अटो क्षेत्रमा मन्दी , मारुती सुजुकीका ३००० अस्थायी कर्मचारीले गुमाए जागीर

एनआइबि टिम , नयाँ दिल्ली
सवारी साधनको बिक्रिमा आएको लगातारको गिरावटका कारण ३ हजार अस्थायी कर्मचारीको जागिर गुमेको भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष आरसी भार्गवले सवारी साधनको बिक्रिमा आएको मन्दीलाइ मध्यनजगर गर्दै अस्थायी कर्मचारीको जागीर समयसीमा नबढाएको बताएका छन्। अस्थायी कर्मचारीहरुको करार संझौतालाइ नवीकरण नगरेको भएपनि स्थायी कर्मचारीहरु भने सुरक्षित रहेको भार्गवले उल्लेख गरेका छन् ।
‘यो व्यवसायको सामान्य प्रकृया नै हो , माँग बढदा अस्थायी कर्मचारी थप गरिन्छ , माँग घटछ , उनीहरुको संख्या कटौती गरिन्छ,’ मारुतीमा काम गरिरहेका ३ हजार कर्मचारीलाइ हटाइएको छ, भार्गवले जानकारी दिएका छन् ।
सवारी वाहनको क्षेत्रले अर्थव्यवस्थामा बिक्री , सेवा , बीमा , वित्तिय लगानी , लाइसेंस , चालक , पेट्रोल पम्प, परिवहन लगायतको क्षेत्रमा रोजगारी सुजना गरेको हुन्छ , त्यसैले सवारी साधनको बिक्रीमा थोरै गिरावट आएपनि नोकरीमा ठूलो मात्रामा असर पर्छ ।
आर्थिक वर्ष २०२१मा यो क्षेत्र मजबुतीका साथ उकासिने विश्वास भार्गवले व्यक्त गरेका छन् । किनकी यस अवधिमा बीएस भीआइ (भारत सरकारद्धारा सवारी साधनले उत्पन्न गर्ने वायू प्रदुषणको उत्सर्जन नियमन गर्न तयार पारेको मापदण्ड) मापदण्ड लागु गर्ने समयसीमा पनि सकिन्छ, उनको विश्वास छ ।
बायू प्रदुषण उत्सर्जनलाइ नियन्त्रण गर्न मापदण्डको घोषणा भारत सरकारले सन् २००० मा गरेको थियो । मापदण्ड अनुरुप इन्धन र प्रविधि प्रयोग गरिएका सवारी साधनले नाइट्रोजन अक्साइड, कार्बन मोनो अक्साइड, हाइड्रोकार्वन ,सल्फर अक्साइड जस्ता बायू प्रदुषण उत्सर्जनलाइ नियन्त्रण गर्ने भएको हुँदा यसलाइ लागु गर्नकालागि भारतको सर्वोच्च अदालतले १ अप्रिल २०२० सन्मको समयसीमा तोकेको छ ।
यस वर्ष मनसुनमा सुधार भएको हुँदा चाडपर्वको समयमा मनसुन ग्रामीण क्षेत्रमा सवारीसाधनको बिक्री बढन सक्ने संभावना भार्गवले औल्याए । उनले सरकारले सवारी साधनको बिक्री बढाउनकालागि सरकारले जीएसटीमा छुटको निर्णय गर्नुपर्ने बताए ।
जीएसटीले पर्यावरण अनुकुल(इको फ्रेण्डली) कारको बिक्रीमा फाइदा भएको छ । सरकारले विद्युतिय सवारी साधनको बिक्रीको जीएसटीमा कटौती गरेको छ । तर हाइब्रिड बाहनमा पनि यस्तो छुट पर्ने भार्गवले तर्क राखेका छन् । सीएनजी बाहनमा लाग्ने करमा पनि कटौती गर्नु पर्ने उनको तर्क छ ।
यसका अलाबा टीबीएस समुहको गाडीको पार्टपूर्जा बनाउने कम्पनी सुन्दरम–क्लेटन लिमिटेड(एससीएल)ले पनि अटो क्षेत्रको मन्दीलाइ मध्यनगर गर्दै दुइ दिनको बिदाको निर्णय गरेको थियो । कम्पनीले सुचना जारी गर्दै १६ र १७ अगस्तमा काम बन्द गरयो ।
त्यस्तै सबैभन्दा ठूलो दुइ पाँग्रे सवारी वाहन (मोटरसाइकल र स्कुटर) निर्माता कम्पनी हीरो मोटोकर्पले पनि चार दिनकालागि उत्पादन युनिट बन्द गर्ने जनाएको छ । मोटोकर्पले १५अगस्त देखि१८ अगस्त सम्म कम्पनीको निर्माण संयन्त्र बन्द गर्ने घोषणा गरेको हो ।