मोदीको भुटान भ्रमणका दश संझौता

तस्बीर साभारःभारतीय विदेशमन्त्रालयको टिविटर

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि टिम,नयाँ दिल्ली

दुइ दिने भ्रमणका क्रममा भुटानमा रहेका भारतीय प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री लोट्टे छिरिंग बीच शनिवार द्धिपक्षिय भेट वार्ता भएको छ । शनिबार अपरान्ह भुटान पुगेका मोदी र समकक्षी छिरिंगका बीच द्धिपक्षिय हित र सम्बन्धलाइ प्रगाढ बनाउने विषयमा छलफल भएको मोदीले टिविट गरेका छन् । यसै बीच प्रधानमन्त्रीद्धय मोदी र छिरिंगले विभिन्न क्षेत्रमा सहकार्य गर्ने दश वटा संझौता पत्रमा हस्ताक्षर गरेको दुवै मुलुकका विदेश मन्त्रालयले जनाएका छन् ।

यस्ता छन द्धिदेशबीच भएका दश संझौता ः

 भारतीय अंतरिक्ष अनुसंधान संगठन (इसरो) र भुटानको सुचना, प्रविधि तथा संचार विभाग बीच दक्षिण एशियाली भुउपग्रहको प्रभावकारी उपयोगका लागि साटकम नेटवर्क बिस्तार गर्ने संझौता पत्रमा हस्ताक्षर भएको छ । मोदीले भुृउपग्रहको उपयोगकालागि अर्थ स्टेशनको उदघाटन समेत गरेका छन् । भुटानको सुचना तथा प्रसारण तथा प्राकृतिक प्रकोप नियन्त्रणमा यसले योगदान पुरयाउने मोदीको विश्वास रहेको छ ।

 मोदीले भारत सरकारको सहयोगमा परिचालित माँगदेन्छु विद्युत परियोजनाको उदघाटन समेत गरेका थिए । ७ सय २० मेगावाट विद्युत उत्पादन गर्न शुरु गरेको परियोजनाबाट उत्पादित विद्युत खरीद गर्ने सम्बन्धमा पावर ट्रेड कर्पोरेसना(पीटीसी) भारत र भुटानको ड्रुक ग्रीन पावर कर्पोरेसन बीच विद्युत खरीद संझौता(पीपीए) मा हस्ताक्षर भएको छ ।

सवारी साधनको बिक्रीमा गिरावट,उत्पादन घटाउँदै निर्माता कम्पनी

 इन्डियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (आइआइटी), भारत र भुटानको रायल विश्वविद्यालयबीच चार वटा समझदारी भएको छ । आरयुसँग आइआइटी, कानपुर, दिल्ली र मुम्बइका साथै आसामको सिल्चरमा रहेको नेशनल इन्स्टिच्यूट अफ टेक्नोलोजी बीच शैक्षिक तथा प्राविधिक ज्ञान साटने सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

 भारतको नेशनल नलेज सेन्टर (राष्ट्रिय ज्ञान केन्द्र र भुटानको नेशनल एडुकेसन एण्ड रिसर्च सेन्टर (राष्ट्रिय शैक्षिक तथा अनुसंधान केन्द्र (ड्रुकरेन) बीच सहकार्य गर्ने ।

 थिम्पुमा रहेको जिग्मे सिंङ्गया वाँङ्गचुक स्कुल अफ ल तथा भारतीय विश्व विद्यालय अन्तर्गत बैंगलोरमा रहेको नेशनल ल अफ स्कुलबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

 भुटानको सुचना तथा संचार मन्त्रालय र भारतको नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको हवाइ दुर्घटना तथा जाँचबुझ विभागबीच हवाइ विमान दुर्घटना र घटनाको जाँचकालागि सहकार्य गर्ने ।
 भुटानको राष्ट्रिय कानुन संस्था र भोपालमा रहेको राष्ट्रिय कानुन अकादमी बीच कानुनी शिक्षाको आदान प्रदान गर्ने विषयमा हस्ताक्षर भएको छ ।

शनिवार अपरान्ह भुटान पुगेका मोदीले भुटान नरेश नरेश ड्रुक ग्याल्पोसँग पनि भेटवार्ता गरेका थिए । आइतबार मोदीले भुटानको रायल विश्वविद्यालयका छात्रछात्राहरुलाइ सम्बोधन गर्ने कार्यक्रम रहेको छ । दुइ दिने भ्रमण सकेर मोदी आइतबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live