बलिउड र भारतीय राजनीति

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

लामो इतिहास बोकेको बलिउड र भारतीय राजनीतिको सम्बन्ध

 

भारतको सन्दर्भमा राजनीति र सिनेमाबीच अन्तरंग सम्बन्ध रहिआएको छ । सन् १९२७ मा भारतीय छायाँकन समिति(इण्डियन सिनेमाटोग्राफ कमिटी)ले महात्मा गान्धीलाइ एक प्रश्नावली पठाएको थियो । बम्बेको एउटा दैनिक पत्रिकाले भारतीय सिनेमाको २५ वर्ष पुगेको अवसरमा गान्धीको सन्देशको माँगेको थियो । गान्धीका सचिव महादेव देसाइले सिनेमातर्फ गान्धीको रुचि कम रहेको भन्दै प्रशंसाको एउटा शब्दको पनि आशा गर्नु उचित नहुने भन्ने जवाफ फर्काएका थिए । तथापि सिनेमा जगतमा दादासाहब फाल्केदेखि आमिर खानको काम सम्ममा गान्धीवादको प्रभाव भने रहिरहयो ।
दिग्गज (लिजेन्ड) निर्माता निर्देशक बी शान्ताराम, महबुब खान , राजकपुरदेखि पछिल्ला पुस्ताका विधुविनोद चोपडासम्मको सिनेमामा गान्धीवादी विचारधारा मुख्य विषयवस्तु बन्दै आएको छ । अहिंसा, प्रेम र बलिदान, हिन्दू–मुस्लिम एकता, ग्रामीण शहरीबीच विभाजन, अपराध, व्यवसायीकीकरणको अस्वीकृती, महिला मुक्ति तथा नैतिक पतनको भय उनीहरुको सिनेकाका कथाबस्तु बनेको छ । वास्तवमा गान्धीलाइ एक विशाल नैतिक बलको रुपमा उभार्न यी निर्माताहरुको सिनेमा एउटा सशक्त माध्यम बनेको थियो । हुनसक्छ यी निर्माताहरुले आफ्नो विचारलाइ त्यति महत्व दिएका छैनन होला तर उनीहरुको सिनेमाले गान्धीको प्रभावलाइ भने उजागर गरेको थियो र गरिरहेको छ ।

