भुटानी राजाले भनेःनेपालमा जन्मेको हुँदा नेपाल र नेपालीसँग घनिष्ट सम्बन्ध छ

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राजदूत आचार्यले भुटानका राजालाइ बुझाए ओहोदाको प्रमाणपत्र

एनआईबि संवाददाता,नयाँ दिल्ली

भुटानका राजा जिग्मे खेसर नाम्ग्याल वाङचुकले आफ्नो जन्मस्थान नेपाल भएको हुँदा नेपाल र नेपालीसँग घनिष्ट सम्बन्ध रहेको बताएका छन् । भुटानकालागि गैरआवासिय नेपाली राजदूत आचार्यसँग उनले यस्तो बताएका हुन् ।

राजदूत आचार्यले विहिबार भुटानको राजधानी थिम्पुमा वाङचुक समक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको छोटो कुराकानीमा क्रममा उनले यो सम्बन्ध बारे पून दोहरयाएका हुन् । यस अघि नेपालमा भएको पछिल्लो सार्क शिखर सम्मेलनमा काठमाडौं जाँदा वाङचुकले नेपाल आफ्नो जन्मस्थल भएको बताएका थिए । २१ फेब्रुअरी १९८०मा उनको जन्म काठमाडौंमा भएको हो ।

भेटका क्रममा राजदूत आचार्यले नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी सहित प्रधानमन्त्री के.पी शर्मा ओलीको तर्फबाट मित्रता तथा शुभकामना सन्देश सुनाएका थिए । प्रत्युत्तरमा वाङचुकले नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीलाइ बधाइ तथा शुभकामना दिएका थिए ।

राजदूतले वाङचुक समक्ष नेपाल र भुटानबीच उच्चस्तरीय भ्रमणको आदान प्रदानका साथै मैत्री सम्बन्धलाइ थप बिस्तार गनुपर्ने आवश्वयक्तामा जोड दिए । वाङचुकले नेपाल र भुटानबीचको गहिरो साँस्कृतिक सम्बन्धबारे पनि उल्लेख गरे ।

भारतमा बसेर भुटान समेत हेर्ने जिम्मेबारी सहित आचार्यलाइ राजदूत नियुक्त गरिएको हो । जिम्मेबारी संभालेको झण्डै आठ महिना पछि आचार्यले भुटानमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । आचार्यले राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत ३ फेब्रुअरी २०१९(२०७५ माघ २० गते ) राजदूत पदको सपथ लिएका थिए । उनी १८ फेब्रुअरीमा कार्यभार संभाल्न दिल्ली आएका हुन् । उनले १३ मार्च २०१९ मा भारतका राष्ट्रपति रामनाथ कोबिन्द समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका थिए ।

राजदूत आचार्यले भुटानका प्रधानमन्त्री डा ल्होत्से छिरिङसँग पनि शिष्टाचार भेट गरेका छन् । आचार्य भुटानका परराष्ट्र मन्त्री टाण्डी दोर्जी ले आयोजना गरेका रात्री भोजमा सहभागी भए । सोही कार्यक्रममा उनले अर्थमन्त्री र भुटानका पूर्व प्रधानमन्त्रीसँग पनि भेट गरेका थिए । ऐतिहासिक र साँस्कृतिक समानता रहेको नेपाल र भुटानबीच सन् १९८३मा कुटनीतिक दौत्य सम्बन्ध स्थापित भएको हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live