आचार्य बालकृष्ण अस्पताल भर्ना , ऋषिकेश एम्समा उपचार हुँदै

तस्बीर श्रोतःविकिपिडिया

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबी संवाददाता,नयाँ दिल्ली

पतंजली आयुर्वेदका प्रमुख कार्यकारी अधिकृत(सिईओ) बालकृष्ण आचार्यको स्वास्थ्य अचानक खराब भएका कारण उनलाइ ऋषिकेसस्थित एम्स अस्पतालमा भर्ना गरिएको छ । उनलाइ बेहोसीको हालतमा साँझ ४ बजेर ४५ मिनेटमा अस्पताल पुरयाइएको थियो । तत्काल चिकित्सकले उनको उपचार शुरु गरेका थिए । उनलाइ अति सघन कक्ष (आइसियू)मा राखिएको छ । २४ घण्टा सम्म उनलाइ विशेष निगरानीमा राखिने अस्पतालद्धारा जारी मेडिकल बुलेटिनमा भनिएको छ । अस्पतालका चिकित्सकका अनुसार आचार्य अहिले पनि कसैलाइ चिन्न र बोल्न सक्ने स्थितिमा छैनन् , उनलाइ सामान्य हुन केहि समय लाग्नेछ ।

४७ वर्षीय आचार्यको अन्य जाँच र एमआरआइको रिपोर्ट सामान्य रहेको पनि अस्पतालाका चिकित्सकले जानकारी दिएका छन् । उनलाइ मुटु र मस्तिष्क सम्बन्धी कुनै समस्या नरहेको पनि अस्पतालले स्पष्ट पारेको छ । उनको खानेकुरामा गडबडी भएको हुन सक्ने चिकित्सकले आशंका गरेका छन् । उनको रगत परीक्षणकालागि पठाइसकिएको छ ।

अस्पतालमा बाबा रामदेव आचार्यका साथमा रहेका छन् । उनले मिडियालाइ दिएको जानकारी अनुसार शुक्रबार दिउँसो आचार्यका कुनै भक्तले उनलाइ प्रसादको रुपमा मिठाइ खान दिएको र त्यो खाएको १५ मिनेट पछि उनी रिंगटा लागेर वेहोस भएका थिए । उनले भक्तले जानाजान यस्तो गरेको हुन नसक्ने पनि प्रतिक्रिया दिए ।

पतंजली योगपीठका महामन्त्री तथा बाबा रामदेवका खास सहयोगी आचार्यलाइ हरिद्धार स्थित आफ्नै कार्यालयमा बेहोस भएका थिए । उनलाइ सबैभन्दा पहिला स्थानीय भुमानन्द अस्पताल पुरयाइएको थियो । तर त्यहाँका चिकित्सकले उनलाइ तत्काल एम्स अथवा देहरादुनको म्याक्स अस्पताल पुरयाउने सल्लाह दिए । सोही अनुरुप उनलाइ ऋषिकेशको एम्स पुरयाइएको थियो ।

नेपाली मुलका भारतीय बालकृष्ण फोब्र्सको अर्बपति भारतीयको सुचीमा पनि सुचीकृत भएका छन् । उनको जन्म नेपालको स्याँगजामा भएको हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live