६०को दशक र पृथ्वी राजकपुर

पृथ्वी राजकपुर भारतीय संसदमा मनोनित सदस्यको रुपमा प्रवेश गर्ने पहिलो बलिउड स्टार थिए । उनी एक कट्टर काँग्रेसी मानिन्थे । जवाहरलाल नेहरुको विश्वासपात्र नै थिए । उनले नै मुम्बइमा आफनो पृथ्वी थिएटरको माध्यमबाट समाजवाद र धर्मनिरपेक्षताको नेहरुवादी आदर्शलाइ उजागर गर्न सहयोग गरेका थिए ।
नेहरुले पनि कपुरको ख्यातिलाइ ‘साँस्कृतिक कुटनीति’को रुपमा भरपुर प्रयोग गरेका थिए । अक्सर उनलाइ विदेश भ्रमणको प्रतिनिधीमण्डललाइ नेतृत्व गर्न भन्थे । एकपटक नेहरुले जोसेफ स्टालिन(सोभियत क्रान्तिकारी तथा राजनीतिज्ञ, जसले सन् १९२०को मध्यदेखि १९५३ सम्म सोभियत संघको नेतृत्वको कमान संभाले र कम्युनिष्ट पार्टी महासचिवको रुपमा क्रियाशिल रहे ) लाइ भेटेका थिए, यी तानाशाहले नेहरुसँग राजकपुर र उनको फिल्म आवाराका बारेमा बारम्बार सोधिरहे । पछि नेहरुले पृथ्वीलाइ सोधेका नै थिए, यो आवारा भनेको के हो जुन तिम्रो छोराले बनाएका छन् । स्टालिनले पुुरा समय यसकै बारेमा कुरा गरिरहेका थिए ।’ राजकपुरकी छोरी रितु कपुर(रितु नन्दा)ले नेहरुको भनाइ उद्धृत गर्दै यो प्रसंग उल्लेख गरेकी थिइन । ‘
साँसद हुँदा दिल्लीको इण्डिया गेटे नजिकको प्रिन्सेज पार्कमा कपुरको आवास गृह थियो । प्रत्येक बिहानी संसद सत्र चलिरहदा उनी लन (कौसी) मा बस्थे , आगन्तुकहरुसँग भेटथे । उनले चार वर्ष सम्म केन्द्रिय रेल्वे कामदार युनियनको अध्यक्षको रुपमा पनि काम गरे । रंगमन्च तथा अन्य कलाकारकालागि रेल्वे भाडामा ७५ प्रतिशत छुटको व्यवस्था उनकै पहलमा लागु भएको थियो ।
हिन्दू राष्ट्रवादी संगठनको मूल निकाय (राष्ट्रिय स्वयं सेवक संघ)आरएसएसको संगठन स्थापनाको (२७ सेप्टेम्बर,१९२५मा नागपुरमा भएको थियो) केहि समय लगत्तै यसका दोश्रा नेता एम एस गोलवाकरसँग पृथ्वीको एक यात्राको दौरान विवाद नै भएको थियो ।
बाम्बे(हालको मुम्बई) र पूणेको बीच खण्डाला रेल्वे स्टेशनमा दुवैको भेट भएको थियो । आरएसएसका केहि समर्थक भडकाउ नारा लगाउँदै थिए । डिब्बामा प्रवेश गरेका कपुरले गोलवाकरलाइ आफनो समर्थकहरुलाइ अनुशासित बनाउन भन्दै लेक्चर नै दिए । ‘कुर्सी एउटा छ , यति धेरै मानिस बस्न चाहन्छन् । त्यसकोलागि यति हाथापाइ भइरहेको छ कि कतिपयको हड्डी नै टुटन सक्छ भने कुर्सी नै पनि धराशासी हुनसक्छ । राजनीतिमा अनुशासन अत्यन्त आवश्यक छ र तपाइको समर्थकहरुमा यसको कमी छ, उनले थपे ।
अभिनेत्री जोहरा सहगल(उनकी बहिनी उज्मा मुमताज कपुरसँगको अफेयर(प्रेम)मा थिइन)ले पृथ्वी थिएटरमा एउटा भीडले पठान नाटकको प्रदर्शन रोक्न धम्की दिएको स्मरण गरेकी छिन् । १९९७मा प्रकाशित एक पुस्तकमा यो घटनााबारे लेख्दै सहगलले कपुरले कसरी आफूलाइ त्यो समयमा शान्त र संयमित राखेका थिए भन्ने उल्लेख गरेकी छन् । मुस्लिमहरुको विरुद्ध प्रदर्शन गरिरहेको प्रदर्शनकारीहरुलाइ कपुरले लौ मुसलमान कलाकारहरुलाइ बाहिर निकाल नै भनेका थिए । बडो संयमित ढंगबाट उनले भनेका थिए,‘ मेरा लागि यी सबै कलाकार हुन, तपाइहरु मुसलमानलाइ बाहिर निकाल्नुस । तर प्रदर्शनकारीहरुले त्यहाँ कोहि मुसलमान भेटेनन, किनकी सबै हिन्दू जस्ता देखिन्थे, सहगलले लेखेकी छन् ।
हुनत कपुर नेहरुका कट्टर समर्थक थिए तर त्यसले उनलाइ स्वतन्त्रता सेनानी सुभाषचन्द्रको प्रशंसा गर्न कहिले रोकेन । उनले नेताजी बोसको भारतीय राष्ट्रिय सेनाका सहयोगार्थ रकम समेत जुटाएर सहयोग गरेका थिए ।
नेहरु र कपुरबीचको सम्बन्ध यति सहज थियो कि कपुरले नेहरुको आग्रहलाइ कहिलेकाही अस्वीकार पनि गरिदिन्थे । उनीहरुको सहजता एउटा घटना यस्तो पनि थियो । प्रधानमन्त्री भएकै बेला एकपटक नेहरुले कपुरलाइ भेटन खोजेका थिए । एकदिन नेहरुले एक अधिकारीलाइ कपुरको घर पठाए , डिनरकोलागि आमन्त्रण गर्न । म थिएटरका कलाकार साथीहरुसँग छु भन्दै कपुरले नेहरुको यो आमन्त्रण अस्वीकार गरिदिएका थिए । नेहरु पनि कला र सिनेमा प्रेमी थिए । उनले यसलाइ सहज रुपमा लिए र कपुरलाइ फेरि अर्को दिन आमन्त्रण गरेका थिए ।
