अमिताभ बच्चनको २५ प्रतिशत कलेजो मात्र स्वस्थ्य

तस्बीर साभारःअमिताभ बच्चनको इन्टाग्राम

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

बलिउडका महानायक अमिताभ बच्चनको ७५ प्रतिशत लीवर खराब भएको छ । यो खुलासा उनले आफैले एक कार्यक्रममा गरेका हुन् । बच्चनले एक टेलिभिजन कार्यक्रममा स्वास्थ्यको बारेमा जानकारी साझा गर्दै २५ प्रतिशत कलेकोको सहारामा जीवन काटिरहेको बताए ।

उनले कार्यक्रममा सहभागीहरुलाइ स्वस्थ्य जीवनकालागि नियमित स्वास्थ्य जाँचमा ध्यान दिनुपर्ने जानकारी साझा गरे । आफ्नो उदाहरण दिदै उनले भने , ‘मेरो ७५ प्रतिशत कलेजो खराब भइसक्यो । २५ प्रतिशत कलेको सहारामा जीवन चलाइरहेको छु । क्षयरोगबाट पनि ग्रसित छु । क्षयरोगका साथै अन्य समस्याहरु पनि छ । रोग बारे पूर्व जानकारी भए उपचार सम्भव छ ।’

अमिताभको टेलिभिजन हिट शो ‘कौन बनेगा करोडपति’ ११ औं सिजन सोमबारदेखि शुरु भएको छ । बच्चनको यो सो टेलिभिजनको सबैभन्दा लाकेप्रिय सोमा पर्छ । ७६ वर्षीय बच्चन विभिन्न समस्याबाट पिडित भएपनि फिट देखिन्छन् ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live