

सलमानको नयाँ चलचित्र कवी इद कवी दीवाली

एनआईबि संवाददाता, नयाँ दिल्ली

सलमान खानले आफ्नो नयाँ चलचित्र घोषणा गरेका छन्। सन् २०२१ को इदमा प्रर्दशनमा आउने यो चलचित्रको नाम कवी इद कवी दीवाली रहने खानले ट्विट गर्दै जानकारी दिएका हुन्।

साजिद नाडियावालको निर्माण रहने उक्त चलचित्रलाई फहराद समजीले निर्देशन गर्ने अभिनेता खानले जानकारी दिएका छन्। यसअघि द डन्टरटेन्मेट र हाउसफुल ४ निर्देशन गरेको समजीले सलमान खानलाई पहिलो पटक निर्देशन गर्न लागेका हुन्।

हाल प्रभुदेवा निर्देशित चलचित्र राधेको सुटिङमा सलमान खान व्यस्त रहेका छन्।

राष्ट्रपति भण्डारीसँगको तस्वीर साझा गर्दै आशा भोंसलेले भनिन….

एनआईबि संवाददाता,काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेट पछि तस्वीर साझा गर्दै भारतकी प्रख्यात गायिका आशा भोंसलेले आफूलाइ राष्ट्रपति भवनमा भेट दिएकोमा धन्यवाद व्यक्त गरेकी छन् । उनले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार भएको भेट पछि आफ्नो आधिकारिक टिविटर मार्फत राष्ट्रपति भण्डारीसँगको तस्वीर साझा गर्दै यस्तो लेखेकि छन् ।

सो भेटमा राष्ट्रपति भण्डारीले भोसले नेपाली संगीत उद्योगमा पुरयाएको उल्लेखनिय योगदानको सराहना गरेको राष्ट्रपतिलाइ उद्धृत गर्दै साधना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । राष्ट्रपति भण्डारी भोसलेको गीतबाट प्रभावित हुनुहुँदो रहेछ, मोक्तानले भने । यो भेटमा नेपालको समकालिन परिदृश्यको बारेमा समेत कुराकानी भएको मोक्तानले बताए ।

मोक्तानका अनुसार ८० वर्षीय गायिकाले राष्ट्रपतिा भण्डारी समक्ष आफूलाइ नेपालमा गरिएको स्वागतले निकै खुशी भएको भावना साझा गरेकी थिइन । राष्ट्रपतिसँग काठमाडौंको विमानस्थलमा उनलाइ गरिएको पारम्परिक स्वागतले विशेष खुशी भएको भोसलेको भनाइ उद्धृत गर्दै मोक्तानले भने ।

साधना कलाकेन्द्रको निमन्त्रणमा वुधबार काठमाडौं पुगेकी भोसलले शनिबार एक कार्यक्रममा आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ । जसमा उनलाइ नेपालका ३५ कलाकारहरुले साथ दिनेछन् ।

राष्ट्रपति भण्डारीसँग भारतीय गायिका आशा भोंसलेको भेट

एनआईबि संवाददाता,काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीसँग भारतीय प्रख्यात गायिका आशा भोंसलेले भेट गरेकी छन् । नेपालमा एकल साँगीतिक प्रस्तुतिकालागि साधना कला केन्द्रको निमन्त्रणामा काठमाडौं आएकी भोंसलेले राष्ट्रपति भण्डारीसँग भेट गरेकी हुन् ।

शनिबार सोल्टी होटलमा आयोजना गर्न लागिएको एकल सांगीतिक कार्यक्रम उनको यो यात्राको मुख्य कार्यक्रम रहेको छ । शनिबार हुने कार्यक्रममा उनलाइ नेपालका वरिष्ठ गायक,संगीतकारहरुले साथ दिनेछन ।

