सवारी साधनको बिक्रीमा गिरावट,उत्पादन घटाउँदै निर्माता कम्पनी

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि टिम, नयाँ दिल्ली

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भारतमा चार र दुइ पाँग्रे सवारी साधनको बिक्रीमा उच्च गिरावट आएको छ । यो गिरावट पछिल्लो १९ वर्ष यताकै उच्च गिरावट आएको छ । भारतीय सवारी वाहन निर्माता कम्पनीहरुको संगठन ‘सियाम’को रिपोर्ट अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल सवारी वाहन बिक्री १८ दशमलब ७१ प्रतिशतले झरेको छ । यस अवधिमा कुल १८लाख २५ हजार १ सय ४८ बाहन विक्री भएको छ । गत वर्षको यही अवधिमा २२ लाख ४५ हजार २ सय २३ बिक्री भएको थियो । यो अवधिमा ४ लाख २० हजार ७५ सवारी बाहनको बिक्री घटेको हो । डिसेम्बर २००० पछि सवारी साधनको बिक्रीमा आएको सबैभन्दा ठूलो गिरावट हो ।

उत्पादनमा गिरावट

बिक्रीमा आएको गिरावटका कारण कार निर्माता कम्पनीहरुले आफ्नो उत्पादनमा कटौती शुरु गरेका छन् । पेसेन्जर सवारी साधनको उत्पादनमा १३ दशमलब १८ प्रतिशतको गिरावट आएको छ । मारुती सुजुकी , महिन्द्रा एण्ड महिन्द्रा , टाटा मोटर्स , फोर्ड , टोयोटा र होण्डा जस्ता कम्पनीले यस अवधिमा उत्पादन घटाएका छन् । हुन्डाइ र फाक्सभेगनको उत्पादनमा थोरै मात्राले वृद्धि भएको छ । ‘सियाम’को तथ्याँक अनुसार यस अवधिमा १२ लाख १३ हजार २ सय ८१ सवारी वाहन उत्पादन भएको छ । गत वर्ष यही अवधिमा १३ लाख ९७ हजार ४ सय ४ पेसेन्जर कार उत्पादन भएको थियो ।

फोर्डको उत्पादनमा उच्च गिरावट

यस अवधिमा फोर्ड इण्डियाको उत्पादनमा सबैभन्दा उच्च गिरावट आएको छ । फोर्डको उत्पादनमा २५ दशमलब ११ प्रतिशतले गिरावट आएको तथ्याँकमा उल्लेख छ । दोश्रो नम्बरमा यो महिना उत्पादन स्थगित गरेको टाटा मोटर्सको उत्पादनमा २० दशमलब ३७ प्रतिशत झरेको छ। होण्डा मोटर्सको १८ दशमलब ८६ , मारुतीको उत्पादन १८ र महिन्द्रा एण्ड महिन्द्राको उत्पादन १० दशमलब ६५ घटेको छ । माँगमा आएको कमीका कारण कम्पनीहरुले पुराना स्टक बिक्रीलाइ जोड दिएका छन् ।

मोटरसाइकलको उत्पादन पनि घटयो

यही अवधिमा मोटर साइकल र स्कुटरको उत्पादनमा पनि ९ दशमलब ९६ प्रतिशतको गिरावट आएको छ । होण्डाको उत्पादनमा १८ दशमलब ५ प्रतिशतले गिरावट आएको छ । टीबीएस कम्पनीको ८ प्रतिशत र हिरो मोटोकर्प कम्पनीको उत्पादन १२ प्रतिशतले घटेको छ । यसबीचमा बजाज अटो र र सुजुकीको उत्पादनमा भने यस अवधिमा क्रमश ४ दशमलब ४७ र २४दशमलब ५१ प्रतिशतले बृद्धि भएको छ ।

यही महिनाको शुरुमा अटो कम्पोनेन्ट कम्पनी ‘बास’ले तामिलनायडु र महाराष्ट्र राज्यमा रहेको दुइ युनिटका उत्पादन अस्थायी रुपमा १३ दिनकालागि बन्द गरेको छ । यसका अलाबा टाटा मोर्टस र महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले पनि केहि दिनकालागि उत्पादन बन्द गर्ने निर्णय गरेको छ । महिन्द्राले यस अघि पनि पन्ध्र दिन उत्पादन बन्द राखेको थियो ।

भारतमा यसअघि एफएमसीजी र अटोमोबाइल सँगै इलेक्ट्रोनिक सामानको उत्पादनमा पनि गिरावट आएको छ । जसका कारण सरकारले आउँदो सोमबार उद्योग प्रमुखहरुको बैठक डाकेको छ । जसमा उद्योगका समस्या र चुनौती बारे छलफल हुनेछ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live