६६ औं राष्ट्रिय फिल्म पुरस्कारमा अंधाधुन–उरीको बोलबाला, आयुष्मान र विक्कि उत्कृष्ट अभिनेता

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआईबि संवाददाता,नयाँ दिल्ली

यस वर्षको ६६ औं राष्ट्रिय फिल्म पुरस्कारमा ‘अंधाधुन’, ‘पदमावत’, ‘बधाई हो’, ‘उरीःदि सर्जिकल स्ट्राइक’को बोलबाल रहयो । सोमबार नयाँ दिल्लीको विज्ञान भवनमा सम्पन्न अवार्ड समारोहमा ‘अंधाधुन’ उत्कृष्ट सिनेमा घोषित भयो ।

‘अंधाधुन’ चलचित्रमा उत्कृष्ट अभिनयकालागि अभिनेता आयुष्मान खुरानालाइ उत्कृष्ट अभिनेताको पुरस्कार प्रदान गरियो । खुराना पहिलो पटक राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका हुन् । उपराष्ट्रपति वेंकैया नायडुले बिजेताहरुलाइ सम्मानित गरेका थिए ।

त्यसैगरि अर्का उम्दा अभिनेता विक्कि कौशललाइ पनि उत्कृष्ट अभिनेताको पुरस्कार प्रदान गरियो । उरीःदि सर्जिकल स्ट्राइकको उत्कृष्ट अभिनयकालागि कौशललाइ यो अवार्ड प्रदान गरिएको हो ।

उरीका निर्देशक आदित्य धर सर्वश्रेष्ठ निर्देशक तथा शास्वत सचदेवलाइ उत्कृष्ट संगीत निर्देशक(पाश्र्वसंगीत), निर्देशक अमित शर्माको फिल्म बधाई होलाइ उत्कृष्ट मनोरंजक फिल्मकालागि राष्ट्रिय पुरस्कार दिइयो । प्रख्यात फिल्म निर्माता संजयलीला भंसालीले निर्माण गरेको पद्मावतलाइ उत्कृष्ट संगीत निर्देशन र कोरियोग्राफीकालागि तथा अभिनेता अक्षय कुमारलाइ पैडम्यान फिल्मकालागि सम्मानित गरियो ।

भारतीय सिनेमा जगतमा उत्कृष्ट र अमुल्य योगदानकालागि प्रदान गरिने राष्ट्रिय फिल्म पुरस्कार भारतीय सिनेमाको सबैभन्दा विशिष्ट अवार्ड मानिन्छ । प्रत्येक वर्ष विभिन्न भारतीय भाषामा निर्माण भएका फिल्मकालागि राष्ट्रिय पुरस्कार घोषणा गरिन्छ । यस अन्तर्गत उत्कृष्ट फिल्म , उत्कृष्ट निर्देशक , उत्कृष्ट प्रोडक्सन, सामाजिक संदेश , गायक , गीत तथा गीतकार, संगीत,संगीतकार लगायतका विधामा पुरस्कार घोषणा गरिन्छ । जस अन्तर्गत फिल्म विधामा ३१ र नान फिचर फिल्म विधामा २३ अवार्ड दिइन्छ ।

यो समारोहमा बलिउडका महानायक अमिताभ बच्चनलाइ दादासाहेब फाल्के अवार्डबाट सम्मानित गर्ने घोषणा गरियो । तर अस्वस्थताका कारण बच्चन समारोहमा उपस्थित हुन सकेनन् । उनले आफनो आधिकारिक ट्वििटर मार्फत ज्वरो आएको कारण अवार्ड ग्रहण गर्न उपस्थित हुन नसक्ने जानकारी साझा गरेका थिए । दादा साहेब फाल्के अवार्ड भारतीय सिनेमा उद्योगको सबैभन्दा उत्कृष्ट अवार्ड हो ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepinbiz | First Nepal India business online news portal | India Nepal News Portal | Nepali News in inida