बुधबार साँझ एयर इन्डियाको विमानबाट काठमाडौं आएकी भोसलेले रेडियो नेपालको कार्यालय समेत अवलोकन गरेकी थिइन् । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा कला केन्द्रको आयोजनामा भएको रन्जीत गजमेरको एकल साँगीतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएकी आशाले कार्यक्रममा गजमेरको संगीतमा गाएका  गीत प्रस्तुत गरिन ।

भोंसलेले गजमेरको संगीतमा झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो लगायत अन्य ६० भन्दा बढी व्यवसायिक नेपाली चलचित्रहरुका गीतमा आफ्नो आवाज दिएकी छन् ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत चर्चित  नेपाली गीत गाएकी छिन् ।

एकल साँगीतिक प्रस्तुतिकालागि आशा भोंसले काठमाडौंमा, पाँच दिने नेपाल बसाइ

एनआईबि संवाददाता,काठमाडौं

साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा भारतकी प्रसिद्ध गायिका आशा भोंसले बुधबार साँझ काठमाडौं आइपुगेकी छन् । त्रिभुवन विमानस्थलमा कलाकेन्द्रका विद्याथीहरुले झाँकीसहित उनलाइ स्वागत गरेका थिए । भाेंसलेकोे स्वागतका लागि केही वरिष्ठ कलाकार पनि विमानस्थल पुगेका थिए ।

काठमाडौंमा शुक्रबार र शनिबार उनको दुइ साँगीतिक कार्यक्रम हुनेछ । शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने रन्जीत गजमेरको एकल साँगीतिक कार्यक्रममा उनी प्रमुख अतिथिको रुपमा सहभागी हुनेछिन् । यो कार्यक्रममा उनले गजमेरको संगीतमा गाएका तीन चार वटा गीतको प्रस्तुति दिने कार्यक्रम रहेको छ । भोंसलेले गजमेरको संगीतमा झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो लगायतका गीत गाएकी छन् ।

शनिबार सोल्टी होटलमा आयोजना गर्न लागिएको एकल सांगीतिक कार्यक्रम उनको यो यात्राको मुख्य कार्यक्रम रहेको छ । शनिबार हुने कार्यक्रममा उनलाइ नेपालका वरिष्ठ गायक,संगीतकारहरुले साथ दिनेछन । “उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुने छ”, साधाना कला केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले भने ।

संगीतकार रन्जीत गजमेरको साँगीतिक कार्यक्रमकालागि भोंसले काठमाडौं आएकी हुन् । भोंसलेको पाँच दिने नेपाल बसाइक क्रममा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गर्ने र रेडियो नेपाल जाने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

उनले शनिबार संगीतकार रणजीत गजमेरको संगीतमा तीनचार गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । भोसलेले पशुपतिनाथ,मुक्तिनाथ,लुम्बिनी लगायतका स्थानको दर्शन समेत गर्ने कार्यक्रम रहेको छ ।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसेकका छन् ।

गजमेरको संगीतमा झझल्को लिएर आएछ सावन उनको पहिलो नेपाली गीत मानिन्छ भने उनले डेनी डेन्जोग्पासँग आगे आगे तोपैको गोला , पछि पछि मशिनगन बरर नेपाली बोलको गीत गाइसकेकी थिइन ।

यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु, गैरीखेतको शिरै हान्यो, मोहनी लाग्ला है, झझल्को लिएर आएछ सावन, साउने झरीमा, नयाँ नयाँ सजाऔँ है संसार, के सोचेँ मैले के भयो अहिले, किन बढ्दै छ ढुकढुकी मुटुको, पहाडको माथिमाथि, तिम्रो मनमा लुकेको कुरा, टाढा भइ नजाऊ कहिल्यै लगायत चचिएत नेपाली गीत गाएकी छिन् । ।

आशाले ६० भन्दा बढी व्यवसायिक नेपाली चलचित्रहरुका गीतमा आफ्नो आवाज दिएकी छन् । ‘नेपाल भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ’, मोक्तानले भने ।

