दिल्लीमा लगातार तेश्रो पटक केजरीवाल सरकार

तस्वीर साभार : आप ट्वीटर

Share Social Media
  •  
  •  
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

एनआईबि संवाददाता,नयाँ दिल्ली

११ फरवरी २०२०

भारतको राजधानी दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)ले भारी बहुमतका साथ जित हासिल गरेको छ । दिल्ली विधानसभाको ७० सीटकालागि भएको निर्वाचनमा आपले ६२ सीटमा जित हात पारेको छ । भारतीय जनता पार्टी ८ सीटमा सीमीत भएको छ । यो चुनावमा पनि दिल्लीमा १५ वर्ष लगातार शासन गरेको भारतीय काँग्रेस लुप्तप्राय भएको छ ।

समाचार तयार पार्दा सम्म भारतीय निर्वाचन आयोगले अन्तिम मतपरिणाम सार्वजानिक गरेको छैन । तर दिल्लीमा तेश्रो पटक आपको सरकार बन्ने निश्चित भएको छ । ७० सीटको विधानसभा भएको दिल्लीमा सरकार बनाउनकालागि ३६ सीट आवश्यक पर्छ । आपले ६३ सीटमा अग्रता लिएको छ । अरविन्द केजरीवाल लगातार तेश्रो पटक मुख्यमन्त्री बन्दैछन् ।

जीत पश्चात अरबिन्द केजरीवालले जनतालाइ सम्बोधन गदै यो मतपरिणामले भारतमा नयाँ किसिमको राजनीतिलाइ जन्म दिएको बताए । उनले भने,‘दिल्लीका जनताले यो निर्वाचनमा जसले स्कुल बनाउँछ,मोहल्ला क्लिनिक बनाउछ, २४ घण्टा बिजुली र सस्तोमा दिन्छ त्यसलाइ भोट दिने संदेश दिएका छन् । केजरीवालले कामको आधारमा राजनीति गरेको उल्लेख गर्दै आउँदो पाँच वर्ष दिल्लीका दुइ करोड जनतासँग मिलेर काम गर्ने शक्ति हुनमानजीले प्रदान गरुन भन्दै दिल्लीका मतदातालाइ धन्यवाद दिएका छन् । उनले भने,‘दिल्लीका जनताले तेश्रो पटक पनि आफ्नो छोरालाइ जिताएका छन । यो जीत मेरो एक्लैको जीत नभएर ती सम्पूर्ण परिवारको जीत हो जसले मलाइ आफ्नो छोरा मानेर जबरदस्त समर्थन दिए ।’

बाइस वर्ष पछि सत्तामा पुग्न आतुर भारतीय जनता पार्टीलाइ यो पटकको विधानसभा चुनावले पून धक्का दिएको छ । सुषमा स्वराज नेतृत्वको सरकारले सन् १९९८मा चुनाव हारेयता बीजेपीले दिल्लीमा नेतृत्व गर्न पाएको छैन् । दिल्लीमा भाजपाको राष्ट्रिय राजनीतिको रणनीति सफल हुन सकेन । पछिल्लो समयको नागरिकता संसोधन कानुन(सीएए)का कारण यो निर्वाचनमा बीजेपीलाइ धक्का दिएको विश्लेषण समेत भइरहेको छ । सीएएको विरोधमा दिल्लीको शाहीन वागमा भइरहेको विरोध प्रदर्शनको मुद्दा पनि भाजपाकोलागि प्रत्युत्पादक सावित भयो । प्रधानमन्त्री नरेन्द्र मोदी,गृहमन्त्री अमित शाहको आक्रामक प्रचार अभियान र हिन्दूत्वको राजनीति प्रभावहीन देखियो ।

काँग्रेस प्रतिस्पर्धाबाट निकै टाढा देखियो । कतिपय स्थानमा काँग्रेसको जमानत जफ्त भएको छ । लोकसभा चुनावमा झेलेको हारपछि काँग्रेसलाइ दिल्लीको अनुहार पूर्व मुख्यमन्त्री शीला दिक्षीतको असामयिक निधनले नेतृत्वको संकट निम्त्यायो । लगातार तीन कार्यकाल शासन गरेको दीक्षित नेतृत्वको सरकारलाइ सन् २०१३मा आपले विस्थापित गरेपछि काँग्रेस थला परेको थियो । त्यसपछि सन् २०१५मा भएको निर्वाचनमा शुन्यमा झरेको काँग्रेस यो निर्वाचनमा लुप्तप्राय नै भएको छ ।

दिल्लीको चुनावी मतपरिणामपछि भारी बहुमतकासाथ भएको आपको तेश्रो पटकको जितले भारतीय राजनीतिमा नयाँ डिस्कोर्सको शुरुवात गरेको विश्लेषण भइरहेको छ । पहिलो पटक भारतीय राजनीतिमा कुनै पार्टीले कामको आधारमा भोट मागेको थियो । दिल्लीका जनताले कामको राजनीतिलाइ समर्थन गरेर अन्य राज्यहरुलाइ पनि दृष्टान्त दिएको विश्लेषण भइरहेको छ । यो निर्वाचनमा आगामी पाँच वर्षमा गर्ने कामको १० बुँदे गारेन्टी फेरहिस्त जारी गर्दै अघिल्ला वर्षको कामको आधारमा आपले भोट मागेको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अरविन्द केजरीवाललाइ बधाइ दिदै दिल्लीका जनताको आकाँक्षा अनुसार काम गर्न सकुन भन्दै ट्वििट मार्फत शुभकामना दिएका छन् । भारतीय काँग्रेसका पूर्व अध्यक्ष राहुल गान्धीले सिन ट्वििट गर्दै केजरीवाललाइ बधाइ दिएका छन् ।

दिल्लीमा गत शनिबार(८फेब्रुअरी) मतदान भएको थियो । मतदानको करीब २४ घण्टापछि चुनाव आयोगले आइतबार मतदानको आँकडा सार्वजानिक गरेको थियो । आपले चुनाव आयोगको यो ढिलाइमा प्रश्न पनि उठाएको थियो । यो वर्ष ६२.५९ प्रतिशत मतदान भएको थियो । २०१५ को तुलनामा यो वर्ष पाँच प्रतिशत कम मतदान भएको थियो ।

दिल्ली निर्वाचन आयोगका अनुसार गत विधान सभाको चुनावको तुलनामा यस पटकको चुनावमा दिल्ली विधानसभाकालागि ३लाख ७५ हजार मतदाता बढेको थियो । दिल्लीमा कुल मतदाता संख्या १ करोड ४६ लाख ९२ हजार १३६ मतदाता रहेका थिए । दिल्लीमा २ हजार ६ सय ८९ स्थानमा कुल १३ हजार ७५० मतदान केन्द्र राखिएको थियो । राष्ट्रिय राजधानीको कुल मतदाता मध्ये २ लाख ८हजार ८८३ मतदाता १८ देखि १९ वर्षको बीचमा रहेका थिए । यी मतदाताले पहिलो पटक मतदान गरेका हुन् ।


Share Social Media
  •  
  •  
  •  
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live