भारतमा ७५ नयाँ मेडिकल कलेज खोलिने

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

केन्द्रिय मन्त्रीमण्डलको बैठकले गरयो निर्णय ,

सरप्लस चीनी निर्यातमा किसानहरुलाइ छुट

एनआइबि संवाददाता, नयाँ दिल्ली

भारतमा तीन वर्षभित्र ७५ वटा नयाँ मेडिकल कलेज खोलिने भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको केन्द्रिय मन्त्रीमण्डलको बैठकले नयाँ कलेज खोल्ने प्रस्ताव स्वीकृत गरेको छ । यसकालागि २४ हजार करोड रुपैया बराबरको लगानी हुनेछ । केन्द्रिय सुचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरले मन्त्रीमण्डलको बैठकको निर्णय बारे संचारकर्मीहरुलाइ जानकारी गराउँदै भने, ७५ नयाँ कलेज खोलिने निर्णय भएको छ । यसले एमबीबीएसमा १५७०० सीट थपिनेछ ।

चिकित्सा कलेज नै नभएको र विकासमा पछि परेका स्थानहरुमा यी कलेजहरु खोलिने सरकारले निर्णय गरेको छ । यसको स्थापना २०२१–२२ भित्र सकिने सरकारको लक्ष्य रहेको छ । पछिल्लो पाँच वर्षमा पोस्ट ग्राजुएसन र एमबीबीएसमा ४५ हजार सीट थपिएको छ ।यस अवधिमा ८२ मेडिकल कलेजलाइ स्वीकृति दिएको छ । भारतका अति पिछडिएका ग्रामिण भेगका गरीब जनताहरु यसबाट लाभान्वित हुन सक्नेछ र त्यस्ता इलाकाहरुमा डाक्टरको उपलब्धता वृद्धि हुने जावडेकरले बताए ।

सरकार उखु किसानहरुले उत्पादन गरेको ६० लाख मेट्रिक टन सरप्लस चीनी निर्यातमा छुट दिने निर्णय गरेको छ । यसकालागि सरकारले ६ हजार २६८करोड रुपैया बराबरको छुट दिनेछ । सरकारले छुटको रकम सिधा किसानको बैंक खातामा हालिने व्यवस्था गरेको छ । किसानको घाटा कम गर्न र चीनीको मूल्यमा संतुलन ल्याउन यो निर्णय गरेको मन्त्री जावडेकरले बताए ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live