भारतमा सार्वजानिक क्षेत्रका दश ठूला बैंकहरुलाइ गाभियो

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आर्थिक मन्दीसँग जुध्ने भारत सरकारको अर्को कदम

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारत सरकारले देशका सार्वजानिक बैंकहरुलाइ एक आपसमा विलय(मर्जर) गराउने निर्णय गरेको छ । अर्थमन्त्री निर्मला सीतारमणले शुक्रबार यो घोषणा गरेकी छन् ।
पंजाब नेशनल बैंक,युनाइटेड बैंक, ओरिएन्टल बैंक अफ कमर्शलाइ विलय गराइदैछ । यो विलय पंजाब नेशनल बैंक देशको सार्वजानिक क्षेत्रको दोश्रो ठूलो बैंक हुनेछ । दोश्रो केनरा बैंक र सिन्डिकेट बैंक विलय हुँदैछ । युनियन बैंक, आन्ध्र बैंक र कर्पोरेसन बैंकको विलयका अलाबा इन्डियन बैंकमा इलाहबाद बैंक विलय हुँदैछ । यो दश ठूला बैंकहरुको विलय गराएर देशमा राष्ट्रिय स्तरका ४ ठूला बैंकहरु हुनेछन् । अब बैंक र गैर बैकिंग वित्तिय कम्पनी(एनबीएफसी)को विलय गराएर देशमा जम्मा १२ बैंक हुनेछ । यस अघि २७ सार्वजानिक बैंक रहेको थियो ।

गत शनिबार मात्र अर्थमन्त्री सीतारमणले तरलता संकट समाधान गर्न सरकारी बैंकहरुलाइ ७० हजार करोड रुपैया दिने घोषणा गरेकी थिइन् । बजारमा तरलता अभाव पछि सरकारले यो कदम उठाउने निर्णय गरेको थियो । नीति आयोगका उपाध्यक्ष राजीव कुमारले राजीव कुमारले हालको आर्थिक मन्दीलाइ ‘अभुतपूर्व स्थिति’को संज्ञा नै दिए । उनले पछिल्लो सत्तरी वर्षमा भारतले नगद प्रवाह(तरलता)लाइ लिएर यति भयावह अवस्थाको सामना नगरेको बताएका थिए । भारतीय समाचार संस्थालाइ दिएको एक अन्तर्वातामा उनले सरकारले अर्थव्यवस्थाको संतुलनकालागि कडा कदम उठाउनुपर्ने सुझाएका थिए ।

भारतको सहयोगमा झापाको स्कुलचौन विद्यालयको नयाँ संरचना बन्यो

अर्थमन्त्री सीतारमणले सरकारले लिएको निर्णय लागु गर्न शुरु गरेको बताइन । बैक तथा एनबीएफसीको ४ वटा मर्जर भएको छ । एनबीएफसी कम्पनीकोलागि आंशिक ऋण ग्यारेन्टी योजना लागु गरेको पनि उनले बताइन । जस अन्तर्गत सरकारले यी कम्पनीहरुलाइ ३० हजार करोड रुपैया दिने तयारी गरेको छ।

सार्वजानिक बैंकमा शुरु गरिएको सुधारको सकारात्मक परिणाम देखिन थालेको मन्त्री सीतारमणले जानकारी गराइन् । सावैजानिक बैंकको नाफामा सुधार आएको भन्दै उनले २०१९–२०को पहिलो ३ महिनामा १४ बैंक मुनाफामा गएको बताइन् । बैंकहरुको एनपीए घटेको बताउँदै उनले मर्जरले बैंकहरुको कर्जा प्रवाह गर्ने क्षमता बढने दाबी गरिन ।

सरकारले २०१७ देखि नै सरकारी तथा सार्वजानिक बैंकहरुको विलय शुरु गरिसकेको थियो । भारतीय स्टेट बैकमा उसका पाँच सहयोगी बैंक र भारतीय महिला बैंकलाइ बिलय गराएको थियो भने गत जनवरीमा केन्द्रिय मन्त्रिमण्डल बैठकले बैंक अफ बडौदासँग देना बैंक र विजया बैंकलाइ विलय गराउन मन्जुरी दिएको थियो । एक अप्रिलदेखि यो विलय लागु गरिएको थियो । दिवंगत पूर्व वित्त मन्त्री अरुण जेटलीको कार्यकालमै सरकारले बैंकहरुलाइ घटाउने तयारी शुरु गरिसकेको थियो । देशमा थोरै संख्यामा सबल र सक्षम ठूला केन्द्रिय बैंकको आवश्यक्ता रहेको उनको तर्क थियो । त्यसो भएमा कर्जाको दर तथा मितव्ययिताको अधिकतम उपयोग गर्न सजिलो हुने उनको विश्वास थियो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live