हिमाँचलमा दुइ नेपालीको मृत्यु

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनआइबि संवाददाता,नयाँ दिल्ली

भारतको हिमाँचलमा खले किचेर दुइ नेपालीको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् । हिमाँचल राज्यको शिमला जिल्लाको नारकन्दमा यी नेपालीहरुको मृत्यु भएको हो । हिमाँचलमा विगत दुइ दिनदेखि भएको भारी वर्षाका कारण रुखले किचेर घाइते भएका सात नेपालीहरु मध्ये २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेको विनुवा चिलहरिया गाउँका सन बहादुर पून मगर र अर्जुन बुढा मगर छन् ।

अन्य पाँच घाइतेहरुमा बलबहादुर पून मगर, रमन पून मगर, सन पून मगर,रणवीर घर्ती मगर र कृष्णा थारु रहेका छन् । घाइतेहरु इन्दिरा गान्धी मेडिकल कलेज, शिमलामा उपचार गराएर घर फर्किसकेका छन् । घाइतेहरु सबै राप्ती सोनारी गाउँपालिकाका बासिन्दा हुन् ।

मृतक १८ वर्षीय अर्जुुन बुढा मगर कामको खोजीमा पहिलो पटक भारत आएका थिए भने अर्का मृतक सन विगत चार पाँच वर्षदेखि आवत जावत गरिरहेका थिए । नेपालको बाँके जिल्लाका यी नेपालीहरु शिमलामा मजदुरी गर्दै आएका थिए ।

मृतक २ जनाको पोष्टमार्टम गरेर शवलाइ नेपाल लैजाने प्रकृया थाल्ने अखिल नेपाल भारतीय एकता मंचका सचिव आरबी खडकाले जानकारी दिए । घटनाबारे निरन्तर जानकारी राख्दै आएका खडकाले भने, घटना बारे दूतावासलाइ जानकारी दिइसकेका छौंं, आवश्यक प्रकृया पुरयाएर शवलाइ नेपाल पठाउँछौं ।

नारकन्दमा ८ जना नेपालीहरु एउटै घरमा बस्दै आएका थिए । सोही घरमा रुख खसेका कारण यो दूर्घटना भयो । बाँकी एक जना लाइ कुनै चोटपटक नलागेको बुझिएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live