राजदूत आचार्यले भारतीय राष्ट्रपति कोबिन्द समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भारतीय राष्ट्रपतिले भने , नेपाल र भारतबीचको हार्दिक सम्बन्ध थप प्रगाढ बनाउनु पर्छ

एनआइबि संवाददाता , नयाँ दिल्ली
भारतकालागि नेपाली राजदूत नीलाम्बर आचार्यले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविन्द समक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन् । भारतीय राष्ट्रपति कार्यालयमा भएको समारोहमा राजदूत आचार्यले प्रमाणपत्र बुझाएका हुन् ।
ओहोदाको प्रमाणपत्र बुझाएपछि भएको शिष्टाचार भेटमा भारतीय राष्ट्रपति रामनाथ कोबिंद नेपाल भारतको सदियौ पुरानो सम्बन्धलाइ थप प्रगाढ बनाउँदै लैजानु पर्ने बताउनु भएको राजदूत आचार्यले बताए । राष्ट्रपति कोबिंदको भनाइ उद्धृत गर्दै राजदूत आचार्यले भने, ‘भारतका तर्फबाट स्वागत तथा शुभकामना दिदैं उहाँले दुइ मुलुकबीचको सदियौ पुरानो , न्यानो तथा हार्दिक सम्बन्धलाइ थप प्रगाढ बनाउँदै अगाडि बढानुपर्ने बताउँनु भयो । उहाँले राष्ट्रपति विद्यादेबी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाइ शुभकामना तथा धन्यवाद दिनुभयो । ’
राजदूत आचार्यले अन्नपूर्णसँग कुरा गर्दै नेपालका राष्ट्रपति तथा प्रधानमन्त्रीको तर्फबाट भारतीय राष्ट्रपति कोबिन्दलाइ शुभकामना दिएको उल्लेख गरे । उनले भने, राष्ट्रपति समक्ष , नेपाल राजनीतिक स्थायित्व पछि नेपाल आर्थिक समृद्धि तर्फ अगाडी बढेको जानकारी गराएको तथा सरकारको समृद्ध नेपाल र सुखी नेपाली नारालाइ सफल बनाउन नेपाल भारत सम्बन्धले योगदान पुरयाउने उल्लेख गरे ।
नयाँ दिल्लीको कार्यभार संभालेको २३ औं दिनमा राजदूत आचार्यले ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । आचार्य गत फागुन ६ गते नयाँ दिल्ली आएका हुन् ।


राजदूतका आगामी कार्ययोजना
भारतमा लोकसभा चुनावको सरगर्मी बढेका बेला राजदूतको राजनीतिक भेटघाट बाक्लिने संभावना न्यून देखिन्छ । यद्यपि उनले व्यक्तिगत सम्बन्ध परिष्कृत गर्नकालागि भेटघाटको क्रमलाइ तीब्रता दिने बताए । उनले भने, भारतमा अहिले चुनाव लागेको छ , द्धिपक्षिय सम्बन्धका विषयहरुमा तत्काल केहि निर्णय भइहाल्छ भन्ने हुँदैन तर यसबीचमा व्यक्तिगत, सरकारी तथा प्रशासनिक क्षेत्रहरुकाबीच सम्बन्ध बिस्तार गर्ने प्रयास गर्छु ।
नेपाल भारत सम्बन्ध सही दिशामा अघि बढिरहेको उल्लेख गर्दै राजदूत आचार्यले भने, यो सम्बन्धलाइ थप प्रभावकारी बनाउने दिशा तर्फ अगाडि बढनुपर्छ । जे जति समस्याहरु आउँछन् अथवा रहेका छन त्यसलाइ द्धिपक्षिय वार्ताबाट समाधान गर्नु पर्छ,मेरो जोड पनि यसैमा रहनेछ ।
भारतमा आगामी महिना हुन लागेको लोकसभा निवार्चन पछि आउने परिणामले नेपाल भारतको सम्बन्धमा कुनै फरक नपर्ने आचार्यले बताए । उनले भने , निर्वाचनका परिणाम जस्तो आएपनि दुइ मुलुकबीचको घनिभुत सम्बन्धमा कुनै फरक पर्दैन । नेतृत्व परिवर्तन हुँदैमा सम्बन्धका प्राथमिकता बदलिंदैन् । दुइ मुलुकबीचको घनिष्ट सम्बन्ध सरकार र प्रतिपक्षमा रहेका सबैसँग समान हुन्छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live