१५ समझदारी पत्रमा हस्ताक्षर गर्दै दुइ दिने लगानी सम्मेलन सम्पन्न

Prime Minister KP Sharma Oli address the Nepal Investment Summit being organised in Kathmandu, on Friday, March 29, 2019. Photo: RSS

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एनबिआइ संवाददाता,काठमाडौं

उर्जा तथा जलविद्युत, यातायात ,कृषि, स्वास्थ्य तथा शिक्षा पूर्वाधारको क्षेत्रमा लागानीकालागि १५ समझदारी पत्रमा हस्ताक्षर सहित दुइ दिने लगानी सम्मेलन शनिवार सम्पन्न भएको छ । काठमाडौंको सोल्टी होटलमा सम्पन्न सम्मेलनमा हस्ताक्षर भएका संझौता मध्ये चौधरी ग्रुपले विभिन्न कम्पनीहरुसँग सबैभन्दा बढि ४ संझौता गरेको छ । जसमा टेलिकम , सोलार र लजिष्टिकमा विदेशी कम्पनीको र प्रदेश नम्बर२ सँग सोलार प्लान्ट राख्ने संझौता गरेको छ।
९सय मेगावाटको अरुण तेश्रो परियोजनामा लगानीकालागि स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक, तथा नबिल बैकले भारतीय सतलज कम्पनीलाइ ऋण दिने गरि संझौता गरेका छन् ।
माथिल्लो त्रिशूली आयोजनामा कोरियाली कम्पनीले ६सय ५० मिलियन डलर लगानी गर्ने समझदारी गरेको छ।
गैर आवासिय नेपाली संघ(एनआरएन)ले नेपालको पूर्वाधार विकासमा लगानी गर्न ‘गैरआवासिय नेपाली पूर्वाधार लगानी कोष’बनाउने संझौता भएको छ । यो कोष मार्फत संघले यही वर्ष १० अर्ब बराबरको लगानी जुटाउने लक्ष्य राखेको छ।
सिमरामा विशेष आर्थिक क्षेत्र (सेज) सार्वजानिक नीजि साझेदारी मोडलमा बनाउनकोलागि लगानी बोर्ड, विश्व बैंक अन्तर्गतकोअन्तराष्ट्रिय वित्त निगम(आइएफसी) र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच समझदारी भएको छ।
लगानी सम्मेलनमा भएका १५संझौता तथा समझदारीः

  • चौधरी समुह र सराफ समुहबीच मल्टिमोडल लजिष्टिक पार्कबीच सहमतिपत्रमा हस्ताक्षर
  • चौधरी समुह र स्काई पावरबीच ६ सय मेगावाटको सोलार ऊर्जा आयोजनाको लागि समझदारीपात्रमा हस्ताक्षर
  • २ सय मेगावाटको ऊर्जा प्लान्ट राख्न प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत र मा चौधरी समुहका प्रवन्ध निर्देशक निर्वाण चौधरीबीच सभमदारी
  • ९सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनमा लगानी गर्न एसबीआई बैंक, एभरेष्ट बैंक, नविल बैंक र सतजल बीच समझदारी ।
  • कालीगण्डकी जलविद्युत आयोजनामा लगानी गर्न युनान हाइड्रो पावर इन्स्टिटयुसन र सांघााई इन्भेष्टमेन्ट, डिजाइन एण्ड रिसर्च इन्स्टिच्युसनबीच समझदारीपत्रमा हस्ताक्षर ।
  • सार्वजानिक नीजि साझेदारी मोडल अन्तर्गत सिमरामा विशेष आर्थिक क्षेत्र निर्माणको लागि नेपाल लगानी बोर्ड, अन्तर्रा्ष्ट्रिय वित्त निगम (आईएफसी) र विशेष आर्थिक क्षेत्र प्राधिकरणबीच समझदारी ।
  • बुटिक भिलेज निर्माणकोलागि रिसोर्सेज हिमालय बुटिक भिलेज रिसोर्ट प्रालि र सिन्सिया कन्सल्टिङ कम्पनी लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर
  • एनआरएन र उद्योग विभागबीच पूर्वाधार लगानी कोष स्थापना गर्ने समझदारी ।
  • नेशनल कोल्याटलर म्यानेजमेन्ट सर्भिस लिमिटेड र नेपाल वेरहाउस कम्पनी लिमिटेडबीच अन्नबाली भण्डारण केन्द्र स्थापनाको समझदारी ।
  • नेपाल निर्माण व्यवसायी एसोसिएसन र म्यानमारको निर्माण व्यवसायी एसोसिएसनबीच पूर्वाधार विकासमा सहकार्य गर्ने समझदारी ।
  • माथिल्लो त्रिशूली १ मा कोरियाली कम्पनीद्वारा ६सय ५० मिलियन डलरको लगानी घोषणा ।
  • भारतीय मुथुट समुह र नेपालको यूनाइटेड फाइनान्सबीच साझेदारी गर्ने समझदारी पत्रमा हस्ताक्षर । मुथुटले ४० करोड रुपैयाँ लगानी गर्ने घोषणा ।
  • लगानी बोर्ड र दक्षिण अफ्रिकी लगानी बोर्डबीच आपसी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर ।
  • कँडेल ग्रुप अफ कम्पनी,अमेरिका र एपी पावर कम्पनीबीच नेपालमा ऊर्जा विकासको क्षेत्रमा लगानी गर्ने समझदारी पत्रमा हस्ताक्षर ।

Share Social Media
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal news headlines | breaking news kathmandu | national news of nepal live