शीतल निवासमा चिनियाँ राष्ट्रपति सी

तस्वीर सौजन्य:रासस
Share Social Media
एनआईबि संवाददाता,काठमाडौं
दुइ दिने औपचारिक भ्रमणका क्रममा शनिबार साँझ काठमाडौं आइपुगेका चिनियाँ राष्ट्रपति सि चिनफिङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा निर्धारित समयतालिका अनुरुप साँझ सात बजे दुइ समकक्षीबीच भेटवार्ता भएको हो ।
दुइ समकक्षीको भेटमा द्धिपक्षिय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सी र भण्डारीबीच झण्डै ४० मिनेट कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सीले राष्ट्रपति कार्यालयमा रहेको अतिथि पुस्तिकामा समेत हस्ताक्षर गरेका थिए ।

Share Social Media