आचार्य बालकृष्ण अस्पतालबाट डिस्चार्ज

तस्बीर श्रोतःविकिपिडिया

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबी संवाददाता,नयाँ दिल्ली

पतंजली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत(सिईओ) आचार्य बालकृष्ण अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी ऋषीकेषको एम्स अस्पतालमा भर्ना थिए । योग गुरु बाबा रामदेवले शनिबार टिविट मार्फत आचार्य बालकृष्ण पूर्ण रुपमा स्वस्थ्य रहेको र उनलाइ अस्पतालबाट डिस्टार्ज गराएर कनखल आश्रम ल्याएको जानकारी साझा गरेका छन् ।

शुक्रबार साँझ आचार्य बालाकृष्ण अचानक बेहोस भएपछि उनलाइ अस्पताल पुरयाइएको थियो । उनलाइ बेहोसीको हालतमा साँझ ४ बजेर ४५ मिनेटमा अस्पताल पुरयाइएको थियो । तत्काल चिकित्सकले उनको उपचार शुरु गरेका थिए । आचार्यलाइ अति सघन कक्ष (आइसियू)मा २४ घण्टा विशेष निगरानीमा उपचार गरिएको थियो । अस्पताल पुरयाउँदा उनी कसैलाइ चिन्ने र बोल्न सक्ने अवस्थामा थिएनन् ।
४७ वर्षीय आचार्यको अन्य जाँच र एमआरआइको रिपोर्ट सामान्य रहेको अस्पतालाका चिकित्सकले जानकारी दिएका थिए । उनलाइ मुटु र मस्तिष्क सम्बन्धी कुनै समस्या नरहेको पनि अस्पतालले स्पष्ट पारेको थियो ।
अस्पतालमा बाबा रामदेवले मिडियालाइ दिएको जानकारी अनुसार शुक्रबार दिउँसो आचार्यका कुनै भक्तले उनलाइ प्रसादको रुपमा मिठाइ खान दिएको र त्यो खाएको १५ मिनेट पछि उनी रिंगटा लागेर वेहोस भएका थिए । उनले भक्तले जानाजान यस्तो गरेको हुन नसक्ने पनि प्रतिक्रिया दिए ।
पतंजली योगपीठका महामन्त्री तथा बाबा रामदेवका खास सहयोगी आचार्य हरिद्धार स्थित आफ्नै कार्यालयमा बेहोस भएका थिए । उनलाइ सबैभन्दा पहिला स्थानीय भुमानन्द अस्पताल पुरयाइएको थियो । तर त्यहाँका चिकित्सकले उनलाइ तत्काल एम्स अथवा देहरादुनको म्याक्स अस्पताल पुरयाउने सल्लाह दिए । सोही अनुरुप उनलाइ ऋषिकेशको एम्स पुरयाइएको थियो ।
नेपाली मुलका भारतीय बालकृष्ण फोब्र्सको अर्बपति भारतीयको सुचीमा पनि सुचीकृत भएका छन् । उनको जन्म नेपालको स्याँगजामा भएको हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live