पंचतत्वमा विलिन भए जेटली

भारतका वरिष्ठ कार्टुनिष्ट जयन्तो बेनर्जीले अरुण जेटलीको निधनमा श्रद्धान्जलि स्वरुप तयार पारेको एक्स्क्लुसिभ डिजिटल स्केच ।

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता, नयाँ दिल्ली

पूर्व वित्त मन्त्री तथा भारतीय जनता पार्टीका वरिष्ठ नेता अरुण जेट्ली पन्चतत्वमा विलिन भए । आइतबार दिउँसो राजकीय सम्मानकासाथ जेटलीको अन्तिम संस्कार गरिएको छ । नयाँ दिल्लीको यमुना किनारस्थित निगमबोध घाटमा उनको अन्तिम संस्कार गरिएको हो । हिन्दू पम्परा अनुसार जेटलीको पार्थिव शरीरमा उनका छोरा रोहणले दागबत्ती दिए ।

जेटलीको अन्तिम संस्कारमा सहभागी भएका उपराष्ट्रपति बैंकैया नायडु लगायत भारतीय जनता पार्टीका अध्यक्ष तथा गृह मन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, कानुनमन्त्री रवि शंकर प्रसाद, योगगुरु बाबा रामदेव, दिल्लीका मुख्यमन्त्री अरबिंद केजरीबाल तथा शिक्षा मन्त्री मनीष सिसौदिया, काँग्रेस नेता कपिल सिब्बल लगायतले जेटलीलाइ भावुक अन्तिम विदाइ गरेका थिए ।

जेटलीको अन्तिम संस्कारमा प्रधानमन्त्री नरेन्द्र मोदी सरिक हुन पाएनन् । उनी विदेश भ्रमणको सिलसिलमा देश बाहिर रहेको हुँदा शुक्रबार उनको केन्द्रिय स्वास्थ्य मन्त्री डा हर्षवद्र्धनले जेटलीको पार्थिव शरिरमा श्रद्धान्जलि दिएका थिए । शनिबार दुबई पुगेका प्रधानमन्त्रीले जेटलीको निधनमा शोक व्यक्त गर्दै आफूले अमुल्य मित्र गुमाएको भन्दै भावुक ट्वििट गरेका थिए ।

जेट्लीको शनिबार ६६ वर्षको उमेरमा दिल्लीको एम्स अस्पतालमा निधन भएको थियो । लामो समयदेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत ९ अगस्तमा नयाँ दिल्लीको एम्स अस्पताल भर्ना गरिएको थियो । पेशाले वकिल जेटली मोदीको पहिलो कार्यकालमा अर्थमन्त्री बनाइएका थिए । मोदी मन्त्रीमण्डलका सबैभन्दा शक्तिशाली मन्त्री मानिन्थे । मोदी सरकारले लिएको नोटबन्दी र जीएसटी लागु गर्ने बोल्ड निर्णय पछाडि जेटलीको साथ रहेको थियो ।

जेटलीको निधनमा प्रधानमन्त्री मोदी, राष्ट्रपति रामनाथ कोविन्द, गृहमन्त्री अमित शाह, विपक्षी दलका नेता, कलाकार, खेलाडीहरु लगायतले शोक प्रकट गरेका छन् ।
जेटलीको परिवारमा उनकी पत्नी संगीता, छोरी सोनाली जेटली बख्शी र छोरा रोहण जेटली रहेका छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live