नयाँ दिल्लीको जन्तर मन्तरमा संविधानको विरोध

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

नयाँ दिल्लीमा शुक्रबार नेपाली दूतावासले संविधान दिवस र राष्ट्रिय दिवस मनाइरहदा जन्तरमन्तरमा राष्ट्रिय विद्यार्थी संघ भारतका विद्यार्थीहरुले विरोध जनाउँदै संविधानलाइ कालो दिनको संज्ञा दिए । संघमा आवद्ध विद्यार्थी सदस्यहरुले कालो ब्यानरमा संविधान विरोधी नारा लेखेर विरोध प्रदर्शन गरेका थिए । संविधान विभेदकारी भएको नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रमकालागि दिल्लीमा अध्ययनरत राष्ट्रिय विद्यार्थी संघ भारतका विद्यार्थीहरु सहित राष्ट्रिय जनता पार्टीका नेताहरुको समेत सक्रिय सहभागिता थियो । कार्यक्रममा नेपालबाट राजपाका केन्द्रिय सदस्य र जिल्ला सदस्यहरु समेत सहभागी भएका थिए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live