एकपटक कलाकार, संगीतकार तथा चित्रकारहरुको ६० जनाको समुह नेहरुको नयाँ दिल्लीको तीन मुर्ति भवन स्थित निवासमा आइपुगे । उनीहरु सोझै नेहरुको नीजी भोजन गृहमा पुगे । नेहरुले पनि उनीहरुका आतिथ्यतामा कुनै कमी गरेनन् , उनीहरुलाइ आफ्नो संग्राहलय घुमाए, अनि बाहिरबाट भेटन आएका गन्यमान्य व्यक्तिहरुले दिएको उपहार समेत अवलोकन गराएका थिए ।
कपुरका काकाका छोरा धरम चन्द सेठका अनुसार , नेहरु र कपुरबीचको विशेष सम्बन्ध अचुक थियो । मैले एक पटक पंडितजीले पापाजी(कपुर)लाइ तपाइ मसँगै हिडनुभयो भने मैले ताकत पाउँछु भन्दै गरेको सुनेको थिए,उनले भनेका छन् ।
सहगलको पुस्तकमा कसरी नेहरुले कपुरलाइ विदेश भ्रमणका प्रतिनिधिमण्डलको नेतृत्वकालागि भन्ने गर्थे भन्ने कुरा उल्लेख छ । ‘पृथ्वीराजजीले कहिलेकाहिं थिएटर व्यस्तताका कारण यस्ता भ्रमणमा जान अस्वीकार पनि गर्नुहुन्थ्यो । तर पंडितजी(नेहरु)ले कपुरको थिएटरको लगाव तथा भुमिका बुझ्न सक्दैनथे , उनले कपुरलाइ धोका दिएका थिए , सहगलले पुस्तकमा उल्लेख गरेकी छन् ।
स्वतन्त्रता पछिको करीक सत्र वर्षको शासनकालमा (१९४७देखि ६४) नेहरु राजनीतिक झुकाव राख्ने सिनेमा निर्माताहरुसँग नजिक थिए । उनको सोहरव मोदी, पृथ्वी राजकपुर तथा उनका छोरा राजकपुर, महबुब खान , दिलिप कुमार, नर्गिस दत्त तथा अन्य थुप्रै कलाकारसँग निकटता थियो । । युद्ध तथा साँस्कृतिक कुटनीति अन्तर्गत यी कलाकारहरु भारतीय सशस्त्र बललाइ आर्थिक सहायता जुटाउने जस्ता सामाजिक कार्यमा संलग्न हुन्थे ।
१९६२को भारतको चीनसँग भएको युद्ध पश्चात भारतीय सशस्त्र बलको आर्थिक सहायताकालागि आयोजना गरिएको कोष संकलन कार्यक्रममा लता मंगेशकरले ‘ए मेरे वतनके लोगो’ गीत गाउँदा नेहरु कसरी रोएका थिए , यस बारेमा हामी सबै जानकार नै छौं ।
सोही समयकालमा जब उनका निकट सहयोगी वीके कृष्णा पनि उत्तरी बम्बेबाट निर्वाचन लडिरहेका थिए , नेहरुले कुमारलाइ सहयोगकालागि डाकेका थिए । मेननका कैयौ चुनावी आमसभालाइ कुमारले सम्बोधन गरेका थिए र मेननले सहजै निर्वाचन जितेका पनि थिए ।
अहिलेको सन्दर्भ
आज परेश रावल , अनुपम खेर, रविना टंडन, हेमा मालिनी तथा रजनीकांत लगायत सिनेमा निर्माता मधुर भण्डारकर, विवेक अग्निहोत्री जस्ता ख्यातिप्राप्त कलाकार तथा फिल्म निर्माताहरु प्रधानमन्त्री नरेन्द्र मोदीको आवाज तथा उनको जुझारु समर्थक बनेका छन् । अभिनेताबाट राजनेता बनेका विगतका कलाकार र अहिलेका कलाकारको शैली मा भने वास्तवमै विरोधाभास देखिएको छ । कद, विचारधारा र शैलीमा मोदी नेहरु भन्दा हर संभव तरीकामा निकै फरक छन् तर उनी राजनीति र सामाजिक अभियानकालागि भारतीय कलाकारहरुको एक बृहत समुहलाइ साथमा लिन राजनीतिक रणनीतिको प्रयोग गर्ने मामिलामा भने नेहरु जस्तै सफल देखिएका छन् ।
मोदीले पनि उनको राजनीतिक संदेश जनतासम्म पुरयाउन अहिलेको युगमा एक्लैले संभव नहुने राम्ररी बुझेका छन् । २०१४ मा सत्ता संभाले लगत्तै मोदीले आफनो ड्रिम प्रोजेक्ट ‘स्वच्छ भारत अभियान’, एउटा प्रयास फोहोर नगर्ने न गर्न दिने , मोदीको यो अभियानलाइ कैयौ सिनेमाका हस्तीहरुले मूल मन्त्र नै बनाएर अघि बढाएको पनि देखिएको छ ।
मोदीले नौ सिनेमा हस्तीहरुलाइ स्वच्छता अभियानमा सहभागी हुनकालागि डाकेका थिए । जसमा प्रियंका चोपडा, सलमान खान, कमल हासन र आमिर खान लगायत रहेका थिए । मोदीले हरेकलाइ थप नौ वटा पहल गर्न आग्रह समेत गरेका थिए । मोदी समर्थक फिल्म उद्योगका कैयौं हस्तीहरुले उनको राष्ट्रवाद र धार्मिक असहिष्णुता बारेमा चलिरहेको वैचारिक वहसलाइे समर्थन गरेका थिए ।
भारतीय सिनेमा क्रिटिक्ट्स तथा लेखक रसीद किडवइद्धारा क्वार्ज इण्डियाकालागि लिखित लेखको भावानुवाद । अनुवादकः आशा थपलिया
(किडवइ नेता अभिनेता –भारतीय राजनीतिमा बलिउड स्टार पुस्तकका लेखक हुन् । उनको यो पुस्तक हैसेत इण्डियाले प्रकाशनमा ल्याएको हो । लेखक अब्जर्भर रिसर्च फाउन्डेसन तथा न्यूज १८का भिजिटिंग फेलो पनि हुन् । )


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live