बेलायतद्धारा ४ वर्षमा ४५ हजार रोजगारी सृजना गर्नलाइ फण्ड सार्वजानिक

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, काठमाडौं

बेलायत सरकारले नेपालमा चार वर्षभित्र ४५ हजार नेपालीलाइ रोजगारी दिने योजना अघि सारेको छ । बेलायत सहयोग नियोग(युकेएड) अन्तर्गतको रोजगारीकालागि कौशलता कार्यक्रम(सीप) अन्तर्गतको च्यालेन्ज फण्डले यो योजनामा वित्तिय तथा प्राविधिक सहयोग गर्नेछ । बुधबार एक कार्यक्रमका बीच सो च्यालेन्ज फण्ड सार्वजानिक गरिएको छ।

सुचना प्रविधि, पर्यटन,व्यवसायिक कृषि, जलविद्युत निर्माण र उत्पादन कार्यक्रम मार्फत सार्वजानिक नीजी साझेदारी –पीपीपी) मोडलमा कम्तीमा ४५ हजारलाइ रोजगारी दिने , आय वृद्धिमा सहयोग , तथा श्रमिक उत्पादनमा वृद्धि गर्नकालागि फण्ड सार्वजानिक गरेको छ । कुल रोजगारी पाउने मध्ये कम्तीमा ५० प्रतिशत महिला , ४० प्रतिशत राज्यबाट गैरलाभान्वित वर्ग र ५ सय अपाँगल रोजगारी पाउने सीपले जनाएको छ । यस कार्यक्रम अन्तर्गत ९० हजारको क्षमता कौशलता र दक्षता अभिवृद्धि गर्ने लक्ष्य रहेको छ । जसमध्ये ४० प्रतिशत महिला तथा बाँकी अन्य लाभान्वितले फाइदा लिन सक्ने, युकेएड सीपले जनाएको छ ।

युकेएड, सरकार र नीजी क्षेत्रले संयुक्त रुपमा अघि बढाउने सो योजना अर्थमन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, युकेएड, अन्तराष्ट्रिय विकासकालागि युकेको विभाग(डिएफआइडी) लगायतको सहयोग रहनेछ । यो समाचार आजको कारोबार आर्थिक दैनिकमा प्रकाशित छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live