८७ वर्षका भए मनमोहन सिंह,हिन्दी पढन जान्दैनथे

तस्वीर साभार :विकिपिडिया

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

भारतका पूर्व प्रधानमन्त्री तथा अर्थशास्त्री डा. मनमोहन सिंह ८७ वर्षका भए । २६ सेप्टेम्बर १९३२मा जन्मेका सिंह भारतमा आर्थिक उदारीकरण र सुधार व्यवस्था लागु गर्ने अर्थशास्त्रीको रुपमा बढि चिनिन्छन् । १९९१मा पी.वी नरसिंह रावको प्रधानमन्त्री कालमा वित्त मन्त्रालय संभालेका सिंहले काँग्रेसको अन्य दलसँगको गठबन्धनमा बनेको युपीए–१, युपीए–२को सरकारमा लगातार २ पटक प्रधानमन्त्री बने ।

उनले भारतको अर्थव्यवस्थाकालागि उठाएका मुख्य कदमहरुः

आर्थिक उदारीकरण
९० को दशकमा भारतको अर्थव्यवस्था नाजुक अवस्थामा थियो । मनामोहन सिंहले आर्थिक उदारीकरणको रुपरेखा तयार गरे । बाह्य लगानीालागि भारतीय बजार खुला गरे । भारतीय अर्थव्यवस्थालाइ विश्व बजारसँग जोडे र आयात निर्यातको नियम कानुन सरल बनाए ।

आधार कार्ड

पूर्व पीएम मनमोहन सिंहले आफ्नो कार्यकालमा आधार कार्डको योजना ल्याएका थिए । देशका हरेक व्यक्तिको पहिचान र प्राथमिक रुपमा प्रभावशाली जनहित सेबा पुरयाउनालागि यो शुरुवात गरेका थिए । त्यति बेला संयुक्त राष्ट्र संघले पन ियसको प्रशंसा गरेको थियो ।

मनरेगा योजना
युपीए सरकारमा सबैभन्दा बढि चर्चामा आएको योजना थियो , महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार ग्यारेन्टी अधिनियम(मनरेगा) । बेरोजगारीले जुझिरहेको भारतमा यो योजना प्रभावकारी मानिएको थियो । योजना अन्तर्गत वर्षमा सय दिनको रोजगार र न्यूनतम मजदुरी १०० रुपैया तय गरिएको थियो । पुरुष र महिलाकालागि समान ज्यालादर तोकिएको थियो ।

शिक्षाको अधिकार

मनमोहन सिंहको कार्यकालमा राइट टु एजुकेसन अर्थात शिक्षाको अधिकार अस्तित्वमा आएको हो । आरटीई अन्तर्गत ६ देखि १४ वर्षका बालबालिकालको शिक्षाको अधिकार सुनिश्चित गरिएको थियो । जस अन्तर्गत निशुल्क र अनिवार्य शिक्षा लागु गरियो ।

सामरिक मोर्चामा सफल

अमेरिकासँगको न्यूक्लियर डीललाइ सिंहको कार्यकालको सबैभन्दा ठूलो सफलताको रुपमा लिइन्छ । यो डिल पछि नै भारत न्यूक्लियर हथियारको मामिलामा शक्तिशाली मुलुकको रुपमा उदाएको हो । डील अनुसार भारतले आफनो अर्थतन्त्रलाइ मजबुत बनाउन सिभिलियन न्यूक्लियर इनर्जीमा काम गरिरहने भन्नेमा सहमति भएको थियो । छिमेकी मुलुकहरुसँगको भारतको आजको सम्बन्धको अवस्थामा यो डिल महत्वपूर्ण मानिएको छ ।

अर्थशास्त्रीका रुपमा विश्वमै प्रशंसा पाएका सिंहको बारेमा केहि अन्य जानकारीहरु :
  1. विभाजित भारतको पंजाब प्रान्तको ‘गाह’ भन्ने गाउँमा २६ सेप्टेम्बर १९३२मा जन्मेका मनमोहन सिंक भारतका १४ औं प्रधानमन्त्री हुन् । उनी एक गरीब परिवारमा जन्मेका थिए । उनको गाउँमा पानी, बिजुली, स्कुल , अस्पताल समेत थिएन । उनका सल्लाहकार संजय बारुका अनुसार मनमोहन सिंह स्कुल जानकालागि कोसौं टाढा पैदल जान्थे । राती टुकीको उज्यालोमा घण्टौं पढाइ गर्थे । उनको आँखा कमजोर हुुनुमा यो पनि कारण रहेको उनले बताएका थिए ।
  2.  १९४७को विभाजन पछि उनको परिवार अमृतसर पुगे । सानै उमेरमा आमाको निधन पश्चात उनलाइ हजुरआमाले हुर्काएकी थिइन् । १९५४मा पंजाब विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर पुरा गरेका थिए । अक्सफोर्ड युनिभर्सिटीबाट डाक्टरेट डिग्री हासिल गरेका सिंहले सन् १९६६देखि ६९ सम्म संयुक्त राष्ट्रसंघमा काम गरे । १९६९देखि१९७१ सम्मा दिल्ली स्कुल अफ इकोनोमिक्समा अन्तराष्ट्रिय व्यापार विषय अध्यापन गराउँथे ।
  3.  सिंहले १९७० र ८० को दशकमा सरकारका विभिन्न पदमा सेवा दिए । आर्थिक सल्लाहकारको रुपमा १९७२–७६, भारतीय रिजर्भ बैंकको गभर्नरको रुपमा १९८२–८५ र योजना आयोगको प्रमुखको रुपमा १९८५–८७ सम्म काम गरे ।
  4. सिंह भारतको पहिलो सिख प्रधानमन्त्री हुन । जवाहरलाल नेहरुपछि लगातार दुइ कार्यकाल पुरा गर्ने उनी पहिलो प्रधानमन्त्री हुन् । उनी २००४देखि २०१४ सम्म लगातार दुइ कार्यकाल प्रधानमन्त्री रहे । मनमोहन सिंह हिन्दी पढन जान्दैनथे , उनको भाषण उर्दुमा लेखिएको हुन्थ्यो ।
  5.  राजनीतिमा मनमोहन सिंह १९९१मा भारतीय संसदको उच्च सदन(राज्य सभा)को सदस्य रहेका थिए । १९९१मा पी.वी नरसिम्हा रावको कार्यकालमा उनलाइ वित्त मन्त्रालयको जिम्मेबारी दिइएको थियो । १९९८ र २००४को बीच विपक्षको नेता रहे र २००४को आम निर्वाचन पछि २२ मे २००४मा उनले प्रधानमन्त्री पदको सपथ लिएका थिए । २२ मे २००९मा पनि उनले दोश्रो कार्यकालकालागि प्रधानमन्त्री बनिरहे ।
  6. कोयला घोटाला र २जी घोटाला विवादमा आलोचित भएका सिंह साइलेन्ट पीएमको रुपमा पनि आलोचित भए । उनलाइ सोनिया गान्धीको पपेट प्रधानमन्त्रीको रुपमा पनि चित्रित गरियो । रिमोट कन्ट्रोल्ड प्रधामन्त्री भनेर पनि उनको आलोचना गरिएको थियो । तर व्यक्तिगत रुपमा शान्त, मिलनसार, सौम्य, थिंकर, अर्थविद्को रुपमा सिंहको छवि आज पनि भारत लगायत विश्वमै उत्तिकै सम्मानित छ ।

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live