भारतका पूर्व वित्त मन्त्री जेटलीको निधन

तस्बीर साभारःअरुण जेटली डट कम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

पूर्व वित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ । शनिवार दिउँसो एम्स अस्पतालमा उनको निधन भएको हो । श्वास प्रश्वास असजिलो गत ९ अगस्तमा जेटलीलाइ एम्समा भर्ना गरिएको थियो । त्यस यता उनी अस्पतालकै निगरानीमा थिए ।

अस्पतालले भोलिपल्ट उनको स्वास्थ्य अवस्थाबारे मेडिकल बुलेटिन सार्वजानिक गरेको थियो । आइसियूमा उपचार भइरहेको जानकारी गराउँदै बुलेटिनमा जेटलीको स्वास्थ्य अवस्था नाजुक तर स्थिर रहेको बताइएको थियो । त्यस यता एम्सले कुनै मेडिकल बुलेटिन सार्वजानिक गरेको थिएन । यद्यपि १७ अगस्तमा उनलाइ लाइफ सपोर्ट सिस्टममा राखियो । उनको स्वास्थ्य अवस्था बारे भारतीय संचारमाध्यमहरुले श्रोतको हवाला दिदै समाचार लेख्दै आएका थिए ।

गत सोमबार दिउँसो उनलाइ भेन्टिलेटरबाट पनि हटाइएको थियो । उनको उपचारमा विभिन्न क्षेत्रका विशेषज्ञ चिकित्सकहरुको समुह सहभागी थिए । ६६ वर्षीय जेटलीको श्रीमती संगीता, एक छोरा(रोहण) तथा छोरी सोनाली छन्। संगीतासँग उनको विवाह सन् १९८२मा भएको थियो । उनी जम्मु–कश्मीरका पूर्व वित्त मन्त्री गिरधारीलाल डोगराकी छोरी हुन् ।

जेटलीलाइ के भएको थियो ?

जेटली विभिन्न रोगबाट पिडित थिए । पछिल्लो समय उनी सफ्ट टिशु सरकोमा रोगबाट थलिए । गत जनबरीमा यो रोग पत्ता लागेको थियो । यो एक प्रकारको दुर्लभ क्यान्सर हो । यो क्यान्सरमा शरीरको कुनै पनि भागको कोशिकाबाट शुरु हुँदै शरीरको अन्य भाग जस्तै माँशपेशी, बोसो , रक्तनली, मस्तिष्कका नशा र हड्डीहरुको जोडमा फैलिन थाल्छ । जेटलीको देब्रे खुट्टामा यो क्यान्सर पत्ता लागको थियो । लगत्तै उनी उपचारकालागि अमेरिका(न्यूयोर्क) पनि गएका थिए ।

जेटली मधुमेहको पुराना बिरामी थिए । गत वर्ष(१४मे २०१८)मा एम्स अस्पतालमा उनको मृगौैला प्रत्यारोपण पनि गरिएको थियो । त्यसअघि सेप्टेम्बर २०१४मा जेटलीको बारिएट्रिक सर्जरी पनि भएको थियो । म्याक्स अस्पतालमा गरिएको शल्यक्रियामा जटिलता आएपछि पछि उनलाइ एम्समा सारिएको थियो । त्यसैगरि लामो समय अघि जेटलीको मुटुको शल्यक्रिया पनि भइसकेको छ ।

जेटली प्रधानमन्त्री नरेन्द्र मोदीका निकट र विश्वासपात्र थिए । उनको निधनको यो घडीमा मोदी विदेश भ्रमणमा रहेका छन् । तीन मुलुकको भ्रमणका क्रममा गत विहिबार फ्रान्स पुगेका प्रधानमन्त्री मोदी यति बेला दुबइमा छन् । उनी सोमबार फर्किने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live