कुवेतबाट फर्काइए १५० नेपाली

कुवेतबाट स्वदेश फर्के नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुवेतबाट फर्केका नेपाली । रोजगारीको सिलसिलामा विदेशमा समस्यामा परेका नेपालीहरुलाई नेपाल फर्काउने सरकारको नीतिअनुसार उनीहरु बिहीबार नेपाल फर्केका हुन् । तस्वीरः प्रदीपराज वन्त/रासस

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,जुन ११

कोरोना महामारीका कारण कुवेतमा अलपत्र परेका १ सय ५० जना नेपाली बिहीबार काठमाडौं आइपुगेका छन् । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत गएका उनीहरुलाइ कुवेत सरकारको पहलमा नेपाल फर्काइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाले साझा बसमार्फत उनीहरुलाई होल्डिङ सेन्टरमा पु¥याएको थियो । जजिरा एयरवेजको न्यारोबडी मार्फत उनीहरु स्वदेश फर्किएका हुन् ।

बिहीबार नै अर्को विमानबाट कुवेतबाट नेपालीहरु आउने समय तालिका तय भएको छ । कुवेतबाट २ हजार ९ सय ९१ जनाले नेपाल फर्किन चाहेका छन् । अन्यलाई चरणवद्ध रुपमा स्वदेश फर्काइने सरकारले जनाएको छ ।


Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live