अवरुद्ध भएका नेपालका बैंकहरुका एटीएम सेवा आंशिक रुपमा सुचारु, भारतमा स्वाइप गर्न सकिने, नगद भने निस्कदैन

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता, नयाँ दिल्ली

एटीएम सेवा अवरुद्ध भएका  नेपालका बैंकहरुका एटीएम कार्डको भुक्तानी सेवा पून सुचारु भएको छ । सेवा स्थगन गरेका बैंकहरुले चिप सहितको भिसा कार्ड अन्य बैंकका प्वाइन्ट अफ सेल(पीओएस) मेसिनहरुबाट पून कारोबार गर्न सकिने सुचना जारी गरेका छन् । यो सेवा पून सुचारु भएसँगै भारत, भुटान लगायत अन्य मुलुकहरुका विभिन्न पीओएसहरुबाट कार्ड स्वाइप गरेर भुक्तानी गर्न सकिने छ ।
ग्लोबल, सिटिजन्स, सनराइज, बैंक अफ काठमाडौं, नेपाल बंगलादेश बैंक, लगायतले सुचना जारी गर्दै डेबिट, क्रेडिट, प्रिभिलेज तथा प्रिपेड एटीएम कार्डहरुबाट देश भित्र र बाहिर भिसा कार्ड स्वीकार गर्ने सम्पूर्ण पिओएसहरुमा सेवा पून सुचारु भएको जानकारी गराएका छन् । तर सम्बन्धित बैंक बाहेक अन्य बैंकहरुबाट नगद भने निकाल्नसकिनेछैन् । बैंकहरुले नगद सेवा सम्बन्धी व्यवस्था यथावत रहेको सुचनामा जनाएका छन् । यो सेवालाइ छिट्टै नै सुचारु गरिने समेत सुचनामा उल्लेख छ ।

नेपाल विद्युतिय भुक्तानी प्रणाली(नेप्स)को होस्टिंग र स्विचिंग सेवा प्रयोग गरिरहेका विभिन्न १८ बैंकका एटीएमबाट देश भित्र तथा बाहिर अन्य स्थानबाट कारोबार स्थगित गरिएको थियो । दुई साता अघि चिनियाँ ह्याकर्सले नेपालको नबिल बैंकको एटिएमबाट अनाधिकृत रुपमा नगद निकालेपछि सुरक्षाको कारण देखाउँदै बैंकहरुका देशभित्र तथा बाहिरका अन्य बैंकहरुबाट एटीएम कार्डबाट नगद निकाल्ने र स्वाइप सेबा समेत अवरुद्ध भएको थियो । नेप्सको होस्टिंग र स्विचिंग सेवा प्रयोग गरिरहेका बैंकहरुबाट ह्याकरले नगद चोरी गरेको देखिएको हुँदा प्राविधिक कारण देखाउँदै यी स्विच प्रयोग गर्ने बैंकहरुका सेवा यसबाट प्रभावित भएको थियो ।

नेपालको ग्लोबल , प्रभु, सिटिजन्स, एनआईसी एशिया, सनराईज, सिदार्थ , बैंक अफ काठमाडौं, बंगलादेश, माछापुच्छ्रे, जनता, र प्राइम समेत ११ वााणिज्य बैंक र ७ विकास बैंक गरेर १८ बैंकले नेप्सको सेवा प्रयोग गर्दै आएका थिए । एसबीआइ, नबिल, हिमालयन बैंकका फरक फरक स्विच सिस्टम भएको हुँदा यी बैंकहरुका एटीएम सेवा भने सुचारु थिए ।

यो सेवा प्रभावित हुँदा भारत आवत जावत गर्ने नेपालीहरु निकै प्रभावित भएका थिए । औषधि उपचार गराउने देखि अध्ययनरत विद्यार्र्थी,तीर्थयात्री लगायतका नेपालीहरु प्रभावित भएका थिए । गा्रहकलाइ पर्न गएको असुविधालाइ ध्यानमा राखेर यी बैंकहरुसँगको सल्लाह र सुझावका आधारमा नेपाल राष्ट्र बैंकको विदेशी विनिमय विभागले गत साता एउटा सुचना जारी गरेको थियो । जसमा भारतमा रहेका रेमिटान्स सेवा प्रदायक कम्पनीहरुका केन्द्रहरुबाट कार्डमा कायम मौज्दातको सीमा सम्मको रकम बैकल्पिक माध्यमबाट निकाल्न अथवा अथवा विदेशमा भएका बैंकहरुमा रकमान्तर गर्न सकिने व्यवस्था गर्ने अनुमति दिएको थियो ।

यही बीचमा ग्लोबल आईएमइ रेमिटान्स र प्रभु रेमिट लगायतका नयाँ दिल्ली स्थित प्रतिनिधी कम्पनीहरुले समस्यामा परेका नेपालीहरुलाइ सहजता प्रदान पनि गरिरहेका थिए । रकमान्तर तथा नगदकाे समस्या हाललाइ यथावत रहेको हुँदा समस्यामा परेका ग्राहकहरुले यी कम्पनीका नयाँ दिल्ली तथा अन्य सम्पर्क कार्यालयहरुबाट सहयोग लिन सक्ने बाटो भने खुला रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live