बलिउड अभिनेत्री नन्दिता फेरि भइन ट्रोल..

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

ग्ल्यामरस बलिउडको लिकबाट छुट्टै रहेर अभिनयको नयाँ नयाँ विधालाइ प्रयोग गर्न मन पराउने अभिनेत्री, निर्माता , निर्देशकको रुपमा चिनिन्छिन नन्दिता दास । बीटाउनको पार्टी र कार्यक्रमहरुमा सार्वजानिक हुन नरुचाउने दास आफ्नै जिन्दगीमा रम्न मन पराउँछिन् ।

तर आफ्ना प्रशंसकहरुसँग जुडनकालागि मन्टो चलचित्र निर्देशक नन्दिता अन्य कलाकार जस्तै सामाजिक संजालमा सक्रिय रहन्छिन् । र अक्सर उनी ट्रोल समेत हुने गर्छिन् । भर्खरै अंबेडकर जयन्तीमा नन्दिताले गरेको ट्वििटले उनका राजनीतिक दलका समर्थक भडकिएका छन् । अम्बेडर जयन्तीको अवसरमा ५०वर्षीय अदाकाराले अंवेडरकरले संसदमा दिएको भाषणको केहि अंश टिविट गरिन् । नन्दिताका अनुसार २५ नवंबर १९४९मा डाक्टर भीमराव अंवेडकरले संसदमा आफ्नो अन्तिम भाषण दिएका थिए । अम्बेडकरको भनाइ उद्धृत गर्दै उनले लेखेकी छन् , धर्मको भक्ति वा कुनै व्यक्ति विशेषको भक्तिले ओरालो तथा तानाशाही तर्फ लैजान्छ ।
यो टिविटकालागि उनी ट्रोल भएकी छन् । टिविटर प्रयोगकर्ताहरुले उनको यो टिविटमा प्रश्न उठाउन शुरु गरे । यसलाइ प्रधानमन्त्री मोदी र काँग्रेससँग जोडेर अर्थ लगाउँदै उनलाइ ट्रोल गरेका छन् ।

अर्थ अभिनेत्री नन्दिता राजनीतिक दलहरुलाइ कटाक्ष गर्दै अक्सर ट्वििट गरिरहन्छिन र ट्रोल पनि आइरन्छिन् । केहि समयअघि उनले लोकसभा चुनावलाइ एकातर्फ कुँवा र अर्को तर्फ खाइको संज्ञा दिदै टिविट गरेकी थिइन । मृणाल सेन, अदूर गोपालकृष्णन , श्याम बेनेगल, दीपा मेहता र मणिरत्नम लगायतका दिग्गज निर्माता निर्देशकहरुसँग काम गरेकी छन् । दश भाषामा करीब ३० चलचित्रमा अभिनय गरेकी नन्दिताले अघिल्लो वर्ष मन्टो चलचित्र निर्देशन गरेकी थिइन ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live