बुद्ध एयरले काठमाडौ –गुहावटी उडान भर्ने

तस्बीर साभारः बुद्ध एयर वेवसाइट

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,काठमाडौं

बुद्ध एयरले काठमाडौ–भारतको गुहावटी उडान शुरु गर्ने भएको छ । आउँदो साउन १८ गतेदेखि नयाँ रुटमा उडान गर्ने भएको हो । ७२ सिटको एटिआर विमानबाट साताको दुइवटा उडान भर्ने बुद्ध एयरले जनाएको छ । हरेक मंगलबार र शनिबार बिहान सात बजे उडान भर्ने समयतालिका रहेको छ ।

यो रुटमा उडान भर्नकालागि बुद्ध एयरले उड्डयन मन्त्रालय , नागरिक उड्डयन प्राधिकरण र भारत सरकारसँगको प्रकृया शुरु गरिसकेको जनाएको छ । भारतमा उडान सेवा बिस्तार गर्दै आएको बुद्धले यही जेष्ठ १३ गतेदेखि काठमाडौं – कोलकत्ता उडान भर्ने योजना यस अघि नै सार्वजानिक गरिसकेको छ । हाल बुद्धले काठमाडौ–बनारस रुटमा सातामा २ वटा उडान भर्दै आएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live