६६ औं राष्ट्रिय फिल्म पुरस्कारमा अंधाधुन–उरीको बोलबाला, आयुष्मान र विक्कि उत्कृष्ट अभिनेता

एनआईबि संवाददाता,नयाँ दिल्ली

यस वर्षको ६६ औं राष्ट्रिय फिल्म पुरस्कारमा ‘अंधाधुन’, ‘पदमावत’, ‘बधाई हो’, ‘उरीःदि सर्जिकल स्ट्राइक’को बोलबाल रहयो । सोमबार नयाँ दिल्लीको विज्ञान भवनमा सम्पन्न अवार्ड समारोहमा ‘अंधाधुन’ उत्कृष्ट सिनेमा घोषित भयो ।

‘अंधाधुन’ चलचित्रमा उत्कृष्ट अभिनयकालागि अभिनेता आयुष्मान खुरानालाइ उत्कृष्ट अभिनेताको पुरस्कार प्रदान गरियो । खुराना पहिलो पटक राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका हुन् । उपराष्ट्रपति वेंकैया नायडुले बिजेताहरुलाइ सम्मानित गरेका थिए ।

त्यसैगरि अर्का उम्दा अभिनेता विक्कि कौशललाइ पनि उत्कृष्ट अभिनेताको पुरस्कार प्रदान गरियो । उरीःदि सर्जिकल स्ट्राइकको उत्कृष्ट अभिनयकालागि कौशललाइ यो अवार्ड प्रदान गरिएको हो ।

उरीका निर्देशक आदित्य धर सर्वश्रेष्ठ निर्देशक तथा शास्वत सचदेवलाइ उत्कृष्ट संगीत निर्देशक(पाश्र्वसंगीत), निर्देशक अमित शर्माको फिल्म बधाई होलाइ उत्कृष्ट मनोरंजक फिल्मकालागि राष्ट्रिय पुरस्कार दिइयो । प्रख्यात फिल्म निर्माता संजयलीला भंसालीले निर्माण गरेको पद्मावतलाइ उत्कृष्ट संगीत निर्देशन र कोरियोग्राफीकालागि तथा अभिनेता अक्षय कुमारलाइ पैडम्यान फिल्मकालागि सम्मानित गरियो ।

भारतीय सिनेमा जगतमा उत्कृष्ट र अमुल्य योगदानकालागि प्रदान गरिने राष्ट्रिय फिल्म पुरस्कार भारतीय सिनेमाको सबैभन्दा विशिष्ट अवार्ड मानिन्छ । प्रत्येक वर्ष विभिन्न भारतीय भाषामा निर्माण भएका फिल्मकालागि राष्ट्रिय पुरस्कार घोषणा गरिन्छ । यस अन्तर्गत उत्कृष्ट फिल्म , उत्कृष्ट निर्देशक , उत्कृष्ट प्रोडक्सन, सामाजिक संदेश , गायक , गीत तथा गीतकार, संगीत,संगीतकार लगायतका विधामा पुरस्कार घोषणा गरिन्छ । जस अन्तर्गत फिल्म विधामा ३१ र नान फिचर फिल्म विधामा २३ अवार्ड दिइन्छ ।

यो समारोहमा बलिउडका महानायक अमिताभ बच्चनलाइ दादासाहेब फाल्के अवार्डबाट सम्मानित गर्ने घोषणा गरियो । तर अस्वस्थताका कारण बच्चन समारोहमा उपस्थित हुन सकेनन् । उनले आफनो आधिकारिक ट्वििटर मार्फत ज्वरो आएको कारण अवार्ड ग्रहण गर्न उपस्थित हुन नसक्ने जानकारी साझा गरेका थिए । दादा साहेब फाल्के अवार्ड भारतीय सिनेमा उद्योगको सबैभन्दा उत्कृष्ट अवार्ड हो ।

