राष्ट्र बैंकका पूर्व गभर्नर र मुद्रा विभागका प्रमुख विरुद्ध भ्रष्टाचार मुद्धा

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनबीआई संवाददाता, काठमाडौं

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व गभर्नर तिलक रावलका साथै तत्कालीन नोट विभाग प्रमुख उपेन्द्र केशरी पौड्याल र स्थानीय प्रतिनिधि हिमालयबहादुर पाँडे विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।

१० रुपैयाँको पोलिमर नोट छपाईका क्रममा आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले तीनजनालाई २ करोड ९३ लाख रुपैंया बिगोदावी गर्दै मुद्धा दायर गरेको हो ।

अख्तियार प्रवक्ता रामेश्वर दंगालका अनुसार नेपाल राष्ट्र बैंकबाट अष्ट्रेलियामा १० रुपैंयाको ५ करोड थान पोलिमर नोट छपाई गर्दा अष्ट्रेलियाको स्थानीय एजेन्ट मार्फत आर्थिक लेनदेन गरेको भन्दै मुद्धा दायर गरिएको हो ।

गुणस्तरहीन नोट छपाई भएको, नोट प्रिन्टिङ अष्ट्रेलियासँग गैर कानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको मुद्धामा उल्लेख गरिएको छ ।

गुणस्तरहीन नोट छपाई भएकोुु भन्ने समेतको उजुरी उपर आयोगबाट अनुसन्धान हुँदा बोलपत्र पूर्व नै नेपाल राष्ट्र बैंकले नोट प्रिन्टिङ अष्ट्रेलियासँग बोलपत्रका मस्यौदा लिने गरेको तथा संचालक समितिका निर्णय चुहाउने गरेको अख्तियारले जनाएको छ ।

जर्मन कम्पनीसँगको साँचो नोट प्रिन्टिङ अष्ट्रेलियालाइ हस्तान्तरण गर्न लगाउने, नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधी बिचका निरन्तर पत्राचार हुने, छापिएका नोटका कमिकमजोरी मिडियामा नल्याउनका लागी मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाउने गरेको पनि अनुसन्धानमा खुलेको अख्तियारले जनाएको छ ।

नोट छपाईका लागि जसलाई पछि कार्यादेश दिइएको हो उसलाई नै बोलपत्र पूर्व नै नोटको डिजाईन गर्न लगाउने, बोलपत्रका क्रममा स्थानीय प्रतिनिधिको प्रभावमा राजश्व छल्ने नियतले कमिशन उल्लेख नगर्ने, परल मूल्य प्रति हजार अष्ट्रेलियन डलर ६८ मा ४ डलर बढाउन लगाई सोही बमोजिम बोलपत्र र सम्झौता गराएर रावल, पौड्याल तथा पाँडेले अनियमितता गरेको अख्तियारको भनाई छ ।

नेपाल राष्ट्र बैंकका साथै नोट प्रिन्टिङ अष्ट्रेलियाका पदाधिकारीहरु र त्यसका स्थानीय प्रतिनिधिले नेपाल राष्ट्र बैंकलाई अस्वभाविक मूल्य तिराई नोक्सानी पुर्याएको र आफू समेतलाई फाइदा पुग्ने कसुर गरेको प्रमाण पुष्टी हुन आएको अख्तियारले जनाएको छ ।

विशेष अदालतमा दायर गरिएको मुद्धामा तीन जना विरुद्ध ९१ लाख ९ हजार ८८९ रुपैंया ५८ पैसाका दरले विगो दाबी गरिएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live