बारा र पर्सामा भएको हावाहुरीको घटना प्रति भारत सरकारको समवेदना

एनबिआइ संवाददाता,नयाँ दिल्ली
बारा र पर्सामा हावाहुरीका कारण भएको जनधनको क्षति प्रति दुख व्यक्त गर्दै भारत सरकारले पिडित परिवारप्रति गहिरो दुख व्यक्त गरेको छ । विदेश मन्त्रालयलले मंगलबार एक विज्ञप्ति मार्फत घटनामा भएको क्षतिमा गहिरो दुख व्यक्त गरेको हो । मन्त्रालयले विज्ञप्तिमा लेखेको छ , आफन्त गुमाएका र घाइते तथा धनमालको क्षति बेहोरेकाहरु प्रति समवेदना प्रकट गर्नुका साथैे उनीहरुको धैर्यधारण गर्ने क्षमताकोलागि हामी प्रार्थना गर्दछौं । ’
‘घटनाका पिडितहरुलाइ राहतको आवश्यक्त परेको खण्डमा भारत सरकार सहयोगका लागि तयार रहेको छ । यसकालागि काठमाडौंस्थित दूतावास विरगंजस्थित महावाणिज्य दूतावासका सम्बन्धित अधिकारीसँग निरन्तर सम्पर्कमा छ,’ विज्ञप्तिमा भनिएको छ ।
We are deeply saddened to learn of the loss of life and damage to property in #nepalstorm. Our thoughts & prayers are with all those who have lost their dear ones, sustained injuries or suffered damage to their property. https://t.co/iJsfnrl37q pic.twitter.com/5CSazVFOT9
— Raveesh Kumar (@MEAIndia) April 2, 2019