गायिका आशा भोसले नेपाल आउँदै

एनआईबि संवाददाता,काठमाडौं

भारतकी प्रसिद्ध गायिका आशा भोसले नेपाल आउँदैछिन । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा गायिका भोसले बुधबार काठमाडौ पुग्दैछिन् ।

उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा बनेका तीनचारवटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । ‘उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुनेछ”, मोक्तानले भने ।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् । उमेरको अस्सी दशकमा प्रवेश गरेकी गायिका भोसलेले लुम्बिनी, पोखरा, मुक्तिनाथ लगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

उनले नेपाली व्यवसायिक चलचित्रकालागि ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,’ ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘झझल्को लिएर आएछ सावन’, ‘साउने झरीमा’, ‘नयाँ नयाँ सजाऔँ है संसार’, ‘के सोचेँ मैले के भयो अहिले’,‘ कन बढ्दै छ ढुकढुकी मुटुको’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भई नजाऊ कहिल्यै’ लगायतका चर्चित गीतमा स्वर दिएकी छन् ।

‘भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ’, मोक्तानले भने ।

विद्या बालनले शकुन्ताला देवीको रिलिज डेट यसरी सार्वजानिक गरिन..

एनआईबि संवाददाता,नयाँ दिल्ली

मिशन मंगलपछि विद्या बालनको आगामी फिल्म ‘शकुन्तला देवी’ रिलिज हुने क्रममा रहेको छ । भर्खरै फिल्मको शुटिंग पुरा गरेकी विद्याले यो फिल्मको प्रदर्शन मिति गािणतिय भाषामा सार्वजानिक गरेकी छन् । कारण यो फिल्म मानव कम्प्युटर तथा दिमागी क्यालकुलेटरको नामले विश्व प्रख्यात गणितज्ञ शकुन्तलादेवीको जीवनीमा आधारित रहेको छ ।

विद्याले आफ्नो सोसल अकाउन्टमा भिडियो शेयर गरेर यो फिल्मको रिलिज आगामी ८ मे २०२०मा हुने सार्वजानिक गरेकी छन् ।

यो लिंकमा हेर्नुस विद्याको फिल्म रिलिज मिति सार्वजानिक गर्ने अन्दाज

को हुन शकुन्तला देवी ?

शकुन्तला देवी एक गणितज्ञ थिइन । उनको अदभुत गणितिय क्षमतालाइ देखेर उनलाइ मानव कम्प्युटरको नाम दिइएको थियो । मस्तिष्कमा नै सबै क्यालकुलेसन गर्न सक्ने क्षमता भएका कारण गिनिज बुक आफ वल्र्ड रेकर्डसमा पनि उनको नाम लेखिएको छ ।

पाँच वर्षको उमेरमा १८ वर्षको छात्रको गणितको प्रश्न हल गरेकी शकुन्तलाको बौद्धिकता त्यति बेला नै दुनिया सामु आएको थियो । उनको सेन्स अफ ह्युमरको दुनिया कायल थिए ।

उनै शकुन्तलाको प्रेरणाले भरिएको जिन्दगीमा आधारित बायोपिक निर्माण गर्न लागिएको हो । विद्या अभिनित शकुन्तला देवीको निर्देशन गरेकी अनु मेनन आफू उनको जिन्दगीबाट सधै प्रभावित रहेको बताउँछिन् । मेननका अनुसार उनी अपवाद महिला थिइन् , जो समय भन्दा अगाडि र आफ्नै सिद्धान्तमा हिडन रुचाउँथिन ।

सोनी पिक्चर्स नेटवर्क प्रोडक्सन र विक्रम मलहोत्राद्धारा निर्माण गरिएको फिल्कको पटकथा अनु मेनन र नयनिका मेहतानीले लेखेका छन् । इशिता मोइत्राले फिल्मको संवाद लेखेकी छन् । फिल्म ८ मे २०२०मा रिलिज हुँदैछ ।

लता मंगेशकर अस्पतालबाट घर फर्किएपछि दिलिप कुमारले के भने ?

