गायिका आशा भोसले नेपाल आउँदै

तस्वीर साभार : आशा भोंसले ट्वीटर

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,काठमाडौं

भारतकी प्रसिद्ध गायिका आशा भोसले नेपाल आउँदैछिन । साधना कला केन्द्र पुतलीसडकको निमन्त्रणामा गायिका भोसले बुधबार काठमाडौ पुग्दैछिन् ।

उनले शनिबार सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा बनेका तीनचारवटा गीत प्रस्तुत गर्ने केन्द्रका संस्थापक निर्देशक मिलन मोक्तानले जानकारी दिए । ‘उहाँलाई नेपालका ३५ जना कलाकारले पनि साथ दिनुहुनेछ”, मोक्तानले भने ।

यसअघि केन्द्रको निमन्त्रणामा अनुराधा पौडवाल, सञ्जीवनी, दीपानारायण झा, साधना सरगम, इुन्द्रजीत मिजारलगायत कलाकार नेपाल आइसकेका छन् । उमेरको अस्सी दशकमा प्रवेश गरेकी गायिका भोसलेले लुम्बिनी, पोखरा, मुक्तिनाथ लगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

उनले नेपाली व्यवसायिक चलचित्रकालागि ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर, म प्यार बेचिदिन्छु,’ ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’, ‘झझल्को लिएर आएछ सावन’, ‘साउने झरीमा’, ‘नयाँ नयाँ सजाऔँ है संसार’, ‘के सोचेँ मैले के भयो अहिले’,‘ कन बढ्दै छ ढुकढुकी मुटुको’, ‘पहाडको माथिमाथि’, ‘तिम्रो मनमा लुकेको कुरा’, ‘टाढा भई नजाऊ कहिल्यै’ लगायतका चर्चित गीतमा स्वर दिएकी छन् ।

‘भ्रमण वर्षलाई प्रवद्र्धन गर्न गायिका भोस्लेको नेपाल आगमनले ठूलो योगदान दिने छ’, मोक्तानले भने ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepinbiz | First Nepal India business online news portal | India Nepal News Portal | Nepali News in inida