एनआईबि संवाददाता,नयाँ दिल्ली

भाइरल र श्वास प्रश्वासमा समस्याका कारण लामो समयको अस्पताल बसाइपछि स्वर साम्राज्ञी लता मंगेशकर घर फर्किएकी छ्न । बलिउडका कलाकार तथा प्रशंसकहरुले लताको स्वास्थ्य लाभको कामना गरिरहेका थिए । २८ दिनको अस्पताल बसाइपछि उनी घर फर्किएकी हुन् ।

बलिउडका दिग्गज अभिनेता दिलिप कुमारले लता घर फर्किएपछि खुशी व्यक्त गर्दै ट्वििट गरेका छन् । उनले लता र पत्नी सायरा बानोसँगको एक तस्वीर शेयर गर्दै लेखेका छन् , ‘यो थाहा पाएर एकदम उत्साहित छु कि मेरी सानी बहिनी लता अब स्वस्थ महशुश गर्दैछिन र घरमा छिन् । कृपया आफ्नो ध्यान राख्नु ।’

लता आफैपनि अस्पतालबाट घर फर्किएपछि निकै खुशी छिन् । उनले घर फर्किएको जानकारी ट्वििटरबाट साझा गरेकी थिइन । घर फर्किएपछि उनले आइतबार टिविट गर्दै लेखेकी छन् , ‘नमस्कार पछिल्लो २८ दिनदेखि म ब्रीच कैंण्डी अस्पतालमा थिए । मलाइ निमोेनिया भएको थियो । चिकित्सकहरु चाहन्थे म पूर्ण रुपमा स्वस्थ भएर घर फर्किउँ । आज साँझ म घर फर्किएकी छु । भगवान,माई वाबाको आर्शिवाद र तपाइहरुको माया, प्रार्थनाले म अब स्वस्थ छु । यसकालागि म ह्दयदेखि आभारी छु । ’

दीपीका पादुकोणको ‘छपाक’को ट्रेलर १० डिसेम्बरमा रिलिज हुँदै

एनआईबि संवाददाता,नयाँ दिल्ली

एसिड अटैक सर्वाइवर लक्ष्मी अग्रवालको जीवन संघर्षमा आधारित सिनेमा ‘छपाक’ २०२० जनवरी २१ मा रिलिज हुँदैछ । लक्ष्मीको भुमिकाकालागि दीपीका पादुकोणको अभिनय रहेको यो सिनेमामा लक्ष्मीको लुकमा देखिएकी दीपीकाको पहिलो तस्वीर सार्वजानिक भएदेखि नै दर्शकहरु यो सिनेमा रिलिज हुने पर्खाइमा रहेका छन् ।

डिसेम्बर १० तारिख अर्थात यही आउँदो मंगलबार छपकको ट्रेलर युटयुवबाट रिलिज गरिने बताइदैछ । मेघना गुलजार निर्देशित यो सिनेमा दीपीका र मेघनाको सहयोगमा फोक्स स्टार स्टुडियोजले निर्माण गर्न लागेको हो । यो सिनेमामा दीपीकाको साथमा टेलिभिजन कलाकार विक्राँत मैसी पनि देखिनेछन ।

पछिल्लो पटक आलिया भट्ट अभिनित सफल चलचित्र राजीबाट चर्चामा रहेकी मेघनाले समाजमा समाजमा भए घटेका विषयवस्तुलाइ उठान गरेर नै चलचित्र बनाउँदै आएकी छन् । उनको निर्देशकीय क्षमता भने राजी पछि चुलिएको हो ।

यस अघि पनि मेघनाले चर्चित आरुषी हत्याकाण्डका बारेमा ‘तलबार’ चलचित्र बनाएकी थिइन । मेघना ७०की दशकी सफल अभिनेत्री राखी तथा प्रख्यात शायर , कवि, गीतकार,निर्माता–निर्देशक गुलजारकी छोरी हुन् ।

Nepal news headlines | breaking news kathmandu | national news of nepal live